• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

“एक भुइँमान्छे : टुनिखोले ठुला उर्फ मिस्टर के. बि.”


  •   बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
  • कृष्ण विश्वकर्मा, तम्घास ।

    Advertisement

    कृष्ण विश्वकर्मा हाल सरकारी जागिरे हुन् । उनले आफ्नो पढाइको जीवनमा भोगेका सुख:दुखलाइ सबै माझ साटने काम गरेका छन् । जो उनको कडा मेहनत संघर्ष प्रेरणादायी छ । 

    उनी लेख्छन् आफ्नो फेसबुकमा 

    – LLB ( एलएलबी)

    – स्नातकोत्तर ( राजनीतिशास्त्र)MA – Political Science

    – स्नातकोत्तर (जन प्रशासन ) MPA – Master in Public Admiration 

     MPA दोस्रो बर्षको नतिजा आए सङ्गै डबल डिग्री साथमा कानुन तर्फ  LLB को पनि सर्टिफिकेटधारी भैयो । जीवन सर्टिफिकेटले भन्दा पनि ब्यबहारिक ज्ञानले राम्रोसँग चल्छ भन्ने कुरामा म बिश्वास राख्छु ।  डबल डिग्री, एलएलबी गरे भनेर खासमा भनिरहनु पर्ने  बिषय चाहिँ हैन तर पनि अध्ययनको सुरुदेखि हालसम्म आइपुग्नुका कथा अलग्गै छन । स्कुल पढदै गर्दा SLC को परिक्षामा पास भएपछि मैले पढन पाउने नपाउने कुनै टुंगो थिएन । SLC को परिक्षा सकेको हप्ता दिन नहुदै म निर्माणकर्मी मजदुर भैसकेको थिए। २०५८ साउनको पहिलो हप्ता SLC को रिजल्ट आउदा म प्रेस मजदुरको रूपमा काम गर्दै थिए । मेरो  SLC को नतिजा सुन्दा प्रेसमा काम गर्ने रुपन्देही मर्चवार तिरका तराइबासी सहकर्मी बरु खुशी थिए तर  मेरो मनमा कुनै हर्ष आएको थिएन ।  स्कुलबाट  २०५७  को SLC परिक्षा दिएर  पास गर्नेमा मेरो समुदायको म एक्लो विद्यार्थी थिए । हामीले स्कुल पढदा ६ कक्षा देखि शुल्क लाग्थ्यो । ५ कक्षा सम्म मेरा समुदायका धेरै साथीहरू थिए शुल्क लाग्ने भएपछि धेरै साथीहरूले स्कुल हापे । त्यतिबेला १५ रुप्पे मानो रक्सी पाइन्थ्यो प्रायः को  घरमा दैनिक दुई मानो रक्सी किनेर खाने तर छोराछोरीको  मासिक ६० रुप्पे फि नतिरिदिदा मेरा समुदायका धेरै  साथीहरू कम उमेरमै दिल्लि बम्बै पुगे, केही निर्माणकर्मी मजदुर भए । तर मैले भने आमाको निमेक मजदुरिकै बलमा SLC सम्म पढे । त्यसपछि चाहिँ पढाईको सबै खर्च आफै ब्यबस्थापन गरे । आफ्नो खर्च मात्र ब्यबस्थापन गरिएन भाइबहिनीको जिम्मेवारी पनि लिइयो तर जस कहिल्यै पाइएन । 
    ८/९ कक्षामा पढदै गर्दाबाट स्कुले झोला बोक्न  करिबकरिब छाडिएको थियो ।कापिकिताब  हातमा समाती हिडिन्थ्यो । किताब समातेर हिडेको देख्दा छिमेकका कतिपयले हलोको अनो समाउन सिके गुजारा राम्रो चल्छ किताब समातेर के गर्छन समेत भन्थे ।अझ कतिपयले तेरै उमेर को  फलानोले दिल्ली गएर एक बर्षमा ४ हजार भारु ल्याओ त पनि लाहुरे हुन जा भन्थे । 
    सानोमा म कम बोल्ने स्वभावको थिए अहिले चाहिँ  साथीहरूले त धेरै बोल्छस भन्छन 😀 । अरुले भनेको सुन्थे तर प्रतिक्रिया दिदैनथे। म अलि बढी इगो भएको मान्छे हुम ।  पढेर केही गर्न सकिएन भने बरु दिल्ली गएर भाडा माझेर गुजारा चलाउला तर गाउँमा हलो चाहिँ जोत्दिन भन्ने इगो  मभित्र सानैदेखी थियो । यस्तो इगो  आउनुमा नि कारण छ । हाम्री आबैले भने अनुसार बाजेको पालासम्म हाम्रो बारि ( खेतीयोग्य भुमी) तम्घासमा फालाफाल रहेछ तर पछि राज्य सम्यन्त्र ( नापी टोलि) लाई अनेक तरिकाले मिलाएर खाल ( सम्म र चाक्ला)  परेका हाम्रा  बारिहरु गाउका हुनेखानेले आफ्नो नाममा बनाएछन । हाम्रा बाजेलाइ करिबकरिब सुकुम्बासी बनाइदिएछन । हाम्रो पुर्ख्यौलि सम्पत्ति खाने पनि अहिले ओराली लागेको देखिएकै छ । आफ्नो वारि सागबारी भो कोदालोले नै खनेर  सकिन्छ अर्काको वारि जोतेर अर्नि/खाना खान बस्दा  जातिय विभेद किन भोग्ने? बरु हलोको अनो नै समाउन नसिक्ने भनेर  मैले जोत्न  सिकिन । 
    मेरो पढाई गति  पनि अचम्मको छ । केही समय रोकिने अनि फेरि गति दिने । २०५८ मा बुटवल झरेर आइए भर्ना भए पहिलो बर्ष परिक्षा दिए दोस्रो बर्ष दिइन ।  बुटवल छाडी २०६१ मा गुल्मी पुग्दा   स्कुल पढदा मैले नै   सिकाउने साथीहरूले  स्नातक दोस्रो बर्ष पढदै छु भन्दा  म झसङ्ग भए मनभरी पढाइ हापेर गल्ती गरेछु भन्ने आयो  फेरि २०६२ मा ११ भर्ना भए । त्यसपछि समय समयमा रोकिदै अगाडि बढदै डबल डिग्री र LLB सकाइयो । अब  शिक्षण सस्थामै भर्ना भएर अध्ययन गर्ने  योजना छैन । तर,
    अब मलाई अनेक विभेद सहदै मान्छे भएर पनि  मान्छेको जीवन जिउन नपाएका आमाबा, दाजुभाइ, दिदिबहिनीका कथा ब्यथा अझ ब्यबस्थित तरिकाले  पढन लेख्न मन छ । सङ्गत सबै सङ्ग गर्छु तर,  मलाइ धर्ती बिछयाउने अनि आकाश ओढने भुइँ मान्छेहरु प्रीय लाग्छ्न उनीहरुको  पिर ब्यथा लेख्न बोल्न मन छ । आरनमा घन ठोक्ने, खोलानदीका बगरमा घन, बेल्चा, मार्तोल खेलाउनेको पसिना  पढन मन छ । सिलाइ मेसिनमा औला को रगत चुहाउदा पनि अभाव सहदै  विभेद भोग्नेहरुका आक्रोश पढन मन छ । 

    बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation