• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

प्रधानमन्त्रीले बेसारे प्रवृत्ति चिन्न सकेन्न


  •   शनिबार, असार ०६, २०७७ मा प्रकाशित
  • प्रधानमन्त्री केपि शर्मा ओलिले राष्ट्रिय सभाका सांसदको जिज्ञासालाई प्रतिउत्तर दिदै कोरोना संक्रमित बढिरहेको भएपनी उच्च मनोवल कायम बनाउनुपर्ने आशयसहित बेसार,तातोपानी र ज्वानोको प्रयोग गर्नुपर्ने बताएका थिए ।

    Advertisement

    प्रयाप्त मात्रामा परिक्षण हुन नसकेको अबस्थामा केही मानिसहरु पोजिटिभ हुन साथ भयभित हुने र मनोवल घटाएर निराश हुने गरेको सन्दर्भमा प्रधानमन्त्रीको तहबाट जनतामा उत्साह,हौसला र आत्मवल वृद्धि गर्ने कुरालाइ सकारात्मक नै मान्नुपर्ने हो ।तर, केही बुद्दिजिवी र संजाल प्रयोगकर्ताहरुले यसलाइ उल्टो रुपमा लिएर भ्रम छरिरहेका छन। उनिहरुले प्रधानमन्त्रीले गैरजिम्मेवार कुरा बोलेको,पिसिआर परिक्षण बढाउनुको साट्टो बेसार र तातोपानी खाएर बस भनेको भन्दै अपब्याख्या गर्न लागेको देखिन्छ ।

    यस्तो टिप्पणीमा बढी कुण्ठा,नकारात्मक मानसिकता र एकोहोरो बिद्दता बाहेक केही देखिदैन ।

    काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर भने झै कोरोना संक्रमित बिरामी बढन नदिन र संक्रमितको मनोबल बढाउन सामुहिक रुपमा काम गर्नुपर्ने बेलामा बेअर्थको बहस चलाउनुको कुनै औचित्य हुदैन ।बेसार,ज्वानो,निमपत्ता र तातोपानी खाएर शरिरलाइ कुनै असर गर्दैन ,हानी गर्दैन ।यी होमोप्याथिक उपचार र योगा नियमित गर्दा रोगको संक्रमण रोकिनुको साथै निदानमा समेत सहयोग पुग्न जान्छ जुन कुरा बिज्ञानले समेत प्रमाणित गरेको छ ।प्रधानमन्त्री स्वंय दुई / दुइपटक किड्नी प्रत्यारोपण गरेको ब्यक्ती भएकाले पनि कुनैपनी रोगलाइ जित्न उच्च मनोबल चाहिने आफ्नो अनुभवलाइ सेयर गर्दा अनौठो मान्नुपर्ने र यो तहको बहस चलाउनुपर्ने आबश्यकता थिएन ।

    अहिलेसम्म उपचार विधि फेला नपरीसकेको अबस्थामा घरेलु उपचार संगसंगै सामाजिक दुरि राख्दै काम गरौ बढी त्रसित नबनौ भन्ने कुरालाइ अन्यथा लिनु जरुरी पनि थिएन ।

    सरकारले तीन महिनासम्म लकडाउन गरि सार्वजनिक आवागमनलाई रोक्दै अत्यावश्यक सेवा मात्रै सुचारु गर्यो ।यसबिचमा कमजोर अबस्थामा रहेका स्वास्थ्य संस्था र सेवाहरुलाइ झनै कोभिड 19 को प्रकोपपछी युद्धस्तरमा गर्नुपर्ने प्रवलिकरणका कामलाइ गति दियो । राम्रो र प्रयाप्त भ्यान्टिलेटर समेत नभएका जिल्ला अस्पताललाई प्रतिरोधात्मक अबस्थामा ल्याउन ठूलो रकम मात्रै होइन दक्ष जनशक्तीको समेत अभाव पर्छ नै ।जब राती तब ताती भने झै संकट र बिपदपछी मात्रै हतार गर्ने हाम्रो बानीले औषधि उपकरणमा ठूलो रकम खर्चिनुपर्ने ,कमिसनखोरको पासोमा परिने ,कमसल सामाग्री भित्रिने स्थिती एकातिर हुन्छ भने अर्कोतिर ब्यवस्थापन खर्च पनि सार्है बढी हुन पुग्ने गर्छ ।अहिले त राहत ब्यवस्थापन देखि क्वारेन्टाइन ,आइसोलेसन र उद्दारमा समेत एकैपटक ठूलो बजेट खर्चिनु परिरहेको अबस्थामा आर्थिक बर्षको अन्त्यका कारण झनै केन्द्र ,प्रदेश र स्थानीय तह समेत बजेट ब्यबस्थापन सम्बन्धमा अन्यौलमा रहेको देखिन्थ्यो ।अमेरिका जस्तो सम्पन्न देश समेत कोरोनाको कारण हायलकायल भएको परिपेक्ष्यमा जिरो अवस्थादेखि यो अबस्थामा आउनु कम चुनौतीको कुरा होइन । मेडिकल माक्ससमेत उत्पादन नहुने देश नेपालले अहिले आर डिटि र पिसिआर मार्फत दिनको तिनसय भन्दा बढिको कोरोना जाँच पडताल गरिरहेको छ । जिल्लामा समेत पिसिआर ल्याव स्थापना गर्ने चरणमा सरकार प्रबेश गरेको छ ।काम गर्ने दौरानमा केही कमजोरी भएका छन होला ?

    तर, तिलको पहाड बनाउने र मनगणन्ते समाचार लेखाएर आत्मरतीमा रमाउनुको कुनै अर्थ छैन ।

    बिपदमा सच्चा साथी र छिमेकी चिनिन्छ भन्ने उक्ति जस्तै यो बेला सरकारलाइ खुच्चिङ्ग भन्नेहरु जनताका असल प्रतिनिधि हुनै सक्दैन्न । मेडिकल सामानमा अनियमितता भए संसदीय समिती बनाएर छानबिन गर्न सकिन्छ ,क्वारेन्टाइन अव्यवस्थित भए रेपिड रेस्पोन्स टिममा सल्लाह दिन सकिन्छ र जिल्ला बिपद ब्यबस्थापन मार्फत समन्वय र आर्थिक ब्यबस्थापन हुन सक्छ ।राहत बितरणलाइ एकद्वार बनाइ लकडाउनलाइ स्थानीय आबश्यकता अनुसार खुकुलो र प्रभावकारी बनाउन सकिन्छ । एकैचोटि एकैसाथ ठूलो संख्यामा ब्यबस्थापन गर्दा कमजोरी हुन्छन र कमजोरीबाट सिक्दै अघि बढन तयार हुनैपर्छ । एउटा कुरा बिपद र संकटमा अरु भन्दा सरकार बढी संबेदनसिल र मितब्ययी बन्नुपर्छ र देखिनुपर्छ ।अग्रिम घोषणा गरिएका कतिपय खरिद सम्बन्धि निर्णय अहिले अब्यवहारिक भए स्थगित गरिनुपर्छ ।सरकारको जुन तहवाट यस्ता निर्णय हुन्छन सोही तहलाइ उतरदायी बनाउनु उत्तम हुन्छ ।तर सामाजिक दुरि कायम गर्नुपर्ने बेलामा सामुहिक जमघट र भेला गरेर भेडे प्रवृत्ति देखाउन खोज्नु सहि किमार्थ हुदैन । तीन महिना लगाएर कोरोना जोखिम घटाएको स्थितिलाइ ख्याल नगरी अभियानका नाममा गैरजिम्मेवार हर्कत देखाउनु उचित हुदैन ।

    बांचे वा सुरक्षीत रहे सरकारको बिरोध भोलि गरेपनी हुन्छ ।न्यायलयको ढोका भोलि पनि खुल्लै रहन्छ ।बिरोध गर्ने कसमै खाएकाहरु संजालमा उफ्रिदा हुन्छ ।

    आजभोली समाजमा यस्ता बेसारे कुरा गर्ने प्रवृत्तिका मान्छे बढिरहेका छन ।मनले ठिक पेटले दिक्क पार्नेहरुको बिगबिगी हुँदा सरकारले चाहेर पनि काम गर्न सकेको छैन ।जति काम गरेको छ सहि नै छन । देशको नक्शा सच्चाउने हिम्मत देखाएर इतिहासमै लोकप्रियता आर्जन गरेको छ ।राहत बितरण गरेर गरिवको चुलो बालेको छ ।बिरोध गर्ने बहाना नपाएर पुरानो सरकारले संझौता गरेको एमसिसी र प्रधानमन्त्रीको भनाइको सारलाइ भन्दा अंशलाइ लिएर मजाक उडाउनु भनेको फुर्सदको खेती बाहेक अरु केही होइन । तसर्थ सरकार स्थानीय होस वा प्रदेश र केन्द्र सबैको उपस्थिति प्रभावकारी हुँदा मात्रै यस्ता बेसारे प्रबृतिका मान्छेहरु किनारा लाग्छन र जनताको सहि आवाज मुखरित हुन पाउंछ ।नियुक्ति नपाएकोमा, ठेक्का नपरेकोमा र कमिशन लिन नपाएको झोकमा सामाजिक भित्ता र अखबार रंगाउने आफ्नै र अरु बेसारेबाट चनाखो हुनैपर्छ । यो बेला अरु सरकार भएपनी स्थिती यहाँ भन्दा फरक हुने थिएन दाबाका साथ भन्न सकिन्छ ।

    क्वारेन्टाइन र आइसोलेसन चाहियो भन्ने मेरो जिल्ला र नगरमा हुदैन भन्ने तथा पालिकामा कोरोना देखिँदा सदरमुकाम सिल गर्ने ब्यापारी र प्रशाशक भएसम्म उपचार ब्यबस्थापन र डेलिभरी राम्रो हुने अपेक्षा कसरी पो गर्न सकिन्छ र ?

    प्रधानमन्त्रीले जे बोले सहि छ तर बेसारे प्रवृत्ति चिन्न नसक्न्नु उनको कमजोरी हो ।

     – सबिन बस्नेत,गुल्मी

    शनिबार, असार ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation