• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

अदालतको न्याय नमरोस


  •   सोमबार, साउन १९, २०७७ मा प्रकाशित
  • समाजलाइ गतिशील र अनुशासित बनाउन निश्चित नियम,विधि तयसहित उल्लंघन भएमा दण्ड जरिवाना र सजाय तोकिएको हुन्छ, जसको समग्र रुप कानुन हो यसको कार्यान्वयन र संरक्षण न्यायीक निकायले गर्छ । तसर्थ संबैधानिक सर्वोच्चता सभ्य र लोकतान्त्रिक देशको आधार स्तम्भ हो । यो देशको कानुन,ऎन र संबिधान भन्दा माथी कोहि नागरिक र शासक हुन सक्दैन भन्ने मान्यता हो ।

    Advertisement

    तर, कानुनको संरक्षण गर्ने अदालत जस्ता न्यायिक निकायका पछिल्ला गतिबिधिले भने न्याय बेचिने र किनिने पनि गर्दोरहेछ भन्ने आशंका उत्पन्न भएको छ ।

    आजभन्दा आठ बर्ष अघि आफ्नै श्रीमति गीता ढकालको कर्तव्य ज्यानमा सर्बस्वसहित जन्म कैदको सजाय पाएका शसस्त्रका पुर्व डिआइजी रन्जन कोइरालालाई उन्मुक्ति दिन प्रधानन्यायाधीश समेत संलग्न भएको बेन्चले स्थापित नजिर बिपरित गएर जुन किसिमको फैसला गर्यो र अपराधी भोलिपल्ट जुन शान शौकतसहित जेलबाट बाहिर आए ,त्यसले न्यायिक उपहास मात्रै होइन अपराधीक मानसिकतालाई बढवा दिएको छ ।कानुनको सामान्य सिद्धान्त “अपराधीलाई अपराधको बोध गराउने गरि सजाय ” को समेत ख्याल नगरी दिउसै रात पार्ने यस्ता फैसला हुनुले अदालतको बिश्वसनियता गिर्दै जाने मात्रै होइन निर्धोको निम्ति कानुन माकुरी जालो हो भन्ने कुरा स्थापित हुनेछ । यस किसिमले सत्यले घुडां टेक्यो भने समाज,देश अझै बढी अराजक र अपराधीकरण भएर जंगली राज बढ्दै जाने अवस्था आउँछ । एकातिर बर्षौ न्याय नपाएर छट्पटीदै अदालतको ढोकामा अन्तिम श्वाससम्म पर्खिनुपर्ने बिडम्वना छ जसले गर्दा ढिलो न्याय दिनु भनेको अन्याय नै गर्नु हो भन्ने कुरालाइ चरित्रार्थ गरिरहेको छ ।

    अर्कोतिर फास्ट ट्र्याकमा शक्तिशाली र पहुँचवाला मान्छेको मुद्दामा प्राकृतिक न्यायको सिद्धान्त बिपरित गएर गरिने यी खाले फैसलाले कानुनी राजको धज्जी उडाउने सम्भावना छ ।

    न्यायका प्रतिमुर्तिहरुले बेलाबखत देखाउने यस्ता गम्भीर गल्तीले न्यायालयप्रतिको आम बिश्वास घटाउन मद्दत पुग्नेछ । तसर्थ न्यायमुर्तीहरु देखिने र सुनिने हुनुपर्छ । खोपाका देउता किमार्थ हुनुहुदैन ।यस्तो स्वेच्छाचारी न्यायले पिडितलाइ अझ बढी पीडा दिन्छ भन्ने बुझ्नु जरुरी छ ।अदालतभित्र हुने लेनदेन,प्रभावका आधारमा हुने छिटो फैसला,बिचौलियाको प्रयोग,अलोकतान्त्रिक व्यवहार र भाषामा आम टिप्पणी हुँदा डराउने अदालतले सुधारको अलिकती अंश पनि नदेखाउने परम्परागत हर्कतले पुर्न एकपटक न्यायीक पुर्नसंरचनाको मागलाई स्मरण गराएको छ ।न्यायाधीश बिरुद्द संसद र अख्तियारमा समेत उजुरी दिन पाउने गरि ब्यवस्था गर्न अब ढिलो गर्नु हुदैन भन्ने तर्कलाइ स्थापित गरेको छ ।फैसला उपर पुनराबेदनले मात्रै नपुग्ने देखिदैछ । महाअभियोगको प्रावधान राखेर मात्रै अब न्यायाधीश तर्सिने स्थिती छैन

    यहाँ कालो कोट भित्र कालो मन लिएर काम गर्ने न्यायमुर्तीका कारण न्याय महङ्गो मात्रै होइन न्यायको खरिदबिक्री खुलेआम भएको छ ।

    सुन तस्करीमा मालिक छुट्नु भरिया फस्नु, सार्बजनिक सम्पत्ति कौडीमा भाडा दिदा नरोकिनु,कर छुटमा बिबादास्पद निर्णय गरिनु वा सरकारबादी मुद्दामा समेत गलत नजिर स्थापित गरिनु जस्ता पछिल्ला निर्णयले अदालत र न्यायिक निकायको साख गिराएको देखिदैछ । न्यायीक पुनरावलोकनले मात्रै साख बचाउन सक्दैन । गलत फैसला गर्ने न्यायमुर्तीलाइ समेत कारबाहीको दायरामा देखिने गरि ल्याउनुपर्ने देखिदैछ ।महिला,बालबालिका,सिमान्तकृत,सुकुम्बासी नागरिकसंग जोडिएका मुद्दामा प्रगतिशील,अग्रगामी तवरले छिटो फैसला हुन नसकेको स्थितिलाई आत्मसात गर्नु आबश्यक छ ।यो आत्मसात नहुनुमा अदालती प्रक्रियामा बार र बेन्चको मिलोमतो पनि हुने देखिएको छ ।नागरिकले आफ्नो पीडा अडियोको रुपमा इजलास समक्ष आफै राख्ने ब्यवस्था हुनु आबश्यक छ ।घरेलु हिंसा ,बलात्कार र मानसिक यातना जस्ता घटनाको प्रमाण स्वंय ब्यक्ति मात्रै हुने गर्छ भन्ने तथ्य त्यति नबुझेर पिडितलाइ प्रमाण जुटाउने नाममा बारम्बार मानसिक बलात्कार गरिदै आएको देखिन्छ ।तसर्थ पीडित मैत्री बाताबरण बनाउन न्यायिक निकायले प्रयासहरु अघि बढाउन ढिलो गर्नु हुदैन ।मुद्दाको च्याङ्ग घटाउदै गर्दा अदालती सुधारको निम्ति पनि ठोस कदम अगाडि बढाइनुपर्छ ।बिधुतिय माध्यमलाइ अबलम्वन गर्दै एउटा मुद्दा किनारा लगाउन बर्षौ बित्ने स्थितिको अन्त्य पनि छिटो गरिनुपर्छ । हालै काठमान्डौको मुटुमा घटेको एसिड प्रकरणमा पिडितको बयानले अपराधी फेला परेको छ ।

    तर, अदालती प्रक्रियामा अपराध बमोजिम सजाय हुन्छ त भन्ने आशंका उब्जिएको छ ।

    यश अघिका मुद्दामा अपराधी फेला नपर्ने वा परेमा सजाय घटाउन विभिन्न खाले प्रपन्च गरिएका प्रमाण छन ।मुद्दाको शुरु र अन्तिम बिन्दुको बीचमा पहुँचका आधारमा कमजोर पारिन धेरै कसरत हुने गरेका छन ।हुन त नेपालको कानुनमा स्वबिबेकको प्रयोग गर्ने गरि प्रशस्त प्रावधान राखिएको कारण पनि यस्तो कमजोरी हुने गर्छ ।निरापराधले सजाय पाउने र अपराधी खुलेआम घुम्ने पनि भएका छन ।समुदाय केन्द्रित मुद्दामा यस्तो स्थिती आएको पाइन्छ ।हाम्रो समाज पनि निर्धोको पछि कति नै लाग्छ र ? बलेको आगो ताप्ने सामन्ती ब्यवहारबाट उन्मुक्ति पाएको पनि त भर्खरै हो ।यसको छांया सरकारी संयन्त्रमा अझै पनि छ ।यो नहटाए सम्म अपराधीको बयान फेरिने,साक्षी बदलिने,सजाय घटाइने ,निर्धो बलीको बोको हुने र सरकारबादी मुद्दा फितलो भइरहने हुन्छ ।अन्तत सामाजिक बिद्रोहको निम्ति तेल थपिने हुन्छ ।तसर्थ न्यायको तराजु बराबर उचालिनु जरुरी छ ।न्यायमुर्तीलाइ जोख्ने स्थिती आयो भने सभ्य समाज र देशको कल्पना पनि हुदैन ।अपराधी कानुनको आंखामा छिपे पनि दुनियाँको नजरमा सधै छिप्न किमार्थ सक्दैन ।प्रायश्चित पनि निकै भारी पर्छ ।यो पछिल्लो एसिड प्रकरणका अपराधीको सजाय सुनेर अन्य अपराधी सोचका मानिसहरु हतोत्साहित मात्रै होइन अपराधको परिकल्पना पनि गर्न नसक्ने स्थिती हुनुपर्छ ।सहानुभूति पीडितप्रती सदैव हुनु जरुरी छ ।समाज,न्यायालय र सरकारी निकायहरु अपराधी प्रती कठोर हुनैपर्छ ।

    ‘माछा देख्दा दुलोमा हात,सर्प देख्दा बाहिर हात ‘हुनुहुदैन ।

    अपराधीको निम्ति कोहि आफ्नो,पराय हुदैन ।यस्ता जघन्य अपराधमा कठोरता देखाउनैपर्छ ।पछिल्लो समय सबै अपराधमा राजनीतिक उन्मुक्ति बढ्दै जादा न्यायलयको न्याय हराउदै गएको होकि भन्ने आशंका उब्जिएको छ । यो एसिड घटनामा अदालतको न्याय नमरोस ।

    सोमबार, साउन १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation