• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, बैशाख २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

सरुमारानीमा घुम्ती पशु स्वास्थ्य शिविर : ३५० घरपरिवार लाभान्वित

रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक

लोकप्रिय समाचार

  • १. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

  • २. समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

  • ३. भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

  • ४. स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

  • ५. हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

  • ६. एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

  • ७. रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

  • ८. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • ९. धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

  • १०. युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

१२९ बर्ष पुरानो ५५ झ्याले दाङको त्यो ‘दरबार’


  •   शुक्रबार, कार्तिक १५, २०७६ मा प्रकाशित
  • सागर थापा,दाङ। दाङको लमहीबाट दक्षिणमा पर्ने एउटा गाउँको नाम हो गोबरडिहा। चारैतिर प्राकृतिक मनोरम दृश्य। छेउमा राप्ती नदी। नदीको एउटा धार बीचमा दरबार छ।छिमेकीले यो दरबारलाई ५५ झ्याले दरबार भनेर चिन्ने गर्छन्।तत्कालीन राजपरिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरीका पिता जोखनप्रसाद चौधरीले विक्रमसम्वत १९ सय ४७ मा यो दरबार बनाएका हुन् । उनले भारतको गोरखपुरबाट कालिगढ झिकाएका थिए । यो दरबार बनाउन १० वर्ष लागेका थियो । काठ, इँटा र प्लास्टर गर्ने सामग्री यहीँका प्रयोग भए तर कालिगढ भने भारतका।दरबार वातावरण मैत्री छ। दरबारको बीच भाग खुला छाडिएको छ जुन ग्यालरी हो। अरु कोठा काष्ठ कलाकौशलले सिंगारिएका छन्।

    Advertisement

    दरवार ओझेलमा
    विक्रम संवत १९९० को विनाशकारी भूकम्पले तीन तलेयुक्त दरबारमा ठूलो क्षति पुग्यो। दरबारको माथिल्लो एक तल्ला ढल्यो। भूकम्पसँगै ५५ झ्याले दरबारको पहिचान पनि भत्कियो।भूकम्पले माथिल्लो तला भत्के पनि बचेको दुई तला भवनको माथिल्लो भागमा फेरि सिंह र हात्तीको मूर्ति राखिएका छन्।स्थानीय सर्वसाधारणले त्यही भएर पनि हालसम्म उक्त भवनलाई ‘सिंहदरबार’ भन्दै आएका छन्।स्वर्गीय परशुनारायण चौधरी बस्ने गरेको कोठाको माथिल्लो तला पनि खस्ने अवस्थामा पुगेको छ। पछिल्लो समय उक्त भवनको संरक्षण नहुँदा भत्कन थालेको छ ।यो भवन पुरानो भएकाले र उचित संरक्षणको अभावमा दिनप्रतिदिन जीर्ण बन्दै गएको हो । छत भत्किएकाले कोठाभित्रै झार उम्रिएको छ । धमिरोले काठ खान थालेको छ ।भित्ताहरू भत्कन थालेका छन्। ‘भवनको संरक्षण भएको छैन’, स्थानियले भने। भवनको स्वरुप राजा महाराजा बस्ने दरबारको जस्तै छ। संरचनामा कुमारी घरको समेत झल्को देखिन्छ। हनुमान ढोका दरबारमा भएजस्तै काष्ठकला देखिन्छ, त्यो दरबारमा। देउखुरीको यो ऐतिहासिक धरोहरको न संरक्षण न बाहिर चिनाउन प्रचार प्रसारको प्रयास, कतैबाट पहल भएको छैन।

    निरीक्षण गरे तर काम भएन

    पारिवारिक सदस्यले त्यसलाई पुरातात्विक इतिहास सँगै ऐतिहासिक धरोहरको रुपमा स्थापित गर्न चाहन्छन् तर राज्यले त्यसलाई सहज रुपमा स्वीकारेको छैन। नेपाल सरकार, पुरातत्व विभागले १सय २९ वर्ष पुराना ऐतिहासिक धरोहरलाई राज्यका तर्फबाट संरक्षण प्रदान गर्दै आएको छ। पुरातत्व विभागले एक पटक निरीक्षण गर्नुबाहेक यहाँ केही गरेको छैन। मासको पीठो, पिसिएको ढुङ्गा, बालुवासँंगै पुराना शैलीमा यो दरबारको पक्की संरचना निर्माण गरिएको जोखनका नातिनी पुजा चौधरीले बताईन।३६ वटा कोठाहरू रहेको उक्त भवन झण्डै पाँच कठ्ठा जमिनमा फैलिएको छ । ३६ कोठामध्ये अहिले जम्मा दुईवटा कोठाहरू मात्र प्रयोगमा रहेको चौधरी परिवारकी सदस्य चौधरीले बताइन् । राज्यले संरक्षण गर्छ भने यो दरबार पुरातत्व विभागलाई हस्तान्तरण गर्न आफूहरु तयार भएको उनले बताए।दुई वर्षअघि पुरातत्व विभागका कर्मचारी आएर यो भवनलाई पुरातात्विक संरचनामै राखेर मर्मत तथा सम्भार गर्ने आश्वासन दिएर गएको स्वर्गीय पर्शुनारायण चौधरीका नातिनी पुजा चौधरीले बताईन। तर, त्यसपछि फेरि कोही फर्केर नआएको चौधरी परिवारका सदस्य बताउँछन्।भवनको संरक्षणसँगै पर्यटकीय केन्द्रका रुपमा विकास गर्नका लागि भवनलाई ‘परशुनारायण चौधरी थारु संग्रालय’का रुपमा आफूले विकास गर्ने सोच बनाएको परिवारजनले बताएका छन् ।

    चौधरी परिवारलाई राजपरिवारको मुद्धा

    यो दरबारको अगाडि आँगनमा चार वटा सिंह बनाइएको थियो र ५५ वटा झ्याल पनि थिए, स्वरूप पनि काठमाडौंको सिंहदरबारजस्तै। त्यही भएर परशुनारायणको परिवारले राजपरिवारबाट मुद्दा खेप्नुपर्यो।त्यो बेला पचपन्न झ्याल र भवनको चौखण्डमा सिंहको आकृति बनाएको भन्दै तत्कालीन राणाहरुले भवन बनाउने जोखनप्रसाद माथि सार्वजनिक मुद्दासमेत चलाए। मुद्दा खेप्न राजधानी जानुपर्थ्यो त्यो बेला। उ बेला पाउनु दुख पाए चौधरी परिवारले। मुद्दा परेपछि सिंहका मूर्ति र ५५ झ्यालमध्ये केही झ्याल हटाइयो’अनि मात्र मुद्दा खारेज भयो।’अहिले ३६ कोठे यो दरबारमा परिवारका सदस्यले दुई कोठा मात्रै प्रयोगमा आएका छन्। दरबारका बाँकी कोठाको संरक्षण हुन सकेको छैन। देउखुरीको ५५ झ्याले सिंहदरबार बनाएसँगै जोखनका छोरा पर्शुनारायण चौधरीले पनि आफ्नो बस्तीमा कम्ती राम्रो संरचना बनाएनन्। ‘यो राज्य संरचनालाई चुनौती थियो, दाङमा राज खानदानको जस्तै संरचनाको दरबार बनाएका थिए तत्कालीन नेता स्वर्गीय पर्शुनारायण चौधरीको भनाइ स्मरण गर्दै नातिनी पुजा चौधरीले भनिन।

    भवन स्याहार्न धौधौ
    अहिले परिवारकै सदस्यले जेनतेन यो ऐतिहासिक धरोहरलाई जोगाइराखेका छन्। त्यो परिवेशमा बनाइएको यो दरबार अहिले संरक्षणको पर्खाइमा छ। भवनमा प्रयोग गरिएका काष्ठकला अझै बिग्रेका छैनन्। काठ बालेर पोलेका इँटामा कुनै दाग लागेको छैन। तर पनि परिवारलाई आधुनिक परिवेशमा यो भवन स्याहार्न धौधौ भएको छ।यो दरबार सिंहदरबारको झल्को दिने खालको छ। कुमारी घर, हनुमान ढोका र नौतले दरबारको झल्को पनि पाइने यो दरबारको संरक्षणमा स्थानीय निकाय पनि लागेको देखिँदैन। स्वर्गीय पर्शुनारायण चौधरीका भाई केशव नारायण चौधरीले भने, ‘भवन जोगाउन कसैले चासो देखाएन्न ।’

    शुक्रबार, कार्तिक १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो
    युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन
    एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    लोकप्रिय

    • १.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • २.
      समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड

    • ३.
      भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा

    • ४.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय

    • ५.
      हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    • ६.
      एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

    भर्खरै

    • १.
      लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

    • २.
      अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

    • ३.
      भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

    • ४.
      सरुमारानीमा घुम्ती पशु स्वास्थ्य शिविर : ३५० घरपरिवार लाभान्वित

    • ५.
      रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

    • ६.
      मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

    • ७.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

    • ८.
      रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...