• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ५. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ६. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • ७. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ८. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ९. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • १०. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

निर्मला हत्याको एक वर्ष पुरा:अनुसन्धान प्रगती शुन्य


  •   शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
  • काठमाडौ।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। घटनाका दोषी अझै पक्राउ परेका छैनन्। अनुसन्धानका लागि आधा दर्जनभन्दा बढी टोली बने। कुनैले पनि अभियुक्त किटान गर्न सकेका छैनन्। प्रहरीले सूक्ष्म रूपले अनुसन्धान भइरहेको बताए पनि उपलब्धि शून्य देखिएको छ। परिवारले न्याय पाउने आशा मारेका छन्। ‘वर्षदिन भइसक्यो, हत्यारा पक्राउ परेका छैनन्’, बुवा यज्ञराज पन्तले भने, ‘छोरीका हत्यारा पक्राउ गरी न्याय दिन हारगुहार गर्दा पनि न्याय मिलेन।’ उनले अब न्याय पाइएला भन्ने आशा मारिसकेको बताए।‘न्याय माग्दा एक जनाले ज्यान गुमाए। कति घाइते छन्। सरकारले यसतर्फ पनि ध्यान दिएन’, उनले भने, ‘हाम्रो माग भनेकै हत्यारा सार्वजनिक गरेर न्याय देओस् भन्ने हो।’ हरेक महिना १० गते अनुसन्धानको अवस्था बुझ्न परिवारका सदस्य प्रहरी कार्यालय पुग्ने गरेका छन्। सरकार हत्यारा पत्ता लगाउन गम्भीर नभएको उनले बताए।न्यायकै लागि निर्मलाका बुवाआमासहित अधिकारकर्मीले धर्ना दिए। घटना भएदेखि कञ्चनपुरलगायत देशभर शान्तिपूर्ण आन्दोलन भयो। सदनदेखि सडकसम्म आवाज उठ्यो। ‘सरकारले न्याय दिन सकेको छैन। हामी निरन्तर न्यायका लागि भौतारिरहेकै छौं’, अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘सरकार गम्भीर हुने हो भने तत्काल हत्यारा पत्ता लाग्छ।’प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाको टोली कञ्चनपुरमा खटिएका छन्। अनुसन्धानमा थुप्रै टोली खटिए। प्रहरी टोलीले हत्याराका विषयमा ठोस प्रमाण जुटाउन सकिरहेका छैनन्। जिल्ला प्रहरी कञ्चनपुरका एसपी दिनेश आचार्यले संयुक्त रूपमा अनुसन्धान जारी रहेको बताए।‘केन्द्र, जिल्ला र आवश्यकताअनुसार मातहतका निकायका टोली खटिरहेका छन्’, उनले भने, ‘हामी अनुसन्धानमै छौं। यो अभियुक्त हो भनेर पहिचान गर्न सक्ने अवस्था देखिएको छैन।’ ब्युरोका एसपी गणेश चन्दको नेतृत्वमा पनि प्रहरी खटिएको छ। नयाँ शिराबाट गहन अनुसन्धान भइरहेको प्रहरी बताउँछ।प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण र अर्का युवक आयुष विष्टसहित दर्जनौं व्यक्तिको डीएनए परीक्षण गरेको छ। ७३ जनाको डीएनए परीक्षण गरिएको छ। साढे ५ सयसँग प्रहरीले सोधपुक्ष गरेको छ।प्रहरीले २ हजारभन्दा बढी घरको विवरण संकलन गरेको छ। साउन १० गते घरमा को-को थिए, त्यसअघि कहाँ थिए, उनीहरूको पृष्ठभूमि वा पेसा के हो, साउन १० पछि घर छाडेर वैदेशिक रोजगारी वा भारतमा को-को गएलगायत विवरणसमेत संकलन गरिएको थियो। कञ्चनपुरमा आन्दोलन चर्किएपछि सरकारले भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। प्रहरीका डीआईजी रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरीका डीआईजी बसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश ७ सरकारका उपसचिव वीरेन्द्रबहादुर केसी सदस्य थिए। समितिले प्रतिवेदन पेस गरेको थियो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    Advertisement

    शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा

    भर्खरै

    • १.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • २.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ५.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ७.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ८.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation