• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तिर्खाएका नगरवासीलाई भ्युटावर उपहार


  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित
  • काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढीमा न्यूनतम पूर्वाधारको समेत अभाव छ। खानेपानीको चरम असुविधाले नगरवासीको दैनिकी प्रभावित बनेको छ।

    Advertisement

    नगरवासीका घरका धारामा तीन दिनमा १५ मिनेट पनि पानी झर्न मुस्किल छ। यसकारण काठमाडौंबाट करिब साढे दुई घण्टाको सडक यात्रामा पुगिने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका बासिन्दा सास्ती भोग्न बाध्य छन्।

    सिन्धुपाल्चोककै मेलम्चीबाट ल्याइएको पानीले राजधानीवासीले प्यास मेटाइरहँदा पानीका पर्याप्त स्रोत हुँदाहुँदै पनि नगरका बासिन्दा भने काकाकुल जिन्दगी बाँच्न विवश छन्। जनताको समस्या समाधान गर्नेभन्दा पनि तत्कालै विकासको हुटहुटीबाट लोकप्रिय बन्ने होडले यहाँका जनप्रतिनिधि विकासको सही मार्गबाट रुमलिएका छन्।

    खानेपानीका लागि बजेट खर्च गर्न सक्ने अवस्था भए पनि उनीहरूको प्राथमिकतामा नै ठुला र अनावश्यक योजना पर्ने गरेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित मेयर अमानसिंह तामाङले नगरमा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य नभएको भन्दै ११ करोडको लागतमा चौतारा बजारदेखि झन्डै ६०० मिटरमाथि गुम्बासँगै भ्युटावर र पार्क बनाए।

    नगरको गौरव घोषणा गरेर उनले आफ्नो कार्यकालमा ६७ फिट अग्लो बुद्ध पार्क पनि बनाएका हुन्। अहिले डाँडामा रहेको पार्क पुग्न एक हजारवटा सिँढी निर्माण गरिँदैछ। सिँढी बनाउनै ४ करोड खर्च भएको लामाले बताए। पार्कभित्रको गुम्बा र अन्य संरचनाका लागि भने साढे ६ करोड खर्च भएको छ।

    उनको समयमा १ अर्ब ५ करोड ६३ लाखको बजेट घोषणा गरेको नगरपालिकाले यति ठुलो रकम भ्युटावर र पार्क निर्माणका लागि छुट्यायो। चौतारामा होटल व्यवसाय गरिरहेका दीपेन्द्र घलेले पानीको अभावले व्यवसाय गर्न कठिन भएपछि आफैंले स्रोत खोजेर दीर्घकालीन समाधान गरेको सुनाए।

    अरनिको रिसोर्ट सञ्चालन गरिरहेका उनी उक्त रिसोर्टभन्दा ३०० मिटर तल रहेको स्रोतबाट लिफ्टिङ गरी पानीको प्रबन्ध गरिरहेका छन्। त्यसका लागि १ लाख ५० हजार रूपैयाँ खर्च भएको उनले बताए। नागरिक दैनिकबाट

    बुधबार, जेठ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    • २.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • ३.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ४.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ५.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ६.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ७.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ८.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation