• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, चैत ०७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम

प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

रोल्पाका कक्षा–९ विद्यार्थीले बनाए एम–१४ बन्दुक

रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

भक्तपुरमा कानुन व्यवसायी महिलाको ३२औँ राष्ट्रिय सम्मेलन हुँदै

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक

फिल्म हलहरुमा ग्राहकलाई पपकर्न र आइसक्रिम सेवा गर्छन रोबोटहरु

लोकप्रिय समाचार

  • १. टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक

  • २. प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

  • ३. डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

  • ४. रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

  • ५. फिल्म हलहरुमा ग्राहकलाई पपकर्न र आइसक्रिम सेवा गर्छन रोबोटहरु

  • ६. भक्तपुरमा कानुन व्यवसायी महिलाको ३२औँ राष्ट्रिय सम्मेलन हुँदै

  • ७. राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम

  • ८. रोल्पाका कक्षा–९ विद्यार्थीले बनाए एम–१४ बन्दुक

  • ९. लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

रिपोर्टर डायरी : अर्घाखाँचीमा दुर्घटना भएको त्यो जहाज


  •   शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित
  • प्रेम नारायण आचार्य।

    कुरा आज भन्दा ८ वर्ष अघिको हो। शनिबार देखिनै पानी परिरहेको थियो। आइतबार दिउँसो ठूलो पानी पर्यो। खाँचीको मसिनाको लेकमा बाक्लो हिमपात भएको थियो। टावर भएको डाँडो हिउँले ढाकिएको थियो।

    Advertisement

    सदरमुकाम सन्धिखर्कका सडकमा मानिसहरु जाडोले कम मात्र निस्किएका थिए। झण्डै ढाई बजेको थियो। सुरक्षा निकायका एकजना साथीले फोन गरे सर पोखराबाट जुम्लाका लागि उडेको जहाज दाङ्बाट फर्कदै गर्दा अर्घाखाँचीमा खस्यो रे! केही थाहा पाउनु भयो की भनेर। अनि मैले म तत्काल बुझ्छु भनेर फोन काटे।

    तत्काल सिद्धारातर्फ म बुझ्न थाले अनि सिद्धारामा हैन। खिदीमको टावर देखाएको छ भन्ने छ खिदीमतर्फ बुझ्ने कोसिस गरे। खिदीम, पोखराथोक, पणेना गाविसका विभिन्न पद र ओहोदाका स्थानीय बासिन्दालाइ फोन गरे। कसैले पनि हो र हामीले देखेका थियौ भन्न सकेनन्।

    सुरक्षा निकाय र सञ्चारकर्मीका मोबाइल बझ्न थाले। स्थानीय, मोफसल र काठमाण्डौंका बिग मिडियाबाटसमेत फोन आउन थाल्यो विमान खस्यो रे! केहो भनेर? कसैले पनि देखेका छौं भनेका छैनन्। सुरक्षा निकायअन्तर्गत नेपाल प्रहरी, नेपाली सेनाले पनि भेटाउन सकेका छैन, भनेर भनेका छन्। फोन गर्दै जाँदा चन्दननाथ गणका गणपति रामकाजी रानामगरलाई फोन गरे सोधे, ‘सर विमानको केही पत्ता लाग्यो कि?’ उनले भने, ‘नाइ सर विभिन्न मिडीयाले खिदीममा खस्यो भनेर भनेका छन्। तर त्यहाँ भएको मलाइ लाग्दैन म त्यतै जादैंछु। अन्यत्र स्थानमा पनि तपाईं बुझ्ने कोसिस गर्नु होला।’

    अनि जिल्लाका अधिकांश सञ्चारकर्मी र म जिल्ला प्रहरी कार्यलयमा गयौं। केही पत्तो लागेन। प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको नेतृत्वमा सुरक्षा निकायको बैठक बस्यो। तत्काल स्टेचरसहित उद्धारका सामाग्री लिएर जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोबिन्द पन्थीको नेतृत्वमा प्रहरी टोली खिदीम क्षेत्रमा खोज्न गयो। हामी पनि जाने भन्ने सल्लाह भयो अनि फेरि खसेको स्थान नै पत्ता लाग्न सकेको छैन।

    कहाँ जाने तयारीमा खसेको स्थान पत्ता लागेपछि जाउँला भनेर सबै सञ्चारकर्मी पत्रकार साथीहरु प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै बसियो। सबैले आआफ्नो तरिकाले खिदीम क्षेत्रमा बुझ्ने प्रयास गरियो। सबै पत्रकारका साथीलाई सोधिरहेका थिए। विमान त खिदीममै खसेछ है भनेर। मलाई पनि त्यहिँ भनेर पटकपटक सोधिरहनु भएको थियो, काठमाण्डौंबाट।

    केही ठूला मिडियाहरुले खिदीममै खसेको हो भनेर ग्यारेन्टीका साथ समाचार, लाइभ, ब्रेकिंग न्युज फालिरहेका थिए। तर अर्घाखाँचीमा क्रियासिल सञ्चारकर्मीबाट हैन, बाहिरका साथीहरुबाट।

    प्रमुख जिल्ला अधिकारीलाई म्यासेज आइरहेका थियो। जहाज कही फेला परेन भनेर विभिन्न मिडीयाबाट पनि प्रजिअसंग लाइभ लिइरहेका थिए। म र अरु साथीहरु पनि कति बेला विमान भेटिन्छ र समाचार बनाउला भनेर बसिरहेका थियौं। हामी एक आपसमा सञ्चारकर्मीले कुरा गरिरहेका थियौं साथीहरु हतार नगरौं। पुस्टी भएपछि मात्र समाचार पठाउला भनेर।

    डेक्सबाट फोन गरेर भनिएको थियो, ‘सर उद्धारकर्मीसंगै घटनास्थल गएर समाचार र तस्बिर खिच्नु है भनेर।’

    रात छिपिदैं गयो ९ बजिसकेपछि मैले घटनास्थल खिदीम क्षेत्रमा उद्धारमा खटिएका गणपति रामकाजी रानामगरलाई टेलिफोन गरे, ‘सर केही पत्ता लाग्यो त?’ उनले भने, ‘नाइ प्रेमजी खिदीमको सबै क्षेत्र मुर्राकोट, फर्सवाटाकुरा, पोखराथोक र पणेना कही पनि भेटिएन। यहाँ अहिले पनि खोज्ने कार्य जारी छ। सेना र नेपाल प्रहरीले खोजीकार्य गरिरहेका छौं। अब रातिमा भेटिने अवस्था एकदमै न्युन छ।’

    सबै पत्रकारहरु अब घर तर्फ लाग्यौं। भोलि बिहानै क्यामेरा, ल्यापटप सबै फुल चार्ज गरेर जानुपर्छ भनेर रातिको १० बजे आआफ्नो कोठातर्फ लाग्यौं। घरमा गए मम्मीले सोध्नुभो, ‘बाबु केही पत्ता लाग्यो त। यहाँ त पहिला समाचारमा खिदीममा भेटियो भन्ने टेलिभिजनहरुले भनेका थिए।’ अनि मैले जवाफ दिए, ‘नाइ भेटिएको छैन।’

    ‘बाबु खाना खान हिँड’ मम्मीले भने। मैले भने ‘नाइ मम्मी मलाई खाने मन छैन।’ भनेर आफ्नो कोठामा छिरे। एक गिलास चिसो पानी खाए। सानो समाचार तयार पारे हराएको विमान अझै भेटिएन भनेर समाचार पठाए।

    पुन: कहि भेटियोकि भनेर फोन गर्न थाले। धेरै फोन गरियो। पत्तो पाउन सकिएन। सोच्न थाले कतै, विमान अर्घाखाँचीमा नखसेर अन्तपो खस्यो की! प्यूठान र गुल्मीका साथीलाई पनि फोन गरे। फोन गर्दैगर्दा निदाउन पुगेछु। केही समयको निद्रापछि ब्युझिए। रातको २ बजेको थिए। तत्काल मोबाइल, क्यामेरा, ल्यापटप चार्जमा राखे। अनि सोच्ने थाले १८ जना हराएका छन्। सबै मरिसकेका होलान कि कतै उद्धारको आसमा छटपटाइ रहेका पो छन कि! कतै कसैले आमा पानी, पानी पो भनिरहेका छन कि! कस्तो हालतमा होलान उनीहरु भनेर सोचे। उनीहरुका घरपरिवार कति आत्तिएका होलान। के गर्दै होलान आफन्तहरु। पुन: सम्झिए पत्रकार गौरी कठायतलगायतका सबै विमानमा हराइरहेकाहरुलाई। सोच्दा सोच्दै बिहान भयो रातभर निदाइन।

    बिहान ५ बज्यो पुन: टेलिफोनमा घटनाबारे बुझ्न थाले। केही पत्ता लगाउन सकिएन। अनि म कपडा र झोला कसेर जिल्ला प्रशासनमा आउन कस्सिए। बाटोमा जाँदै गर्दा एकजना साथीले फोन गरे, ‘सर विमान त डिहिडाँडामा खसेको छ रे! तपाईं बुझ्नुस त। मैले तत्काल भने, ‘सर डिहिडाँडा त नजिकै हो त्यहाँ त मानिसको बस्ती छ। हैन होला। माथि खाँचीकोटतर्फ भए म एकपटक बुझ्छु है त।’

    म तत्काल खाँचीकोट गाविसमा रहेको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापालाइ फोन गरे, ‘सर तपाईंको तिर विमान खसेको छ भन्ने बुझिएको छ। केही थाहा छ?ֹ’ उनले भने, ‘हैन होला सर। तलतिर हैन माथि टावर भएको मसिनाको लेकमा भए म टावरमा बस्ने मानिसलाई बुझेर फोन गर्छु।’

    बाटोमा सर विमान त डिहीडाडामा खसेछ है भनेर प्रस्न स्थानीयले सोध्दै थिए। सबैको चासोको विषय थियो। बाटोमा अझै पुस्टी भएको छैन। अनुमान हो भनेर मैले जवाफ दिँदै गए। म सबै पत्रकार भएको स्थान जिल्ला प्रशासनमा पुगे।

    साथीहरु विमान त मसिनाको लेकमा खसेको शंका छ। केही बुझियो। हुन सक्छ भनेर पक्का गर्ने कोसिसमा छौं। प्रहरी र नेपाली सेना घटनास्थलतर्फ जादैँछ। केही समयपछि थाहा हुन्छ। साथीहरुबाट जवाफ आयो।

    त्यतिकैमा डेक्सबाट सोधियो, ‘सर विमान ढिकुरा गाविसमा रहेको मसीनाको लेकमा भेटिएछ है।’ मैले अझै पुस्टी भएको छैन। म बुझ्दै छ। भनेर जबाफ दिए।

    केही समयपछि चन्दननाथ गणका गणपति रामकाजी रानामगरको मोबाइलबाट घण्टी बज्यो। उहाँले भन्नुभो, ‘प्रेमजी विमान मसिनाको लेकमा खसेको रहेछ। पत्ता लाग्यो है।’ आधा घण्टामा नेपाली सेना उद्धारको लागि त्यसतर्फ जाँदै छ। ए हो ! सर भने यतिकैमा फोन काटियो। पुन: फोन गर्ने प्रयास गरे तर फोन लागेन।

    अनि हामी घटनास्थलमा जान हिँडीयो। अधिकांस पत्रकार साथीहरु जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाललको गाडीमा घटनास्थलतर्फ जान हिँडियो। अन्नपूर्णको डेक्सबाट विष्णु सरले समय समयमा फोन गरेर घटनास्थलमा गएर रिपोर्टिंग गर्नु है भनेर समेत भन्नुभएको थियो।

    डेस्कलाई फोन गरे र भने, ‘विमान भेटियो म घटनास्थल तर्फजाँदै छु। सोधि खोजी भैरहेको छ। खै कति बेला पुगिन्छ। गाडीमा छौं। गाडीबाट झरेर पनि झण्डै दुई घण्टा हिड्नु पर्छ। हिमपात बाक्लो छ। हेरौं कतिबेला पुगिन्छ।’

    खाँचीकोटको मैदानमा गएर गाडी रोकियो। हामीहरु प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र पत्रकारहरु स्यास्या र फ्याफ्या गर्दै उकालो चढ्न थाल्यौं। ठाडै उक्कालो सागुरो ढुंगाको बाटो। हिउँ परेर बाटोमा चिप्लीरहेका थियो। ढुंगामै टेक्ने र ढुंगामै छोप्ने, लगाएका कपडा खोलेर झोलामा राख्ने, गर्दै उकालो निस्कन थाल्यौ।

    मसंगै साथीहरु पनि स्यास्या र फ्याफ्या गर्न थाले उकालो चढ्दा सास बढ्यो। पानी पनि थिएन हिउँले जुत्ता सबै भिजेका थिए। मुख सुक्यो। मैले हिउँ खाएर मुख भिजाउन थाले। साथीहरुले पनि त्यसै गर्न थाले। घटनास्थलमा जान स्थानीय बासिन्दालगायतका बाटोमा अटेस पटेस मानिसहरु थिए।

    डेढ घण्टाको उकालो निस्किएपछि दुर्घटनास्थल नजिकिँदै थियो। झण्डै ४ सय मिटर तल नै हिउँमाथि रातै रगत देखिन्थ्यो। हामी दौडदै शवहरु संकलन गर्न थालेको स्थानमा पुग्यौं। हामी जाँदा सबै १८ वटै शव भेटिएका थिए।

    शवहरु क्षदबिक्षद थिए। कसैका टाउका थिएनन्। कसैका हात अनि कसैका खुट्टा। कसैकसैका त फोक्सो, मुटु र कलेजाहरु हिउँमा देखिएका थिए। अधिकांस शवहरु अंगार जस्तै काला थिए। दुई, तीनवटा बाहेकका शवहरुको अनुहार चिन्नु त परै जाओस सबै शरिरका भागहरु छिन्नभिन्न अवस्थामा देखिन्थे।

    त्यहाँ पुगेका सबैले आँखाको गुवामा आशु निकालि रहेका थिए। हामी त पत्रकार कामै त्यस्तै। क्यामेरामा तस्बिर कैद गर्न थालियो। अनि भिडीयो खिच्न त उद्धारमा खटिएकासंग घटनाको बारेमा बुझ्न थालियो।

    मन अतालिरहेका थियो। विभिन्न स्थानबाट फोन आइरहेका थिए। फोनमा घटनास्थलको एक किलोमिटर वरपरबाट शवहरु संकलन गरिएका छन्। अधिकांस शवहरु चिन्न सक्ने अबस्थामा छैनन। कसैका टाउकाको भाग छैन। सबै छिन्नभिन्न छ। जुम्लाबाट पत्रकार नेत्र शाहीले फोन गरे, ‘सर के छ? घटनास्थलको अवस्था मैले यहाँको कारुणीक दृश्य बताए।

    हामी टावरको कर्मचारी केसरराज

    खनालको प्रतिकृया लियौं। उनले भने ‘अघिल्ला दिन नै जहाज खसेको थाहा पाएपनि आफूसंग रहेको मोबाइल अफ भएको बताए। अरु कोही त्यहाँ नभएको तल गएर भन्नपनि बाक्लोहिमपात परेकाले सकिन। आज बिहान मात्र अर्कोसाथी आएपछि फोन गरेर जानकारी दिएको हुँ। यसमा म आफैं दु:खी छु। यदि मैले अघिल्लो दिनै खबर गर्न सकेको भए उद्धार त चाडो हुने थियो नि!’

    हामी रिपोर्टिंगमा ब्यस्त रहदै गर्दा सबै शबहरु प्लास्टिकमा बाधि सकेका थिए। टुक्राटुक्रा परेका जहाजका टुक्राहरु नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले जम्मा गर्दै थिए। ९ वटा शबहरु जाली भएको एक भाडो जस्तोमा राखेर माथिबाट डोरी राखिएका थिए। माथिबाट हेलिकप्टरले डोरी छाड्यो। तल बसेका नागरिक उड्ययन प्राधिकरणका कर्मचारी र सुरक्षाकर्मीले हेलिकप्टरले माथिबाट छाडिदिएको डोरीमा बाधेर शबहरु चन्दननाथ गण रहेको म्यालपोखरी ब्यारेकमा लगियो। यो प्रक्रिया दुई पटक रह्यो।

    अनि हामी सबै साथीहरु सन्धिखर्क फर्कन थाल्यौ। हिउँमा चिप्लदैं, लड्दैं खाँची मैदानमा झरियो। त्यहाँ आएर सबै साथीहरुले एकएक आमखोरा पानी र भेली खायौं। अनि गाडी चढेर सन्धिखर्क झरियो। शरिर थाकेर खैलाबैला भएको थियो।

    अर्कोतर्फ समाचार र फोटोहरु चाँडो पठाउन हतार थियो। सन्धिखर्क आउँदा दिउँसोको तीन बजिसकेको थियो।

    सबै शवहरु चन्दननाथ गणबाट काठमाण्डौं पठाइएको थियो। सदरमुकाममा एडिएसएल, वल्डलिङ्क र सुबिसुको नेट चलेको रहेनछ।

    विद्युतको लाइन पनि थिएन। अनि झोलाबाट ल्यापटप निकाले स्काइको इभिडीयोबाट नेट चलाएर फोटाहरु पठाउन थाले। एकातर्फ स्काइको नेट सोलो थियो। अर्कोतर्फ लाइन नहुनाले ल्यापटपमा रहेको चार्जले कतिबेला धान्छ भनेर हतार हतार समाचार लेख्न थाले। बल्लतल्ल ६ बजे सामान्य समाचार र ७, ८ वटा फोटाहरु पठाउन सफल भए। तत्काल ल्यापटपमा चार्ज सकिएर बन्द भयो। लाइन आउन सकेन। म निरास बने। अनि सोचे आज किन हामीलाई विद्युत र नेटले पनि धोका दियो।

    ज्यान थाकेर लखतरान परेको थियो। शरिरमा तागत थिएन। खाना त दुई दिन देखि शरिरमै परेको छैन। किन नहोस नि शरिरमा खाँचीमैदानमा खाएको पानी र भेली मात्र थियो। नरपानीमा भोक लाग्यो भनेर सबैले एकएक वटा चाउचाउ खानको लागि छोपे पनि एक चौथाइ पनि मुखबाट भित्र छिर्न सकेन। खान थाल्दा ति क्षदबिक्षद शबहरु आखा अगाडि आउथे। अनि केको मिठो होस चाउचाउ पनि।

    लाइन आउछ कि भनेर बसिरहे। साझ ७ बजेसम्म लाइन आएन। म घरतर्फ गए। घरमा पुगेको केही समयपछि लाइन आयो। घरमा पुगेर घटनास्थलको बारेमा परिवारमा रहेका बुबा, आमालगायतलाई सुनाए।

    अनि खाना खान मम्मीले भन्दै हुनुहुन्थ्यो। मेरो अगाडि डरलाग्दा अंगारजस्ता शबहरु

    भए जस्तो लाग्थ्यो। ‘म खान्न। खाने मन छैन’ भनेर कोठामा गएर पल्टिए।

    मानिसको जीवन के नै छ र! जुम्लाका मानिस यति टाढा आएर पानी पनि खान नपाइ मर्छन। धिक्कार हो हामीले बाचुन्जेल तेरो र मेरो भन्ने पनि भन्ने सोच्दै घटनास्थलको क्षदबिक्षद कारुणिक दृश्य सम्झदै निदाउन पुगे।

    लामो समय देखि  पत्रकारीता गर्दै आएका आचार्य समाचार पोष्ट डटकमका कार्यकारी सम्पादक हुन ।

    शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु
    प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट
    समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि
    रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

    लोकप्रिय

    • १.
      टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक

    • २.
      प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

    • ३.
      डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

    • ४.
      रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

    • ५.
      फिल्म हलहरुमा ग्राहकलाई पपकर्न र आइसक्रिम सेवा

    • ६.
      भक्तपुरमा कानुन व्यवसायी महिलाको ३२औँ राष्ट्रिय सम्मेलन

    भर्खरै

    • १.
      लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

    • २.
      राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम

    • ३.
      प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

    • ४.
      रोल्पाका कक्षा–९ विद्यार्थीले बनाए एम–१४ बन्दुक

    • ५.
      रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

    • ६.
      डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

    • ७.
      भक्तपुरमा कानुन व्यवसायी महिलाको ३२औँ राष्ट्रिय सम्मेलन हुँदै

    • ८.
      टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...