• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

मान्छेपिच्छेका आनिबानीहरु


  •   शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित
  • कति बानीहरू यस्ता हुन्छन्, जसका बारे मान्छे आफैँ अनभिज्ञ हुन्छ । कुनै पनि मान्छेले साधारणतया आफ्ना बानीहरूका बारे केलाएर हेर्ने काम गरेको हुँदैन ।
    परिभाषाको कुरा गर्ने हो भने नियमित व्यवहारमा दोहोरियर भइरहने र नजानिँदो किसिमले पनि देखा पररिहने कुरालाई बानी भन्छन् । कहिलेकाहीँ यो अनिवार्य भइसकेको हुन्छ । बानी भनेको अचम्मको कुरा हुने गर्छ । यो कसरी लाग्छ, किन लाग्छ भन्ने कुराको कुनै ठोस कारण पनि हुँदैन । तर, मान्छेलाई जीवनका हरेक प्रहरहरूमा केही न केही बानीहरू लागिरहन्छन । अनि, लागेपछि ती बानीहरूले मान्छेलाई सितिमिति छोड्दैनन् । अदृश्य र अस्पष्ट ती बानीहरू कुनै अभिन्न मित्रझैँ मान्छेको साथमा सधँै रहिरहन्छन । कुनै बानी मान्छेले जन्मँदै वंशानुगत रूपमा लिएर जन्मेको हुन्छ भने कुनै वातावरण, परिस्थति, संगत र अरू कुराहरूले उसभित्र ती बानीहरूको बीजारोपण गििरदन्छन । बानीहरू अनेकौँ प्रकारका हुने गर्छन । कुनैले मान्छेलाई फाइदा गर्छन्, कुनैले हानि पनि गर्छन । यिनीहरूको उपस्थिति यति प्रभावकारी र सशक्त हुन्छ, मान्छेले हानि गर्ने बानीका बारेमा सबै बुझ्दाबुझ्दै पनि तिनलाई हत्पति छोड्न सक्दैन । लतलाई एकछिन छोडेर कुरा गर्ने हो भने पनि मान्छेका असंख्य बानीहरू हुन सक्छन । कति बानीहरू यस्ता हुन्छन्, जसका बारे मान्छे आफैँ अनभिज्ञ हुन्छ । कुनै पनि मान्छेले साधारणतया आफ्ना बानीहरूका बारे केलाएर हेर्ने काम गरेको हुँदैन ।

    Advertisement

    माया गर्ने बानी, कुरा काट्ने बानी, काम छल्ने बानी, अरूको खुट्टा तान्ने बानी, सानो कुरामा बढी चिन्तित हुने बानी, रुने बानी, ठग्ने बानी, जानीजानी आफू मूर्ख हुन्जेल भावुक हुने बानीजस्ता असंख्य बानीहरूका बारे कुरा गर्न सकिन्छ, जसको कुनै अन्त्य पनि हुँदैन ।

    केही बानीहरू यस्ता हुन्छन्, जसले एउटा ठूलो समुदाय, समाज, सहर वा सिँगै मुलुकलाई सामूहिक रूपमा लान पनि सक्छन । वातावरण, परिस्थति र केही हदसम्म बाध्यताले पनि यस्ता बानी लाग्नमा सघाउ पुर्याइरहेका हुन्छन । एउटा त्यस्तै बानी हो, झूटो बोल्ने ।अचेल हामीमा त्यस बानीको विकास भइरहेको छ । बानी नजानी­­ नजानी पनि लाग्न सक्छ भन्ने कुराको यो पनि एउटा गतिलो उदाहरण हो ।

    यो एउटा यस्तो बानी हो, जसले बोल्ने मान्छेलाई क्षणिक फाइदा भए पनि उसका वरिपरीका थुप्रै अरूलाई सामूहिक र दूरगामी रूपमा असर गररिहेको हुन्छ ।

    झूटो बोल्नेहरूको एउटा दोस्रो वर्ग पनि हुन्छ,उनीहरूले आफूलाई बचाउ गर्ने एउटा कुतर्क पनि हुने गर्छ । उनीहरू साँचो नबोल्नुलाई झूटो बोल्नुभन्दा फरक कुरा हो भन्ने मान्छन् । तर,शब्दलाई मात्र नहेर्ने हो भने यी दुवै कुरामा केही भिन्नता हुँदैन । सानो तहबाट ठूलोसम्म, व्यक्तिगतदेखि राजनीतिक रूपमा हरेक मान्छेहरूमा यो बानी विस्तारै लागिसकेको छ र झन् बलियो हुँदै गइरहेको छ ।बाटोमा हिँड्दा हरेक दिन हामी केही यस्ता मानिसहरू देख्छौँ,जो खुलेआम एक ठाउँमा रहेर मोबाइल फोनमा आफू अन्तै भएको बताइरहेका हुन्छन । कोहीकोही त आफू कोठाको बेडमा भएर अफिसको बैठकमा भएको दाबी गररिहेका भेटिन्छन  ।

    कतिपय मानिसहरू आफूलाई व्यस्त देखाउनका लागि, आफ्नो विशिष्टता प्रमाणित गर्नका लागि पनि यस प्रकारका झूट बोल्छन ।

    पहिले–पहिले भए फोनमा यस्ता किसिमका झूट बोल्न पाइन्नथ्यो । अचेल प्रविधिले बनाइदिएको सजिलोका कारण यस्ता झूटहरू आँखा नझिम्क्याईकनै बोल्न सकिन्छ । कसैको फोन आयो, कुरा गर्न मन लागेन भने नउठाएर फोनै आएको छैन भनिदिनचाहिँ दूरसञ्चारको ’स्तरीय’ सेवाले सजिलो बनाएको छ । नेता र राजनीतिक पार्टीहरू यो बानीका सबैभन्दा प्रखर खेलाडीहरू हुन् । उनीहरूचाहिँ निकै नै ठूला महत्त्वपूर्ण र संवेदनशील कुराहरूमा पनि आरामसँग झूटो बोल्न सक्षम हुन्छन । पछिल्ला केही समयमा हाम्रो देशमा भएका कुराहरूलाई नियालेर हेर्ने हो भने यसलाई पुष्टि गर्ने मनग्य उदाहरणहरू फेला पर्छन । उनीहरूले गरेका वाचाहरू एकातिर राखेर तीमध्ये कति पूरा भए कति भएनन् भनेर लेखाजोखा गर्ने हो भने सायद ऐनामा अनुहार हेर्न सक्दैनन् उनीहरूले । कहिले यति बुँदे र उति बुँदे सहमति भन्ने नाममा उनीहरू एकापसमा खुलेआम झूटो बोलिरहेका हुन्छन । अनि, कसले झूटो बोलेको भन्ने दोषारोपण र आरोपरप्रत्यारोप गर्नमा उनीहरू व्यस्त भइरहेका देखिन्छन । माथिबाट सुरु भएको यो झूटो बोल्ने बानी तलसम्म पनि आइपुगेको छ । झूटो बोल्नाका क्षणिक फाइदा हुन्छन् तर त्यसलाई कायम राख्नका लागि यति धेरै कसरत र अरू झूटो कुराहरू गर्नुपर्छ, त्यसका सामु साँचो कुरा बोल्नु निकै सजिलो हुने गर्छ । तर, यति थाहा हुँदाहँुदै पनि हामी अनावश्यक ठाउँहरूमा पनि किन झूटो बोल्छौँ ? के हामीमा यो बानीले नजानिँदो रूपमा जरो गाडी नै सकेको हो त ? त्यसैले हामीले एकपटक फुर्सद लिएर सोच्नुपर्ने बेला हो यो । के हामीमा झूटो बोल्ने बानीले जरा नै गाडि सकेको हो भने ती बानीबाट हामी टाढा रहनुपर्छ, बच्नुपर्छ ।

    शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • २.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ५.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ७.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ८.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation