• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ ०७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ५. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ६. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ७. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ८. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

  • ९. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • १०. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

दृष्टिविहीन इन्द्रबहादुर: शिक्षाको ज्योति छर्ने उज्यालो यात्रा


  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
  • प्युठान। सरुमारानी गाउँपालिका–४, बैकेका, २६ बर्षिय इन्द्रबहादुर थापा मगर, चार वर्षको उमेरसम्म सामान्य बालकझैँ हुर्किरहेका थिए। तर, अचानक ज्वरो र झाडापखालाले उनलाई थला पार्‍यो। गाउँका धामीझाँक्रीदेखि देवीदेवतासम्म भाकल गरियो, तर कुनै उपायले काम गरेन। बाबु एम बहादुर थापाले अन्ततः आँखा अस्पताल भैरहवासम्म पुर्‍याए, तर चिकित्सकले”आँखा नसा सुकिसकेको छ, अब उपचार सम्भव छैन।”भनेर फर्काईदिए। गाउँमा “आँखा नदेख्ने मान्छेले कसरी बाँच्ला? पढ्न त झन् असम्भव!”भन्ने धेरै थिए। तर, इन्द्रबहादुरका लागि बाबु एम बहादुरको माया र विश्वास नै शक्ति बन्यो— “माइलो छोराले केही गर्छ।” यही प्रेरणाले उनलाई कहिल्यै हार मान्न दिएन।
    आज, शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट प्राथमिक तह तृतीय श्रेणी शिक्षकमा नाम निकाल्दै, इन्द्रबहादुरले समाजलाई गतिलो जबाफ फर्काएका छन्— शिक्षा हिम्मतले जितिन्छ, आँखाले होइन।

    Advertisement

    संघर्षको यात्रा: अन्धकारबाट उज्यालो तर्फ

    इन्द्रबहादुरका लागि औपचारिक शिक्षाको ढोका खोल्ने मान्छे बने, शिक्षक चतुर्भुज श्रेष्ठ र लिला गुरुङ। महेन्द्र मावि, खलङ्गाबाट आएका यी शिक्षकहरूले जब उनलाई भने— “तिमी जस्तै दृष्टिविहीन विद्यार्थीका लागि विद्यालय छ!”— तब उनको मनभित्र नयाँ आशा पलायो। २०६३ साल वैशाखमा उनले महेन्द्र माविमा भर्ना भएर ब्रेल लिपिमा पढ्न थाले। “चतुर्भुज सर र लिला सर मलाई लिन घरसम्म आउनुभएको थियो। उहाँहरूकै प्रेरणाले म विद्यालय भर्ना भएँ,” इन्द्र सम्झन्छन्। इन्द्रबहादुरले ब्रेललिपीमार्फत अक्षर चिन्न सिके। कक्षा एकदेखि ब्रेललिपीमै पढे र स्नातकसम्म निरन्तर उत्तीर्ण भए। उनले शिक्षाशास्त्र संकायबाट अंग्रेजी मूल विषयमा स्नातक गरेका छन्।

    मेहनतको बलमा सफलता

    शरीरको एउटा इन्द्रिय गुम्नु नै जीवनको अन्त्य होइन, भन्ने कुरा इन्द्रबहादुरको यात्राले प्रमाणित गर्‍यो। आँखा देख्ने विद्यार्थीलाई ट्युसन पढाए। शिक्षक बन्ने सपना बोकेर शिक्षक सेवा आयोगको तयारी गरे। पहिलो प्रयास असफल भयो, तर उनी विचलित भएनन्। दोस्रो प्रयासमा उनले खुलातर्फबाट स्थायी शिक्षकको सफलता हासिल गरे। चार वर्षको उमेरमा दुवै आँखाको ज्योती गुमाएका थापाले गत असार र भदौमा कक्षा १० की गायत्रा बोहोराको सहयोगमा लिखित परीक्षा दिएका थिए।
    उनले युट्युब र अनलाइन कक्षाहरूको सहायताले परीक्षा तयारी गरेका थिए। “सानैदेखि शिक्षक बन्ने चाहना थियो। आज सपना पूरा हुँदा अत्यन्त खुसी छु,” उनले भने, “निरन्तर मेहनत र आत्मविश्वासले यो सफलता मिलेको हो ।”
    हाल, शिक्षक सेवा आयोगको तीन तहका परीक्षा उत्तीर्ण गरेका इन्द्रबहादुर नियुक्तिको प्रतीक्षामा छन्। उनी आफ्नै गाउँपालिकाको विद्यालयमा पढाउन चाहन्छन्। “आफ्नै क्षेत्रमा शिक्षक भए, यहाँका विद्यार्थीलाई मैले अझ राम्रो शिक्षा दिन सक्छु,” इन्द्र आत्मविश्वासका साथ भन्छन्।
    अब्बल रेडियो कर्मी
    अध्ययनका साथै इन्द्रबहादुरले माण्डवी एफएममा विगत छ वर्षदेखि रेडियो कार्यक्रम सञ्चालन गर्दै आएका छन्। “इन्द्र प्युठान जिल्लाका एकल दृष्टिविहीन रेडियोकर्मी हुन्,,” माण्डवी एफएमका अध्यक्ष संजय रिजाल भन्छन्।,”उनको प्रस्तुतीमा उत्कृष्ट्र छ।”

    शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा १४ जनाको मनोनयन दर्ता
    प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार
    नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै
    तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ५.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ६.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    भर्खरै

    • १.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • २.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ३.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ५.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ६.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ७.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ८.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation