• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ३. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ४. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ५. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ८. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ९. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • १०. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

दृष्टिविहीन इन्द्रबहादुर: शिक्षाको ज्योति छर्ने उज्यालो यात्रा


  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
  • प्युठान। सरुमारानी गाउँपालिका–४, बैकेका, २६ बर्षिय इन्द्रबहादुर थापा मगर, चार वर्षको उमेरसम्म सामान्य बालकझैँ हुर्किरहेका थिए। तर, अचानक ज्वरो र झाडापखालाले उनलाई थला पार्‍यो। गाउँका धामीझाँक्रीदेखि देवीदेवतासम्म भाकल गरियो, तर कुनै उपायले काम गरेन। बाबु एम बहादुर थापाले अन्ततः आँखा अस्पताल भैरहवासम्म पुर्‍याए, तर चिकित्सकले”आँखा नसा सुकिसकेको छ, अब उपचार सम्भव छैन।”भनेर फर्काईदिए। गाउँमा “आँखा नदेख्ने मान्छेले कसरी बाँच्ला? पढ्न त झन् असम्भव!”भन्ने धेरै थिए। तर, इन्द्रबहादुरका लागि बाबु एम बहादुरको माया र विश्वास नै शक्ति बन्यो— “माइलो छोराले केही गर्छ।” यही प्रेरणाले उनलाई कहिल्यै हार मान्न दिएन।
    आज, शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट प्राथमिक तह तृतीय श्रेणी शिक्षकमा नाम निकाल्दै, इन्द्रबहादुरले समाजलाई गतिलो जबाफ फर्काएका छन्— शिक्षा हिम्मतले जितिन्छ, आँखाले होइन।

    Advertisement

    संघर्षको यात्रा: अन्धकारबाट उज्यालो तर्फ

    इन्द्रबहादुरका लागि औपचारिक शिक्षाको ढोका खोल्ने मान्छे बने, शिक्षक चतुर्भुज श्रेष्ठ र लिला गुरुङ। महेन्द्र मावि, खलङ्गाबाट आएका यी शिक्षकहरूले जब उनलाई भने— “तिमी जस्तै दृष्टिविहीन विद्यार्थीका लागि विद्यालय छ!”— तब उनको मनभित्र नयाँ आशा पलायो। २०६३ साल वैशाखमा उनले महेन्द्र माविमा भर्ना भएर ब्रेल लिपिमा पढ्न थाले। “चतुर्भुज सर र लिला सर मलाई लिन घरसम्म आउनुभएको थियो। उहाँहरूकै प्रेरणाले म विद्यालय भर्ना भएँ,” इन्द्र सम्झन्छन्। इन्द्रबहादुरले ब्रेललिपीमार्फत अक्षर चिन्न सिके। कक्षा एकदेखि ब्रेललिपीमै पढे र स्नातकसम्म निरन्तर उत्तीर्ण भए। उनले शिक्षाशास्त्र संकायबाट अंग्रेजी मूल विषयमा स्नातक गरेका छन्।

    मेहनतको बलमा सफलता

    शरीरको एउटा इन्द्रिय गुम्नु नै जीवनको अन्त्य होइन, भन्ने कुरा इन्द्रबहादुरको यात्राले प्रमाणित गर्‍यो। आँखा देख्ने विद्यार्थीलाई ट्युसन पढाए। शिक्षक बन्ने सपना बोकेर शिक्षक सेवा आयोगको तयारी गरे। पहिलो प्रयास असफल भयो, तर उनी विचलित भएनन्। दोस्रो प्रयासमा उनले खुलातर्फबाट स्थायी शिक्षकको सफलता हासिल गरे। चार वर्षको उमेरमा दुवै आँखाको ज्योती गुमाएका थापाले गत असार र भदौमा कक्षा १० की गायत्रा बोहोराको सहयोगमा लिखित परीक्षा दिएका थिए।
    उनले युट्युब र अनलाइन कक्षाहरूको सहायताले परीक्षा तयारी गरेका थिए। “सानैदेखि शिक्षक बन्ने चाहना थियो। आज सपना पूरा हुँदा अत्यन्त खुसी छु,” उनले भने, “निरन्तर मेहनत र आत्मविश्वासले यो सफलता मिलेको हो ।”
    हाल, शिक्षक सेवा आयोगको तीन तहका परीक्षा उत्तीर्ण गरेका इन्द्रबहादुर नियुक्तिको प्रतीक्षामा छन्। उनी आफ्नै गाउँपालिकाको विद्यालयमा पढाउन चाहन्छन्। “आफ्नै क्षेत्रमा शिक्षक भए, यहाँका विद्यार्थीलाई मैले अझ राम्रो शिक्षा दिन सक्छु,” इन्द्र आत्मविश्वासका साथ भन्छन्।
    अब्बल रेडियो कर्मी
    अध्ययनका साथै इन्द्रबहादुरले माण्डवी एफएममा विगत छ वर्षदेखि रेडियो कार्यक्रम सञ्चालन गर्दै आएका छन्। “इन्द्र प्युठान जिल्लाका एकल दृष्टिविहीन रेडियोकर्मी हुन्,,” माण्डवी एफएमका अध्यक्ष संजय रिजाल भन्छन्।,”उनको प्रस्तुतीमा उत्कृष्ट्र छ।”

    शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ३.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ५.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation