कपिलवस्तु। जिल्लाको विजयनगर गाउँपालिका-१, नेवलागञ्जमा बाघको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्।घाइते हुनेमा नेवलागञ्ज बस्ने ५५ वर्षे बर्मन रोका र सोही ठाउँका ५० वर्षीय दिलेराम थारु रहेका छन्। शुक्रवार अपराह्न साढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएका उनीहरुलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए।उनीहरू दुवैलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ।घाइते दुबैको अवस्था गम्भीर रहेको उनले जनाएका छन्।
Advertisement