• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

सन्दर्भ गुरु पुर्णिमाको


  •   आइतबार, असार २१, २०७७ मा प्रकाशित
  • हिन्दूहरुको आफ्नै विशिष्ट परम्परा अनुसार आज गुरुलाई सम्मान ब्यक्त गर्ने दिन अर्थात गुरु पूर्णिमा। भौतिकरुपमै गुरुहरुको सामू उपस्थित भएर सम्मान ब्यक्त्त गर्न नसके पनि गुरुको योगदानलाई स्मरण गरेर उहाँहरुप्रति श्रद्धा समर्पण गर्ने दिन।

    Advertisement

    हरेक मानिसको वर्तमान निर्माणमा सयौं गुरुहरुको अनुपम योगदानले भूमिका खेलेको हुन्छ। गुरु भन्नाले कक्षामा पढाउने मात्र नभएर मानिसको जिवनलाई उज्यालोतिर जान बाटो देखाइदिएर ज्ञान र अनुभब भरिदिएर प्रेरणा भरिदिने जोकोही पनि हुन सक्छ। जिवनका अनेक मोडहरुमा, अनगिन्ती सिढिहरुमा उभिएर हात समाएर माथि तान्दै अगाडि बढ्न अभिप्रेरित गर्ने, हामी अगाडि बढ्दा हाम्रो खुसी र प्रगतिलाई आफ्नै उपलब्धि र प्रगति ठान्दै रमाउने गुरुहरुको योगदानको गुन कहिल्यै तिर्न सकिँदैन। जिवनका हरेक मोडमा त्यसरी योगदान गर्ने सम्पूर्ण गुरुहरुलाई स्मरण गरेर सम्मान ब्यक्त गर्ने दिन हो आज।

    मेरो सन्दर्भमा पनि ति गुरुहरु जसले मलाई अक्षर चिनाएर अक्षरको खेति गर्न सक्षम गराई मेरो जिवन आधार निर्माण गरिदिनु भयो, मेरो बोलिमा विचार भरिदिनु भयो, गर्न हुने र नहुने ब्यवहार सिकाउनु भयो, र आज मलाई “म” भएर उभिन सक्ने बनाउनु भयो, ज्ञान र अनुभवले जिवनलाइ सिंचित गरिदिदै उत्प्रेरणा दिनु भो, जिन्दगीका घुम्तिहरुमा उभिएर बाटो देखाईरहनु भो, बिदाईका हातहरु हल्लाउदै मेरा खुसी र प्रगतिको कामना गरिरहनु भो, ति सम्पूर्ण गुरुहरुलाई आदरपुर्वक आजको यस बिशेष दिनमा स्मरण गर्दै उच्च सम्मान प्रकट गर्दछु।

    मेरो जीवनमा मलाइ धेरै शिक्षकहरुले पढाउनु भयो तर थोरैले मात्र सिकाउने प्रयास गर्नु भयो। धेरै पढाउनेलाइ यो मनले सर मान्दै आएको छ भने सिकाउनेहरुलाई गुरु। मैले प्राय सम्झिने गुरुहरु बिद्यालयमा मात्र सिमित हुनुहुन्न।

    उहाँहरु विभिन्न क्षेत्रमा रहेर मलाइ ‘म हुँ’ भन्न लायक बनाउनु भएको छ, उहाँहरुलाई सम्झदा यो छाती नै गर्वले फूल्छ। म उहाहरुलाई हृदयदेखि नै गुरु मान्छु र शिर झुकाउछु, नाम मात्र सम्झदा पनि।

    उहाँहरुप्रति सम्मान देखाउन मैले गुरु पुर्णिमा कुर्नु पर्दैन।

    म आफैले २ दशक भन्दा बढि पढाउदा धेरैसंग सरमै सिमित भएको छु, कसलाई कहाँ के पढाइयो, उनीहरुलाई चिन्न पनि गाह्रो हुन्छ। उनीहरुलाई बदल्ने कुरा उनीहरु आफैले महशुश गर्ने होलान। मलाइ त्यो भाते दौडमा भाग लिंदा पढाए भन्ने ठूलो भ्रम थियो, मैले पढाएका बिध्यार्थीहरुले रिजल्ट राम्रो गरे भन्दा म सधै झस्किन्छु ‘उनीहरुले मबाट कति पो सिकेका थिए र ? बरु त्यो त उनीहरुको आफ्नै परिश्रमको फल हो जस्तो लाग्छ । यद्दपि कतिपयमा मेरो केहि प्रभाब अबश्य परेको छ । म उनीहरुको जीवनमा नआइदिएको भए उनीहरु आज जहाँ छन् त्यहाँ हुदैनथे भन्ने बिद्यार्थी कति छन् होला ?

    मैले दिएको शिक्षाले कतिको चरित्र निर्माण गर्यो र कतिको भबिष्य निर्माण गरेको होला भन्ने प्रश्नले मलाइ चिमोटिरहन्।

    के आजका दिनमा हामी कक्षा कोठामा गएर पढाउनेहरु सबै गुरु हौ? गुरु हुनलाई के के गुणहरु हुनुपर्छ र हामीसंग त्यस्ता के के गुण छन् जसले हामीलाई गुरु भन्दा कुनै हिचकिचावट बिना त्यो पदवी स्विकार्न सकौ? हरेक बर्ष गुरु पुर्णिमाको दिन सबैले भन्ने गरेको सुनिन्छ,

    ‘गुरुर्ब्रह्मा गुरुर्विष्णु र्गुरुर्देवो महेश्वरः
    गुरु साक्षात परब्रह्मा तस्मै श्रीगुरवे नमः’

    यसरी गुरुको महिमा गाएर, केहि कार्यक्रम गरेर गुरु पुर्णिमा मनाउने चलन आजकल सामान्य भएको छ। शिक्षाको बदलिदो स्वरुपसंगै गुरु-चेलाको परिभाषामा पनि परिवर्तन आएको परिपेच्क्षमा गुरुको उही पूरानो चित्रलाई आजकल बिचित्र साथ् प्रस्तुत गरेको पाइन्छ। आज हामीले आफैलाई सोध्नु पर्ने बेला भएको छ “के हामीले पढाएका बिध्यार्थीहरुका हामी साच्चिकै ‘गुरु’ हौ र हामीलाई पूज्न गुरु पुर्णिमा नै चाहिन्छ?”

    अहिलेको परिपेच्क्षेमा शिक्षालाई उदारीकरण (व्यापारीकरण भनौ? ) गरिएको छ, विद्यार्थीले शिक्षकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ, अनि शिक्षकले बिध्यार्थीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ।परिक्षा केन्द्रित पढाइले बिद्यार्थी र शिक्षक बिचको सम्बन्ध क्षेणिक स्वार्थको लेनदेन जस्तो भएको छ। धेरै शिक्षकहरुले इमान बेचिदिएका छन, नैतिकता बेचिदिएका छन, आफ्नो आदर्श बेचिदिएका छन, राजनीतिक पार्टीको झोले भएर । परिणाम स्वरुप उनीहरुले शिक्षण पेशामा नै कालो दाग लगाइदिएका छन।

    यस्तो अबस्थामा त्यो शिक्षकले कहिले गुरुको स्वरुप धारण गर्न सक्ला ? मैले यसो भनि रहँदा विद्यार्थीको भविष्यका लागि जलिरहने तमाम गुरुहरुप्रति उच्च आदरभाब छ नै।

    समाज परिवर्तनको बाहक, सबै पेशाहरुको पनि जननी, पबित्र पेशालाई कमजोरहरुको जागिर खाने ठाउ बनाइदा सबै शिक्षक ‘गुरु ‘ बन्न नसकेको यस अबस्थामा हामीले पढाएका बच्चाहरु रोबर्ट जस्तो भएर निस्कदा, उनीहरुमा मानबीय गुणहरु भर्न नसक्दा, फगत जागिरका लागि र पढाउनका लागि पढाएर, रटाएर विद्यार्थीलाई सुगा बनाउने हामी कतिछौ ? आउदो पिढीले ‘शिक्षक त्यो मैनबत्ति हो जो अरुलाई प्रकाश दिन निरन्तर जलिरहन्छ’ जस्ता आदर्श भनाइहरु नै परिवर्तन गरेर ‘शिक्षक त्यो सलाइको काँटी हो जो आफू पनि जल्छ र अरुलाई पनि जलाउँछ’ भन्न नपरोस !

    कुनै बिद्यार्थी मैले पढाउने कक्षामा बस्ने बित्तिकै के म उसको गुरु भई हाल्छु? मैले उसको आचरणमा र जीवनमा केहि परिवर्तन ल्याउनु पर्दैन ? के उसले मेरा आदर्शको अनुशरण गर्यो ? अनि के म उसको आदर्श व्यक्ति बन्न सफल भए कम्तिमा पनि केहि कुराहरुमा ? यस्तै यस्तै प्रश्नहरुको उत्तर नआउन्जेल मलाइ गुरु पूर्णिमा बर्षमा मनाइने एक दिवशीय नाटक जस्तोलाग्छ अनि म त्यस नाटकको जोकर जस्तो।

    (लेखक काठमाडौं विश्वविद्यालयबाट एजुकेसनल लिडरसिपमा एमफिल तहको रिसर्च गर्दै छन् )

    आइतबार, असार २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation