• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

  • ३. सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

  • ४. आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

  • ५. लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

  • ६. हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

  • ७. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ८. प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

  • ९. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • १०. सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

संसदीय व्यवस्था र मार्क्सवाद


  •   बुधबार, पुष १७, २०८१ मा प्रकाशित
  • कार्ल मार्क्सको घोषणा पत्र सन् १८४८ मा जारि भैसकेपछि विश्वब्यापी मार्क्सवादको सर्वव्यापी प्रचार प्रसार भयो। प्रतिक्रिया वादिहरुको मुटु हल्लिन पुग्यो । कार्ल मार्क्सलाई प्रतिक्रिया वादिहरुबाट कैयौं पटक वारेण्ट जारि गर्ने गिरफ्तारिमा पर्ने जेल र हिरासतमा राख्ने का‌म भए। जतिसुकै कठिनाई आइपरे पनि कार्ल मार्क्स विचलित हुनु भएन। कयौं पटक निर्वासनमा पनि बस्नु भयो। विभिन्न देशका दुखि गरिब असहाय ब्यक्तिहरुको पक्षमा वकालत गर्दै जनताका दुस्मनको बिरुद्ध लडिरहनुभयो । अन्याय अत्याचारिकाे विरुद्ध डटेर निरन्तर सघंर्ष गरिरहनु भयो ।
    उहाँले देखाउनु भएको हिम्मत, गर्नु भएको सघंर्ष र शिक्षाबाट सिकेर विभिन्न देशका बुद्धिजिवी, विज्ञ, श्रमजिवी वर्गहरुले पनि अन्याय अत्याचारिकाे विरुद्ध संघर्ष गर्न सुरु गरे। कतिपय देशहरुमा मार्क्सले देखाएको बाटो र शिक्षाको कारण कम्युनिष्ट शासनबाट जनताले न्याय पाए । ती देशलाइ सुन्दर बनाए। रुस, चिन, भियतनाम, कोरिया, चिली आदि देशहरूको मुहार फेरियो। रुसमा मार्क्सकै शिक्षाद्धारा लेलिनले ७०/८० वर्षसम्म समाजवाद लागु गर्नुभयो। मार्क्स र लेलिनले प्रतिक्रिया वादि संसदीय व्यवस्थाको डटेर सङ्घर्ष र विरोध गर्नु भयो । संसद उपयोग गरे पनि संसदीय व्यवस्थामा सरकारमा जाने कुराको सधै विरोध गरिराख्नु भएको थियो। संसदीय व्यवस्था, सरकार भनेको पूजीजिवी, पूजीपती, जालिफटाह, शोषक, सामन्त, अवसरवादीको गफ गर्ने थलो हो भन्ने कुरा अहिले पनि घाम जस्तै छर्लङ्गै देखिएको छ । हाम्रो देशको सन्दर्भमा पनि संसदीय व्यवस्था गफ गर्ने थलो भएको छ। यो संसदीय व्यवस्था अफ्बाह सिद्ध भएको छ।
    मार्क्सवादको शृजनात्मक विकासलाई गहिराईमा पुगेर व्याख्या र विश्लेषण गर्ने हो भने जति हेर्यो त्यती गहिरो, जति बुझ्यो त्यती बुझ्न मन लाग्ने,गरिब दुखिको मन मनको‌ कुरा छुने र काम गर्ने संसार भरिका मजदुर श्रमजिवी वर्गको आत्मालाइ सन्तोष दिने , उनिहरुको पक्षमा जस्तो सुकै परिस्थितिमा पनि साथ दिने, प्रतिक्रिया वादि पूजिपति वर्गहरूको ज्यादति, अन्याय अत्याचार , भ्रष्टाचार, हत्या,हिंसा र अन्याय अत्याचारको बिरोधमा संङ्घर्ष गरिराख्ने बिरोधीहरुको आवाज उठाइराख्ने, कार्ल मार्क्स,शिक्षित, विज्ञ, दार्शनिक एक ब्यक्तित्व हुनुहुन्थ्यो। कार्ल मार्क्स भैतिक रुपमा हाम्रो अगाडी अहिले हुनुहुन्न । तर, उहाँको बिचार उहाले दिएको शिक्षा, योगदान अहिले पनि तरताजा रुपमा स्थापित छन् । जो संसार भरि उदाइरहेको‌ छ ।
    विश्वको वर्तमान परिस्थितिमा मार्क्सले दिनुभएको, छोडेर जानु भएको अर्ती झन पछि झन वास्तविक भएर आएको छ। राजनिती र राज्यसत्ता सधैं सबैको पेवा हुदैन, तलमाथी भइरहने विषय हो ।२० औं सताब्दी ताका विश्वको पूर्वि युरोप, रुस,भियतनाम, क्यूवा, चीन , कोरिया आदि देशहरूमा समाजवादी व्यवस्था र राज्यहरु निर्माण भएका थिए। पछिल्लो समय २० औं सताब्दीको अन्त्य र २१ औं सताब्दीको अन्तरालमा पूजीवादि,साम्राज्यवादी, अबसरवादिहरुको धाेकादारि कारणले गर्दा विश्वबाट समाजवाद ओझेलमा परेको छ। मार्क्सबादका बिरोधीहरुले समाजवाद सकियो,आउन सक्दैन। ब्यक्तिवादि मनोगत कुरा गरे पनी आम जनताले प्रतिक्रिया वादि कुरालाई विश्वास गर्न र मान्न सक्दैन ।
    हाम्रो देश नेपालको सन्दर्भमा पनि के सत्य हो भने मार्क्स वादको शिक्षाले २००६ मा ने.क.पा. को जन्म भयो। २००७ सालमा काङ्ग्रेस कम्युनिष्टहरुले राणा शासनहरुको बिरुद्ध संयुक्त रुपमा त्यो व्यवस्थाको अन्त्य गर्ने घोषणा र संघर्ष गर्यो। २००७ सालमा प्रजातन्त्र आयो। यो आन्दोलनमा मार्क्स वादको शिक्षाले काम गरेको छ । २०१७ साल राजाहरुबाट प्रजातन्त्रलाइ अपदस्त गरियो। पञ्चायती तानाशाही ब्यबस्था ३० बर्ष सम्म लादियो । यो समयमा मार्क्सवादि बिचार राख्ने कम्युनिष्टहरु धेरै नै जेल परे। प्रतिक्रिया वादिहरुले जति दमन गर्दै गए त्यति कम्युनिष्टहरु उदाए र बढ्दै गए।
    २०४६ को आम जन आन्दोलनमा बहुदलिय ब्यबस्था आयो। बहदलिय व्यवस्था आएको ४/५ बर्ष मै जनयुद्ध घोषणा भयो । यो व्यवस्थाले पनि जनताको अधिकार र बिकास खासै गर्न सकेन । फेरि देशमा निरुङ्कुश शासन राजा ज्ञानेन्द्रबाट भयो। यो निरङ्कुश शासन फाल्नको लागि २०६२/६३ मा जन आन्दोलन गर्नुपर्यो।जनआन्दोलनले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र आयो । अब देशमा जनताको अधिकार र देश को बिकाशको गतिमा फड्को मार्छ विकास हुन्छ भन्नेमा आम जनता आशवादि थिए ।
    गणतन्त्र आएको १५ बर्ष नाघ्यो। देश र जनताको समस्या हल हुन सकेको छैन । बिकृति विसङ्गति बढेर गएको छ । भ्रष्टाचार चरम चुलिमा पुगेको छ। अन्याय अत्याचारले सिमा नाघेको छ । महगीं बेरोजगारी उस्तै छ । जनताले यस किसिमको प्रजातन्त्र लोकतन्त्रको लागि रगत बगाएको थिएन , प्रतिक्रिया वादि र अवसरबादिहरुकाे अन्याय,अत्याचार, भ्रष्टाचार उनिहरुको संस्कार र सस्कृति नै हो । यहाँ त आफुलाइ ठुलो अब्बल कम्युनिष्ट पार्टी हौ भन्नेहरुले ज्यादति गर्ने अकुत सम्पती कुम्ल्याउने भ्रष्टाचार गर्ने जनतालाइ अलपत्र पार्ने काम भएको हुदा सोचनिय बिषय बनेको छ ।
    मार्क्स र लेलिनले भन्नुभएको थियो (नक्कली कम्युनिष्ट देखि सावधान रहनु होसियार रहनु) ( संसदीय व्यवस्था खसिको टाउकाे राखेर कुकुर को मासु बेच्ने थलो हो ) अहिले पनि यो संसदीय व्यवस्था ले नेपालमा पनि प्रभाव पारेको छ। मार्क्स र लेलिनले अवस्था हेर। सरकारमा जाने होइन, संसद सम्म उपयोग गर्नुपर्छ भनेर हामीलाई शिक्षा दिनु भएको थियो। धेरै जसो कम्युनिष्ट भनौदाहरु सरकार पुगेर कम्युनिष्टको बदनाम र धज्जी उडाउने काम भएको छ।
    जनताले आधा पेट खान पाएका छैनन्। आधा आङ् ढाक्न पाएका छैन्न। बिहान खाए साझ के खाउँ भन्ने छ । यी सरकारमा पुगेका कम्युनिष्ट नेताहरू महङ्गा, चिल्लो गाडी , आलिसान महल, खान्दानीया खानपिन , ठुल ठुला लजमा कार्यक्रम बिदेशी रक्सि भोट्का, सुरा सुन्दरी, ऐस आराम गर्ने गरेका छन समाजमा विजेता भएका छन् ।
    यी कुराहरु हाम्रो अगाडी प्रष्ट हुदा हुदै पनि अरु कम्युनिष्ट भनौदाहरु जनता र देशलाइ केन्द्रविन्दुमा राखेर जनताको दुश्मनको बिरुद्धमा ‌जाइ लाग्नु पर्नेमा जानि बुझिकन संसदीय व्यवस्थालाई आफ्नो पेवा जस्तो‌ सम्झेर यहि व्यवस्थामा सरकारमा जानको लागि खुट्टा उचालि राखेका छन् । सल्बलाई राखेका छन्। जनता कुरा बोल्न सङ्घर्ष गर्न छाडेका छन् ।अवसरबादिहरुसंग टासेंर घाटि जोड्दै संसदमा जाने र हाम्रो दिन कहिले आउला मन्त्री कहिले बन्न पाइएला भनि पर्खि बसेको अवस्था छ ।
    मार्क्सवाद र संसदीय व्यवस्था दुई विभिन्न राजनीतिक र आर्थिक सिद्धान्त हुन्, जसमा विशेष गरी सामाजिक संरचना र सत्ता वितरणको दृष्टिकोणमा भिन्नता पाइन्छ। मार्क्सवाद,आर्थिक र सामाजिक सिद्धान्त हो। जस्लाई कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले विकास गरेका हुन्। यस सिद्धान्त अनुसार, समाजको विकास वर्ग संघर्षको आधारमा हुन्छ। मार्क्सवादी दृष्ट्रिकोणले उत्पादनका साधनहरू (जस्तै, कारखाना, जमीन, आदि) निजी स्वामित्वमा हुँदा श्रमिक वर्ग र पूंजीपतिहरू (बुर्जुवा) बीचको सम्बन्धलाई अत्यन्त अन्यायपूर्ण मान्छ। मार्क्सवादको लक्ष्य शोषणरहित वर्गहीन समाजको स्थापना हो।त्यसैले कम्युनिष्ट साथीहरुलाई बिनम्र सुझाव छ। अब पनि संसदीय व्यवस्थाले जनता र देशको भलो (हित) गर्दैन भन्ने कुरा प्रष्ट छ। यो संसदीय व्यवस्था ( संसदबाट प्रधानमन्त्रीय चुन्ने ) भन्दा राष्ट्रपति प्रणालीमा जान बल गरौ। प्रत्यक्ष कार्यकारी राष्ट्रपति जाउ। विज्ञ चुस्त दुरुस्त मन्त्री मण्डल बनाउ। प्रत्येक जिल्लाबाट एक जना सभासद विधायीका केन्द्रमा बिधान र कानुन बनाउन पठाउ ।
    अहिले सम्म भ्रष्टाचार गरेर अकुत सम्पति बनाएकाहरुको पैसा राष्ट्रियकरण गरौ । बदमासहरुलाई जेल हालौ । त्यो पैसाले उधोग कल कारखाना खोलौ। बेरोजगारि लाई रोजगार दिउं। चुस्त दुरुस्त प्रशसन बनाउ। देश निर्माणमा एकजुट भएर लागौ तब मात्र जनताबाट स्याबासी पाउने छौ ।यो संसदीय व्यवस्था नउल्टाउदा सम्म जनताले सास फेर्न पाउने भएन्न उल्टाउन सबै लागौ ।

    Advertisement

    लेखक नेकपा बामपन्थी केन्द्र पार्टीका केन्द्रीय संयोजक हुन।

    बुधबार, पुष १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
    भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार,

    • ३.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    • ४.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ५.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा

    • ६.
      हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको

    भर्खरै

    • १.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • २.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

    • ३.
      रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

    • ४.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    • ५.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ६.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    • ७.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    • ८.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation