• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, फागुन ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

बालेन शाहको उदय र नेपालको भविष्य

रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

लोकप्रिय समाचार

  • १. समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

  • २. नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

  • ३. सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

  • ४. रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश

  • ५. बालेन शाहको उदय र नेपालको भविष्य

  • ६. रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

  • ७. प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

  • ८. राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

  • ९. चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

नेपालको अग्रगामी छलाङ


  •   सोमबार, जेठ २६, २०७७ मा प्रकाशित
  • नेपाल प्राकृतिक एवम् सांस्कृतिक रुपले मात्रै होइन धार्मिक र ऐतिहासिक दृष्टिले समेत सुसम्पन्न मुलुक हो भन्ने कुरा यहाँका मनमोहक प्राकृतिक सम्पदा, अनगिन्ती सांस्कृतिक रीतिरिवाज,धार्मिक अास्था तथा ऐतिहासिक धरोहरहरुले विभुषित नेपालको प्रतिबिम्बले प्रमाणित गर्दछ। विश्व मानचित्रमा भौगोलिक क्षेत्रका दृष्टिले १,४७,५५६(हालको तथ्यांक अनुरुप) वर्ग किलोमिटर क्षेत्रफलमा समेटिएको भएपनि नेपालले बहुजातीय , बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक मानवजाती एवम् विविध भौगोलिक संरचना र विभिन्न प्रकारका प्राणीहरुको अस्तित्वलाई समेटेको छ। उत्तरी भेगमा संसारलाई लालायित बनाउने चाँदीझैं टल्किने हिमश्रृङ्खला, दक्षिणी क्षेत्रमा पटुकि फुकाएझैं लमतन्न फैलिएको समथर भुभागले नेपाल स्वर्गीय अानन्द दिलाउने भूमि हो भन्दा फरक पर्दैन। अादिम कालमा विभिन्न ऋषिमुनिहरुको तपोभूमिको रुपमा प्रयोग हुँदैअाइरहेको यस पुण्य भूमि एक हैन अनेक दृष्टिकोणले महत्त्वपूर्ण रहिआएको छ। संसारकै सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका अग्रदुत महामानव गौतम बुद्धको जन्मस्थल, बहादुर गोर्खालीहरुको भुमिको रुपमा नेपाल विश्वमा सुपरिचित छ। चाहे ब्रिटिश साम्राज्यवादलाई घुँडा टेकाउँदा होस् या विश्व शान्तिको लागि फुकेको विगुल नेपालले अाफ्नो अस्तित्वका निम्ति बडो बहादुरीपुर्वक भूमिका निर्वाह गर्यो । ईतिहासका यस क्रममा नेपालले कहिले बैरीका सामु एक ढिक्का भएर सामना गर्न देशको एकीकरण गर्ने पृथ्वीनारायण शाह जस्ता दुर्दशी राजा जन्मायो त कहिले राजा जनक, सीता, अरनिको जन्मायो ।कहिले देशको अस्तित्व अक्षुण राख्न अाफ्नो जीवन बलिदानी गर्ने अमरसिंह थापा, भक्ति थापा, भिमसेन थापा , बलभद्र जस्ता बहादुर योद्धालाई जन्मायो त कहिले देशको अस्मितालाई रक्षा गर्ने क्रममा मृत्युुसंग पनि सम्झौता नगर्ने राजा बिरेन्द्र जस्ता देशप्रेमिलाई जन्मायो।यसरी हजारौं देशको हितमा प्राण अाहुती दिनेहरू देशले जन्माईरह्यो। यसरी हिमाल, पहाड र तराई सम्मिलित भौगोलिक विविधतामा रमाउदै, विविध जातजाति र भाषाभाषीलाई एकताको शुत्रले जोडेर सगरमाथाको उचाईबाट विश्वशान्तिको सन्देश दिने

    Advertisement

    नेपाल भौगोलिक क्षेत्रफलका दृष्टिले मात्रै विश्व मानचित्रमा सानो होला तर यसको विश्वव्यापी ख्याती र परिचय कदापी सानो छैन। नेपाल र नेपालीको शीर उँचो राख्ने नेपाली ईतिहास गर्विलो छ । जसले गर्दा नेपाली हूँ भनेर गर्व गर्न पाईरहिएको छ।

    विगत लामो समयकालमा विविध किसिमका राजनितीक परिपाटी, पद्धति र ब्यवस्था अनुरुप देशको शासन व्यवस्था चलिरह्यो। यस अबधीमा देशले एकढिक्का भएर ब्रिटिस साम्राज्यवाद बिरुद्धको महासंग्राममा खुकुरी नचाएर देशको सार्वभौमिकता , अखण्डता र राष्ट्रिय अस्मितामा कहिले परचक्रिको पाईला देशको छातीमा बजार्न दिएन यसको लागि कहिले नालापानी, कहिले टिष्टा र काँगडा त कहिले अलमोडामा नेपाली योद्धाहरुले रगतका खोलो बगाएरै भएपनि देशको अस्तित्व अक्षुण राख्न सफल भए।

    ईतिहासको यश क्रममा एक सय चार वर्षको लामो राणा शासन जसमा जनअाकाङक्षाको परिपुर्ति भन्दा पनि जहानिँया शासन र हुकुमी शैली हाबी रह्यो।

    शक्ति र श्रोतको उन्मादमा अाफू र अाफ्ना अासेपासे बाहेक अरु सवै साधारण जनता अधिकार प्राप्तिबाट वन्चित नै रहे।

    यद्यपि अाफू-अाफूमा बागडोरको लडाइँ चलिरहेकै भएपनि परचक्रिको निशानामा पर्नबाट देशलाई बचाएका थिए। राणाकालिन समयको उत्तरार्धमा कैयौं राष्ट्रहितका पक्षमा पनि कदम नउठाईएका होइनन् चाहे त्यो सती प्रथा उन्मुलन होस या उदारवादी शिक्षालयहरुको स्थापना, केही हदसम्म राष्ट्र अात्मनिर्भरताका केही छिटफूट सकारात्मक बाछिटाहरु देखा परेका थिए। केही नामी विकासका पुर्वाधारका अाधारशीला तयार पनि नभएका भने होइनन् तर जनताको समग्र हित, अधिकारको प्रत्याभूति तथा जनअपेक्षा भने पुर्णतः समेटिएको थिएन।

    फलतः राणाशासनको पनि अन्त्य भई राजतन्त्रको शासन सुरु भयो।

    जननिर्वाचित सरकारलाई अपदस्त गरि पुरै शासन राजामा निहित भएतापनि महत्त्वपूर्ण विकासका पुर्वाधारको विस्तार, अाधारशीलाको निर्माण तथा हैसियतपुर्ण देशको बैदेशिक उपस्थिती भने रहिआएको थियो। निरन्तर किसिमको बिद्रोह र विरोधपछि सुधारिएको भनिएको पञ्चायती व्यवस्था देशमा लागू गरियो। यस अवधिमा जनतामा थुप्रै अाशाहरु देखिए पनि अन्य कदमहरु जनपक्षीय नभएको भन्ने निष्कर्ष सहित विभिन्न दलहरुको अाह्वान सहितको संघर्षले अाज नेपाल लोकतान्त्रिक परिवेश र परिपाटीमा अाइपुगेको हो। यस स्थितिमा अाइपुग्न पनि नेपालले धेरै उतारचढावको यात्रा तय गर्नुपर्यो। यहाँ सम्मको यात्रा तय गरिरहँदा नेपालले कतिपय राम्रा चिज प्राप्त गर्यो त कति राम्रा चिज गुमाउनु समेत पर्यो।अहिलेसम्म अाईपुग्दा पञ्चायतको तीस वर्ष र त्यसपछिको तीस वर्ष पनि नेपाली जनताले व्यतीत गरिसकेका छन् । अाशा निराशामा परिणत हुनु, स्थिति विगत भन्दा पनि कमजोर स्थितिमा अाइपुग्नु, जनताका माग र अपेक्षामा गम्भीर कुठाराघात हुनुले जनता पछि फर्केर हेर्न बाध्य भएका छन् र तुलना गर्न बाध्य भएका छन्।देशमा ठूलाठूला परिवर्तनहरु पनि भए तर त्यो परिवर्तनले के नेपाली जनतालाई परिवर्तनको अाभास दिलाउन सक्यो त यो गम्भीर प्रश्न आज हामी सवै समक्ष तेर्सिएको छ। विगत लामो समय हामीले राजनितीक व्यवस्था, स्वतन्त्रता र उन्मुक्तिका लागि लामो संघर्ष गरिरह्यौ र अाज हामीले विगतमा हामीले कल्पना गरेको र गन्तव्य बनाएको गणतान्त्रिक व्यवस्था समेत प्राप्त गर्यौं तर नामको लागि मात्रै गणतन्त्रले जनता र जनताका पीडामा मलहम नलगाउने रहेछ, व्यवस्था मात्रै फेरेर विकास र प्रगति पनि नहुने रहेछ भन्ने जनगुनासो हरबखत जनताको निराशाबाट प्रकट भइरहेको छ। यिनै दलहरुले अग्रगामी छलाङ सहित विकास पथको थालनी हामी सरकार र सत्तामा पुगेपछि हुन्छ भन्दै जनतालाई निरन्तर परिवर्तनको लागि हातेमालो गर्न घच्घचाइ रहेको र जनबल तयार पारेर राजतन्त्रको जरो उखेल्दै जनताको जीवनस्तरमा अामूल परिवर्तन ल्याउने दृढ संकल्प गरेका थिए। हजारौं जनताले तिनै अाश्वासन र अाह्वान एवम् देशको कायापलट गर्नकै निम्ति अाफ्नो अमूल्य जीवन उत्सर्ग गरे पछि जनताको शासन व्यवस्था कायम हुने स्थितिमा देश अाइपुगेको छ।

    के दल र तिनका नेताहरू त्यसै अनुरुप अाज साँच्चिकै देशको युगान्तकारी परिवर्तन र संवृद्दिकै पथमा अग्रसर छन् त ?

    लाखौं जनताको रगत पसिना, जीवनको बलिदानले सिर्जित यस स्थिति कुनै एउटा दल वा नेताको मात्रै कदमको उपज होइन ।
    तर अाज, देशका लागि ज्यानको बाजि राखेर भएपनि साम्राज्यवाद बिरुद्ध लड्ने वीर पुर्खाका हामी सन्ततिहरु अाफ्नो फगत व्यक्तिगत फाईदाका लागि लडिरहेका छौँ, कुनैदिन विश्वलाई नेपाल शान्ति क्षेत्र हो भनेर शान्तिको सन्देश फैलाउने हामी अाज शान्तिको स्थापनाका लागि विश्वसंग भिख मागिरहेका छौँ, कुनै बेला हाम्रा मुद्राहरु अन्य मुलुकमा चल्थे, हाम्रा उत्पादन विदेशी मुलुकमा पुग्थे तर अाज अाफ्नै उत्पादन अाफ्नो मुलुकमा समेत नपुग्ने जस्तो स्थितिमा पुगेका छौं । विश्वका कैयौं मुलुकमा खाद्यान्न लगाएत अन्य विभिन्न उत्पादनहरु निर्यात गर्ने हाम्रो देश अाज यूवालाई निर्यात गरेर विप्रेषण कुरिरहने स्थितिमा अाइपुगेका छ। देशको हितको लागि मरिमेट्ने पुर्खाका सन्तती भएर पनि पद र पैसाका लागि मरिमेट्ने स्थितमा किन अाइपुगेका छौँ । अाफ्ना पौरखले जे जति सकिन्थ्यो खेती गर्ने पुस्ताका सन्तति सधैं झूट र वैमनस्यताको खेती गरिरहेका छौं , अाफ्नो मौलिक संस्कृति भन्दा परसंस्कृतिमा रम्न थालेका छौं ।देशको झण्डालाई अात्मसात् गर्दै यसको रक्षार्थ डटिलड्ने पुर्खाहरु थिए तर अाज दलको झण्डा र यसको प्रगतिमा रमाउने भएका छौँ। हात पाखुरा चलाएर कर्म गर्ने पुर्खा थिए तर हामी जिब्रो मात्रै चलाएर खान पल्किएका छौँ , अरुका दु:ख देख्न नसकि अरु देशका दुखाइमा खाद्यान्नहरु सहयोग गर्ने मूलुक अाज अाफैं सहयोगको पर्खाइमा छौँ । जातजाति , भाषाभाषी र सम्प्रदाय बिचमा द्वन्द सिर्जना गर्न लागिपरेका छौँ। अाफ्ना वीर पुर्खाहरु जसले अाफ्नो सम्पूर्ण उर्जाशिल समय देशको सर्वोपरि हितका लागि समर्पित गरे अाज हामी तिनैका मुर्ति र शालिक भत्काएर विदेशीका शालिकप्रति शीर झुकाएका छौं , जसले अाफ्ना सन्तती र पुस्ताप्रति सम्मान भाव प्रकट गर्दैन, जसले अाफ्नो ईतिहासलाई धिक्कार्छ उसले देशको लागि के शीर उँचो राख्ने काम गर्न सक्छ र? हाम्रा लागि पद जिम्मेवारी बनेनन्, अवसरको खानी बनिरहे। हाम्रा लागि किन जनता राज्यका महत्त्वपूर्ण एकाई बनेनन, केवल भोटको थुप्रो , किन हाम्रा लागि राजनिती देश बदल्ने अस्त्र बनेन केवल सत्ता, शक्ति र सम्पत्तिको गन्तव्य बन्यो, किन कार्यकर्ता काम गर्ने बनेनन् केवल नेताका भक्त र पुजारी मात्रै बनिरहे? यो दिनको सिर्जना गर्न पक्कै ती वीर शहिदहरुले ज्यानको बाजि लगाएका होइनन् ।

    हामीले निति त बदलौंला तर नियत बदलेनौं भने अवका पुस्ताहरु पनि गम्भीर सङ्कटमा पर्नेछन्।

    जुन पद्धति र राजनितीक प्रणाली देशको हितमा छैन भनेर अाजको प्रणाली ल्याएको भनिएको छ तर तुलनात्मक रुपमा तथ्यांकले पनि विगतकै स्थितलाई बलियो देखाएको कुरा यथार्थ हो। यसको अर्थ फेरि पछि नै फर्किनु पर्छ भन्ने होइन तर विगत हामीले सोँचे अनुसारको गलत पनि होइन। गलतलाई बहिष्कार गरिरहँदा सहि र सकारात्मकलाई हामीले अँगाल्नुपनि पर्छ।

    अरुलाई गलत भनिरहँदा अाफू त्यो भन्दा राम्रो बन्न सकिएन भने मानिसले संवत: विश्वास गुमाउँदै जान्छ, भर टुड्दै जान्छ अनि मानिस नचाहेर पनि गुमाएको चिजमा पश्चाताप गर्न थाल्छ, अाज देश ठिक यहि मोडमा उभिएर विगतको समिक्षा गरिरहेकाे छ।

    तथ्याङ्कले पनि के पुष्टि गर्दछ भने विगत तीस वर्षको ईतिहासमा सयौं राजनितीक दल दर्ता भए भने त्यति नै संख्यामा भएका उद्योग कलकारखानाहरु बन्द भए अनि कति त अत्यन्तै नाजुक स्थितिमा छन् । रबर उद्योग, चिनी कारखाना, छाला जुत्ता कारखाना, बिराटनगर जुट मिल, कृषिअौजार केन्द्र , हिमाल सिमेन्ट, रसायनिक मल तथा विउबिजन भण्डार , गार्मेन्ट र कार्पेट उद्योग, ट्रली बस सेवा, चुरोट कारखाना, चिया उद्योग, सलाई उद्योग, इट्टा उद्योग अादि विभिन्न उद्योगहरु मध्ये अधिकांश बन्द छन् भने केही निजिकरण गरेर व्यक्तिगत नाफाको केन्द्र बनाईएको छ। सन् १९८६-८७ को तथ्यांकले पनि त्यस वर्ष २,०५४ अौद्योगिक घरानाहरु स्थापना भई अौद्यौगिक उत्पादन रु.१० अर्ब र खुद अौद्योगिक योगदान करिव रू.३.६ अर्ब देखाउँछ भने करिव १२५००० कामदारहरु प्रत्यक्ष परोक्ष कार्यरत रहेका थिए जुन करिव ५१ वटा मुख्य उद्योग र कलकारखानाहरूको समुहको योगदान थियो। सन् १९८९को अन्त्यमा औद्योगिक घरानाहरुको सङ्ख्या करिव २,३३४ पुग्यो भने ५.१ अर्ब खुद अौद्योगिक योगदान र करिब १,४१,००० जति कामदारहरुले प्रत्यक्ष रोजगार पाएका थिए भने अन्य लाखौंले परोक्ष रोजगारी प्राप्त गरेका थिए। त्यसै अवधीमा निर्यात हुने सामान मध्ये कति त विदेशी नोट छाप्न समेत प्रयोग गरिन्थ्यो भनिन्छ जसले हाम्रो उत्पादनको गुणस्तरीयतालाई दर्साउँछ। व्यापार घाटा हालको भन्दा धेरै कम थियो भने, बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि