• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, पुष १३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

लोकप्रिय समाचार

  • १. अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

  • २. गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

  • ३. भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

  • ४. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • ५. पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

  • ६. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ७. मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

  • ८. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

  • ९. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • १०. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

शैक्षिक गुणस्तर सुधारका जिम्मेवार पक्षहरू


  •   सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
  • – जायश्वर जैसी । शिक्षा समाज विकासको मुख्य मेरूदण्ड हो । शिक्षाविना समुन्नत र समृद्ध समाजको परिकल्पना पनि गर्न सकिदैन । शिक्षा सभ्य समाजको आधारसिला हो । शिक्षाले मानिसका सबै पक्षहरू सामाजिक, राजनैतिक, आर्थिक, साँस्कृतिक एवम् व्यवहारिक पक्षको परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । समाज, राष्ट्र र मानिसको जीवनको सम्पूर्ण पक्षमा प्रभाव पार्ने शिक्षा गुणस्तर हुनु अनिवार्य छ । गुणस्तरीय शिक्षाले मात्र शिक्षाका सम्पूर्ण उद्देश्यहरूको मर्म र भावनालाई सम्बोधन गर्न सक्दछ । हाम्रा सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर माथि उठ्न सकेन भनेर सबैले चिन्ता र आक्रोश व्यक्त गर्ने गरेको देखिन्छ । शैक्षिक गुणस्तरका सम्बन्धमा सबैका आआफ्नै तर्कहरू पनि छन् । खरर अङ्ग्रेजी बोल्न र लेख्न सक्यो भने त्यसलाई गुणस्तरको रूपमा कतिपयले हेर्ने र बुभ्mने गरेको पनि देखिन्छ । अङ्ग्रेजी भाषा जन्नु मात्रै गुणस्तर कदापी हुन सक्दैन । अङ्ग्रेजी जान्नु एउटा अंश हो भने गुणस्तरीयताको कुरा सम्पूर्णता हो । कतिपय विद्यालयले त शैक्षिक गुणस्तरको लागि भन्दै पठनपाठनलाई नै अङ्ग्रेजी माध्ययमबाट सञ्चालन गरेको देखिन्छ । यो गुणस्तर भन्दा पनि उनीहरूको अङ्ग्रेजी मोह मात्र हो । कतिपय मानिस र शिक्षाका जानकारहरूले विद्यार्थीले प्राप्त गरेको सिकाइ उपलब्धि(प्राप्त अङ्क)लाई पनि गुणस्तर प्राप्त भएको रूपमा बुभ्mदछन् । यो एक हदसम्म सही भए पनि सबै कुरा त्यो होइन । विद्यार्थीले समाजिक मूल्य, मान्यता कत्तिको अङ्गीकार गर्न सक्यो ? राष्ट्र र राष्ट्रियताप्रति उसले कत्तिको चिन्तन मनन् गर्न सक्यो ? शिक्षा प्राप्त गरेपछि आफूले प्राप्त गरेको तहअनुसार आफूलाई व्यवसायिक एवम् रोजगारमूलक बनाउन सक्यो कि सकेन ? आफ्नो समाज र राष्ट्रको सेवामा कत्तिको समर्पित छ ? हाम्रो शिक्षा प्राप्त मानिस कत्तिको सिर्जनशील र समालोचनात्मक छ भन्ने कुरामा गुणस्तरको मापन गर्नुपर्छ । एककोहोरो सुगा रटाइको आधारमा प्राप्त सिकाइ उपलब्धि र त्यसको आधारमा तेस्रो मुलुकहरूमा आप्mनो उर्जावान उमेर खर्च गर्न लालायित हुने शिक्षा प्राणालीभित्र गुणस्तरको बहसले सार्थकता पाउदैन ।
    गुणस्तरीय शिक्षा हासिल गर्नको लागि शिक्षाका सबै अवयवहरू गुणस्तरीय हुनुपर्दछ । शिक्षा क्षेत्रका अवयवहरू गुणस्तरीय हुनुपर्दछ । शिक्षा क्षेत्रका अवयवहरू जबसम्म गुणस्तरीय हुदैनन् तबसम्म गुणस्तर भएन भनेर एक पक्षले अर्को पक्षलाई आरोप-प्रत्यारोप गरेर भाग्न पाउदैन । गुणस्तरीय शिक्षा प्राप्तीको लागि राज्यले सम्पूर्ण रूपले दायित्वबोध र पूर्ण लगानी गर्नुपर्दछ । शिक्षा भित्र भएको व्यापारको कारणले शैक्षिक गुणस्तरलाई प्रभाव पारेको छ । शैक्षिक व्यापार गरी सुगा रटाइको माध्यमबाट अङ्ग्रेजी भाषा लेख्न र बोल्न जान्ने कारालाई गुणस्तरसँग दाँजेर अनि राज्यदेखि सबैलाई गुणस्तरीय शिक्षा त्यहीँ छ, अब त्यतैतिर लाग्नुपर्छ भन्दै सबैको दिमाग खल्बलाउने कार्य भइरहेको छ । शिक्षामा जुन देशमा व्यापार हुन्छ त्यो देशमा शिक्षाको गुणस्तर कल्पना गर्न गाह्रो हुन्छ । कुनै एक-दुई शैक्षिक संस्थाबाट उत्पादित २÷४ जना व्यक्तिले राम्रो पेसा अबलम्बन गर्छ भन्दैमा त्यो गुणस्तर भएको मान्न सकिदैन । गुणस्तरीय शिक्षा हो या होइन भन्ने कुरा शिक्षा प्राप्त सबै मानिसहरूले व्यक्ति, समाज र राष्ट्रलाई आवश्यक पर्ने सबै कुरा सिक्यो कि सिकेन र जीवन व्यवहारमा प्रयोग गर्‍यो यो कि गरेन भन्ने कुरासँग गुणस्तरीयताको तुलना गर्नु सान्दर्भिक हुन्छ । गुणस्तरीय शिक्षाको लागि शिक्षा क्षेत्र चलाउने सम्पूर्ण अवयवहरूमा गुणस्तर हुनु पहिलो सर्त हो । गुणस्तरीय शिक्षा हासिल गर्ने हो भने निम्न पक्षहरूको गुणस्तरमा सबैले ध्यान दिनु अवश्यक छ ।
    (१) गुणस्तरीय राज्य ः
    शिक्षाको गुणस्तर हुन राज्य गुणस्तरयुक्त हो कि होइन भन्ने कुरा पहिलो हो र हुन्छ । राज्य प्रणाली नै यदि गुणस्तर छैन भने शैक्षिक गुणस्तरको बहस गर्नु बेकारमा समयको बर्बादी गर्नु मात्रै हो । राज्य जे चाहन्छ र उसको स्तर जे हो शिक्षामा पनि त्यही गर्न अनि देखाउन चाहन्छ । शिक्षामा गुणस्तर कायम भयो भने मात्र राज्यका सम्पूर्ण अङ्गहरूको विकास हुन्छ भन्ने कुरा राज्य सञ्चालकहरूमा  हुनुपर्दछ । राज्य गुणस्तरीय भएन भने पाठ्यक्रम एवम् नीति निर्माताहरू गुणस्तरीय छान्न र वनाउन सक्दैन । आफूलाई सेवा गर्ने, आना बिचार समूह भित्र पर्ने मान्छेहरूको हुल मात्र खडा गर्छ । त्यस्ता मान्छेहरू न त गुणस्तरीय हुन्छन् न त पाठ्यक्रम नै गुणस्तर बनाउन सक्छन् । त्यसैले शिक्षा क्षेत्रभित्र गुणस्तर खोज्न पहिले राज्य नै गुणस्तरीय हुनुपर्छ ।
    (२) गुणस्तरीय पाठ्यक्रम ः
    गुणस्तरीय शिक्षा प्राप्त गर्न पाठ्यक्रम गुणस्तरीय हुनुपर्दछ । पाठ्यक्रम शिक्षण सिकाइको समग्र योजना भएकाले त्यसले व्यक्ति, समाज र राष्ट्रका आवश्यकताको सही सम्बोधन गर्नुपर्दछ । हाम्रो पाठ्यक्रम अहिले पनि परम्परावादी र सैद्दान्तिक छ । समाज र राष्ट्रलाई कस्तो जनशक्ति आवश्यक पर्ने हो त्यो अनुसारको पाठ्यक्रम निर्माण गरिएको छैन । विभिन्न समयमा पाठ्यक्रम परिवर्तन एवम् पुनारावलोकन गरिए पनि त्यसले विद्यार्थीको रूची चाहानालाई समेट्न सकेको छैन । स्थानीय आवश्यकता के हो ? विद्यार्थी के चाहन्छ भन्ने कुरा ख्याल गरिएको छैन । स्थानीय पाठ्यक्रम निर्माण गर्न सकिने भनिए पनि त्यसलाई मुर्तीकृत गरी लागु गर्न सकिएको छैन । आम नागरिकको पहँुचमा हुने शिक्षा पूरै सैद्दान्तिक मात्र छ । प्राविधिक र व्यवसायीक भएको पाठ्यक्रममा सबैको पहुँच छैन । त्यसैले शिक्षा गुणस्तरीय हुन पाठ्यक्रम गुणस्तरीय हुनुपर्छ अनि त्यो पाठ्यक्रम आम नागरिकको पहुँचमा हुनुपर्दछ ।
    (३) गुणस्तरीय नीति निर्माता ः
    गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षाका नीति

     निर्माताहरू केन्द्रदेखि स्थानीय तहसम्मका गुणस्तरीय हुनुपर्दछ । केन्द्रमा बनाइएका नीतिहरू विद्यालयमा लागुसकिने हो या होइन त्यसको एकिन गर्नुपर्दछ । नीतिहरू कार्यान्वयन गर्न बजेट तथा जनशक्ति व्यवस्थापन गर्न सकिन्छ कि सकिदैन भन्ने कुराको एकिन नीति निर्माताहरूले ध्यान दिनुपर्दछ । नीतिहरू लादिएर मात्र गुणस्तर कायम हुन सक्दैन । गुणस्तरहिन नीति निर्माताहरू रहँदासम्म शिक्षा कहिल्यै पनि गुणस्तर हुन सक्दैन । त्यसैले गुणस्तरीय शिक्षाको  लागि नीति निर्माताहरू गुणस्तरीय हुनुपर्दछ ।

    Advertisement
    (४) गुणस्तरीय स्थानीय तह÷सरकार ः

    संविधानअनुसार माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई  प्रदान गरिएको छ । माध्यमिक तहसम्मको शिक्षालाई व्यवस्थापन गर्ने औकात स्थानीय तहसँग छ कि छैन भन्ने कुरा पहिलो हो । स्थानीय तहको संरचनामा यदि गुणस्तरीय मान्छेहरू छैनन् भने त्यो तहभित्रका विद्यालयको शिक्षामा गुणस्तर आउन सक्दैन । शिक्षा क्षेत्रमा परिवर्तन गर्न कस्तो नीति बनाउनु पर्छ ? लगानी कति गर्नुपर्छ ? शिक्षाको जनशक्ति कस्तो छ ? त्यसलाई उच्च मनोवलका साथ कसरी व्यवस्थापन गर्ने हो  भन्ने कुनै योजना स्थानीय तहसँग भएन भने पनि गुणस्तरीय शिक्षा नाममा मात्र सीमित हुन्छ ।

