अनिल खत्री, गुल्मी । बडादशैंको नवौं दिन आज बिभिन्न मन्दीर तथा शक्तिपिठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । महानवमीको अबसरमा गुल्मीका बिभिन्न देवालयमा पूजाआज तथा बिभिन्न मेडाहरुको बली दिएर मनाएका छन् ।
नवमीको अबसरमा गुल्मी स्थित धार्मिक तथा ऐतिहासिका मन्दिरहरु मुसिकोट, इस्माकोट, धुर्कोट, चारपाला दरवार, उजुङ्गकोट, जोगिथुम मन्दिर, अर्जुन भगवती मन्दीर, तम्घास मन्दिर लगायतका स्थानका मन्दिरहरुमा पूजागर्नेहरुको ठुलो भिड लाग्ने गर्दथ्यो । जुन मन्दिरहरुमा परापूर्वकालमा ऐतिहासिका राजाहरुले बसोवास गरेको पुरानो मान्यता पनि रहेको छ ।
यसवर्ष कोरोना महामारीका कारण मन्दिरहरुमा पातलो उपस्थितीमा महानवमी मनाइएको छ । कोरोना महामारीका कारण जिल्ला प्रशासनले मन्दिरहरुमा निषेधाज्ञा गरेका कारणले पनि मन्दिरहरुमा अघिल्लो वर्ष जस्तै श्रदालु भक्तजनको पातलो उपस्थिती रहेको हो । महानवमीको अबसरमा उक्त मन्दिरहरुमा पञ्चवली राँगा, पाठा, परेवा, कुबिन्नो, हाँस, कुखुरा लगायतका बिभिन्न पशुहरु तथा फलफूलहरु पनि चढाउने गर्दछन् । देवतालाई बली दिएर मनको आकांक्ष पुरा हुने बिश्वासका साथ बली दिने गर्दछन्। कतिपय साहाकारीले कुबिन्नो, काक्रा,मुला जस्ता पनि चढाउने प्रचल रहि आएको छ । बली दिएसँगै देवता खुसी हुने र आफुले मनले आटेका चिताएको कुरा पुरा हुन्छन् भन्ने मान्यता रहेको जनश्विास छ । परिवारको खुसशान्तीको कामनामा बली दिने गर्दछन् ।
गुल्मीका बिभिन्न स्थानमा रहेका मन्दिरहरुमा बिहानैदेखि पूजा तथा वली दिनेहरु मन्दिर पुगेका थिए । काम बिशेषले शहर र रोजगारिको लागि बिदेसीएकाहरु दशैंका लागि गाउँ फर्कने क्रमले सुनसान बनेका ग्रामीण बस्तीमाहरु यतिबेला चहलपहल हुन्थ्यो । तर गाउँमा पहिले जस्तै दशैंको रैनक भने छैन् । अघिल्ला वर्षका चाडपर्वमा नयाँ कपडा लगाउनु पर्छ मिठो खानु पर्छ भन्ने मान्यताले बजारमा किनमेल गर्नेहरुको भिडले बजारमा चहलपहल बढने गर्दथ्यो । वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि शहरबजारमा भन्दा ग्रामीण क्षेत्रमा चहलपहल बढने गर्दथ्यो ।
हिन्दुहरु धर्म मान्नेहरुको लागि बिशेष चाड बिशेष पर्वको रुपमा मनाइने बिजया दशमी दशैं प्रमुख चाडको रूपमा मनाईन्छ । दशैं पर्व असत्य माथी सत्य को बिजय भएको रुपमा यो चाड लाई मानिन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखी नवमीसम्म शक्तिकी देबी दुर्गामाता को पूजाआराधना गरी दशमी को दिन दशमीको टिका प्रसाद ग्रहण गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ।