• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

दलालले ठगे, माटोले साथ दियो

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लोकप्रिय समाचार

  • १. प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

  • २. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

  • ३. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • ४. गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

  • ५. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

  • ६. ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

  • ७. लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

  • ८. प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

  • ९. लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

  • १०. तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

निर्मला हत्याको एक वर्ष पुरा:अनुसन्धान प्रगती शुन्य


  •   शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
  • काठमाडौ।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। घटनाका दोषी अझै पक्राउ परेका छैनन्। अनुसन्धानका लागि आधा दर्जनभन्दा बढी टोली बने। कुनैले पनि अभियुक्त किटान गर्न सकेका छैनन्। प्रहरीले सूक्ष्म रूपले अनुसन्धान भइरहेको बताए पनि उपलब्धि शून्य देखिएको छ। परिवारले न्याय पाउने आशा मारेका छन्। ‘वर्षदिन भइसक्यो, हत्यारा पक्राउ परेका छैनन्’, बुवा यज्ञराज पन्तले भने, ‘छोरीका हत्यारा पक्राउ गरी न्याय दिन हारगुहार गर्दा पनि न्याय मिलेन।’ उनले अब न्याय पाइएला भन्ने आशा मारिसकेको बताए।‘न्याय माग्दा एक जनाले ज्यान गुमाए। कति घाइते छन्। सरकारले यसतर्फ पनि ध्यान दिएन’, उनले भने, ‘हाम्रो माग भनेकै हत्यारा सार्वजनिक गरेर न्याय देओस् भन्ने हो।’ हरेक महिना १० गते अनुसन्धानको अवस्था बुझ्न परिवारका सदस्य प्रहरी कार्यालय पुग्ने गरेका छन्। सरकार हत्यारा पत्ता लगाउन गम्भीर नभएको उनले बताए।न्यायकै लागि निर्मलाका बुवाआमासहित अधिकारकर्मीले धर्ना दिए। घटना भएदेखि कञ्चनपुरलगायत देशभर शान्तिपूर्ण आन्दोलन भयो। सदनदेखि सडकसम्म आवाज उठ्यो। ‘सरकारले न्याय दिन सकेको छैन। हामी निरन्तर न्यायका लागि भौतारिरहेकै छौं’, अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘सरकार गम्भीर हुने हो भने तत्काल हत्यारा पत्ता लाग्छ।’प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाको टोली कञ्चनपुरमा खटिएका छन्। अनुसन्धानमा थुप्रै टोली खटिए। प्रहरी टोलीले हत्याराका विषयमा ठोस प्रमाण जुटाउन सकिरहेका छैनन्। जिल्ला प्रहरी कञ्चनपुरका एसपी दिनेश आचार्यले संयुक्त रूपमा अनुसन्धान जारी रहेको बताए।‘केन्द्र, जिल्ला र आवश्यकताअनुसार मातहतका निकायका टोली खटिरहेका छन्’, उनले भने, ‘हामी अनुसन्धानमै छौं। यो अभियुक्त हो भनेर पहिचान गर्न सक्ने अवस्था देखिएको छैन।’ ब्युरोका एसपी गणेश चन्दको नेतृत्वमा पनि प्रहरी खटिएको छ। नयाँ शिराबाट गहन अनुसन्धान भइरहेको प्रहरी बताउँछ।प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण र अर्का युवक आयुष विष्टसहित दर्जनौं व्यक्तिको डीएनए परीक्षण गरेको छ। ७३ जनाको डीएनए परीक्षण गरिएको छ। साढे ५ सयसँग प्रहरीले सोधपुक्ष गरेको छ।प्रहरीले २ हजारभन्दा बढी घरको विवरण संकलन गरेको छ। साउन १० गते घरमा को-को थिए, त्यसअघि कहाँ थिए, उनीहरूको पृष्ठभूमि वा पेसा के हो, साउन १० पछि घर छाडेर वैदेशिक रोजगारी वा भारतमा को-को गएलगायत विवरणसमेत संकलन गरिएको थियो। कञ्चनपुरमा आन्दोलन चर्किएपछि सरकारले भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। प्रहरीका डीआईजी रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरीका डीआईजी बसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश ७ सरकारका उपसचिव वीरेन्द्रबहादुर केसी सदस्य थिए। समितिले प्रतिवेदन पेस गरेको थियो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    Advertisement

    शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • २.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ३.
      झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन

    • ४.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ५.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति

    • ६.
      ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ :

    भर्खरै

    • १.
      लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

    • २.
      दलालले ठगे, माटोले साथ दियो

    • ३.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • ४.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ५.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ६.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ७.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ८.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation