सागर रिजाल, प्युठान।
मल्लरानी गाउपालिका वडा नम्वर २ का कृष्ण सार्कि ७६ बर्ष पुगे। बुढ्यौली उमेर । शरिरले आराम खोज्ने बेला हो।तै पनि उनि विहानै उठ्छन। डोकोमा नाम्लोले गाग्रि वोकेर पधेराखोला मुलमा पानी भर्न लाग्छन। जिवनका धेरै वर्ष भारतमा बित्यो उनको । वाल्यकालमा आमाको हात समाउदै पानि बोकेर खाएका उनी आजपनि पधेराखोला मुलमा नाति नातिनाको हात समाएर पानि लिन पुग्छन ।
मल्लरानि गाँउपालीका वर्डा नं २ (साविकको चुँजा गाविस वर्डा नं ८ र ९) का स्थानियले अहिलेपनि खानेपानिका लागि सास्ति खेपिरहेका छन्। ‘ वुढो भईयो तर खानेपानिको समस्या समाधान भएन।’ ‘थुप्रै नेता आए, पानी ल्याउछौ भनेर भाषण गरे तर कसैले केहि गरेनन्।’सार्की भन्छन। ‘नेताले गफ मात्रै दिए’ चुनाव सकिए पछी स्थानिय सरकारले समेत आफुहरुको समस्या नहेरेको उनको दुखेसो छ।
गाँउका २ सय ७० घरधुरीले अहिलेपनि एक घण्टाको त्यो अप्ठेरो वाटोबाट पानि वोकेर खान अभिसप्त छ। घर घरमा स्वच्छ पानि पु¥याउने निति लिइए पनि चुजाँका स्थानियका लागि उक्त नीति एकादेशको कथाजस्तै भएको छ। सौचालय जाने वेलामा पानि हुदैन। घण्टौँ कुरेर पानि भर्नुपर्छ ४९ वर्षिय वलवहादुर खत्रिले भने,–‘ बाटो खन्दा झरेको माटोले मुहान पुरेपछी खानेपानिको झनै संकट चुलियो ।’ बाटो खन्दा भिरमा अडिएका ढुँगाहरु पल्टिदा त्यहि टाढाको मुलमा पनि त्रास वोकेर पानी लिन पुग्नुपर्ने उनि सुनाउछन । उनका अनुसार धारामा भीड लाग्छ्। गाउलेहरु कस्ले पहिला भर्ने भनेर तछाडमछाड गर्छन।

पानी भर्न जाँदै गरेका स्थानीय।
भुल्के खानेपानि आयोजना छ। त्यहाबाट पनि हप्तामा एक दुई पटक मात्र पानि आउछ स्थानिय मिठी नेपालिले बताईन । भुल्के खानेपानि आयोजनावाट प्रयाप्त पानि नआउनाले त्यस गाँउमा पानिको हाहाकार हुदै आएको छ। २५ वर्ष पहिले मर्मत गरिएको हो तर अहिले सम्म मर्मत नहुँदा, जिर्ण अवस्थामा रहेको उनले सुनाईन ।,– पछिल्लो समय खानेपानीको मुल सुक्दै गएको छ ।’ यस क्षेत्रका पुरुषलाई भन्दा महिलालाई खानेपानीको पिरलो वढी हुने उनले सुनाईन,–‘पुरुष जति भारत जान्छन, घर हेर्ने महिला मात्रै हुन्छन। महिलालाई अझ वढी दुख छ ।’वडा अध्यक्ष लेख बहादुर थापाले भुल्केको खानेपानीको मुल मर्मत गर्न गाउँपालिकाले यस आर्थिक वर्षमा रु ५० हजार रकम विनियोजन गरेको जानकारी दिए । यो गाउँमा खानेपानीको समस्या छ उनि भन्छन,–‘समस्या समाधान गर्न धेरै कदम चालेका छौँ ।’ लिफ्ट मार्फत चुजाँमा खानेपानी पु¥याउने उदेश्यले गाउँपालिकाले प्रदेश सरकारसंग रकम माग गरेको उनले जनाए ।
शौचालय प्रयोग बिहिन
खानेपानिको समस्याका कारण स्थानियले सौचालय प्रयोग गनै समस्या छ। सौचालयमा दिसापिसाव गरेपनि पानि अभावका कारण दुर्गन्धित हुने गरेका छन्। सरसफाईयुक्त गाउँ बनाउने अभियान चल्दा पनि पानी नहुंदा प्रभावीत छ ।
विहान ४ बजे उठेर धारामा पानी लिन पुग्छु, त्यहाँ जाँदा भीड हुन्छ पालो कुर्दिन भनेपनी सुख छैन,–‘पानी भर्दा कहिले झगडा पनि गनुपर्छ ।’ घरघरमा सौचालय भएर के काम प्रयोग गर्न पाएका छैनौ उनले भने,–‘गाउँ सबै पूर्वाधारले युक्त छ तर पानी नहुनाले सबै ओझेलमा परेका छन् । ’

गाउबासीको एउटै गुनासो’नेताले आश मात्रै देखाए,बाचा पूरा गरेन्न।’
विद्यार्थी पढन छाडेर पानी भर्छन् गाउमा माबी तहको स्कुल,सडक, बिजुली सप्पै पुगेको छ तर पानीको अहिल सम्म सुरसार छैन।
स्कुलमा पनि पानीकै चिन्ता
चुजाँकी सुनिता नेपाली १३ वर्ष पुगिन । अहिले उनी गाउँकै विद्यालय अमर माध्यामिकमा कक्षा ६ मा पढछिन ।बिहान उठ्यो कि पानी ओसार्ने उनको दैनिकी नै हो। उनी विहान १ गाग्रो पानी बोकेर विद्यालय जान्छिन । विद्यालय गएपनि पूरा कलास लिन पाउदिन्न। ‘पानीकै समस्याले मध्यान्नमा पढन छाडेर पानी बोक्न आउछु । ‘कहिले विद्यालय जान्छु कहिले जादैन् ,सुनिता भन्छीन,–‘खानेपानी लिन जाँदा पधेरोमै लाईनलाग्दा विद्यालय जाने समय जान्छ ।’

स्कुल पढ्न छोडेर पानी भर्न धारामा जान लागेका दिदिभाई सुनिता र आशिस नेपाली।
भाई आसिष नेपाली दिदी सुनिता संगै जर्कीन बोकेर पानी लिन पधेरोमा पुग्छन । ३ कक्षामा पढने उनि मध्यान्नमा विद्यालय छाडेर पानी बोक्न आएको सुनाउछन ।मध्यान्हमा घर आएस भनेर आमाले भन्नुभयो, त्यसैले पढन छाडेर पानी बोक्न आएको हु ।’ उनले भने,–‘पढने रहर हुँदाहुदै पनि विद्यालय छोड्नुपर्छ ।’ आशिष् र सुनिता जस्ता दिदीभाईसंगै यस क्षेत्रका धेरै बालबालिका पढन छाडेर पानी बोक्न पुग्ने गर्दछन् । उनिहरु भन्छन ‘स्कुलको पढाइ भन्दा पानीकै चिन्ता लाग्छ।’