निकै कम थियो जसमा विशेष कारण त धेरै देशहरुमा जान प्रतिबन्ध भएपनि जसोतसो मानिस अाफ्नै खेति किसानीमा रमाईरहेका थिए । भारतसंगको व्यापारीक निर्भरता केही हदसम्म कम थियो तर अहिले करिव ९०% भन्दा माथि हामी भारतमै निर्भर परिरहेका छौँ । कति सम्म निर्भर हुनुपरेको छ भन्ने कुराको ज्वलन्त उदाहरण भुकम्पले थिलथिलो पारेको बखत भारतले लगाएको नाकाबन्दीका बेला सामाग्री अभावले ईङ्गित गर्दछ। बैदेशिक उपस्थिति पनि हाम्रो तुलनात्मक बलियो थियो।

    कुनै बेला नेपालको राजकिय भ्रमणमा अमेरिका जस्तो मुलुकले अमेरिकामा विदा दिन्थ्यो तर अहिले अमेरिका भ्रमणमा गएर राष्ट्रपतिसंग गएर हात मिलाउन पनि हम्मेहम्मे पर्छ। अन्य कुरामा नभएपनि हामी अरुको प्राथमिकतामा धेरै तल छौँ भन्ने कुरा दिउँसोको घामझैं छर्लङ्ग छ। कुटनैतिक तवरमा यस्ता साना कुराले पनि ठूलो महत्त्व राखेको हुन्छ। यसको अर्थ राजतन्त्र नै उत्कृष्ट हो भन्ने होइन तर जे जति हामी हासिल गरेका छौँ भनेर बखत बखतमा बखान गरेका छौँ त्यसको यथार्थले भाषणको कुरालाई इङ्गित गरेको पटक्कै छैन।

    के यहि प्राप्ति नै हाम्रो गन्तव्य थियो त?

    अाज करोडौं भ्रष्टाचारको कुरा दिनहुँ सुनिन्छ, प्रधानमन्त्रीको सरकारी निवास समेत भू-माफियाको चङ्गुलमा छ, राजनितीक खिचातानी र स्वार्थमा राजनीति घुमिरहेको छ, अनियमितता , अराजकता मौलाईरहेका छन् , बेरोजगारी दिन दुई गुणा रात चौगुणा बढिरहेको छ, जनतका अपेक्षामा निरन्तर घात भइरहेको छ। कर्मठ, असल र ईमान्दारीलाई महत्त्व दिनुको सट्टा झन मानमर्दन गरेर अगाडि बढ्न नदिईरहने खेल बढेको छ त अारोप प्रत्यारोपमै अाफ्ना राजनितीक झोलि भर्ने काम रोकिएको छैन। के यहि हो त नेपाली जनताले अपेक्षा गरेको, के यही हो त लाखौं जनताको बलिदान पछिको विकासको छलाङ? जनताले अाफ्नो अभिमत दिए तर निर्णय प्रक्रियाबाट बिमुख हुने स्थिति किन बारम्बार अाइरहेको होला? जनताको नाम भजाएर कतिले अाफ्ना नसोचेको , कल्पना समेत नगरेका ईच्छाहरु तृप्त गरे तर जनता अझैसम्म पनि अाधारभूत अावश्यकताका लागि दिनरात संघर्षरत छन। तीस वर्ष अगाडि सारिएका मागहरु अझै जायज बनाएर जनतालाई हरबखत प्रयोग गर्ने खेललाई कतिन्जेल जनताले राजनिती यस्तै हो भन्नुपर्ने हो?

    गद्दीका राजा सहित सपरिवारको हत्या भयो, जनताका प्रियनेता भनिने मदन भण्डारी र जीवराज अाश्रितको मृत्युको कारण पनि जनतासमक्ष रहस्यमय नै हुने यस स्थितिमा अाम जनताको न्याय कसरी सुनिश्चित होला?

    सबैभन्दा महत्त्वपूर्ण भनेको शासन व्यवस्था मात्रै होइन शासन चलाउनेहरुको क्षमता, नैतिकता , ईमान्दारीता एवम् कार्यकुशलता हो। विश्वका कैयौं देश राजतन्त्र नै भएपनि संवृद्द छन् भने कति लोकतन्त्र भएर पनि विकसित छन। कति त एकात्मक शासनमा रहेर पनि विकसित छन्।लामो समय जनताको रगत,पसिना,संघर्ष, बलिदानबाट प्राप्त यस स्थितिलाई साँचो अर्थमा जनताको हितमा प्रभावकारी नबनाउँदा सम्म जनताको नैराश्यता कम हुँदैन।

    उचित व्यक्तिलाई उचित पदको व्यवस्थापन, न्युनतम शैक्षिक एवम् अन्य अावश्यक मापदण्ड, दण्ड र पुरस्कारको व्यवस्था, पारदर्शिता एवम् निष्पक्षता, दुरदर्शिता तथा विधिको शासन जस्ता अाधारभूत विषय कानुनका पानामा मात्रै नभएर जनताले प्रत्यक्ष अनुभुत गर्न सक्ने नबनाउँदा सम्म देशको अवस्था कसरी माथि उठ्छ ?

    वीरको वीरताले गर्दा प्राप्त यो देशको अस्मितामाथि निरन्तर खेलबाड हुदैछ, देशको सिमामा सँधियारको हस्तक्षेप कदापी स्विकार्य छैन र हुन्न पनि तर यसको दीर्घकालीन समाधान तर्फ किन कसैको ध्यान गएन होला? जसले हाम्रा देशका सिमा मिचेको छ उसलाई हाम्रा अाफ्ना सम्पूर्ण प्रमाण र कागजातमा अाधारमा अाँखामा अाँखा जुधाएर भन्न सक्नु पर्यो तर अाफ्नो चुनावमा भोट कुम्ल्याउने अस्त्रका रुपमा जनताका अाँखामा छारो हालेर बस्ने हो भनी देशको अस्मिता नै जोखिममा रहन्छ। बरु देशकै अस्मिता बेचेर अाफ्नो राजनितीक दुनो सोझ्याउने तर जनताको विचमा जाँदा भाषणमा राष्ट्रियताका मर्मस्पर्शी एवम् संवेदनशील शब्द अोकल्दैमा देशको स्वाभिमान उच्च हुँदैन , यसका लागि जनताको भावना बुझेर काम गर्नुपर्छ।अाज अाफ्नै देशको भुभाग अाफ्नो नक्सामा राख्न र यो मेरो जमिन हो भन्न पनि धेरै बेर सोच्नुपर्ने दिन अायो भने, भोलि जनताको घर, अाँगन नै नमिचिएला भन्न सकिन्न। अवको प्राथमिकतामा साँच्चिकै देश र जनता परुन् कामना! जय देश??

    – कृष्ण समर्पण
    www.krishnapaudyal803@gmail.com

    सोमबार, जेठ २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग
    बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ

    लोकप्रिय

    • १.
      समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र

    • २.
      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध

    • ३.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र

    • ४.
      रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै

    • ५.
      बालेन शाहको उदय र नेपालको भविष्य

    • ६.
      रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

    भर्खरै

    • १.
      लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

    • २.
      जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

    • ३.
      चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

    • ४.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

    • ५.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

    • ६.
      समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

    • ७.
      राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

    • ८.
      बालेन शाहको उदय र नेपालको भविष्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation