प्यूठान । आठौं संविधान दिवसको अवसरमा प्यूठानका तीनजना कैदी बन्दीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा तथा माफी पाएका छन्।
Advertisement
प्यूठान कारागारमा कैद भुक्तान गरिरहेका मध्ये २ जना पुरुष र १ जना महिलाको कैद माफी मिनाहा भएको हो । जिल्ला कारागार प्यूठानका प्रमुख सुर्य पन्तका अनुसार एक सवारी ज्यान,एक बहुविवाह र एक ज्यानसम्बन्धी कसुर मुद्दाका कैदीले सजाय छुट पाएका हुन।
सरकारले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गरेको हो । राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो।