• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

साउदी अरब यी कुराबाट किन सधैँ डराउँछ ?


  •   मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित
  • राजा सलमानराजा सलमान

    साउदी अरबका पत्रकार जमाल खाशोज्जीले साउदी शाही शासनको कडा आलोचना गर्थे । अरबी भाषामा लेखिने उनको लेख र रिपोर्टको अनुवाद वाशिंगटन पोस्टमा छापिने गर्दथ्यो । गएकोे अक्टोबर २ मा उनी दिउँसो साढे एक बजे इस्तानबुलमा रहेको साउदीको वाणिज्य दूतावास गएका थिए । त्यसपछि उनी बेपत्ता छन् । यो घटनाका कारण साउदी अरब र टर्कीबीच तनाव सिर्जना भएको छ ।

    Advertisement

    साउदी अरबमा लोकतन्त्र छैन, त्यसैले त्यहाँ प्रेस स्वतन्त्रता हुने कुरै भएन । जमाल साउदीमा बस्थेनन् । त्यसैले उनी त्यहाँको शाही शासनको खुलेर आलोचना गर्थे । साउदी अरब कथित रुपमा पत्रकारहरुबाट सतर्क रहन्छ । भन्नलाई चाहिँ साउदीले लोकतन्त्र र स्वतन्त्र प्रेसको कुरा गर्ने गर्दछ ।

    मध्य–पूर्व मामिलाका जानकार कमर आगाका अनुसार राजा सलमाल सत्ता पल्टिने हो कि भन्ने त्रासमा सधैँ रहने बताउँछन् । त्यसैले उनी शक्तिशाली सेना र स्वतन्त्र प्रेसबाट सावधान रहन्छन् । आगाका अनुसार शाही शासनले साउदी सेनालाई त्यही डरले पनि कमजोर अवस्थामा राखेको छ । साउदीको शाही शासनलाई कतै सेनाले सत्ता त हत्याउँदैन भन्ने डर रहेको छ ।

    राजा अब्दुल्लाहराजा अब्दुल्लाह

    साउदीको गतिविधि

    साउदी अरबले बहराइन र यूएईसँग मिलेर कतारविरुद्ध नाकाबन्दी लगायो । त्यो नाकाबन्दी हटाउन साउदीका राजकुमार मोहम्मद सलमानले कतारले अल–जजिरा टेलिभिजन च्यानल बन्द गराउनु पर्ने शर्त राखे । अल–जजीरा कतारको मिडिया घराना हो । अल–जजीराको पत्रकारिताबाट साउदी सधैँ सशंकित रहने गर्छ ।

    पछिल्लो हप्ता मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजा अमेरिकी सेनाको सहयोगबिना दुई हप्ता पनि सत्तामा रहन नसक्ने बताएका थिए । ट्रम्पले साउदीले आफ्नो सुरक्षाका लागि लगानी बढाउनुपर्ने पनि बताएका थिए ।

    अयाेतल्लाह खाेमेनीअयाेतल्लाह खाेमेनी

    ट्रम्पको टिप्पणीलाई विश्वभरका मिडियाले साउदीको अपमानका रुपमा लिए । इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले ट्रम्पले साउदीको लगातार अपमान गरेको बताउँदै उसले अब छिमेकीको सहयोगका बारेमा सोच्नुपर्ने बताए ।

    योसँगै कैयौँ प्रश्न उठछ्न कि साउदीको शाही परवार डरको छायाँमा बस्छन् ? साउदी अरब विश्वकै धनी देशहरुको सूचीमा आउँछ । तर प्रश्न उठ्छ के उ आफ्नो सुरक्षा आफै गर्न सक्षम छैन त ?

    अन्तर्राष्ट्रिय विश्लेषकका अनुसार पछिल्ला दुई वर्षमा साउदी अरब आफैले गरेका निर्णयका कारण फस्दै गएको छ । सन् २०१६ मा चर्चित शिया धर्मगुरु निम्र अल–निम्रसमेत ४७ जनालाई साउदीले फाँसी दिएको थियो ।

    यमनसँग उसले युद्धविराम भङ्ग गर्यो । इरानसँगको कुटनीतिक सम्बन्ध समाप्त भएको घोषणा गर्यो । सन् २०१७ मा कतारविरुद्ध नाकाबन्दीको घोषणा गर्यो । यी फैसलाले साउदीलाई के फाइदा भयो  त ?

    साउदीले ‘गरिब’ तथा सानो देश यमनलाई त अहिलेसम्म जित्न सकेको छैन । नाकाबन्दीका कारण कतारले खासै केही गुमाएको छैन । बरु आफूलाई अझ आत्मनिर्भर बनाउँदै गएको छ । इरानसँग अरु दुश्मनी मोल्दै गएको छ साउदीले । भनिन्छ कि साउदीले डरका कारण विभिन्न निर्णय लिने गरेको छ ।

    साउदी अरबको मुख्य समस्या के हो ?

    चर्चित पत्रका तथा सम्पादक जेनिफर विलियम्स साउदी बाहिरी खतरा तथा आफ्नो कमजोरी र आफ्नै शासनको अन्तरविरोधमा जकडिएको छ । विलियम्सका अनुसार साउदीलाई जति बाहिरबाट डर छ, त्यति नै डर भित्रबाटै पनि छ ।

    सन् १९३२ मा औपचारिक रुपमा किंगडम अफ् साउदी बनेसँगै साउदी अरबले गम्भीर चुनौतीको सामना गर्दै आएको छ ।

    साउदीले इराक तथा इरानसँग सधैँ नै आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ । साउदीको यस्तो व्यवहार सबै छिमेकी देशसँग छ भन्दा पनि हुन्छ । सन् १९७० को नोभेम्बरमा हतियारधारी समूहले मक्कामा रहेको अल–हराम मस्जिद आफ्नो कब्जामा लिएको थियो । साथै त्यो समूहले हाउस अफ् साउदलाई ध्वस्त पारिदिने घोषणा गरेको थियो ।

    यो घटनाले साउदीलाई ठूलो चोट पुग्यो । यसका बाबजुद पनि साउदीमा शाही परिवारकै शासन चल्दै आएको छ । सन् २००० को दशकको मध्यमा अल–कायदाको चरमपन्थ अझै बलियो हुँदै गयो । तर साउदीको शासन भने चलमल भएन ।

    अरब क्षेत्रमा लोकतन्त्रका लागि कैयौँ देशका नागरिक सडकमा उत्रिएका थिए । तर यस मामिलामा भने साउदी अरबमा कुनै असर देखिएन । साउदीमा हरेक घटनालाई त्यहाँको राजपरिवारको सुरक्षासँग जोडेर हेर्ने गरिन्छ ।

    साउदी शासनलाई डर हुनुको कारण

    इतिहासकार एलेक्सी वासिलिवका अनुसार साउदीमा अहिले देखिएको समस्याको जड पत्ता लगाउन साउदीको इतिहास जान्नुपर्ने बताउँछन् ।

    उनी भन्छन्, ‘यहाँ सबै अरबीहरुसँग सत्ता थिएन । यो प्रायद्विपमा शान्ति र स्थिरता पनि थिएन । धेरै समय अरबका मानिस बाँडिएका थिए । उनीहरु धेरै साना–साना राज्यमा विभाजित थिए । आ–आफ्ना गुट भएका कारण अरबमा एकीकृत राज्यको परिकल्पना थिएन ।’

    जब साउदी अरबको जन्म भयो, त्यहाँका कबिला नागरिकलाई एक गर्ने प्रयास भयो । यो प्रयास अहिले पनि चलिरहेको नै छ ।

    जब इरानमा सन् १९७९ इस्लामिक क्रान्ति भयो, त्यसपछि नै साउदीका लागि असुरक्षाको भावना बढ्दै गयो । इरानी क्रान्तिले मुस्लिम वर्ल्डमा एक प्रतिस्पर्धी इस्लामिक शासनका विकल्प पेस गरेको थियो । यो क्रान्ति साउदीको राजशाहीलाई असुरक्षित पैदा गर्ने वाला नै थियो ।

    इरानी क्रान्तिले राजतन्त्रलाई समाप्त गरिदिएको थियो । सन् १९७९ मा अयातुल्लाह खोमेनीले अमेरिका समर्थित राजतन्त्रलाई फ्याँक्न अपील थरेका थिए । उनले साउदीलाई पनि राजतन्त्र समाप्त गर्न अपील गरेका थिए ।

    साउदीको डर

    • साउदी अरबको शाही परिवार सत्तामा पकड बनाइराख्नका लागि सधैँ सतर्क रहन्छ । वर्तमान अवस्थामा साउदी राजपरिवारभित्रै पनि मतभेद छ । साउदीलाई कतै इस्लामिक वर्ल्डमा इरान त हावी हुँदैन भन्ने पनि डर रहेको छ ।
    • राजतन्त्रविरुद्ध कतै साउदी अरबका नागरिक विद्रोह त गर्दैनन् भन्ने कुराबाट साउदीको राजपरिवार सधैँ सशंकित रहेको हुन्छ । टयूनिसिया र इजिप्टमा भएको विद्रोहका कारण पनि साउदीको शाही शासन डराइरहेको छ ।
    • सुन्नी चरमपन्थीको बढ्दो गतिविधिका कारण साउदी सरकारलाई डर छ । कतै उसलाई भ्रष्ट र गैर–इस्लामिक घोषणा त गरिँदैन भन्ने डर त्यहाँको राजपरिवारलाई छ ।
    • पूर्वी प्रान्तमा शिया समूहको उदाउँदो अवस्थाले पनि राउदी शाही परिवार डराइरहेको छ । साउदीको पूर्वी प्रान्तमा व्यापक तेल भण्डार रहेको छ । जहाँ शिया अल्पसंख्यक रहेका छन् ।
    • सीमामा इरानको बढ्दो प्रभावका कारण तथा बहराइन र यमनको सीमामा इरानको प्रभावका कारण साउदी चिन्तित देखिन्छ ।
    • यदि अमेरिकाले साउदी राजपरिवारलाई दिएको आफ्नो समर्थन फिर्ता लिँदै इरानसँग नजिकियो भने स्थिति पूरै पल्टिन सक्नेछ ।
    • मुस्लिमको पवित्र स्थानका कारण नागरिकबाट शाही परिवारबाट भरोसा उठ्न सक्नेछ ।

    -बीबीसी हिन्दीबाट

    मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता
    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो
    पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव
    लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन
    सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation