• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • १०. चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

अपर डोल्पाको झुपा लेकमा ‘माइकल’ हराउँदा


  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
  • जुम्ला । गत कात्तिक अन्तिम साता मुलुक प्रदेशसभा र प्रतिनिधिसभाको चुनावी संघारमा थियो । मतादाता मुलुकको भाग्य र भविष्य निर्धारण गर्न आफ्ना प्रतिनिधि चुन्ने दिन पर्खिरहेका थिए, भने उम्मेदवारलाई आआफ्ना योजना र एजेन्डा सुनाउन भ्याइनभ्याइ थियो । यही व्यस्ताको घडीमा जुम्ला पातारासीका पर्यटन व्यवसायी सिप बुढा युरोप ‘मनाखु’का माइकलजिंगललाई अपर डोल्पा घुमाइरहेका थिए । जुम्ला, रारा हुँदै अपर डोल्पाको यात्रामा निस्केपछि मौसम बाधक बन्दै थियो । साबिक कर्णाली क्षेत्रको हावापानीअनुसार यहाँका डाँडापाखा असोज कात्तिकमा हरियो सुकेर रुखो बन्ने प्रक्रियामा हुन्छ । डोल्पाको लेकाली क्षेत्र पुग्दा वर्षायाममा उर्लेर बग्ने पाटनका खोला कात्तिकमा भने तेल सकिन लागेका बत्तीजस्तो मधुरो गतिमा बगिरहेका थिए । तर, वन्यजन्तु र चराहरूको चिरबिर आवाज र प्रकृतिले निःशुल्क उपलब्ध गराएको पाटनको दृश्यले विदेशी पर्यटक माइकल रामाञ्चित र उत्सुक भइरहेका थिए । ‘कुनै भूगोलमा टक्क उभिएर चारै दिशाका दृश्य नियाल्नुहोस्, त कति धेरै कुरा नियाल्न सकिन्छ । माइकलले पनि क्यामेरामा त्यहाँको पर्यावरण, हिमालका आर्कषक दृश्य कैद गरिहेका थिए,’ सिप बुढाले सुनाए । ‘माइकल साहसिक पर्यटनमा रमाउन उत्साहित भएर नेपाल आएका थिए, त्यसैले भिरपाखा छिचोल्दै अपर डोल्पा पुगी छाड्ने प्रतिज्ञा माइकलको थियो,’ सिपले सुनाए । १२ वर्षको उमेरदेखि पर्यटनमा जोडिएका सिपको अनुभवमा आराम र सुविधाको पक्षमा विदेशी पर्यटक कहिल्यै हुँदैनन् । उनीहरू साहसिक यात्राका साथमा प्रकृति बुझ्न र नियाल्न चाहन्छन्, नौलो अनुभव बटुल्ने सौख हुन्छ । माइकल पनि यी र यस्तै गुणका थिए । सम्भावित जोखिमको आँकलन गर्दै माइकललाई अपर डोल्पा नजाने प्रस्ताव गर्दा माइकलले नयाँ गन्तव्य, नयाँ अनुभव र नयाँ विचारका निम्ति नेपाल आएको भनेर अपर डोल्पा पुग्ने अठोट दोहो(याएको सिपले बताए । राराबाट मुगुको डोल्फु गाउँ हुँदै झुपा लेकको यात्रा तय भयो । जब झुपा लेकको बिचमा पुगियो त्यसपछि मौसमले चुनौती थप्यो । हिउँले सेताम्मे बनेको जमिनमा बाटो पत्ता नलाग्दा तीन जनाको जीवन संकटमा परेको सिपले सुनाए । ‘५ हजार मिटर उचाइमा एक जना भरिया, म र माइकलसँग खानाको नाममा चाउचाउ मात्रै थियो, आकाशबाट निरन्तर हिउँ वर्षिरहेको थियो । दुई दिनसम्म ढुंगे ओडारमा बसेर प्राण रक्षाको याचना गरिरहेका थियौं,’ सिपले भने।‘जीवन र मरणको दोसाँधमा पर्दा मृत्यु कति भयानक छ, भन्ने आभास भयो, नजिकबाट मृत्यु देखिन थाल्यो, तर सास हुन्जेलसम्मको आश भनेझैं तेस्रो दिन बिहान मौसम खुलेपछि प्राण रक्षाका लागि चारैतिर हारगुहार गरियो, त्यो एकान्तमा हाम्रो चिच्याहट कसले सुन्ने ? अन्तमा अलि ओरालो झरेपछि मोबाइलमा नेटवर्क देखियो,’ उनले भने ।

    Advertisement

    सुरक्षा निकाय र आफन्तसँगको सम्पर्कपछि प्राण बाच्ने आश पलाएको सिपले बताए । जुम्लाका पूर्व राज्यमन्त्री गोमा कुँवर र पातारासीका उपाध्यक्ष जनमाया रोकायासँग उद्धारका लागि कुरा भएपछि मनाङ एयरको हेलिकोप्टरमा काठमाडौं अवतरण गरेको सिपले बताए । माइकललाई सकुसल युरोप उडाएपछि मात्रै ढुक्क भएको सिपले बताए । राजधानी दैनिकबाट

    मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation