साउदी अरबका पत्रकार जमाल खाशोज्जीले साउदी शाही शासनको कडा आलोचना गर्थे । अरबी भाषामा लेखिने उनको लेख र रिपोर्टको अनुवाद वाशिंगटन पोस्टमा छापिने गर्दथ्यो । गएकोे अक्टोबर २ मा उनी दिउँसो साढे एक बजे इस्तानबुलमा रहेको साउदीको वाणिज्य दूतावास गएका थिए । त्यसपछि उनी बेपत्ता छन् । यो घटनाका कारण साउदी अरब र टर्कीबीच तनाव सिर्जना भएको छ ।
साउदी अरबमा लोकतन्त्र छैन, त्यसैले त्यहाँ प्रेस स्वतन्त्रता हुने कुरै भएन । जमाल साउदीमा बस्थेनन् । त्यसैले उनी त्यहाँको शाही शासनको खुलेर आलोचना गर्थे । साउदी अरब कथित रुपमा पत्रकारहरुबाट सतर्क रहन्छ । भन्नलाई चाहिँ साउदीले लोकतन्त्र र स्वतन्त्र प्रेसको कुरा गर्ने गर्दछ ।
मध्य–पूर्व मामिलाका जानकार कमर आगाका अनुसार राजा सलमाल सत्ता पल्टिने हो कि भन्ने त्रासमा सधैँ रहने बताउँछन् । त्यसैले उनी शक्तिशाली सेना र स्वतन्त्र प्रेसबाट सावधान रहन्छन् । आगाका अनुसार शाही शासनले साउदी सेनालाई त्यही डरले पनि कमजोर अवस्थामा राखेको छ । साउदीको शाही शासनलाई कतै सेनाले सत्ता त हत्याउँदैन भन्ने डर रहेको छ ।
साउदीको गतिविधि
साउदी अरबले बहराइन र यूएईसँग मिलेर कतारविरुद्ध नाकाबन्दी लगायो । त्यो नाकाबन्दी हटाउन साउदीका राजकुमार मोहम्मद सलमानले कतारले अल–जजिरा टेलिभिजन च्यानल बन्द गराउनु पर्ने शर्त राखे । अल–जजीरा कतारको मिडिया घराना हो । अल–जजीराको पत्रकारिताबाट साउदी सधैँ सशंकित रहने गर्छ ।
पछिल्लो हप्ता मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजा अमेरिकी सेनाको सहयोगबिना दुई हप्ता पनि सत्तामा रहन नसक्ने बताएका थिए । ट्रम्पले साउदीले आफ्नो सुरक्षाका लागि लगानी बढाउनुपर्ने पनि बताएका थिए ।
ट्रम्पको टिप्पणीलाई विश्वभरका मिडियाले साउदीको अपमानका रुपमा लिए । इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले ट्रम्पले साउदीको लगातार अपमान गरेको बताउँदै उसले अब छिमेकीको सहयोगका बारेमा सोच्नुपर्ने बताए ।
योसँगै कैयौँ प्रश्न उठछ्न कि साउदीको शाही परवार डरको छायाँमा बस्छन् ? साउदी अरब विश्वकै धनी देशहरुको सूचीमा आउँछ । तर प्रश्न उठ्छ के उ आफ्नो सुरक्षा आफै गर्न सक्षम छैन त ?
अन्तर्राष्ट्रिय विश्लेषकका अनुसार पछिल्ला दुई वर्षमा साउदी अरब आफैले गरेका निर्णयका कारण फस्दै गएको छ । सन् २०१६ मा चर्चित शिया धर्मगुरु निम्र अल–निम्रसमेत ४७ जनालाई साउदीले फाँसी दिएको थियो ।
यमनसँग उसले युद्धविराम भङ्ग गर्यो । इरानसँगको कुटनीतिक सम्बन्ध समाप्त भएको घोषणा गर्यो । सन् २०१७ मा कतारविरुद्ध नाकाबन्दीको घोषणा गर्यो । यी फैसलाले साउदीलाई के फाइदा भयो त ?
साउदीले ‘गरिब’ तथा सानो देश यमनलाई त अहिलेसम्म जित्न सकेको छैन । नाकाबन्दीका कारण कतारले खासै केही गुमाएको छैन । बरु आफूलाई अझ आत्मनिर्भर बनाउँदै गएको छ । इरानसँग अरु दुश्मनी मोल्दै गएको छ साउदीले । भनिन्छ कि साउदीले डरका कारण विभिन्न निर्णय लिने गरेको छ ।
साउदी अरबको मुख्य समस्या के हो ?
चर्चित पत्रका तथा सम्पादक जेनिफर विलियम्स साउदी बाहिरी खतरा तथा आफ्नो कमजोरी र आफ्नै शासनको अन्तरविरोधमा जकडिएको छ । विलियम्सका अनुसार साउदीलाई जति बाहिरबाट डर छ, त्यति नै डर भित्रबाटै पनि छ ।
सन् १९३२ मा औपचारिक रुपमा किंगडम अफ् साउदी बनेसँगै साउदी अरबले गम्भीर चुनौतीको सामना गर्दै आएको छ ।
साउदीले इराक तथा इरानसँग सधैँ नै आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ । साउदीको यस्तो व्यवहार सबै छिमेकी देशसँग छ भन्दा पनि हुन्छ । सन् १९७० को नोभेम्बरमा हतियारधारी समूहले मक्कामा रहेको अल–हराम मस्जिद आफ्नो कब्जामा लिएको थियो । साथै त्यो समूहले हाउस अफ् साउदलाई ध्वस्त पारिदिने घोषणा गरेको थियो ।
यो घटनाले साउदीलाई ठूलो चोट पुग्यो । यसका बाबजुद पनि साउदीमा शाही परिवारकै शासन चल्दै आएको छ । सन् २००० को दशकको मध्यमा अल–कायदाको चरमपन्थ अझै बलियो हुँदै गयो । तर साउदीको शासन भने चलमल भएन ।
अरब क्षेत्रमा लोकतन्त्रका लागि कैयौँ देशका नागरिक सडकमा उत्रिएका थिए । तर यस मामिलामा भने साउदी अरबमा कुनै असर देखिएन । साउदीमा हरेक घटनालाई त्यहाँको राजपरिवारको सुरक्षासँग जोडेर हेर्ने गरिन्छ ।
साउदी शासनलाई डर हुनुको कारण
इतिहासकार एलेक्सी वासिलिवका अनुसार साउदीमा अहिले देखिएको समस्याको जड पत्ता लगाउन साउदीको इतिहास जान्नुपर्ने बताउँछन् ।
उनी भन्छन्, ‘यहाँ सबै अरबीहरुसँग सत्ता थिएन । यो प्रायद्विपमा शान्ति र स्थिरता पनि थिएन । धेरै समय अरबका मानिस बाँडिएका थिए । उनीहरु धेरै साना–साना राज्यमा विभाजित थिए । आ–आफ्ना गुट भएका कारण अरबमा एकीकृत राज्यको परिकल्पना थिएन ।’
जब साउदी अरबको जन्म भयो, त्यहाँका कबिला नागरिकलाई एक गर्ने प्रयास भयो । यो प्रयास अहिले पनि चलिरहेको नै छ ।
जब इरानमा सन् १९७९ इस्लामिक क्रान्ति भयो, त्यसपछि नै साउदीका लागि असुरक्षाको भावना बढ्दै गयो । इरानी क्रान्तिले मुस्लिम वर्ल्डमा एक प्रतिस्पर्धी इस्लामिक शासनका विकल्प पेस गरेको थियो । यो क्रान्ति साउदीको राजशाहीलाई असुरक्षित पैदा गर्ने वाला नै थियो ।
इरानी क्रान्तिले राजतन्त्रलाई समाप्त गरिदिएको थियो । सन् १९७९ मा अयातुल्लाह खोमेनीले अमेरिका समर्थित राजतन्त्रलाई फ्याँक्न अपील थरेका थिए । उनले साउदीलाई पनि राजतन्त्र समाप्त गर्न अपील गरेका थिए ।
साउदीको डर
- साउदी अरबको शाही परिवार सत्तामा पकड बनाइराख्नका लागि सधैँ सतर्क रहन्छ । वर्तमान अवस्थामा साउदी राजपरिवारभित्रै पनि मतभेद छ । साउदीलाई कतै इस्लामिक वर्ल्डमा इरान त हावी हुँदैन भन्ने पनि डर रहेको छ ।
- राजतन्त्रविरुद्ध कतै साउदी अरबका नागरिक विद्रोह त गर्दैनन् भन्ने कुराबाट साउदीको राजपरिवार सधैँ सशंकित रहेको हुन्छ । टयूनिसिया र इजिप्टमा भएको विद्रोहका कारण पनि साउदीको शाही शासन डराइरहेको छ ।
- सुन्नी चरमपन्थीको बढ्दो गतिविधिका कारण साउदी सरकारलाई डर छ । कतै उसलाई भ्रष्ट र गैर–इस्लामिक घोषणा त गरिँदैन भन्ने डर त्यहाँको राजपरिवारलाई छ ।
- पूर्वी प्रान्तमा शिया समूहको उदाउँदो अवस्थाले पनि राउदी शाही परिवार डराइरहेको छ । साउदीको पूर्वी प्रान्तमा व्यापक तेल भण्डार रहेको छ । जहाँ शिया अल्पसंख्यक रहेका छन् ।
- सीमामा इरानको बढ्दो प्रभावका कारण तथा बहराइन र यमनको सीमामा इरानको प्रभावका कारण साउदी चिन्तित देखिन्छ ।
- यदि अमेरिकाले साउदी राजपरिवारलाई दिएको आफ्नो समर्थन फिर्ता लिँदै इरानसँग नजिकियो भने स्थिति पूरै पल्टिन सक्नेछ ।
- मुस्लिमको पवित्र स्थानका कारण नागरिकबाट शाही परिवारबाट भरोसा उठ्न सक्नेछ ।
-बीबीसी हिन्दीबाट