• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

दलका कार्यकर्ता एस म्यान बनिरहने कि भविस्यको राजनेता ?


  •   सोमबार, पुष २८, २०७६ मा प्रकाशित
  • मार्क्स जंग । सायद माथिको शिर्षक देखेर  झस्किनुभयो होला। अझ भनुँ भने दल भन्ने बित्तिकै दलदलको हेयको दृष्टिले । पक्कै पनि यहाँ उल्लेख गर्न खोजेको, दल भनेको तपाइँहरुले सोच्नुभएको राजनीतिक दल नै भन्न खोजिएको हो । राजनीति भन्ने बित्तिकै युवा पुस्ताले देश बिगार्ने संस्था हो भन्ने मानसिकता विकास भएको छ । यस्तो अवस्थामा राजनीतिमा संलग्न हुने ब्यक्तिलाई हेर्ने दृष्टिकोण झन् नकारात्मक हुने नै भयो ।

    Advertisement

    सर्वप्रथम, राजनीति दलको विषय प्रवेश गर्दा पहिला, राजनीति भन्नाले राष्ट्र सचांलन गर्ने असल नीतिलाई जनाउँछ। राष्ट्र संचालन गर्न एउटा असल नीति आवश्यक पर्दछ भने त्यसलाई सन्चालन गर्न ब्यक्तिको आवश्यकता पर्दछ । त्यस्ता ब्यक्तिहरु वंशावलीको राजा या राज्यका मानिसको प्रतिनिधि छनौट भएर आएका हुन्छन् । त्यस्ता ब्यक्ति प्रायः राजनीतिक दलवाट प्रतिनिधित्व गरेका हुन्छन् । हाम्रो देशमा पनि जनताले छानेका प्रतिनिधिहरुले संविधान अनुसार राज्य संचालन गरेका छन् त्यस्ता प्रतिनिधि प्रायः राजनीति दलवाट प्रतिनिधित्व गरेका छन् । बहुदलीय संसदीय व्यवस्था अगिंकार गरेको मुलुकमा दल संग सामीप्यता भएका ब्यक्ति अधिक छन् । तिनि दल संग संबद्ध मानिसहरु राजनीति दलका सदस्यता प्राप्त गरेका ब्यक्तिहरुलाई राजनीति दलका सदस्य भनिन्छ । यसरी राजनीति दलको सदस्य हुनको लागि उक्त दलको निश्चित प्रक्रिया र बिधान अनुसार दलको सदस्यता प्रदान गरिन्छ । यसरी सदस्यता प्राप्त गरेपछि उ उक्त दलको राजनीतिक कार्यकर्ता बन्दछ ।
    राजनीतिक कार्यकर्ता नै भविस्यमा राज्य संचालनकर्ता बन्ने एक मत छ । तर हामी कहाँ त्यस्तो संचालनकर्ता राजनेताको रुपमा बन्ने भन्दा पनि वर्तमानमा `एस म्यान´ जस्ता हुन पुगेका छन् । एस म्यान अर्थात् माथिल्लो तहको गलत निर्णय पनि शिरोपर गर्ने । यहाँ एस म्यानको अर्थ एतिमा मात्र सिमित छैन, राजनीतिको आडमा गुन्डागर्दी, तस्कर संगको साठँगाट, भ्रष्टाचार लगाएत गैरकानुनी क्रियाकलाप, साथै माथिल्लो तहको सहि निर्णय पनि आफ्नो स्वार्थ अनुकूल ब्याख्या गर्नु पनि हो । एस म्यान अन्तर्गत आफ्ना नेता एंव कार्यकर्ताले गरेका सम्पूर्ण क्रियाकलाप र भनेका कुराहरु अन्धभक्त समर्थन जनाउने तर अरु पार्टीका नेताले बोलेका कुराहरु विरोध नै गर्नुपर्ने ।वर्तमानमा सहि कार्य गर्दा केही अफ्ठ्यारा परिस्थिति आउन सक्दछन तर सजिलो बनाउन गलत गर्न मिल्दैन । लि क्वान यु ले बेलायतबाट पढेर राजनीति सुरु गर्दा यस्तै एस म्यान बनेको भए उनलाई तात्कालिन ब्यक्तिगत फाइदा हुन्थ्यो तर आज हामीले सिगांपुरका आइडलको नामले चिन्ने थिएनौ । नेल्सन मण्डेला राजनीति सुरु गर्दै आफ्नो स्वार्थको लागि गोरा छाला विरुद्ध आन्दोलनको साटो सम्झौता गरेको भए उनी आफ्नो जीवन आरामदायी बिताउन सक्थे तर आफ्नो असल विचारमा अडिग रहेकै कारण २७ वर्ष लामो जेल यात्रा गरेर भए पनि दक्षिण अफ्रिकाका आइडल बने ।

    नेपालमा पनि मदन भण्डारी जननायक उपमाले चिन्दछौ भलै एस म्यानको चरीत्र नभएको कारणले हत्या हुन पुग्यो जसले गर्दा राज्यले उनबाट प्रयाप्त प्रतिफल प्राप्त गर्न सकेन। पार्टीहरुले नेता पाइरहेका छन् तर देशले राजनेता प्राप्त गर्न सकिरहेको छैन यहाँ उल्लेख गर्न खोजेको राजनेता भनेको सिमित ब्यक्ति मात्र भन्न खोजेको होइन एउटा प्रणालीमा चल्न सक्ने ब्यक्तिहरु भन्न खोजेको हो । असल राजनेता बन्नको लागि सहि समयमा सहि निर्णय दिन सक्ने हुनुपर्छ । गलत कार्यको बिरोध र कार्वाही गर्नुपर्छ चाहे आफ्ना कार्यकर्ता नै किन नहोस् । कानुनले गलत मानेका गैरकानुनी क्रियाकलाप बाहेक गलत कार्यको जानकारीको लागि ज्ञान हुन जरुरी छ । त्यस्तो ज्ञान औपचारिक वा अनौपचारिक शिक्षाबाट प्राप्त गर्न सकिन्छ । ज्ञान दुई प्रकारका हुन्छन् । पहिलो, ज्ञानका लागी ज्ञान जुन दैनिक जीवन भन्दा टाढाको तर ज्ञानलाई अझ परिस्कृत गर्न जसलाई बैज्ञानिक अनुसन्धानको लागि प्रयोग गरिन्छ । दोश्रो, कार्यात्मक ज्ञान जस्ले दैनिक जीवनमा प्रयोग हुने समस्या समाधान गर्न सकिने ज्ञान र आलोचनात्मक ज्ञान जस्ले गलतकार्य को आलोचना गर्ने ज्ञान । आलोचनात्मक ज्ञानले आफ्नो पार्टीले गर्ने गलत निर्णयमा आलोचना गर्दछ र पार्टीले गर्ने हरेक गलत निर्णय सच्याउन दवाब दिन्छ । पार्टीहरुमा गुटको निर्माण गर्ने र त्यो गुटले आफ्नो निजि स्वार्थकालागि गलत निर्णयहरु पारित गर्ने प्रबृत्ति हुनसक्छ ।
    राजनीतिक कार्यकर्ताहरु समाजलाई परिवर्तन गर्दै जनताका दु:ख निवारण गरेर देश र जनताको हित , सुख र समृद्धि बनाउने अभियानमा लागेकाहरुबाटै एस म्यानको चरीत्र निर्माण हुनाले तात्कालिक अवस्थामा निजि फाइदा हुन्छ तर राज्यले ती कार्यकर्तावाट असल राजनेताको परिकल्पना गर्न सक्दैन । यस्तो एस म्यान चरीत्रलाई नकार्दै हरेक राजनीति दलका कार्यकर्ताहरुले वर्तमानमा र भविष्यमा आफ्नो निजि स्वार्थ नराखी भविस्यको असल राजनेता बन्ने अभिलाषा राख्नुपर्छ ।

    लेखक सरुमारानी-२ दर्भान प्युठान निबासी हुन।उनी  अनेरास्ववियु पद्मोदय क्याम्पस घोराही दाङका अध्यक्ष पनि छन।

    सोमबार, पुष २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation