• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

  • ४. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ५. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ६. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ७. एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

  • ८. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ९. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • १०. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

१२९ बर्ष पुरानो ५५ झ्याले दाङको त्यो ‘दरबार’


  •   शुक्रबार, कार्तिक १५, २०७६ मा प्रकाशित
  • सागर थापा,दाङ। दाङको लमहीबाट दक्षिणमा पर्ने एउटा गाउँको नाम हो गोबरडिहा। चारैतिर प्राकृतिक मनोरम दृश्य। छेउमा राप्ती नदी। नदीको एउटा धार बीचमा दरबार छ।छिमेकीले यो दरबारलाई ५५ झ्याले दरबार भनेर चिन्ने गर्छन्।तत्कालीन राजपरिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरीका पिता जोखनप्रसाद चौधरीले विक्रमसम्वत १९ सय ४७ मा यो दरबार बनाएका हुन् । उनले भारतको गोरखपुरबाट कालिगढ झिकाएका थिए । यो दरबार बनाउन १० वर्ष लागेका थियो । काठ, इँटा र प्लास्टर गर्ने सामग्री यहीँका प्रयोग भए तर कालिगढ भने भारतका।दरबार वातावरण मैत्री छ। दरबारको बीच भाग खुला छाडिएको छ जुन ग्यालरी हो। अरु कोठा काष्ठ कलाकौशलले सिंगारिएका छन्।

    Advertisement

    दरवार ओझेलमा
    विक्रम संवत १९९० को विनाशकारी भूकम्पले तीन तलेयुक्त दरबारमा ठूलो क्षति पुग्यो। दरबारको माथिल्लो एक तल्ला ढल्यो। भूकम्पसँगै ५५ झ्याले दरबारको पहिचान पनि भत्कियो।भूकम्पले माथिल्लो तला भत्के पनि बचेको दुई तला भवनको माथिल्लो भागमा फेरि सिंह र हात्तीको मूर्ति राखिएका छन्।स्थानीय सर्वसाधारणले त्यही भएर पनि हालसम्म उक्त भवनलाई ‘सिंहदरबार’ भन्दै आएका छन्।स्वर्गीय परशुनारायण चौधरी बस्ने गरेको कोठाको माथिल्लो तला पनि खस्ने अवस्थामा पुगेको छ। पछिल्लो समय उक्त भवनको संरक्षण नहुँदा भत्कन थालेको छ ।यो भवन पुरानो भएकाले र उचित संरक्षणको अभावमा दिनप्रतिदिन जीर्ण बन्दै गएको हो । छत भत्किएकाले कोठाभित्रै झार उम्रिएको छ । धमिरोले काठ खान थालेको छ ।भित्ताहरू भत्कन थालेका छन्। ‘भवनको संरक्षण भएको छैन’, स्थानियले भने। भवनको स्वरुप राजा महाराजा बस्ने दरबारको जस्तै छ। संरचनामा कुमारी घरको समेत झल्को देखिन्छ। हनुमान ढोका दरबारमा भएजस्तै काष्ठकला देखिन्छ, त्यो दरबारमा। देउखुरीको यो ऐतिहासिक धरोहरको न संरक्षण न बाहिर चिनाउन प्रचार प्रसारको प्रयास, कतैबाट पहल भएको छैन।

    निरीक्षण गरे तर काम भएन

    पारिवारिक सदस्यले त्यसलाई पुरातात्विक इतिहास सँगै ऐतिहासिक धरोहरको रुपमा स्थापित गर्न चाहन्छन् तर राज्यले त्यसलाई सहज रुपमा स्वीकारेको छैन। नेपाल सरकार, पुरातत्व विभागले १सय २९ वर्ष पुराना ऐतिहासिक धरोहरलाई राज्यका तर्फबाट संरक्षण प्रदान गर्दै आएको छ। पुरातत्व विभागले एक पटक निरीक्षण गर्नुबाहेक यहाँ केही गरेको छैन। मासको पीठो, पिसिएको ढुङ्गा, बालुवासँंगै पुराना शैलीमा यो दरबारको पक्की संरचना निर्माण गरिएको जोखनका नातिनी पुजा चौधरीले बताईन।३६ वटा कोठाहरू रहेको उक्त भवन झण्डै पाँच कठ्ठा जमिनमा फैलिएको छ । ३६ कोठामध्ये अहिले जम्मा दुईवटा कोठाहरू मात्र प्रयोगमा रहेको चौधरी परिवारकी सदस्य चौधरीले बताइन् । राज्यले संरक्षण गर्छ भने यो दरबार पुरातत्व विभागलाई हस्तान्तरण गर्न आफूहरु तयार भएको उनले बताए।दुई वर्षअघि पुरातत्व विभागका कर्मचारी आएर यो भवनलाई पुरातात्विक संरचनामै राखेर मर्मत तथा सम्भार गर्ने आश्वासन दिएर गएको स्वर्गीय पर्शुनारायण चौधरीका नातिनी पुजा चौधरीले बताईन। तर, त्यसपछि फेरि कोही फर्केर नआएको चौधरी परिवारका सदस्य बताउँछन्।भवनको संरक्षणसँगै पर्यटकीय केन्द्रका रुपमा विकास गर्नका लागि भवनलाई ‘परशुनारायण चौधरी थारु संग्रालय’का रुपमा आफूले विकास गर्ने सोच बनाएको परिवारजनले बताएका छन् ।

    चौधरी परिवारलाई राजपरिवारको मुद्धा

    यो दरबारको अगाडि आँगनमा चार वटा सिंह बनाइएको थियो र ५५ वटा झ्याल पनि थिए, स्वरूप पनि काठमाडौंको सिंहदरबारजस्तै। त्यही भएर परशुनारायणको परिवारले राजपरिवारबाट मुद्दा खेप्नुपर्यो।त्यो बेला पचपन्न झ्याल र भवनको चौखण्डमा सिंहको आकृति बनाएको भन्दै तत्कालीन राणाहरुले भवन बनाउने जोखनप्रसाद माथि सार्वजनिक मुद्दासमेत चलाए। मुद्दा खेप्न राजधानी जानुपर्थ्यो त्यो बेला। उ बेला पाउनु दुख पाए चौधरी परिवारले। मुद्दा परेपछि सिंहका मूर्ति र ५५ झ्यालमध्ये केही झ्याल हटाइयो’अनि मात्र मुद्दा खारेज भयो।’अहिले ३६ कोठे यो दरबारमा परिवारका सदस्यले दुई कोठा मात्रै प्रयोगमा आएका छन्। दरबारका बाँकी कोठाको संरक्षण हुन सकेको छैन। देउखुरीको ५५ झ्याले सिंहदरबार बनाएसँगै जोखनका छोरा पर्शुनारायण चौधरीले पनि आफ्नो बस्तीमा कम्ती राम्रो संरचना बनाएनन्। ‘यो राज्य संरचनालाई चुनौती थियो, दाङमा राज खानदानको जस्तै संरचनाको दरबार बनाएका थिए तत्कालीन नेता स्वर्गीय पर्शुनारायण चौधरीको भनाइ स्मरण गर्दै नातिनी पुजा चौधरीले भनिन।

    भवन स्याहार्न धौधौ
    अहिले परिवारकै सदस्यले जेनतेन यो ऐतिहासिक धरोहरलाई जोगाइराखेका छन्। त्यो परिवेशमा बनाइएको यो दरबार अहिले संरक्षणको पर्खाइमा छ। भवनमा प्रयोग गरिएका काष्ठकला अझै बिग्रेका छैनन्। काठ बालेर पोलेका इँटामा कुनै दाग लागेको छैन। तर पनि परिवारलाई आधुनिक परिवेशमा यो भवन स्याहार्न धौधौ भएको छ।यो दरबार सिंहदरबारको झल्को दिने खालको छ। कुमारी घर, हनुमान ढोका र नौतले दरबारको झल्को पनि पाइने यो दरबारको संरक्षणमा स्थानीय निकाय पनि लागेको देखिँदैन। स्वर्गीय पर्शुनारायण चौधरीका भाई केशव नारायण चौधरीले भने, ‘भवन जोगाउन कसैले चासो देखाएन्न ।’

    शुक्रबार, कार्तिक १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ६.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...