काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकिकृत भई बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार राति राजपा र समाजवादी पार्टीबीच एकता भएको र आज निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी नेपाल’ को निवेदन दर्ता भएको हो ।
दल दर्ता गर्न राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, सरदसिंह भण्डारी, समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लागयतका नेताहरु निर्वाचन आयोगको कार्यालय पुग्नु भएको थियो ।दल दर्ताका लागि निवेदन दिएपछि संचारकर्मसंग समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकिकरण भएको जानकारी आयोगलाई दिइएको बताउनुभयो । उहाँले पार्टी प्रति असन्तुष्टी जानाएको भनिएका मोहम्मद इस्तियाक राई र रेणु यादवले समेत पार्टीको काम गरिरहेका र पार्टीको काम प्रति कुनै असन्तुष्टि नरहेको विज्ञप्ति निकालिसकेको बताउनुभयो ।
यस्तै राजपाका नेता राजेन्द्र महतोले दुई पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पुरा गर्ने बताउनुभयो । उहाँले विगत एक वर्ष देखिको प्रकृयालाई टुङ्गोमा पु¥याएको उल्लेख गर्नुभयो । नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्सि सुरक्षित गर्न राजपा र समाजवादी पार्टीलाई फुटाउन कसरत गरिरहेकाले त्यस बाट जोगाउन आफुहरु सफल भएको बताउनुभयो ।
पार्टी एकिकरण पछि बनेको नयाँ पार्टीको झन्डा यसअघि समाजवादीले प्रयोग गर्दे आएको हुने छ भने चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता रहने सहमति पनि दुई पार्टी बिच भएको छ ।
यस्तै नेताहरुको कार्यविभाजन पनि छिटै सहमतिमा टुंगो लगाउने नेताहरुले बताएका छन् । नयाँ दल दर्ताका लागि निवेदन दिइएपनि कानूनी मान्यता पाउन बढीमा ४५ दिन लाग्ने छ ।