    ५) गुणस्तरीय विद्यालय व्यवस्थापन समिति ः
    विद्यालयको सम्पूर्ण व्यवस्थापनको जिम्मा विद्यालय व्यवस्थापन समितिमा हुने भएकोले विद्यालय व्यवस्थापन गर्न व्यवस्थापन समिति गुणस्तरीय हुनुपर्छ । पहिलो कुरा ग्रामीण भेगका विद्यालयहरूमा व्यवस्थापन समिति निर्माण गर्न मान्छे खोज्नु पर्ने अवस्था छ । गाउँमा मान्छेको अभाव छ । भएको केही सचेत मान्छे विभिन्न कामको सिलसिलामा बाहिर छ । यस्ता ठाउँहरूमा गुणस्तरीय व्यवस्थापन समितिको निर्माण कसरी गर्ने भन्ने सोँचनीय विषय छ । धेरै विद्यालयहरूका व्यवस्थापन समितिमा चरम राजनैतिक खिचातानीका कारणले विद्यालयलाई नै खतम बनाइ दिएको छ । राजनीति गर्न विद्यालय छिर्ने सोँच बनाएका मान्छेहरूको भीडबाट गुणस्तरीय शिक्षाको परिकल्पना गर्नै गाह्रो भएको छ । शिक्षा क्षेत्रमा योगदान तथा लगानी गर्न र समय दिन सक्ने दक्ष मानिसहरू विद्यालय व्यवस्थापन समितिमा नहुँदासम्म गुणस्तरीय शिक्षा हासिल गर्नमा बाधा पुग्ने छ । शैक्षिक गुणस्तरको बहसमा विद्यालय व्यवस्थापनलाई कसरी गुणस्तर बनाउने भन्ने पनि सोँच्नु पर्दछ ।
    (६) गुणस्तरीय विद्यालय  प्रशासन ः
    पाठ्यक्रम तथा शिक्षाका नीति नियमहरू कार्यान्वयन गर्ने मुख्य थलो विद्यालय हो । विद्यालय प्रशासन गुणस्तरीय भएन भने ती कुराहरू प्रभावकारी कार्यान्वयन हुन सक्दैनन् । त्यसैले गर्दा गुणस्तरीय शिक्षामा ठूलो प्रभाव पार्दछ । अधिकांश हाम्रा विद्यालयहरूमा प्रशासनको ढर्रा परम्परावादी छ । विद्यालयका योजनाहरू समयमा निर्माण नगर्ने, प्रशासनलाई चुस्त दुरुस्त नबनाउने, नयाँ तरिकाले विद्यालय चलाउन मानव संसाधनको व्यवस्थापन सही ढङ्गले नगर्ने, विद्यालयमा एउटै व्यक्तिले प्रशासनमा सिण्डिकेट चलाउने, योग्यता र क्षमता भन्दा पनि राजनैतिक पहुँचको आधारमा प्रशासन चलाउने लगायतका कार्यले शिक्षाको गुणस्तरमा प्रभाव पारेको छ । विद्यालय प्रशासनको प्रमुख व्यक्ति प्रधानाध्यापक अधिकार सम्पन्न र जिम्मेवार एवम् नेतृत्वदायी, योजनाकार नहुँदासम्म गुणस्तरीय शिक्षामा ठूलो प्रभाव पर्दछ ।
    (७) गुणस्तरीय शिक्षक ः
    कक्षा कोठामा पाठ्यक्रम कार्यान्वयन गर्ने सम्पूर्ण जिम्मेवारी शिक्षकको हो । शिक्षक दक्ष र गुणस्तर भएन भने शिक्षाको गुणस्तरमा ठूलो प्रभाव पार्दछ । शिक्षक प्रतिस्पर्धाबाट आएको छ कि छैन ? शिक्षक तालिम प्राप्त छ कि छैन ? विषय वस्तुको ज्ञान छ कि छैन ? शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी सञ्चालन गर्छ कि गर्दैन ? शैक्षणिक प्रविधि प्रयोग गर्छ कि गर्दैन ? विद्यार्थीको मनोविज्ञान ख्याल गरी शिक्षण गर्छ कि गर्दैन ? कक्षा कोठाको व्यवस्थापन सही ढङ्गले गर्न सक्छ कि सक्दैन ? विद्यार्थीहरूलाई उत्प्रेरीत गर्छ कि गर्दैन ? गुणस्तरीय शैक्षिक सामग्रीको उचित प्रयोग गर्छ कि गर्दैन ? कक्षा कोठामा सिकाइको लागि पुरा समय विताउँछ कि विताउँदैन ? पाठ्यक्रमका उद्देश्यका आधारमा शिक्षण गर्छ कि गर्दैन ? शिक्षकको मनोवल उच्च छ कि छैन भन्ने कुराले शिक्षाको गुणस्तरमा प्रभाव पार्ने भएकोले शैक्षिक गुणस्तरमा शिक्षकको गुणस्तरीयता अनिवार्य छ ।
    (८) गुणस्तरीय अभिभावकविद्यार्थी ः
    गुणस्तरीय शिक्षाको लागि अभिभावकको गुणस्तर पनि अनिवार्य छ । अभिभावकको गुणस्तर भन्नु उसको शिक्षा र चेतनाको कुरा पहिलो हो । हाम्रा विद्यालयका अभिभावकहरू आफ्ना बालबालिकालाई कसरी कार्य गराउने, उनीहरू के चाहन्छन्, उनीहरू शिक्षा हासिल गर्न घरको वातावरण कस्तो हुनु पर्दछ, विद्यालयप्रति आनो भूमिका के हुने भन्ने बारेमा सचेत नहँदा गुणस्तरी शिक्षामा प्रभाव पारेको छ । शिक्षा लिने व्यक्ति विद्यार्थी भएकोले शिक्षा प्राप्त गर्न मेरो कार्य र कर्तव्य के हो ? मैले के गर्नु पर्दछ भन्ने कुरा थाहा नपाउँदासम्म शिक्षामा गुणस्तर आउन गाह्रो हुन्छ । यसको अलवा गुणस्तरीय शिक्षा प्राप्तीको लागि गुण्स्तरीय कक्षा कोठा, डेक्स, बेन्च, खानेपानी, खेल मैदान, शौचालय आदि कुराले शिक्षाको गुणस्तरमा प्रभाव पार्दछ ।यसरी समाज विकासको आधारभूत सूचक शिक्षामा गुणस्तरीयता कायम गर्नको लागि गुणस्तरको ठोस परिभाषा हुनुपर्दछ । गुणस्तरका आअफ्नै भजन गाएर कहिल्यै पनि विद्यालय शिक्षामा गुणस्तर कायम हुन सक्दैन । शिक्षाको गुणस्तर सुधारमा सबैको आआनो स्थानबाट उत्तिकै भूमिका रहने भएकोले एक अर्कोमा दोष थोपर्ने कार्य बन्द हुनुपर्दछ । शिक्षामा गुणस्तर कायम गर्न लामो समय र प्रक्रिया लाग्ने भएकोले  तत्कालै परिणामको आशा गरेर लागानी गर्न नमान्ने संस्कारको अन्त्य गर्नु पर्दछ । शिक्षा क्षेत्रमा काम गर्ने व्यक्ति र समूहरूलाई उच्च मनोबलका साथ प्रोत्साहित र उत्प्रेरित गर्न अवश्यक छ । गुणस्तरका पाटा पक्षहरू विविध हुने भएकाले व्यक्तिको जीवनमा आवश्यक पर्ने ज्ञान र सीपको विकास गराउनु नै गुणस्तर हो । शैक्षिक गुणस्तर कायम गर्नमा राज्यदेखि विद्यालय सम्मका सम्पूर्ण  पक्षको गुणस्तर आवश्यक पर्ने भएकोले सबै पक्षको गुणस्तर विकासमा सबैको ध्यान जान जरूरी छ ।
    शिक्षक, गौमुखी माध्यमिक विद्यालय
     गौमुखी गाउँपालिका  ५ ठूलाबेसी प्यूठान

    सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग
    बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

    लोकप्रिय

    • १.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    • २.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ३.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम

    • ४.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ५.
      पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध

    • ६.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    भर्खरै

    • १.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • २.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ३.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • ४.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ५.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ६.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    • ७.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ८.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation