• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

बाँकेमा बाघैबाघ, हेर्न आउँदैनन् कोही


  •   शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
  • बाँके । बाघको संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरियो । २०६७ असार २८ गते स्थापना भएको निकुञ्जमा छोटो समयमै करिब दुई दर्जन बाघ पुगेको छ ।सन् २००९ मा चारवटा बाघ रहेको निकुञ्जमा अहिले २१ वटा छन् । सन् २०१८ मा गणना गर्दा २१ वटा देखिएका हुन् । अझै बढेको आँकलन गरिएको छ । बाघ संरक्षणका लागि बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीपोखरी र घाँसे मैदान निर्माण गरिएको छ । चुनौतीको रूपमा रहेको चोरी शिकारी नियन्त्रणको अधिक प्रयास भएको छ ।

    Advertisement

    निकुञ्ज ५ सय ५० वर्गकिलोमिटरमा फैलिएको छ । ३ सय ३० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्र पर्दछ । बाँके, दाङ र सल्यान जिल्लालाई छोएको निकुञ्जमा बाघसँगै लोपोन्मुख वन्यजन्तु चौका प्रशस्त रहेका छन्।

    बाघ हेर्नलाई संसार नै लालायित छ । बाघ भएका निकुञ्जमा पर्यटकको घुइँचो लाग्ने गर्दछ । बाँके राष्ट्रिय निकुञ्जको हकमा त्यो लागू भएको छैन ।

    निकुञ्जमा अलिकति सफारी गर्नेबित्तिकै बाघ देखिने गरेको भुक्तभोगीहरु बताउँछन् । गाभर होमस्टेका सञ्चालक कृष्ण चौधरीले बाँके राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि लामो यात्रा गर्न नपर्ने बताए । ‘आएका पर्यटकले छोटो यात्रामै बाघ देखेर खुसी भएका छन्’, चौधरीले भने– ‘त्यसका बाबजुद प्रचारप्रसार हुन नसक्दा पर्यटकको रोजाइ बन्न सकेको छैन ।’

    बाँके राष्ट्रिय निकुञ्ज नेपालगन्ज शहरदेखि नजिकै रहेको छ । नेपालगन्जमा पर्यटकलाई केन्द्रमा राखेर ठूल्ठूला होटल बनेका छन् । मानसरोवर, रारा, से फोक्सोण्डो, स्वर्गद्वारी, बर्दिया राष्ट्रिय निकुञ्ज जाने पर्यटकहरु नेपालगन्ज भएर जाने गर्दछन् । यी ठाउँमा जाने पर्यटकको सेडुलमा बाँके राष्ट्रिय निकुञ्ज पर्ने गरेको छैन । नेपालगन्ज भएर यस क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा जाने पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्जमा एक दिन मात्रै होल्ड गराउन सकेमा यहाँको पर्यटकीय विकासमा टेवा पुग्ने पर्यटन प्रवद्र्धन मञ्च, बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

    शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation