• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

ऐरावतीमा बिकासको गति रोकिएको छैन : अध्यक्ष शाह


  •   बिहिबार, असार १७, २०७८ मा प्रकाशित
  • – प्यूठानका नौ वटा स्थानीय तहमध्येको एक ऐरावती गाउँपालिका बिकास र सम्बृद्वीतर्फ उन्मुख हुँदै गएको छ । स्थानीय सरकार बनेपछि पालिकाले कृषी, शिक्षा, स्वास्थ्य र पुर्वाधार लगायतका क्षेत्रमा प्राथमिक्ताका साथ काम गरिरहेको छ। यो गाउँपालिकाको नेतृत्व नेपाली काङ्ग्रेसबाट निर्वाचीत नविलविक्रम शाहले गरिरहनुभएको छ। चुनावी प्रतिबद्वता र तीनको कार्यान्वयनको बिषयमा केन्द्रीत रहेर कामना डेली अनलाईनले गरेको कुराकानीको सारसंक्षेप ः

    १– ऐरावती गाउँपालिकामा कोरोना संक्रमणको अबस्था के छ?

    Advertisement

    पछिल्लो समय संक्रमण दर घटेको छ । धेरैजसो बिरामी निको हुनुभएको छ। परीक्षणका क्रममा एकाध संक्रमित भएपनी त्यति बढी देखिएको छैन। हामिकहाँ कुल संक्रमित १३५ जना भएका हुन। अहिले सक्रीय संक्रमित जम्मा १३ जना हुनुहुन्छ। यश मध्ये धेरैले आईसोलेशनको अबधी पूरा गरिसक्नुभएको छ। दुई जनाको पालिकाले बनाएको आईसोलेशनमा राखेर उपचार गरिरहेका छौ। गाउँघरको अवस्था अब सामान्य बन्दै गएको छ ।

    २– त्यसोभए कोरोना रोकथाम तथा नियन्त्रणको लागि पालिका स्तरबाट के कस्ता प्रयास भइरहेका छन् ?

    कोभिड–१९ महामारीपूर्ण रोगबाट हाम्रो पालिका पनि प्रभावित बन्यो । त्यसैले, पालिकाको आफ्नो स्रोत साधनले भ्याएसम्म कोरोना नियन्त्रणको प्रयास गरिएको छ । खास गरि, गाउँबस्तीमा कोरोनाबारे प्रशस्तै सचेतनामूलक गतिविधिहरु गर्यौं । त्यस्ले धेरै मानिसहरु संक्रमित हुनबाट जोगिए। नयाँ ठाउँबाट आउनेहरुलाई निगरानी गर्ने, उनीहरुलाई घरमै सुरक्षित व्यवस्थापन गर्ने काम गर्यौं । त्यस्तै अक्सिजनको सुबिधा सहित पाच शैयाको अस्पताल संचालनमा ल्याएका छौँ। गंभीर खालका बिरामीहरुलाई समयमै उपचार पाउने गरि पालिकाकै एम्वुलेन्सले पुर्याईदिने काम गर्यौं भने निजी पिकअपहरुलाई समेत बिरामी बोक्न प्रयोग गरियो । यसैगरी, परिक्षणका लागि चाहिने किट्स उपलब्ध हुन नसकेका बेला पालिका आफैले १ सय ५० किटस खरिद गरेर समेत परिक्षण गर्यौँ। अहिले हामी कहाँ दुई वटा स्वास्थ्य संस्थामा ल्याव सेवा छ। समुदाय स्तरमै पुगेर निशुल्क रुपमा कोरोना जाँच गर्ने काम गरिरहेका छौं । रोकथाम र उपचार दुवै हिसाबले राम्रो भएको छ भन्ने लाग्छ।

    ३ – स्थानिय सरकार प्रमुख भएर काम गर्नुपर्दाको के कस्ता चुनौतीको सामना गर्नुभयो ?

    गाउँपालिकाको नेतृत्व सम्हालेको ४ वर्षमा हामीसँग थुप्रै अनुभवहरु छन्। सङ्घीयता कार्यान्वयनको सुरुवाती चरणमा काम गर्नुपर्ने भएकाले सीमित बजेट, कर्मचारीको अभाव समस्याकै रूपमा देखा प¥यो । नेतृत्व गर्ने कुरा हो, काम गर्दा अप्ठेरा स्थितिहरु त आउँछन् नै । खर्चिलो र भौगोलिक विकटता विकासका लागि बाधकका रूपमा देखा परेको छ ।
    गरीबी, बेरोजगारी, वैदेशिक रोजगारी र अज्ञान हाम्रा लागि चुनौती हुन् । अर्को तर्फ केन्द्र र प्रदेशले दिने अनुदानको दायरामा रहेर योजना बनाउनुपर्ने बाध्यता छ । जनताको इच्छा र चाहना बढि नै छ । हामीसंग स्रोत साधन त्यसको तुलनामा धेरै कम छ । त्यही पनि उपलब्धिहरु हासिल गरेका छौँ।
    सबै चुनौतीहरुलाइ चिरेर हामी जनअपेक्षाअनुसार विकासमा गति दिन खोजीरहेका छौँ। प्रयाप्त स्रोत साधन हुँदा बिकासनिर्माणका काम प्रसस्त गर्न सकिन्छ भन्ने बिश्वास जागेको छ ।

    ४ – चार बर्षको यो अबधीमा महत्वपुर्ण काम के के भए ?

    हामी जनप्रतिनिधी भएर आउँदा जनताको आधारभूत आवश्यकताका पूर्वाधारको अवस्था निकै कमजोर थियो। भएका पूवाधार पनि जीर्ण थिए । निर्वाचितपछि पालिकाको सबै ठाउँमा बाटो विस्तारको कामलाई प्राथमिकतामा राखेर अघि बढियो। अहिले हरेक वडामा आउजाउ गर्न सहज भएको छ।सिँचाइ र खानेपानीमा पनि उल्लेख्य काम भएको छ । विद्युतीकरण गर्ने कार्य पनि भइरहेको छ । आयआर्जनमा पनि केही प्रयास गरिएका छन् । जसबाट जनताले प्रत्यक्ष सुबिधा महसुस गरेका छन्। पालिकाका ६ मध्ये चार वटा वडा कार्यालय बनाईसकेका छौ। अन्य दुई वटा वडाको निर्माण प्रक्रीयामै छन। गुणस्तरिय शिक्षाका लागि विद्यालय भवन, शिक्षक पदपुर्ति गर्ने काम भएका छन। खेलमैदानको काम अघि बढेको छ । स्वास्थ्य चौकीका साथै गाउँगाउँमा सामुदायिक स्वास्थ्य इकाई, गाउँघर क्लिनिक संचालन गरिरहेका छौं । त्यस्तै, पालिकाभित्रका ५२ वटै सामुदायिक बनमा रिचार्ज पोखरी बनाएका छौ। हामिले ठुलो योजनाका रुपमा अघि सारेको बिजुली र दाङबाङ लिफ्ट खानेपानी योजना सम्पन्न हुने अबस्थामा छ । यसै बर्ष झन्डै ७० प्रतिशत घरधुरीमा खानेपानी सुबिधा पुर्याउदै छौँ। गाउँपालिकामा खरको छाना मुक्त गर्ने अभियान अहिले पनि छ।त्यस्तै कृषिमा आधुनिकीकरण गर्ने कार्य सुरु भएको छ । थुप्रै योजनाहरु कार्यान्वयनको चरणमा छन।

    ५ – स्थानिय बासिन्दाको माग कसरी सम्बोधन गरिरहनुभएको छ?

    हामी जनताबाटै निर्वाचित भएर आएका हौँ । जनताले महसुस गर्ने गरि काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ। सुरुको बर्ष देखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । गाउँवस्तीको अभाव, जनताको अफ्ठ्यारो, समस्या र आवास्यक्ता पहिल्याउदै हल गर्ने हाम्रो कोसिस छ । हामीले वडास्तरबाट माग भई आएका योजनाहरुलाई समेटेर कार्यक्रम बनाउने गरेका छौ।
    तीनलाई आवास्यक्ताका आधारमा प्राथमिक्ताका साथ पालिकाले सम्बोधन गर्दै पनि आएको छ । ती योजनाको प्रभावकारी कार्यान्वयन हुने गरेका छन । हामीकहाँ योजनाको पहिचान, योजना तर्जुमादेखि विकासको प्रतिफल वितरणसम्मका हरेक चरणमा समुदायको निर्णायक सहभागिता छ । हामी जनताको माग पूरा गर्दै गाउँपालिकाको समग्र बिकास र सम्वृद्धिमा जुटेका छौँ ।
    ६ – निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्वता के कति पूरा गर्नुभयो?

    जनता सामु गरिएका वाचाहरू कति पूरा भए कति हुन बाँकी छन् । निर्वाचनमा होमिदै गर्दा सडक लगायतका पुर्वाधारबाट विकास सुरु गर्ने भनेको थिएँ। मैले त्यस्तै गरेँ। पार्टीले विभिन्न प्रतिबद्वता सहित घोषणापत्र जारी गरेको थियो। चुनाबी भेटघाटका क्रममा पनि पाँच वर्षमा समृद्ध ऐरावती निर्माण गर्छौं भनेर भोट मागेको थिएँ। अहिले तीनै प्रतिबद्वताको आधारमा हामी काम गर्दै छौँ। हामीले बाचा गरे अनुसार ४ वर्षमा ९५ प्रतिशत कामहरु पूरा भएका छन् । कसरी नागरिक केन्द्रित दिगो, भरपर्दो विकास गर्ने भन्ने विषयतिर नै म बढी केन्द्रित छु । बचेको कार्यकालमा सबै काम पूरा हुन्छन ।

    ७ – नयाँ आर्थिक वर्ष सुरु भएको छ। कस्ता योजना प्राथमिक्तामा छन ?

    स्थानीय तहको यो निर्वाचित भएपछिको अन्तिम र चुनावी बजेट हो । हामीले बजेट विनियोजन गर्दा सेवा प्रवाह र सुशासन, सामाजिक विकास, पूर्वाधार विकास, कोरोना भाइरस रोकथाम, आर्थिक विकास, वन तथा वातावरणलाई क्रमश प्राथमिकता दिने नीति अख्तियारी गरेका छौ । कोरोना कहरले पु¥याएको असरलाई लक्षित गरी कृषि उत्पादन वृद्धि, बेरोजगार युवालाई घरगाउँमा स्वरोजगार बनाउने तथा स्वास्थ्य, शिक्षा, पर्यटन, उद्यमशीलता लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छौँ।
    पालिका क्षेत्रभित्रका पुर्वाधारहरुको स्तरिकरण गर्ने योजना छ। यो बर्ष हामी अधुरा कार्य पूरा गर्ने तिर लागेका छौं। अहिलेसम्म सुरु गरेका कामलाई संस्थागत गराउने  प्रयास जारी छ।

    ८ – अबको गाउँपालिका कस्तो बन्छ ?

    अब हाम्रो एक वर्ष मात्र समयावधि बचेको छ । हाम्रै कार्यकालमा सुन्दर र समृद्ध गाउँपालिका बन्नेछ। पालिकाका सबै वडामा सडक व्यवस्थित बनिसक्छन । शिक्षा र स्वास्थ्यमा अहिलेको भन्दा गुणात्मक हिसाबले सुधार भएको हुनेछ । कृषि, पर्यटन, विद्युत विकासले फड्को मार्ने छ । हरेक बस्तीमा धेरै हदसम्म खानेपानी सुविधा शुनिश्चतता भएको अवस्थाहुने छ । पर्यटकलाई भित्र्याउने संरचना तयार हुनेछन्। प्रत्येक वडा र पालिका स्तरमा खेलमैदान बनिसक्नेछन।
    सबैले प्रशंसा गर्ने नमुना काम गाउँपालिकाका सबै वडामा गरिनेछ । हामीले गरेका कामको परिणाम पनि देखिने नै छ।

    बिहिबार, असार १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation