• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, चैत ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

फिल्म हलहरुमा ग्राहकलाई पपकर्न र आइसक्रिम सेवा गर्छन रोबोटहरु

बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला

सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट

लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

लोकप्रिय समाचार

  • १. समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

  • २. सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

  • ३. रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश

  • ४. बालेन शाहको उदय र नेपालको भविष्य

  • ५. रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

  • ६. सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

  • ७. राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

  • ८. चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

  • ९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

  • १०. लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

‘अभाव भएकै ठाउँमा अबसर हुन्छ’ : युवा उद्यमी श्रेष्ठ


  •   मङ्गलबार, पुष २२, २०७६ मा प्रकाशित
  • प्यूठान जिल्लामा विद्युत भित्रिएको झण्डै चार दशक पुग्न लागेको छ । यो अवधिमा जिल्लाका विभिन्न क्षेत्रमा विद्युतीकरण गर्ने क्रम बढ्दो छ । विद्युतीय सामाग्रीको माग दिनप्रतिदिन बढ्न लागिरहेको छ । विद्युतीय सामाग्रीको व्यापारमा राम्रो भविष्य देखेर यो व्यवसायमा २० वर्षकै कलिलो उमेरमा जोडिएका युवा उद्यमी हुन् अरुण कुमार श्रोष्ठ । काठमाण्डौमा अध्ययन गर्दा पकेट मनीको रुपमा आम्दानी गर्ने हिसावले कम्प्युटरको व्यापार थालेका युवा उद्यमी १२ वर्षदेखि प्यूठानको बाग्दुला र बिजुवारबाट विद्युतीय समाग्रीको व्यापार गर्दै आइरहेका छन् । अरु व्यवसायीको तुलनामा टिम वर्कमा काम गर्न रुचाउने युवा उद्यमी श्रोष्ठ विभिन्न पुरस्कार तथा सम्मानबाट समेत समय समयमा पुरस्कृत हुने गरेका छन् । उनै युवा उद्यमी अरुण कुमार श्रोष्ठसँग प्युठानका अग्रज पत्रकार सञ्जय रिजालले कामना डेलीका लागि गरेको कुराकानी ।

    Advertisement

    यहाँको जन्म कहाँ र कहिले भयो ?

    मेरो जन्म प्यूठान नगरपालिका वडा नं. ४ विजुवारमा २०४४ सालमा भएको हो ।

    यहाँको मुख्य रुचीको विषय के हो ?

    मलाई रुची व्यवसायमै छ । व्यवसायमै केन्द्रित गरेको छुँ । नयाँ कामहरु पनि शुरुवात गर्नुपर्छ भनेर सोचिराखेको छुँ । यो व्यवसायमा लागेको १२ वर्ष जति भयो । व्यवसायमा विभिन्न परिवर्तन भइराखेको हुन्छ । अपडेट गरिराखेको छुँ ।

    धेरै युवाहरु उद्यममा नलगोर विदेशमा पलायन भइरहेका छन् । नेपालमा काम गर्ने राम्रो वातावरण छैन भन्नेहरु पनि धेरै छन् । त्यस्तो प्रतिकूल परिस्थितिमा पनि यहाँ प्यूठानमा बसेर उद्यममा लाग्नुभयो ? यसमा लाग्नमा यहाँलाई के कुराले प्रेरित ग¥यो ?

    अरुलाई दोष दिनुभन्दा पनि आफैले फिल्ड रचना गर्ने हो, खोज्ने हो । सम्भावना खोज्ने हो । सबै कुरामा अरुलाई दोष दिएर अरुले गर्देला भनेर भएन । अभाव भएको ठाउँमा अवसरको सम्भावना पनि हुन्छ । त्यो भएको कारण हाम्रो देशमा धेरै सम्भावना छ। सम्भावना त मैले धेरै नै देख्छु । गर्न सक्नुप¥यो । सबै कुरा तयार भएर त आउँदैन नि ।

    प्यूठान जिल्लाको सन्दर्भमा कुरा गर्दाखेरी यहाँले जस्तो विद्युतीय सामाग्रीहरु जस्तो कम्प्प्युटर र सूचना प्रविधिका सामाग्रीहरुको व्यापार शुरु गर्नुभयो । यो व्यवसाय नै यहाँले रोज्नुको कारण के होला ?

    म थापाथलीमा पढ्ने समयमा न्युरोडमा पकेट खर्चको लागि काम गर्ने गर्दथे । त्यो बेला मैले कम्प्युटरको सप्लाई प्यूठानमा गर्थे । त्यतिबेला सम्म प्यूठानमा कम्प्युटरको बजार विकास भइसकेको थिएन । पहिलेदेखि नै अलिकति पिछडिएको जस्तो ठाउँ थियो । त्यतिबेला टाइपराइटरहरु थियो । यहाँको मानिसहरुको पहुँच कम्प्युटरमा त्यति थिएन । पुरानै विन्डोजमा काम गर्ने बातावरण थियो । अहिले पनि दुरदराजका क्षेत्रका घर घरमा कम्प्युटरको पहुँच भएको छैन । मोवाइलले गर्दा धेरै मानिसलाई सहजता भएको छ । कम्प्युटर पढ्न भनेर बाहिरै जाने चलन छ नि त अझै पनि । त्यसो भएको कारण मैले सम्भावना देखेर यो व्यवसाय गरौं भनेर लागे । अनि अर्को तर्फ गाउँमा के थियो भने एउटा मात्र व्यवसाय गरेर नहुने । त्यसो भएको कारण मैलै सम्पूर्ण इलेक्ट्रोनिक्स समाग्रीहरु त्यसमा समेटेर मान्छेलाई सबै कुरा एकै ठाउँबाट दिऊ भन्ने हिसावले यो क्षेत्रमा अलिकति आकर्षित भएको हो ।

    व्यवसाय गर्नेहरु प्रायः अलि बढि व्यस्त देखिने गर्दछन् तर तपाई बेला मौकामा नेपालका विभिन्न पर्यटकिय स्थलसहित विदेशतिर पनि घुमिराख्नुभएको हुन्छ । यो घुम्ने समयको लागि कसरी व्यवस्थापन गर्नुहुन्छ ?

    व्यवसायमा अरुलाई विश्वास गर्ने वातावरण पनि हुनुपर्छ । किनभने मैले पनि तल्लो तहबाट काम गरेर आएको हुनाले हामीले हाम्रो वर्करलाई वर्कर भन्दा पनि पार्टनरको रुपमा लिन सक्यो भने काममा राम्रो लगाव पनि हुनसक्छ । समय भनेको त आपूmले निकाल्ने हो । तपाई सधै त्यहि बस्छु भनेर पनि हुँदैन । आपूmले अरुलाई विश्वास गर्न सिक्नुपर्छ । त्यो भएपछि समय निकाल्न सकिन्छ । हामीले अरुलाई त्यतिकै विश्वास दियौ भने उसलाई पनि लाग्छ नि । जे होस उसले जिम्मेवारी बोध गर्छ ।
    यहाँको समूहमा काम गर्ने कति जना हुनुहुन्छ ?
    अहिले हाम्रो टिममा नौ जना छौं । मार्केटिङ्गमा चार जना । एकाउण्टमा दुई जना । अर्डर सप्लाई डिस्प्याचमा दुई जना भाइहरु हुनुहुन्छ ।

    यहाँले विभिन्न पुरस्कार तथा सम्मान पनि पाउनुभएको छ । एउटा पुरस्कार तथा सम्मानले व्यवसायीलाई कस्तो प्रभाव पार्दो रहेछ ?

    धेरै नै प्रभाव पार्दो रहेछ । एउटा कस्तो हुन्छ भने आपूmलाई पनि काम गर्ने जोश जाँगर जागेर आउँछ । यस्तो सम्मानहरुले नयाँ काम गर्न अझ हौसला प्रदान गर्छ । नयाँ काम गर्न खोजिरहेका हुन्छौ । नयाँ भेण्डर साथीहरुदेखि लिएर नयाँ काम हामीले पाउनलाई यसले सहयोग गरिरहेको हुन्छ । हाम्रो व्याकग्राउण्ड बलियो देखाइदिराखेको हुन्छ । त्यसले गर्दाखेरी अझ काम गर्न सहयोग मिल्छ ।

    अहिलेको युगलाई डिजिटल युग भनिन्छ । अथवा पेपपरलेस हुँदैछ । यहाले आप्mनो व्यवसायलाई कसरी प्रवद्र्धन गरिराख्नुभएको छ ?डिजिटल युगको लागि हामीले फेसबुकमा हामीले विज्ञापन त गरिराखेका छौं । तरपनि फेसबुकमा हाम्रो त्यति भिवर्स छैन । अहिलेसम्म सात आठ हजार मात्र भिवर्स छ । तर भोलीको दिनमा यसमा सम्भावना छ । त्यो हिसावले पनि हामी डिजिटल प्रविधिमा बिस्तारै पहल गरिराखेका छौं र त्यसको लागि लागिराखेका छौं । विज्ञापनमा पनि हामीले बार्षिक राम्रै बजेट छुट्याएर काम गरिराखेका छौं ।

    व्यवसायीहरुले आप्mनो बजार क्षेत्रभित्र आप्mना उपभोक्ताको आवश्यकता के हो भनेर अनुसन्धान तथा सर्भेहरु गरिरहेको पाइन्छ । यहाँले त्यो क्षेत्रतिर काम गर्नुभएको छ कि छैन ?

    सर्भे भनेर ठ्याक्कै सर्भे त हामीहरुे गरिराखेका छैनौं । तर हामीले गर्ने सोचमा छौं । ग्राहकको तथ्यांक संकलन गर्ने काम हामीले गर्ने गरिराखेका छौं ।
    कुनै ग्राहक तपाईको पसलमा आएर मलाई यस्तो खालको सामाग्री चाहियो भन्यो भने यहाँहरुले त्यो समान उपलव्ध गराउन कत्तिको लविङहरु गर्नुभएको छ ?

    विद्युतीय सामाग्रीहरु हामीकहाँ अर्डर आयो भने हामीले सकेसम्म हामीले त्यो उपलव्ध गराउने कोशिस गर्छाै ।
    अघि हामीले भने जस्तै यहाँको बजार क्षेत्र तथा ग्राहककोे आवश्यकतालाई ध्यान दिएर कुनै विद्युतीय प्रोडक्ट उत्पादन गर्ने सोचमा हुनुहुन्छ ?
    छ, भविष्यमा हाम्रो चाडै त्यस्तो खालको कुराहरु देखिएला । हामीले सोचहरु बनाइराखेका छौं । सानो क्षेत्र भएको हुनाले हामीलाई हाम्रो क्षेत्र सानो लागिराखेको छ । ठूलो ठूलो काम गर्नलाई ठूलो ठूलो क्षेत्र र धेरै जनसंख्याले पनि प्रभाव पार्दो रहेछ । त्यस्तो कुराले गर्दाखेरी हामीलाई काम गर्न अलिकति गाह्रो महसुस भइराखेको छ । तर निकट भविष्यमा हामीले केही नयाँ कार्यक्रमहरु लिएर आउने छौं ।

    अहिले यहाँ प्यूठान लगायत अन्य जिल्लामा पनि काम गर्नुभएको छ ?

    अहिले हामीले प्रमुख रुपमा काम गरिराखेको जिल्ला भनेको प्यूठान जिल्ला नै हो । प्यूठान लगायत रोल्पा, गुल्मी, अर्घाखाँची, दाङको लमही क्षेत्र र कहिलेकाँहि घोराहीसम्म सामानहरु सप्लाई गरिराखेका हुन्छौ ।

    यो विद्युतीय सामाग्रीको व्यापार व्यवसाय अरु जिल्लामा पनि बिस्तार गर्ने सोच छ ?

    अरु जिल्लामा बिस्तार गर्ने सोच त छ । अलिकति ठूलो क्षेत्रमा जाने सोच छ । बुटवल काठमाण्डौसम्म हुनसक्छ । हामीले अलिकति सानो क्षेत्र भयो भन्ने महसुस गरिराखेका छौं । तिव्र प्रतिस्पर्धाको समय छ । ठूलो भोल्युममा काम गर्न सक्यौ भने हामीले रेट दिन सक्छौं । ब्राञ्चवाइज हामी ब्राञ्च पनि बिस्तार गर्ने सोचमा छौं ।

    व्यापार व्यवसाय गर्न यहाँहरुले विभिन्न समस्या छन् । यहाँले त्यस्तो कुन कुन समस्याहरु देख्नुहुन्छ ?

    यो वर्षमा आएर धेरै व्यापारीहरुले झेल्नुपरेको समस्या भनेको त करकै हो । भर्खरै भारतको आर्थिक मन्दिको कारण नि बजार सुस्ताएको अवस्था छ । डलरले हामीलाई धेरै प्रभाव पार्दछ । त्यसले गर्दा पनि व्यवसाय सुस्ताएको छ । सरकारी खर्चहरु नभइदिदाखेरी पनि व्यवसायमा अलिकति गाह्रो भएको महसुस गरेका छौं ।

    ग्राहकहरुको सन्तुष्टिलाई कत्तिको ध्यान दिनुभएको छ ?

    अहिले हामी एउटा ब्राण्ड भइसकेपछि भोलि विहान कमसल कामको समान बेच्दा त्यो ब्राण्डलाई पनि धव्वा लाग्न सक्दछ । त्यो हिसावले गर्दाखेरी अहिले हामीले एउटा सस्तो र राम्रो प्रोडक्ट कसरी दिन सकिन्छ । त्यसमा हामीले आपूmलाई कन्सर्टेड गरेका छौं । हामीले ग्राहकलाई आप्mनो काउण्टरबाट बेच्दाखेरी कम गुणस्तरको सामान सकेसम्म बिक्री गर्दैनौ । मान्छेले सस्तै खोज्छ भने मात्र हामीले त्यो सामाग्री उपलव्ध गराउँछौं ।

    यहाँ भर्खरै डिसहोम ताराबाट पनि सम्मानित हुनुभएको छ । डिसहोमले गाउँ गाउँमा टेलिभिजनको सञ्चार गराएको छ । डिसहोम गाउँ गाउँमा पु¥याउन यहाँ सफल हुनुभयो । त्यो हुनुको पछाडिको कारण के होला ?

    यो त म एक्लैले गर्दा पनि भएको हैन । मेरो पुरै समूह, तपाईहरु, सबै साथीभाइहरु, अनि सबै जनाले माया गर्दिएर म यहाँसम्म आएको हो । डिसहोम व्यापारी साथीहरुले पनि सहयोग गरेर बेच्दिनुभयो । टेक्निसियन साथीहरु बीचमा परिवर्तन हुँदा पनि त्यतिकै सहयोग गर्दिनुभयो । यो सबैे गर्दाखेरी मात्र सम्भव भएको हो । चाडै नै डिसहोमबाट इन्टरनेट पनि आउने कुरा भइराखेको छ । चाडै नै हामी डिसहोमबाट इन्टरनेट सेवा पनि दुरदराज एरियामा शुरु गर्छौ ।

    व्यवसाय प्रवद्र्धनको लागि विभिन्न अभियानहरु गरिरहेको देखिन्छ । यहाँले त्यस्तो अभियानहरु गर्नुहुन्छ ?

    प्राविधिक तालिमहरु हामीले बेला बेलामा गर्ने गर्छौ । त्यो बाहेक ग्राहकको लागि त डिस होमको १०० नम्वर च्यानलबाटै प्रशस्त सूचनाहरु दिनभर नै प्रशारण भइराखेको हुन्छ । डिसहोमको अफिसबाट डाइरेक्ट कस्टमरलाई कल हुने गर्दछ । हामीले बेला बेलामा आप्mना कस्टमरहरुलाई तपाईको बक्सको यस्तो यस्तो छ । तपाईको प्याकेज यस्तो यस्तो छ । केही समस्या छन् कि छैनन् भनेर कल गर्ने गरेका छौं ।
    व्यापार भनेको फाइदा केन्द्रित मात्र हुन्छ भन्नेहरु पनि छन् । अहिले पछिल्लो समय कानुनी रुपमा पनि सामाजिक हिसावले उत्तरदायी बन्न व्यवसायीहरुलाई उत्प्रेरित गरिरहेको देख्न सकिन्छ । यहाँले यो क्षेत्रमा कत्तिको काम गर्नुभएको छ ?

    सामाजिक उत्तरदायित्वको कुरा गर्दाखेरी हामीले आठ नौ जनालाई रोजगारी दिएका छौं । त्यसबाट पनि नौ जनाको परिवार चलेको छ । हुनलाई त्यो सानो होला । यो व्यवसाय जस्तो देखिन्छ । त्यस्तो छैन । त्यसमा अनुदानहरु आउनुपर्छ जस्तो लाग्छ । जस्तो कतिजनालाई रोजगार दिइराखेको छ । त्यो पनि राज्यको दायित्वभित्र पर्ने कुरा नीजि क्षेत्रले गर्दिराखेको छ । त्यो कुरा राज्यबाट आउनुपर्छ । त्यो कुराहरु हेरेर कस्तो व्यवसायलाई कति कर लगाउने । त्यो करको दर कस्तो हुनुपर्ने भन्ने कुराहरु प्रष्ट रुपमा आउनुपर्दछ जस्तो लाग्छ मलाई ।

    अहिले बजारमा कमशल सामानहरु पनि प्रशस्त देखिने गरेका छन् । व्यापारमा प्रशस्त प्रतिस्पर्धा पनि छ । यसको व्यवस्थापन कसरी गरिराख्नुभएको छ ?

    हाम्रो काउण्टरबाट सामान बेच्दाखेरी हामी एउटा छानेर यो ब्राण्ड यो सम्म बेच्ने भनेर ब्राण्ड बनाउन सक्छौं । तर बजार यति प्रतिस्पर्धी छ कि । अहिलेको दिनमा मान्छे प्रडक्ट भन्दा पनि प्राइसको पछाडि दौडिरहेको छ । यसलाई नियन्त्रण गर्न राज्य नै लाग्नुपर्छ । मलाई कस्तो लाग्छ भने अहिले नेपाल हामी डम्पिङ्ग साइट बनाउँदै छौं । कमसल सामान पनि आयात गर्न दिने प्रवृत्तिले गर्दा । सामानको एउटा ग्रेड हुनुपर्छ जस्तो लाग्छ । आजको दिनमा एउटा सानो उदाहरण आठ सय नौसयमा पनि एउटा मोवाइल आएको छ । त्यो मोवाइल दुई महिना पनि टिक्दैन । भनेपछि हामी के गरिराखेका छौं त ? एउटा मान्छेले वर्षमा त्यो मोवाइल फोन किन्नको लागि वर्षमा चार पाँच हजार खर्च भइराखेको छ । त्यो प्रोडक्ट हामीले डम्पिङ्ग साइटमा राखिराखेका छौं । हामीले अहिले नेपाललाई डम्पिङ्ग साइट बनाइराखेका छौं । त्यसो भएको मापदण्ड बनाएर कमसल गुणस्तरको प्रोडक्टलाई आयातमै रोक लगाउनुपर्दछ जस्तो मलाई लाग्दछ ।

    एउटा व्यक्ति सफल उद्यमी हुन यहाँको अनुभवमा एक दुई तीन गरेर भन्यो भने कुन कुन कुरा हुनुपर्छ ?

    सबभन्दा पहिलो कुरा भनेको त कन्फिडेन्स हुनुप¥यो । आपूmमा विश्वास हुनुप¥यो । दोश्रोमा जस्तोसुकै कठिन परिस्थितिमा पनि निरन्तर क्रियाशील हुनुप¥यो तेस्रोमा आपूmले गरेको कामको मूल्यांकन गरेर कुन ठाउँमा चुक्यौ त्यो क्षेत्रलाई सवल बनाउनुप¥यो ।

    हाम्रो कुराकानीमा नसमेटिएको यहाँलाई भन्नै मन लागेको केही कुरा भए भन्न सक्नुहुन्छ ?

    अहिले धेरै युवा भाइवहिनीहरुले छोटो बाटोबाट प्रतिफल खोजिराखेका हुन्छन् । जे कुरा पनि तत्कालै आउँदाखेरी राम्रो हुदैन । बिस्तारै लागि पर्नु पर्छ । एक न एकदिन सफल भइन्छ ।

    मङ्गलबार, पुष २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट
    समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि
    रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास
    रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश
    प्युठानमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत

    लोकप्रिय

    • १.
      समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र

    • २.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र

    • ३.
      रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै

    • ४.
      बालेन शाहको उदय र नेपालको भविष्य

    • ५.
      रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

    • ६.
      सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी

    भर्खरै

    • १.
      फिल्म हलहरुमा ग्राहकलाई पपकर्न र आइसक्रिम सेवा गर्छन रोबोटहरु

    • २.
      बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला

    • ३.
      सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

    • ४.
      रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट

    • ५.
      लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

    • ६.
      जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

    • ७.
      चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation