दाङ । दाङमा एक बन्दी अदालतबाट भागेका छन् । सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा अदालतबाटै भागेका हुन। बुधबार घोराही–१० नारायपुरबाट सुनचोरीको आरोपमा उनी पक्राउ परेका थिए ।
Advertisement
उनलाई आज (बिहीबार) जिल्ला अदालतमा म्याद थपका लागि लगिएकोमा उनी अदालतबाटै भागेका हुन । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) वीरबहादुर वलीले न्यायाधीशसमक्ष पेस गर्ने क्रममा विश्वकर्मा भागेको बताउनुभयो ।
सुन चोरी आरोेपित विश्वकर्माले न्यायाधीशसमक्ष पेश गर्नेसमयमा शौचालय जान्छु भनेका थिए । त्यसपछि शौच गर्न लगिएकोमा शौचालयको झ्याँलबाट भागेको जानकारी आएको एसपी वलीले बताउनुभयो ।
उहाँकाअनुसार भागेका बन्दी विश्वकर्माको खोजिका लागि प्रहरी परिचालन गरिएको छ ।