• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

आमाको मुख हेर्ने दिन, त्यहीँ दिनदेखि मेरो संसार सबै उजाडिन्छ


  •   बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
  • तारा कँडेल÷सञ्चारकर्मी गुल्मी  ।

    Advertisement

       २०५८ साल साउन महिनाको शनिवार वर्षायामको समय घडीमा ९ः२१ हुन्छ अनि उता मेरो जन्म हुन्छ । एउटा सन्तानलाई जन्म दिँदै गर्दा हजारौं कोषिका चुडिएको कठोर पिडालाई सन्तानको पहिलो माधुर चिच्याहटमा आमाले सजिलै भुलिदिन्छीन् । आफुले भोगेका हरेक पिडालाई कठोरताका साथ सहन गर्न सक्ने भएकै कारणले गर्दा इश्वरीय वरदान, स्वर्गीय आनन्द र सन्तान उत्पादन गर्ने क्षमता भगवानले आमालाई नै सुम्पिएका होलान् । आमाको लामो प्रसव युद्वपछि मरो जन्म त हुन्छ तर मलाई जन्माएको केही समयमा आमाको स्वास्थ्यमा खराबी देखिन थाल्छ, यता प्रसव पीडा त छदैँछ यी यावत् पिडालाई सहन नसकेर मेरी आमाको मृत्युु हुन्छ । त्यहीँ दिनदेखि मेरो संसार सबै उजाडिन्छ । अब मेरी आमाको नामको अघि स्वर्गीय जोडिन्छ । आमाको आशिर्वाद प्राप्त गर्नको लागि मैले पितृ भनेर पुकार गर्नुपर्नेछ हुन्छ । यो सोचले मेरो मन सार्है भक्कानिन्छ । आमा नहुनु भनेको मेरा लागि सर्वस्व गुम्नु जस्तै नै हो । सानैबाट अभावै अभावमा दुखका दिनले घेर्दाघेर्दैमा बितेको मेरो बालापन सायद खुशी भन्ने कुरा त जमिनको कुनै सतहमा लुकेको छ होला ।

       आज मातातिर्थ औँसि, आमाको मुख हेर्ने दिन तर मेरी आमा मबाट कहीँ टाढा छिन् । निकै पर आकाशमा कतैबाट मलाई नै हेरिरहे जस्तो लाग्छ । मलाई अर्थात म तारा नाम तारा भएर मात्रै नहुँदो रहेछ जब ग्रहण बनी विभिन्न बाधा अड्चनले घेरेपछि । यो धर्तीमा कति त्यस्ता मानिसहरू हुनुन्छ जो आमा बिना टुहुरा अनि कोही आमा भएर पनि टुहुरा । आजकाल मन्दिर देख्दा मनमनै बिन्ती बिसाइरहेकी हुन्छु बरु निःसन्तान नै हुन आमा तर बच्चा जन्मिसकेपछि कुनै सन्तानलाई सानैमा अलपत्र पारेर आमाको काख नखोसियोस् भनेर । किनकी यो मेरो भोगाइ हो । मेरो जस्तो भोगाइ, मलाई जस्तो अर्कोलाई भोग्न नपरोस भन्ने मेरो चाहाना हो ।

    आयु त अरुको पो धेरथोक लाग्छ, आफ्ना मान्छेको आयु अमर होस् भन्ने हुने रहेछ किनकी त्यो मान्छेसँग आफ्नो इतिहास जोडिएको हुन्छ, जीवनका पन्नापन्नामा अमिट छाप छोडिएको हुन्छ । मेरी आमा हजुरको सम्झना कहिल्यै मेटिने छैन, सधैँभरि मेरो मानसपटलमा बसिरहनुने छ । यदि सम्भव छ भने अर्को जन्म हजुरकै कोखबाट हजुरकै छोरीको रुपमा जन्मन पाउँ । यो जुनिमा हामीले हाम्रा लागि सोचेका सपना त्यही समयमा पुरा गरौला । यस संसारमा आमाको ठाउँ कसैले लिन सक्दैन ।

     एक नवजात शिशुको जन्मपछि आमाको मृत्यु भएपछि त्यो नवजात शिशुको जीवनमा केकस्ता समस्याहरु आइपर्छन त्यो हेक्का तपाइहरु प्नि गर्न सक्नुन्छ । आमाको स्तन चुस्ने मबाट अधिकार खोसियो, आमासँगै रम्ने, आमालाई सताउने लगायत धेरै कुरा मबाट विलिन भए यसर्थ भन्नुपर्दा मेरो बच्पना मैलै बाँच्न पाइन भन्दा पनि फरक नपर्ला । कसैसँगको भेटले आमाको न्यास्रो, आमाको झल्को मेटिदैन समय बदलिन्छ, मौसम बदलिन्छ । केही मानिसको सद्धाव बदलिन्छ तर आमाको माया, ममता र स्नेह कहिले बदलिदैंन सधैंभरि एकनास रहिरहन्छ ।

    सायद भाग्य लेख्ने कलम आमाको हातमा भएको भए मलाई दुखको कुनै अनुभुति हुने नै थिएन होला । आजको दिनसम्म आफ्नो तौल बराबरको आँसु विस्थापन गर्न सकेकी छु र बाँचेकी छु नत्र आफ्नै आँसुको तलाउमा डुबेर मरिसक्थे होला । सुर्य उदाए पनि सुर्यको रापले मलाई नछोएजस्तो, हावा चलिरहँदा पनि श्वास नफेरिरहे जस्तो, आँखा खुले पनि अन्धकारजस्तो ममा छाइरहन्छ । भित्रभित्रै ममा सागर उर्लन्छ, आँधी, तुफान या भनौ भुँइचालो नै उठ्छ बेलाबेलामा मृत्युको निम्ता लिएर । म बनावटी मुस्कानले मभित्र उत्पन्न हुने यी सबै संवेगहरुलाई रोकेर राखेकी छु ।

    जब समस्याले घेर्यो तब कैयन पल्ट मर्नका निम्ति पनि प्रयास गरे तर पनि मेरा हरेक प्रयासहरु बिफल नै भइरहे यहीँ सोचेर की मेरी आमा प्रसवको पिडा सहन नसकेर मरेर म जन्मिएकी हुँ, म बाँचेकी हुँ । मैले त्यति ठुलो त्यागलाई यसै खेर जान दिनु हुँदैन भन्ने समयमै बुझे । म जति अपरिपक्क देखिएपनि भित्रभित्रै परिपक्कताको बाँध त्यति नै मजबुत भइसकेको छ । दुख पीरमा उभिने अनि म छु भनी सम्झीने कोही भेटिएनन्, जे थिए सब फगत रहेछन् महसुस हुँदैछ । ऐँठन जाग्छ निद्रामा कहिलेकाहीँ त सपनीमै भएपनि आएर मेरो मनलाई सान्त्वना प्रदान गरिदिनुन । आज म झण्डै २२ वर्ष पुग्न लागे तरपनि मेरी आमा कस्ती थिइन भनेर देख्न पाइन, न सपनामा न त विपनामै यसकारण पनि मेरो जीवनमा रुनुको विकल्प रुनु नै भइरहेको छ । एक्लोपनले कोपर्दा मन खुशी हुन नसक्दो रहेछ । मेरा खुशी खै कहिले पो फर्केर आउँलान र आँखामा सधैं मौसमी झरी परिरहन्छन्, झरीले म र मेरो सिरानी हरपल रुझीरहेका हुन्छौं । मैले प्रत्येक दिन जिवित रहन कति संघर्ष गर्छु, त्यो कसैले देख्दैनन् ।

    म कसरी बताउ दिनभरि बाँच्नु पनि मेरा लागी सबैभन्दा ठुलो उपलब्धि हो । प्रत्येक मीठा गाँससँगै आँसु निल्छु । आफुसँग भएको कुराले खुशी नदिँदो रहेछ । भएको कुरामा खुशी नहुने मानवीय गुणबाट म पनि अछुतो रहन सकिनँ । नयाँ वर्षको आरम्भ सँगै नयाँ जोश, उमंगर हर्ष लिएर आउनुपर्ने हो तरपनि म सधैं उहीँ हालमा हुन्छु मेरो वरपर के भइरहेको छ, कतिबेला के हुन्छ मलाई हेक्का समेत रहन्न । सायद यो उमेरलाई आमाको ममताको खाँचो छ । टिकटक, फेसबुक देखि लिएर सामाजिक सञ्जालहरुमा मातातिर्थ औँसीको १÷२ दिन अघिदेखिबाट नै आमाको तस्बिरहरूले रंगाइरहेका छन् । म अभागीसँग त आमाको एउटा तस्बिरसम्म छैन । तरपनि आज मातातिर्थ औँसीको दिन बिहानै उठेर आमाको नाममा दियो बाले ।

    खै के नै लेखुँ, लेख्छु भन्यो शब्दै भेट्दिन । नौ महिनासम्म गर्भमा राखी कठोर प्रसव पिडालाई सहने सामाथ्र्य राख्ने मेरी आमाको त्यो प्रसव पिडा नै जीवनको अन्तिम पीडा भयो । मेरी आमाको त्यो पीडा मेरा लागि पैतालामा बिजेको काडा जस्तै भयो दुखिरहन्छ कहाँनेर भन्ने पत्तै नहुने गरि । मैले आफू जन्मेसँगै मेरी आमालाई बचाउन सकिन, मेरी आमाको श्वास धितो राखेर म जन्मिए र मेरी आमाको मृत्युु भयो, मलाई माफ गर्दिनु है छोरीको ज्यान बचाउदा आफ्नो ज्यानको तिलाञ्जली दिनुपर्यो । ममाथि कल्पेका हरेक सपनाहरु साकार रुप दिने अवसर नै जुटेन दैवको लेखान्त नै यस्तै भएछ । आँसुले टम्म भरिएका मेरा आँखाबाट तप्लक्क तपलक्क गर्दै आँसु बग्छन् अनि एक हातले पुछ्दै अर्को हातले शब्द कोर्दै छु । सँगै रमाउनका लागि मेरा लागि आँसु र अन्धकारको साथ छ अनि आमाको मनभरि याद छ ।

    आफुसँगैका साथीहरू आमासँगै हिड्दा, आमाको बारेमा भन्दा मलाई मेरी आमाको कति धेरै न्यास्रो लाग्छ । कोही आमा गुमाएका साथीहरु भेट्दा उनीहरुलाई म सान्त्वना दिन्छु तर सान्त्वना दिनु एउटा फरक कुरा रहेछ तर सान्त्वना लिने ठाउँमा आफु उभिँदा नितान्त फक अनुभव हुँदो रहेछ । यहीँ अनुभव मलाई पर्दा मैले आफुलाई सान्त्वना दिन सकिन । स्वर्गसम्म पुग्ने सिढी भएको भए म छिटोछिटो गएर मेरी आमालाई फर्काएर ल्याउथे तर बिडम्बना म लाचार छु आँसु बगाउन बाहेक अरु केही गर्न सक्दिनँ । आज जेजस्तो परिस्थितिको सामना गरिरहेकी छु त्यो सबै परिस्थिति मेरी आमा भएको भए सिर्जना नै हुन्थेन होला । म आज पुतली जसरी आमाको काखमा फुरफुर गर्दै उड्थे होला तर अहिले पखेटा भाँचिएको चरा जस्तै भएकि छु । न उड्नका लागि पखेटा छन् न फुरफुर गर्नका लागि आमाको काख ।

    आमा हुनेहरुले आज आमाको लागी धेरथोक आफुले सक्दो कर्म गरेर आमालाई मिठामिठा परिकारहरु खुवाएर नयाँ वस्त्र किनिदिएर खुशी पारिरहनु भएको छ हाला र मजस्ता आमा नहुनेहरुले भने आमाको नाममा दियो बाली आमालाई सम्झीरहनु भएको छ होला । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भइ आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको कारणले गर्दा पनि मैले मेरी आमाको लागी बिहानै उठी आमाको नाममा दियो बाल्दै अर्को जन्म मिलेमा म तपाईंकै सन्तान हुन पाउ र तपाईकै साथमा लामो समयसम्म रहन पाउ भनी प्रार्थना गरेँ ।

    हुन त आमाका लागी कुनै दिन चाहिन्न, किनकी आमा हामीलाई दिन देखाउने देउता हुन् । र पनि तिथी मितीले वर्षमा एकपटक आउने दिन हो मातातिर्थ औँसी । आमाको नाममा जोडिएका बगरका ढुङ्गा त देउता हुन्छन् भने आमालाई जोडेर आएको औँसीको महत्व नहुने त कुरै भएन । आफ्ना सन्तानका निम्ती आफ्नै संसार भुलिदिने ती सम्पूर्ण आमाको सोच, साहस, र ममतालाई पङ्तिरको सलाम छ । आमाको जीवनको रक्तश्रावबाट नै मेरो जीवनको ब्रम्ह्नाल बनेको हो । जसले आफुलाई टुक्राएर मलाई सिङ्गो जीवन दिइन, सारा जीवन उनै आमाको नाममा अर्पित छ । पुन एकपटक मातातिर्थ औँसीको सम्पूर्ण माहान आमाहरु, आमा शब्दप्रति, आमाप्रति, आमाको स्नेहप्रति र सिङ्गो आमाको स्वरुपप्रति आभारसँगै नमन अनि शुभकामना ।

    बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation