• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लुम्बिनीमा ६ वटा क्षेत्रलाई सांस्कृतिक ग्राम बनाइँदै


  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
  • दाङ । लुम्बिनी प्रदेशमा ६ वटा क्षेत्रलाई सांस्कृतिक ग्रामका रुपमा विकास गरिने भएको छ। जातजाति, सांस्कृतिक बाहुल्यता तथा पहिचानको आधारमा सांस्कृतिक ग्राम बनाइने लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनाएको छ।

    Advertisement

    कहाँ र कस्तो बनाउने भन्ने बारेमा मन्त्रालयले विभिन्न स्थानमा पुगी छलफल पनि सुरु गरेको छ। केही समयपछि आ–आफ्नो जातजाति र संस्कृतिको संरक्षण भएको महसुस गर्ने पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बताए।

    उनका अनुसार सांस्कृतिक ग्राम बनाएसँगै झण्डै ५ हजार बढीले रोजगारी पाउनेछन्। दाङमा थारू जातिको बाहुल्यता र इतिहास भएकाले थारूग्राम सांस्कृतिक ग्राम बन्ने समेत उनको भनाइ छ। यस्तै बाँके र बर्दियामा पनि थारूग्राम बनाइने उनले बताए।

    उनले भने,‘ लुम्बिनी प्रदेशमा सबै संस्कृति बचाउनको लागि उद्देश्यले नै हामीले यो काम गर्दछौँ। जसले गर्दा थारू, मगर, मधेशको संस्कृति बच्ने छ। हामीलाई मगरहरूका संस्कृति खाना परिकारहरू खाने मन लागेमा मगर ग्राममा गएर खान सक्छौँ। थारूको परिकार र रहनसहन पनि मा पाउन सक्छौ। एकातिर संस्कृतिको संरक्षण र अर्कातिर आर्थिक आयआर्जन पनि हुन्छ।’

    उनका अनुसार बर्दियाको नेशनल पार्कमा सबै जातजतिहरूको कला संस्कृति राखिनेछ। बर्दियाको भौराटप्पा, बाँकेको राप्ती सोनारी, दाङको घोराहीमा थारूग्राम र दंगीशरण गाउँपालिकाको चखौरामा रहेको थारू संग्रहालयको विकास गरिनेसमेत उनले बताए।

    यसैगरी, रुकुम र रोल्पालाई मगर ग्राम, प्युठान, गुल्मी, अर्घाखाँचीमा ब्राह्मण र क्षेत्रीहरूका कला संस्कृतिलाई संरक्षण गर्नको लागि जोड दिइएको समेत मन्त्री चौधरीले बताए।

    यस्तै, पाल्पामा मगर ग्राम र रूपन्देही, कपिलवस्तु नवलपरासीमा थारू र मधेशीहरूको मिसाएर सांस्कृतिक ग्राम बनाउन लागेको समेत उनले बताए। उनले प्रदेशका विभिन्न ठाउँमा बनाउन लागेको सांस्कृतिक ग्रामले संस्कृति र खानपान पनि संरक्षण पनि हुने र संस्कृतिलाई जोडेर यो वर्ष ५ हजार युवा र महिलाहरुले रोजगार दिने कार्यक्रमको लक्ष्य रहेको समेत बताए।

    त्यस्तै मन्त्रालयका सचिव महेश चन्द्र न्यौपानेका अनुसार प्रत्येक क्षेत्रलाई ६५ लाख बराबरको बजेट र अनुसन्धानका लागि मात्र एक करोड रकम विनियोजन गरिएको छ। उनले भने,‘ हरेक ठाउँको खानपान रहन सहनको अनुसन्धान गर्ने र त्यहाँ अहिले कस्तो छ, त्यसलाई कसरी स्तरीकरण गर्न सकिन्छ, भन्ने बारेमा अनुसन्धान हुन्छ। विशेषगरी खाद्यान्न र पिए पदार्थहरूको विकास कसरी गर्ने, त्यसलाई कसरी ब्रान्ड गर्ने लगायतका कुरालाई अनुसन्धान गर्न हामीले एक करोड बजेट छुट्टाएका छौँ।’

    त्यस्तै, उनले दाङमा अहिले जिल्लामा ठाउँ नतोकिएको भएयता पनि स्थानीयको सक्रियताको हिसाबले ठाउँ तोकिने समेत उनले बताए। उनले संस्कृति जोगाउनको लागि गर्न लागेको यो कार्यक्रममा बजेटको अभाव नहुने समेत बताए।

    बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation