• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, माघ २९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

लोकप्रिय समाचार

  • १. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • २. आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

  • ३. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • ४. संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

  • ५. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ६. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

  • ७. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

ज्येष्ठ नागरिकको बजेटबाट जनप्रतिनिधिको घुमफिर


  •   मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
  • विराटनगर । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्।

    Advertisement

    गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको पृष्ठ नम्बर १५४ मा सामाजिक विकास कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक अवलोकन भ्रमण शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ। सोही शीर्षकको बजेटबाट कर्मचारी र जनप्रतिनिधि प्रदेश २ र बागमती प्रदेशका स्थानीय तहको पाँचदिने घुमफिरमा निस्किएका हुन्। उक्त टोलीमा गाउँपालिका अध्यक्ष रामकुमार कामत, प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा, वडाध्यक्षहरू कपुरलाल माझी, जग्गुलाल कामतसहित लेखा शाखाका कर्मचारी, प्राविधिक सहभागी छन्।

    गाउँपालिका उपाध्यक्ष मन्जिताकुमारी सरदारले यो भ्रमणको विरोध आफूले गरेको बताइन्। ‘गर्नु नहुने काम गरिरहेका छन्’, उपाध्यक्ष सरदारले भनिन्, ‘पहिले मैले सचेत गराउँदा मानेनन्।’

    उपाध्यक्ष सरदारका अनुसार जनप्रतिनिधि र कर्मचारी अन्य प्रदेशका स्थानीय तहको अध्ययन भ्रमण भन्दै गएका हुन्। ‘अन्य प्रदेशका स्थानीय तहसँग अनुभवबारे अन्तरक्रिया गर्ने उद्देश्यले भएको भ्रमण नराम्रो होइन तर खर्च गर्ने प्रक्रिया गतल नै हो’, सरदारले भनिन्।

    जनप्रतिनिधि र कर्मचारीबाहेक अरू पनि भ्रमणमा सहभागी हुने भएपछि आफूले यात्राको एक दिनअघि मात्र रद्द गरेको उनले सुनाइन्। जनप्रतिनिधि र कर्मचारीको वृत्ति विकासका लागि भ्रमण स्वाभाविक भए पनि भ्रमण सूचीमा नभएका व्यक्ति सहभागी हुने जानकारी पाएपछि भ्रमण स्थगन गरेको उनको भनाइ छ। भ्रमणमा कतिपय जनप्रतिनिधि र कर्मचारीले परिवारका सदस्यलाई पनि लगेको जनाइएको छ।

    गाउँपालिका अध्यक्ष कामतले गाउँपरिषद्का बेला जनप्रतिनिधि र कर्मचारी भ्रमणकै लागि भनेर छलफल गरी बजेट विनियोजन गरिएको प्रतिक्रिया दिए। बजेट पुस्तिकामा भने ज्येष्ठ नागरिक अध्ययन भ्रमण भन्ने पर्न गएको कामतको भनाइ छ।

    ‘हामीले बजेट बनाउँदा परिषद्मा अन्य गाउँपालिकासँग अनुभव साट्ने उद्देश्यले नै यो शीर्षकमा छलफल गरेका थियौं’, उनले भने, ‘तर, बजेट पुस्तिकामा फरक शीर्षकमा छापिएछ, दुरुपयोग होइन।’

    अध्यक्षले भ्रमणको बचाउ गरे पनि गाउँपालिकाले जेष्ठ नागरिकका लागि यसबाहेक अरू कुनै कार्यक्रम बनाएको पाइएको छैन। उपाध्यक्ष सरदारले जाडोको बेलामा न्यानो कपडा उपलब्ध गराउनेबाहेक गाउँपालिकामा ज्येष्ठ नागरिक लक्षित विशेष कार्यक्रम नरहेको बताइन्।

    समुदाय लक्षित कार्यक्रममा विनियोजन गरिएको बजेटलाई अन्यथा खर्च गर्नु दुरुपयोग भएको स्थानीय ज्येष्ठ नागरिकको गुनासो छ। ‘जुन समुदायलाई लक्ष्य गरेर बजेट बनेको हो त्यसमा खर्च नगरी अन्यत्र खर्च गर्ने कार्यको निन्दनीय छ’, स्थानीय ८५ वर्षीय यदुनाथ घिमिरेले भने, ‘यसले हामीलाई अन्याय भयो।’

    जनप्रतिनिधि र कर्मचारीले गरेको बजेट दुरुपयोगको स्थानीय नेताले पनि आपत्ति जनाएका छन्। नेकपा प्रदेश कमिटी सदस्य मृत्युञ्जयकुमार झाले ज्येष्ठ नागरिकको नाममा छुट्टिएको बजेट दुरुपयोग भएको घटनामा आफ्ने ध्यानाकर्षण भएको बताए। रविन भट्टराइले अन्नपूर्ण पाेस्ट दैनिकमा खबर लेखेका छन् ।

    मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • २.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ३.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • ४.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत

    • ५.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ६.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    भर्खरै

    • १.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

    • २.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

    • ३.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    • ४.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • ५.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ६.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

    • ७.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ८.
      झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation