• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

लोकप्रिय समाचार

  • १. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • २. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ३. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ४. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ५. दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन

  • ६. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ७. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ८. प्युठानमा लागुऔषधविरुद्ध प्रभातफेरी

  • ९. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • १०. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

गुल्मीमा २९ करोड वढिको सुन्तला उत्पादन


  •   शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा यो बर्ष २९ करोड ३७ लाख मूल्य बराबरको सुन्तला जिल्लामा उत्पादन भएको छ । जिल्लामा यो बर्ष उत्पादनशिल क्षेत्रफल ५८८ हेक्टर क्षेत्रफलमा ६ हजार ८३८ मेटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।
    जिल्लामा गत बर्षभन्दा १६.८९ प्रतिशत उत्पादनमा बृद्धि भएको हो । गत बर्ष उत्पादनशिल क्षेत्रफल ५३० हेक्टरमा ५ हजार ९३६ मेटन उत्पादन भएको थियो ।
    जिल्लामा उत्पादीत सुन्तला जिल्लामै खपत गरेर बाँकी २ हजार ५९१ मेटन निर्यात हुने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जसबाट करीब १३ करोड २१ लाख ४१ हजार आम्दानी हुने भण्डारीले बताए ।
    जिल्लाबाट उत्पादीत सुन्तला वुटवल,पोखरा, काठमाडौं लगायतका मुख्य ठूला शहरहरुमा बिक्रीका लागि लैजाने गर्दछन् । यसवर्ष सुन्तला उत्पादन बृद्धि भएपनि उचित मूल्य नपाएको कृषकहरुको भनाई छ ।
    जिल्लामा गत बर्ष उत्पादन कम भएका कारण यो बर्ष बढेको देखिएको हो । उत्पादनशील क्षेत्रफलमा बृद्धि, फल बाक्लो लागेको, बगैचा व्यबस्थापनमा सचेतना बढ्दै जानु, मौसम अनुकुल हुनु, फल्ने बोटको संख्यामा बृद्धि भएको छ ।
    जिल्लाका प्रायजसो सबै पालिकाहरुमा सुन्तला खेती गरेता पनि सुन्तला उत्पादनको लागी पकेट क्षेत्र मानिएका स्थानहरुमा धुर्कोट गापाको नयागाउँ, पिपलधारा, हाडहाडे, रजस्थल, वस्तु, छत्रकोट गापाको लुम्छा, काउले, श्रृङ्गा, रुक्से, हुँगा, पल्लिकोट, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, बालकाटे, भुवनपानी, गुरुङगाउँ, अर्खले, रुरु गाउँपालिकाको मुसिडाँडा र चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङकोट गुल्मी दरवार गापाको गौडाकोट, भट्टेचौर, जुभुङ, कालीगण्डकी गापाको अर्बेनीको देउराली, छापचौर र जयखानी, चन्द्रकोट गाउँपालिकाको रेमी र हरेवा, मदाने गापाको भनभने हुन् ।
    जिल्लामा सुन्तलाको खेती गर्ने परम्परागत प्रविधि बिद्यमान भएको कारण गुल्मीका ९५% भन्दा बढि सुन्तला बगैचा बिजुबोटकै छन् । जसको कारण फेद कुहिने, जरा कुहिने रोग, गमोसिस सबैभन्दा बढि समस्या देखिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
    अधिकाशं बगैचामा मलखाद र शुक्ष्मतत्वको अभावका कारण पात पहेलिने, छिर्केमिर्कै हुने, हाँगा सुक्ने, बोट टुप्पाबाट सुक्दै जाने, फल झर्ने, रसिलो फल नलाग्ने, फल सानो हुने, बोक्रा बाक्लो हुने जस्ता समस्या देखिएका छन् । सिंचाई, काँटछाँटमा कम मात्र ध्यान पुगेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
    सुन्तलमा सिट्रस ग्रिनिङ भन्ने रोगको समस्या पनि ठाँउ ठाँउमा देखिएको छ । पतेरो, गवारो, लाही, झ्याउ, ऐजरु, फल कुहाउँने औसा लगायत अन्य रोग तथा कीराको प्रकोप पनि देखिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीले बताए ।
    समस्याहरु समाधान गर्नका निमित्त बिरुवा रोप्ने देखि फल टिफ्ने बेला सम्ममा बगैचा व्यबस्थापन संबन्धी बिभिन्न प्रविधिहरु सिफारिश गरिएका छन तर उक्त प्रविधिहरु थोरै कृषकहरुले मात्र अनुसरण गरेका कारण हाम्रा बगैचा ह्रासभै रहेका छन् । सुन्तलाजात फलफूलको दिगो रुपमा बृहत्तर विकासका लागि कृषि ज्ञान केन्द्रबाट सुन्तलाका अगौटे तथा पछौटे जातहरु पहिचान गरि तिनको व्यबसायीकरण गर्ने भएको छ ।
    गूणस्तरिय बिरुवा उत्पादनका लागि नर्सरी व्यबस्थापनमा सुधार गर्ने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । सुन्तलाजात फलफूल बिरुवाको न्यूनतम गूणस्तरको मापदण्ड निर्धारण गर्ने, जालीघर पद्धतिमा कलमी बिरुवामा उत्पादन प्रविधिको बिस्तार गर्ने, बिजु बिरुवा रोपण गर्ने कार्य पूर्णमा रुपमा बन्द गर्ने भएको छ ।
    बगैचा व्यबस्थापनमा सुधार जस्तै मलखाद, सिंचाई, काँटछाँट गरि उत्पादकत्व बृद्धि गर्ने, प्रभावकारीरुपमा रोगकीरा व्यबस्थापन गर्ने, बृहत उत्पादन क्षेत्र निर्माण गर्दै जाने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । फल टिपाई, ग्रेडिङ, भण्डारण, ढुवानी र बजार व्यबस्थापनमा सुधार गर्ने, सुन्तलाको अगौटे जातः ओकित्सु वासे र मियागावा वासे भाद्र देखि कार्तिक सम्म उत्पादन हुन्छ तथा पछौटे जातः किन्नो जुन भारतबाट पुष देखि चैत्र सम्म आयात हुन्छ। उक्त दुई जातहरुको प्रदर्शन गरि व्यवसायिक उत्पादनमा लैजाने भएको छ । स्थानीय तहका कृषि प्राविधिहरुको क्षमता अभिबृद्धि गर्दै जाने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

    Advertisement

    शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार
    रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता
    क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित
    नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    लोकप्रिय

    • १.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ४.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ५.
      दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले

    • ६.
      गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा

    भर्खरै

    • १.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • २.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ४.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ५.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ६.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ७.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ८.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation