• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, बैशाख २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

संविधान संशोधनमा बास्कोटाको प्रस्ताव : प्रदेश र जिसस खारेज गर्न सुझाव

प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

लिपुलेक मार्गबारे भारतले दियो प्रतिक्रिया

लोकप्रिय समाचार

  • १. लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

  • ४. मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

  • ५. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

  • ६. अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

  • ७. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ८. भूमि अतिक्रमणबारे भ्रम नफैलाउन सरकारको आग्रह

  • ९. लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

  • १०. राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै

स्लिपिङ ट्याव्लेटको रुपमा जगजीतको आवाज


  •   बिहिबार, असोज २३, २०७६ मा प्रकाशित
  • मनिष प्रयास: गजल आफैमा गायन बिधा हो, गायनले गजलको शब्दरुपी शेरहरुमा माधुर्यता र सौन्दर्यता झल्कनुको साथै शेरहरुलाई जीवन्तता प्रदान गर्दछ । खासगरी हिन्दी गजल गायनको इतिहासका पानामा स्वर्ण अक्षरले लेखिएको अमिट नाम हो जगजीत सिङ। ८ फेब्रुअरी १९४१ मा भारतको राजस्थान प्रदेशको गंगानगरमा जन्मिएका जगजीत सिङ, गायनको हिसाबले गजलको राजा, गजलको हिरो, गजलको वादशाह आदि नामले चिनिन्छन् ।

    Advertisement

    कतिपय
    श्रोताहरुको
    भनाई अनुसार
    जगजीतका गजलहरुले
    दिउँसो भरीको थकानलाई
    बिर्साउने र स्लिपिङ ट्याबलेटको काम गर्ने बताउछन् ।
    बच्पन देखि नै गायन र बाद्यबादनमा गहिरो अभिरुचि राख्ने जगजीत कलिलो उमेरमै मोहम्मद रफि, नुरजाहँ र लता मङ्गेश्करको शास्त्रीय गायन र संगितको सुगन्धले आकर्षित भएका थिए ।

    अध्ययनको सिलसिलामा जगजीत जलन्धर पुगे त्यहाँ ALL INDIA RADIO को स्वर परिक्षणमा उनी पहिलो दर्जाको अब्बल गायक बन्न सकेनन् पछि पुनः स्वर परिक्षण गरेपछि मात्रै उनले उपशास्त्रीय संगित पास गरे। स्टार गायक बन्ने हुटहुटीले गर्दा १९६१ मा घरपरिवार लाई जानकारी नै नदिई जगजीत सपनाको सहर मुम्बई पुगे । मुम्बईको महँगो बसाईले गाउँ बाट भरेर ल्याएको खर्च धेरै दिन सम्म टिक्न सकेन, खल्ती रित्तिएपछी बिना टिकट लुकेर घर फर्किए तर केही बर्ष पछी फेरि साथीको सहयोगमा मुम्बई पुगे । यो पटक मुम्बईका संगीत हस्तीहरु संग जगजीतको चिनापहिचान भयो बिस्तारै केही गितगजलहरु रेकर्ड हुन थाल्यो । पहिलो पटक रेडियो बाट आफ्नो गित बज्दा जगजीत रातभर निदाएनन्।माया नगरी मुम्बईमा संघर्षको दौरानमा जिङ्गल गायिका चित्रा सिङ संग जंकाभेट भयो चित्रा तत्कालीन समयमा जिङ्गल क्विन, जिङ्गल स्टार आदि नामले लोकपि्रय थिइन। चित्राको आवाज एकदमै सुरिलो र तीखो थियो भने जगजीतको एकदमै बाक्लो र मोटो । एकजना संगितकारले चित्रा र जगजीतको युगल गित रेकर्डको लागि अनुरोध गर्दा जगजीतको आवाज धेरै मोटो र आफुलाई मन नपरेको भन्दै रेकर्डको लागि इन्कार गरेको चित्रा आफैले बताउछिन् । चित्राको श्रीमानले दोश्रो बिबाह गरेपछी चित्राले श्रीमान संग सम्बन्धबिच्छेद गरीन् । श्रीमान सगको सम्बन्धबिच्छेद पश्चात् जगजीत र चित्रा आपसमा नजिक हुन पुगे । स्टेजकार्यक्रम पनि संगसगै हुन थाल्यो त्यतिबेला एउटा जिङ्गलमा स्वर दिए बापत चित्राले रु २००।- पाउथिन भने जगजीतले मात्रै रु५०।- जगजीत र चित्राको जोडी गायनमा मात्रै होइन जिन्दगीमा पनि जम्न थाल्यो, समय बित्दै गयो। जगजीतले एकदिन चित्रालाई बिबाहको प्रस्ताव राखे तर चित्राले खासै चासो दिईनन् केही बर्ष पछि पुनः जगजीतले चित्रा सामु बिहेको प्रस्ताव राखे यसपटक भने चित्राले बिबाहको प्रस्ताव सहज रुपमा स्वीकार गरिन् । गजलमा उर्दु भाषाले विशेष अर्थ राख्दछ बच्पन देखि नै उर्दु भाषामा अब्बल जगजीतले जिङ्गल स्टार चित्रालाई उर्दु मार्फत गजल संग पनि गहिरो साइनो जोडिदिए। जगजीत र चित्राले संगसगै देशबिदेशमा धेरै कन्सर्टहरु गरे जसबाट जगजीतलाई सुन्न चाहानेहरु संसारभर थपिदै गए । अमिरहरुको साझको मेहफिलमा मात्र सिमित हिन्दी गजललाई सर्वसाधारण सम्म पुर्याउने (जगजीत,चित्रा) गजल जोडीको रुपमा परिचित भए१९७६ मा जगजीत र चित्राको एल्बम “The unforgetable” बजारमा आयो जसमा केही गजलहरु पनि समाबेश थिए । एल्बमले नया रेकर्ड राख्यो जसबाट कम्पनीले जगजीतलाई ८०,०००/- रोयल्टीको चेक हस्तान्तरण गर्यो । unforgetable भित्र समाबेश भएको गित “बात निकली तो दुर् तलक जाएगी ” र गजल “आहिस्ता आहिस्ता” आज पनि उत्तिकै लोकपि्रय छन् । उतिबेला एल्बमको अडियो रेकर्ड मात्रै आउथ्यो एल्बम बाहिरको पानामा सम्पुर्ण गजल लेखेर गजललाई सम्पुर्ण जनमानसमा पुर्याउन खोज्ने जगजीतको यो तरिका अदभूत थियो ।

    जगजितका केही चर्चित गजलहरु
    • तुम्को देखा तो ये खयाल आया
    • तुम् इत्ना जो मुस्कुरारहे हो
    • तेरे बारेमे जब् सोचा नहि था
    • मे नशे मे हु
    • झुकी झुकी सि नजर

    जगजीतले १९७३ मा आबिस्कार फिल्मको गित बाट फिल्मी करियर बलिउड प्रवेश गरे। जगजीतले भारतिय साहित्यका धुरन्धर हस्तीहरु अटल बिहारी, मिर्जा गालिब, गुलजार, निदा फाजली,कैफी आजमी,जावेद अख्तर लगायतका साहित्यका हेभीवेटहरुको गित गजल र कविताहरुमा आफ्नो स्वर र संगितको जादु चलाए। १९७३ मा आबिस्कार फिल्म बाट औपचारिक रुपमा बलिउड गायनमा छिरेका जगजीत किस्सा कुर्सिका(१९७५), अपनी धरती अपना देश(१९७७) त्यसैगरि प्रेमगित(१९८१) फिल्मको “मेरा गित अमर कर दो” लगत्तै अर्थ(१९८२) “तुम् इत्ना जो मुस्कुरारहे हो,झुकी झुकी सि नजर ” १९८२ मै अर्को फिल्म साथ साथ भित्र समाबेश सुपरिचित गजलकार जावेद अख्तरको “ये तेरा घर ये मेरा घर” र “तुम्को देखा तो ये खयाल आया” आदि गजल संगै जगजीतको जादुमय संगित र गायकीले बलिउडमा धमाका पिट्यो।१९८० पश्चात् जगजीत चित्रा जोडीका फिल्मी गितगजल साथै एल्बमहरु भटाभट बजारमा आए र रातारात हिट भए ।१९९० मा जगजीतका छोरा बिबेकको २० बर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भयो । छोराको मृत्यु पश्चात् भावबिह्वल भएकि चित्राले गायन पेशालाइ चट्क्क छोडिन् भने जगजीतले बिस्तारै आफुलाई समाल्दै गायन यात्रा अगाडि बढाए ।क्रमशः १९७० हुँदै ८० /९० को दशक सम्म आईपुग्दा बलिउडमा संगित र गायनको उच्च शिखर चुमेका जगजीत फिल्ममा गाउदा निर्देशकदेखि लिएर हिरो हिरोईन सम्मको चित्तबुझाउनु पर्ने हुनाले गजलमा आफुले चाहे जस्तो संगित र स्वर भर्न नपाएपछी बिस्तारै बलिउड गायन बाट ब्याक हुँदै आफ्नै गजल एल्बमहरुमा फोकस भए। एल्बमको लागि जगजीत आफैले गजल चुन्ने गर्दथे खासगरी मिर्जा गालिब, निदा फाजली, जावेद अख्तर, गुलजार साथै उर्दु साहित्यका बडे बडे सायरहरुका रचना जगजीतको आवाजले अमर बने। हिन्दी भजनमा पनि छुट्टै पहिचान छ जगजीतको थुप्रै भजनहरुमा उनले आफ्नो संगित र आवाज भरेका छन्। जगजीत चुरोटको कडा अम्मली थिए कतिपय स्टेज कार्यक्रममै एक हातले जलिरहेको चुरोट र अर्को हातले हार्मोनियम बजाउदै गजल गाएको हामीले अहिले पनि युटुबमा भिडियो भेट्न सकिन्छ। जगजीतको स्टेज कार्यक्रम लामो भएता पनि दर्शकहरु धैर्य गरेर बस्थे । गजल गायन संगै बीच बीचमा शेरहरुको तरन्नुम बाचन र छोटा चुटकिलाहरुले गर्दा शेरहरु पिच्छे बज्ने ताली र हासोको फोहोराले कार्यक्रम हल नै गुन्जायमान हुन्थ्यो । २००१ पश्चात् देश बिदेश बाट जगजीतलाई चाहानेहरु येति धेरै हुन थाले कि जगजीतलाई स्टेजमा भ्याई नभ्याई हुन थाल्यो । नेपालमा पनि रेडियोहरुको रात्रीकालिन कार्यक्रमहरुमा जगजीत र चित्राको अधिकांश गित गजलहरु बज्ने गरेको पाईन्छ ।
    जगजीतका केही लोकप्रिय गित तथा नज्महरु
    • चिट्ठी ना कोहि सन्देश
    • ये दौलत भि ले लो
    • बात निकली तो फिर्
    • मेरा गित अमर कर दो

    १९९८ मा नियतीले जगजीतलाई मस्तिष्क हृदयधातको बाणले निशाना लगाउदै तिर हान्यो तर सौभाग्यबस् नियतीको निशाना बमोजिम बाण बाट तिर छुटेन । सामान्य उपचार पश्चात् ठिकठाक भए। जगजीतको गायकीले फेरि एकपटक जगलाइ जित्यो तर २०११ मा आइपुग्दा नियतिले पुनः अर्को तिर छोड्यो दुर्भाग्य भन्नूपर्छ यसपटक नियतिको तिर निशानामै लाग्यो । १८ दिनसम्म अचेत अवस्थामा रहि २०११ अक्टोबर १० मा डाक्टरहरुले जगजीतलाई मृत घोषणा गरे । आफ्नो आवाजको जादुले जगलाई जितेका जगजीत नियती सामुन्ने पनि दोस्रो पटक मात्रै हारे । आज हिन्दी, उर्दु गजल जुन उचाइमा पुगेको छ जगजीत त्यही उचाइको नजिक छन, जुन उचाइ अब सायदै बिरलै गायकले प्राप्त गर्दछन् । सन २००३ मा भारत सरकारले जगजीतलाई पद्मभुषण पुरस्कारले सम्मनित गर्यो त्यसैगरी सन २०१४ मा भारत सरकारले तत्कालीन प्रधानमन्त्री मनमोहन सिङको पालामा जगजीतको सम्मान र सम्झना स्वरुप भारतीय इतिहासमै पहिलो पटक एकैसाथ २ डाँक टिकट जारी गर्‍यो। उर्दु र हिन्दी साहित्यका हस्तीहरु र कतिपय भारतीय मिडियाहरुले जगजीत भारत रत्न सम्मानको दाबेदार भएपनी सरकारले उक्त सम्मान नदिएको बताउछन् । जगजीतले देह त्यागेर गएको १ दशक हुनै लाग्दा अझै पनि भारत रत्न सम्मानको लागि छनोट गरिएका ब्यक्तिहरु मध्ये कतै जगजीतको नाम छ कि भनेर खोज्नेहरुको कमी छैन। भारत रत्न प्राप्त नगरेता पनि जगजीत गजलको मणिरत्न हुन भन्ने कुरामा कदापि दुइमत छैन। जगजीतको देहले संसार छाडेर गएपनि उनका गित गजलहरु सदा अजर अमर रहनेछन् ।
    जगजीतका अन्य केही चर्चित गजलहरु
    • कल् चौदहवीं कि रात
    • जिन्दगी क्या चिज हे
    • तेरा चेहेरा है ऎने जैसा
    • आहिस्ता आहिस्ता
    • याद नहि क्या क्या देखा
    • तेरा चेहेरा कित्ना सुहाना लगता है
    • मुस्कुराकर् मिला करो हम्से
    • आपको देखकर् देख्ता रहगया
    • दिन कुछ् ऎसे गुजारता है कोहि
    • तेरे आने कि जब् खबर मेहेके
    • दिन डुबा तुम् याद आया
    • ऎसा भि नहि
    • वो नहि मिला तो
    • आपनी आग् को जिन्दा रख्ना
    स्रोत: सामाजिक संजाल, टि भि कार्यक्रम

    बिहिबार, असोज २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो
    युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन
    एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

    लोकप्रिय

    • १.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा

    • ४.
      मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

    • ५.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • ६.
      अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

    भर्खरै

    • १.
      बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

    • २.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

    • ३.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    • ४.
      राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

    • ५.
      संविधान संशोधनमा बास्कोटाको प्रस्ताव : प्रदेश र जिसस खारेज गर्न सुझाव

    • ६.
      प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

    • ७.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

    • ८.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...