• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

लोकप्रिय समाचार

  • १. नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

  • २. श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

  • ३. स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी

  • ४. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • ५. स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

  • ६. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

  • ७. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ८. नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

  • ९. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • १०. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

नेतालाई आयो, जनतालाई आएन गणतन्त्र


  •   बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
  • चन्द्रदेब खनाल । आज जेठ १५ गते, अर्थात १२ औ गणतन्त्र दिवस ।
    नेपाली जनता आफैले छानेका प्रतिनिधिले शासन गर्ने परिपाटीको सुरुवात भएको दिन । सर्वप्रथम गणतन्त्र प्राप्तिका लागि आफ्नो ज्यानको आहुती दिने तमाम ज्ञात अज्ञात सहिदहरु प्रती हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु। साथै, गणतन्त्र प्राप्ति पश्चात् आफ्नो मुहार फेर्ने अभिलाषा बोकेका करोडौं नेपालीहरुमा गणतन्त्र दिवसको हार्दिक शुभकामना पनि छ।
    जननिर्वाचीत उम्मेदवारहरुको सहभागिता एवं उपस्थितीमा अहिले संघिय गणतान्त्रीक नेपालले आफ्नो शाषनको डोर आशा संगालेको पनि छ ।
    जाने बाटो धेरै छ, साथ धेरै आवश्यक छ, एकता अनि देशप्रेमको भावलाई स्खलित हुन नदिई देशले चाल्ने पाईलाहरु कठिन पक्कै छन तथापि नेपालीजनको देश प्रेम अनि बिकासको उत्कट चाहना संगै समग्र रुपमा नयाँ नेपालको सपना साकार हुन जरुरी छ र हुनेछ पनि । जनजनको आश यहि हो। जुन कुरा स्वभाविक पनि छ।ईतिहासका बिभिन्न कालखण्डमा गरिएको संघर्ष र जनआन्दोलन यस्कै लागी थियो।
    नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्रप्रमुख हुनकालागि राजपरिवारमै जन्मिएका ब्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाठमा हुर्किएका शाहि सदस्य मात्र हुन पाउने व्यवस्था थियो । समयको परिवर्तन हेराैं आज स्वतन्त्र अनि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरीकले आफ्नो स्वतन्त्रता, राष्ट्रप्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन । आज नेपालमा विभिन्न ७ वटा प्रदेशहरु अनि प्रादेशीक शासन स्वरुपमा गणतन्त्रको नयाँ खाका कोरिइपनि सकिएको छ ।, संघीय स्वरुपमा । विक्रम सम्वत् २०६५ साल जेठ १५ गते एतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघिय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२/०६३ को जगमा गणतन्त्र घोषणा भएको एतिहासिक दिनको स्मरण गर्न पाउदा गर्वले छाती धक्क फुलेको छ।
    गणतन्त्र प्राप्तिका लागि सडक संघर्ष भइरहदा राजाका पाउमा लम्पसार परेर बिन्तिपत्र चडाउदै “बयलगाढा चढेर अमेरिका पुगिदैन” भन्दै कमेडी गर्ने खड्गप्रसाद अर्थात केपी शर्मा ओलीहरु अहिले गणतन्त्र नेपालको बागडोर समाली रहनुभएको छ । ‘खुसी नेपाली, समृद्ध नेपालको’ सपना साकार पार्न लागिरहनु भएको छ ।आशा गरौ चाडै नै नेपाली जनताले समृद्द मुलुकको सपना पूरा भएको देख्न पाउने छन। प्रधानमन्त्री ज्युका गतिबिधी र प्रयासले आशाको दियो सल्काएको छ।
    गणतन्त्र प्राप्तिको तेह्रौ वर्षमा आइपुग्दा एउटा राजालाइ नारायहिटिबाट नागार्जुन पठाइएसङ्गै सयौ राजाहरुको सिंहदरबारमा रजाइँ कायमै छ। अझ गाउगाउमा सिंहदरबारको नाराले त देशभर हजारौ राजाहरुले रजाइँ गर्न पाएका छन। एक हिसावले भन्ने हो भने, एउटा राजा गए,तर कैयौँ छोटेराजाहरु जन्मिए। तिनको ध्यान देश बनाउने भन्दा पनि सक्ने दिशा तर्फ उन्मुख हुन लागेका पो हुन कि भन्नेभान हुन थालेको छ। यस्का उदाहरण यहा बयान गरि साध्य छैन्न।
    लोकतान्त्रिक शासनमा जनताको वाक स्वतन्त्रताको घाँटी निमोठ्ने प्रयास राज्यपक्षबाट हुँदै आएको छ। हत्या हिंसा र बलात्कारका घटनाहरु दिन प्रतिदिन बढ्दै छन । दोषिलाइ कानुनी कारबाही र पिडितलाइ न्याय दिने कार्यमा राज्य चुकिरहेको अवस्था छ। राजनितिक दलका नेताहरुको गतिबिधिले त झन वाक्कदिक्क पारिसक्यो।आफुलाई लोकतन्त्र,गणतन्त्र या प्रजातन्त्रको दुहाई दिन पछि नपर्नेहरुले देशको सम्बृद्धिका खातिर प्रभावकारी भुमिका निर्वाह गर्न सकेका छैन्न। उनिहरुको जुङ्गाको लडाई यथावत छैन। सत्ताको खेलमा रुमलिएका छन। गणतन्त्रपछी थुप्रै नया पार्टी आए, पुराना भत्किए । सत्तामा पनि उथलपुथल नै भयो भनौ। सत्ता गिराउने र बनाउने खेलमै उनिहरु लागिरहे। गणतन्त्रले नेताहरुको सम्बृद्धी भयो जीवनशैली फेरियो,झुप्रोमा बस्नेहरु महलमा आशिन छन। तर देशको स्थिती उस्तै छ।देश बन्नुको साटो झन बिग्रदै गयो। प्रजातान्त्रीक समाजबाद,समाजबादी शासन ब्यबस्था र साम्यबादको गफ हाँक्नेहरु ब्याक्तिगत जिन्दगी कायापलट गर्नमै लागे ।यो तेह्र बर्षले छोटे राजाको झल्को बेस्सरी दियो।हेर्न पाईयो। देश राजतन्त्रात्मक व्यवस्था फालेर गणतन्त्रतर्फ उन्मुख हुँदै गर्दा नागरिकसँग नेताहरूले बाँडेका थुप्रै सपना र आकांक्षा तामेलीमा थिए । संघीय लोकतान्त्रिक गणतन्त्रमा कसैले पनि दु:ख पाउँदैनन् भनेर व्याख्या गरिन्थ्यो । तर गणतन्त्र स्थापनापछि यतिका वर्ष बित्दा आम नागरिकले परिवर्तनको अनुभूति गर्ने वातावरण बनेन ।
    प्रधानमन्त्री ओलि,शेर बहादुर देउवा र पुष्पकमल दाहल प्रचण्डहरुलाई एउटा प्रश्न :- तीन करोड नेपालीले अपेक्षा गरेको गणतन्त्र नेपाल र तपाइँहरुले निर्देशित गरिरहेको गणतन्त्र नेपालमा समानता छ त? त्यस्तै, यहि प्रश्न मेरो
    प्रचण्ड बाबुराम भट्टराई र मोहन वैद्यहरुलाइ पनि छ :- १७ हजार नेपाली नागरिकको लास माथी राजनीति गरेर सत्ता प्राप्ती त गर्नुभयो तपाइको शासनले शान्ती अमनचयन र सु-शासनको अनुभुती भयो त?
    गगन थापा र रामकुमारी झाक्रीहरुलाइ एउटा प्रश्न :- सडक आन्दोलनमा टाउको फुटाएर प्राप्त गर्न चाहेको गणतन्त्र यहि थियो त? र राज्यका संचालक /नेतृत्वकर्ताहरुलाइ अर्को प्रश्न :- गणतन्त्र प्राप्तिको यतिका वर्ष वितिसक्दा विधिको शासन र दण्डहीनताको अन्त्य कहिले सम्म होला ?
    यी यावत प्रश्नहरुको उत्तर नेपाली जनताले जहिले सम्म प्राप्त गर्दैनन तबसम्म गणतन्त्र नेपालको अनुभुती गर्न सक्दैनन।
    आफ्नो रोजिरोटिका लागि विदेशिएका चालीस लाख नेपाली युवाहरुले पसिनाले मात्र मुलुकको समृद्धि खोज्ने हो भने यी प्रश्नहरु अनुत्तरित नै रहनेछ्न ।
    अन्त्यमा,
    कोरोनाको कहरका बिचमा सिर्जित लिपुलेक कालापानी र लिम्पियाधुरामा छिमेकी राष्ट्र भारतद्वारा गरिएको अतिक्रमणलाई कुटनितिक पहल गरि चाडो भन्दा चाडो यो समस्याको समाधान गरिनुपर्छ। सदियौ देखिको नेपाली सार्वभौमसत्ता र स्वाधीनताको रक्षा गर्दै आम नेपालीले खुसिको श्वास फेर्न पाउन । गणतन्त्र दिवसको हार्दिक शुभकामना ।
    जय नेपाल।

    Advertisement

    बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी

    • २.
      श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

    • ३.
      स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने

    • ४.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • ५.
      स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री

    • ६.
      मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने

    भर्खरै

    • १.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ३.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    • ४.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • ५.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ६.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ७.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ८.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation