• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ३२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

लोकप्रिय समाचार

  • १. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • २. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ३. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • ४. ‘दुःख सुनाएर के काम ?’

  • ५. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ६. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ७. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ८. रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

  • ९. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • १०. काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

‘गरिबको कोही नहुँदो रहेछ’


  •   बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
  • बर्दिया। सुदूरपश्चिमका विभिन्न जिल्लामा घर भएका ३१ जना सोमबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मानखोला नाका हुँदै बर्दिया प्रवेश गरे। नाकामा बाँसगढी नगरपालिकाले राखेको हेल्थ डेस्कमा तिनको ज्वरो नापियो। तापक्रम सामान्य देखिएपछि नगरपालिकाले टिपरबाट कर्णाली चिसापानीसम्म पुर्‍यायो तर चिसापानी पुल तरेपछि उनीहरूलाई कैलालीमा टेक्नै दिइएन। रातभरि चिसापानीमै अलपत्र परे ।मंगलबार बिहानै उनीहरूलाई बाँसगढी फिर्ता पठाइयो। बाँसगढीले फरक जिल्लाका व्यक्तिलाई राख्न नसक्ने भन्दै बाँकेको कोहलपुर पठायो। कोहलपुर नगरपालिकाले फेरि बाँसगढीको मानखोलामै फिर्ता पठायो। त्यसपछि पैदल घर जान लागेका उनीहरूलाई टिपरबाट दिउँसो चिसापानी लगियो।यसरी स्थानीय सरकारहरूले फुटबलझैं घरी यता र घरी उता हुर्‍याउने त्यस समूहमा कैलालीका २६, कञ्चनपुरका ३ र बझाङका २ जना छन्। उनीहरू काठमाडौं, बुटवल, पोखराबाट पैदलै बाँकेसम्म आएका हुन्। क्वारेन्टाइनमा बस्ने सर्तमा प्रवेश दिने प्रयास भइरहेको इलाका प्रहरी चिसापानीले जनाएको छ।‘दुई दिनदेखि यताउता पठाएर हैरान बनायो,’ कैलालीका प्रेम चौधरीले टेलिफोनमा भने, ‘गरिबको कोही नहुँदो रहेछ। अपराधीजस्तो बनाए।’उनका अनुसार चिसापानीबाट कोहलपुर र कोहलपुरबाट चिसापानी दुईपल्ट पठाइयो। ‘अझै घर पुग्न पाएनौं,’ उनले भने, ‘हैरान भइयो।’ अन्य जिल्लाले अवरोध नपुर्‍याए पनि आफ्नै स्थानीय सरकारले विभेद गरेको गुनासो गरे। ‘जिल्लाको सिमानामा पुग्दा स्थानीय सरकारले उद्धार गर्नुपर्ने हो,’ उनले भने,‘बरु बर्दियाको नगरपालिकाले टिपरमा बसाएर यहाँसम्म ल्यायो।’ समूहमा रहेका वीरबहादुर साउदले अनागरिक जस्तो व्यवहार गरेको गुनासो गरे। उद्धार गर्नुको साटो मानसिक तनाव दिएको उनले बताए। भोकभोकै हिँडेर प्रदेशको सीमा पुग्दा सरकारी दुव्र्यवहारको सामना गर्नु परेको उनको भनाइ छ।इलाका प्रहरी भुरीगाउँका निरीक्षक वसन्त पाण्डेले उनीहरूलाई टिपरमा राखेर चिसापानीसम्म छाडेको बताए। तर प्रवेश गर्न नदिइएपछि बाँसगढी फिर्ता पठाएको उनले बताए। ‘मंगलबार बिहान चिसापानी लगेर छोडेका छौं,’ उनले भने, ‘त्यहाँको प्रशासनले प्रवेश गर्न दिने नदिनेबारे छलफल भइरहेको सुनेको छु।’ कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

    Advertisement

    बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • २.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ३.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • ४.
      ‘दुःख सुनाएर के काम ?’

    • ५.
      प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

    • ६.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको

    भर्खरै

    • १.
      गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

    • २.
      गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

    • ३.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

    • ४.
      पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

    • ५.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    • ६.
      भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

    • ७.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • ८.
      गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation