• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

गुल्मीमा ५ लाख सुन्तला जातका बिरुवा उत्पादन


  •   बुधबार, असार १३, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा नर्सरीबाट ५ लाख बढी सुन्तला जातका बिरुवा उत्पादन भएका छन् । जिल्लाभर रहेका नर्सरी कृषकहरुले ४ लाख सुन्तलाका बिरुवा, १ लाख कागतीका बिरुवा, ५ हजार कलमी बिरुवा उत्पादन गरेका हुन् ।
    नर्सरीबाट उत्पादन भएका सुन्तला जातका बिरुवा ६० प्रतिशत मात्रै गुणस्तरीय रहेको पाइएको छ । जिल्ला भर ३० वटा नर्सरीमा कृषकले उत्पादन गरेका बिरुवाहरु मध्ये लगाउन योग्य बिरुवा छनोट गरिएको हो ।
    जिल्लामा हाल १ लाख बिरुवाको खपत हुने अनुमान रहेको छ । जिल्लाभर ३० वटा सूचिकृत नर्सरी फाम र ७ वटा जाली घर नर्सरी रहेका छन् ।
    हाल जिल्लामा उत्पादन भएका २ लाख गुणस्तरीय बिरुवा अनेत्र जिल्लामा बेच्नुपर्ने बाध्यता रहेको छ । जिल्लामा नर्सरीमा उत्पादित सुन्तला जातका बिरुवाहरुलाई बजारीकरणको समस्या देखिएपछि कृषि ज्ञानकेन्द्र गुल्मीले बिरुवा उत्पादक कृषकलाई तालिम समेत प्रदान गर्नुभएको छ ।
    जिल्ला भरबाट बिरुवा उत्पादक र बिरुवा लगाउने कृषकहरूको सहभागीता रहेको थियो । कृषकहरु बिरुवा उत्पादनको अबस्था र बजारीकरणको बारेमा समस्याहरु राख्नु भएको थियो ।
    बिरुवा उत्पादक कृषकलाई कसरी गुणस्तरीय बिरुवा उत्पादन गर्ने र बिरुवा लगाउने कृषकलाई कस्तो बिरुवा लगाउने भन्ने बारेमा जानकारी मुलक तालिम प्रदान गरेको हो । कृषि ज्ञानकेन्द्र प्रमुख नवराज भण्डारी कस्तो बिरुवा गुणस्तरी, कति उचाईमा उत्पादन गर्ने, गुणस्तरीय हुनको लागि केके मापदण्ड हुनुपर्ने, कस्तो बिरुवाले उत्पादन राम्रो दिन्छ जस्ता बिषण्मा जानकारी मुलक प्रस्तुती कृषकहरुलाई प्रदान गर्नुभएको थियो ।
    सुन्तला तथा कागतीका बिरुवा गुणस्तर हुनको लागि बिजु बिरुवा १ देखि २ वर्षको हुनेपर्ने हुन्छ । त्यस्तै कलमी बिरुवा १ देखि २ वर्षको हुनुपर्ने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
    बिरुवाको उचाई १ दशमलव ५फिट र मूल्य बिजु बिरुवाको २५ रुपैयाँ कलमी बिरुवाको हुनुपर्ने मूल्य निर्धारण हुनुपर्ने हुन्छ । सुन्तला जातको बिरुवा उच्पादन गर्न १ हजार २ सय मिटरको उचाई हुनुपर्ने हुन्छ ।
    अहिले बाहिरी जिल्लाबाट सुन्तला बिरुवा भित्रिने तर जिल्ला भित्रका बिरुवाहरु बिक्री नहुँदा किसानहरु समस्यामा परेको कृषकहरुको बुझाई छ । जिल्ला स्थित स्थानीय तहले र कार्यालयहरुले सुन्तला र कागती लगायतका बिरुवा बाहिरी जिल्लाबाट बिरुवा खरिद गर्दै आएकाले यहाँको बिरुवा खपत नहुने गरेको कृषक बिरबहादुर कार्कीले बताउनुभयो ।
    उहाँले अहिले तीन वर्ष पहिलेदेखिका बिरुवाहरु बिक्री नभएको गुनासो गर्नुभयो । अहिले सुन्तला कागती लगाउने सिजन सुरु भएको छ ।
    केहि दिन यता पानी परेसँगै जिल्लाका बिभिन्न सुन्तला पकेट क्षेत्रमा बिरुवा लगाउने तयारी कृषकहरूले गरेका छन् । सुन्तला लगाउने तयारीमा रहेका रेसुङ्गा ४ का कृषक चोलराज शर्माले जिल्लामै गुणस्तरीय बिरुवा रहेकाले यहिँकै बिरुवा लगाउनुपर्नेमा जोड दिनुभयो ।
    गुणस्तरीय हुनका लागि मापदण्ड पुरा नगरेका कृषकहरुले पुरागरेर नर्सरी सञ्चालन गर्नुपर्ने उहाको भनाइ छ । गुणस्तरीय बिरुवा नलगाए फल्ने समय, उत्पादन पनि कम हुने भएकाले गुणस्तरीय बिरुवा लगाउनु पर्ने ज्ञानकेन्द्र प्रमुख भण्डारीको भनाई छ ।
    जिल्लामा नर्सरीहरुमा सुन्तला, कागती, टिमुर, अनार, किबी,कफी, चियापत्ती, अम्बा, कुरिलो र धुपी लगायत दर्जनौं बिरुवाहरु उत्पादन भएका छन् ।

    Advertisement

    बुधबार, असार १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै
    सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन
    रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता
    क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित
    नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित
    बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation