• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

स्वर्गद्धारी आश्रमको जग्गामा अतिक्रमणकारीका आँखा गढेपछी……


  •   सोमबार, माघ २१, २०७५ मा प्रकाशित
  • ५५० विघा जग्गा सखाप

    Advertisement

    प्यार अलि खाँन, प्यूठान÷ स्वर्गद्धारी आश्रमको नाममा हजारौ बिघा जमिन छ । आश्रम परिसर र आसपासका बनजंगल क्षेत्र सहित करिब २८ हजार रोपनीकोे मालिक समेत हो स्वर्गद्धारी । करिब ९ हजार रोपनी जग्गाको दर्ता तथा श्रेस्ता कायमै छ, र वाँकी बनजंगल पनि आश्रमकै नाममा नापीको फिल्ड बुकमा कायम रहेको छ ।विसं ०२८ मा मोहीलाई केही जग्गा नामसारी गरिएबाहेक कागजमा स्वर्गद्वारीको जग्गा जत्तिको त्यत्ति छ । तर, व्यवहारमा भने जग्गा पूरै अतिक्रमणकारी, ठेकेदार र मोहीको कब्जामा परेको छ । आफ्नै नामको जग्गाबाट आश्रमले आम्दानी पाउन छाडेको धेरै भइसकेको छ । ०५०/५१ देखि जग्गामा धेरैले आँखा गाडेको समेत बताईन्छ। पवित्र पर्यटकिय तथा धार्मिक तिर्थस्थल स्वर्गद्धारीको करिब ५ सय ५० विघा मूल्यवान खेतीयोग्य जमिन अतिक्रमणको चपेटामा परेपछी हिजोआज आश्रम भेटीको भरमा चल्दै आएको छ। दाङको लमही, घोराही र तुल्सिपुर उप–महानगरपालिकाका महत्वपूर्ण ठाँउमा रहेका खेतीयोग्य जग्गामा धमाधम गैरकानुनी तरिकाबाट भौतिक संरचनाहरु खडा गरिएको आश्रमले बताएको हो । आश्रमका प्रमुख प्रशासकिय अधिकृत हरि अधिकारीले लमहीको अर्नवा र दाङ्गको रामपुरमा रहेको जग्गा अतिक्रमणमा परेको बताए । ‘१ हजार ५० विघा जमिन आश्रमको नाममा छ ।’ उनले भने, ‘ जग्गाको मालपोत समेत नेपाल सरकारलाई तिर्दै आएका छौँ ।’ करिब ५ सय विघा जग्गामा भने मोही लागेको उनी बताउँछन । मोहीबाट पनि आश्रमले पाउनुपर्ने आयस्था नपाएको उनले गुनासो गरे । जग्गा आश्रमको भएपनी भोगचलन गर्नेले आयस्था नपठाउंदा समस्या भएको उनले सुनाए ।आश्रमका जग्गा तपस्वी गौतमले भक्तजनको दान–दक्षिणा संकलन गरेर किनेका हुन् ।
    अखण्ड यज्ञ चलाउन सहयोग पुगोस भन्दै महाप्रभुले १९८० देखि १९८३ को बिचमा दान तथा झोलीको पैसाले जग्गा किनेको प्रमुख प्रशासकिय अधिकृत अधिकारीको भनाई छ । ‘यज्ञ चलाउन आवस्यक पर्ने अछेता, जहुँ र घिउको प्रभावकारी रुपमा जोहो गर्न अफट्यारो परिरहेको छ ।’ अधिकारीले भने, ‘गाईलाई दाना खुवाउनु त परेको कुरा पराल समेत खुवाउन दान माग्नुपर्ने स्थिति आयो ।’ दाङ्ग तथा स्वर्गद्धारीमा गरि करिब ६ सय ५० गाईहरु आश्रमको रेखदेखमा छन् ।
    आश्रम तथा दाङ्ग तुल्सिपुरमा गरि १ सय ७० जना कर्मचारी न्यूनतम पारिश्रमिकमा सेवकका रुपमा कार्यरत रहेको र करिब १ सय विद्यार्थीहरु आश्रममा रहेको अधिकारीले बताए । ‘वार्षिक झण्डै ३ करोड खर्च छ ।’ अधिकारीले भने, ‘हजारौँ विघाको मालिम आश्रम भेटीको भरमा चल्नुपरेको छ ।’ समस्याबारे तल देखि माथिसम्म गुनासो गरेतापनि सुनुवाई हुन नसकेको अधिकारीकोे भनाई छ ।
    राज्यको उदासिनताका कारण धार्मिक रुपमा विशिष्ट महिमा बोकेको स्वर्गद्धारीले अपेक्षित उपलब्धी हासिल गर्न सकिरहेको छैन । आश्रमले आफ्नै जग्गा भोगचलन गर्न पाए दान दक्षिणा तथा भेटीबाट संकलन हुने रकमले आश्रम परिसरमा भौतिक पूर्वाधारका विकासमा खर्च गर्न सक्ने वातावरण हुने अधिकारीको कथन छ । ‘स्वर्गद्धारी आउने पाहुनालाई कम्तीमा ३ दिन राख्न सक्ने हामीसंग साधनस्रोत हुनुपर्दछ ।’ अधिकारी भन्छन्, ‘१ सय ५० जना तिर्थालुलाई मात्र पुग्ने धर्मशाला छ । यहाँ आउने धेरै जसो भारतिय तीर्थालु हुन ।सिजनमा एकै दिनमा २÷३ हजार नै पुग्छन् ।’
    २०६२ सालमा सर्वोच्च अदालतले विशिष्ट प्रकृतिको निजी गुठी भनि स्वर्गद्धारी आश्रमको जग्गा खण्डीकरण गर्न नपाउने फैसला गरेको छ। तर, उक्त फैसाला आदेश कार्यान्वयनमा सबै सरोकारवाला पक्ष उदासिन देखिएको आश्रमले जनाएको छ । ‘स्वर्गद्धारीलाई सम्पक्ति होईन राज्यको संरक्षणको आवस्यक्ता छ ।’ अधिकारीले भने । आश्रमको जग्गा फिर्ता गर्न बेला–बेला स्थानीयले आवाज उठाउने गरेका छन् ।प्रयास पनि भए तर सुनुवाई कहिकतैबाट भएको छैन।

     

    सोमबार, माघ २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation