• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता

नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

गाउँपालिकाद्वारा चालक–सहचालक लक्षित बिमा योजना सुरु

रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

लोकप्रिय समाचार

  • १. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • २. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • ३. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ४. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ५. आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

  • ६. डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९ जना घाइते

  • ७. ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

  • ८. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • ९. ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

  • १०. लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

मुलधार कि अलगधार ?


  •   बिहिबार, असार १९, २०७६ मा प्रकाशित
  • अनन्त यात्री। २०५७ साल देखि तत्कालिन विद्रोही नेकपा माओवादीले उत्पीडित जातीय, क्षेत्रीय मोर्चा निर्माण र सोही अनुसार जनसरकारको घोषणा शुरु गर्यो । त्यो अभियानले नेपालका उत्पीडित वर्ग र जातीहरुलाई साच्चीकै उत्पीडनबाट मुक्ति पाउने आशा देखायो र धरै माओवादी युद्धमा सामेल पनि भए । फलस्वरुप माओवादी विद्रोह एउटा उचाइमा पुग्न सफल पनि भयो । अन्य पार्टीहरुले पनि कार्यकर्ताको पक्तिं जोगाउन जातीय र क्षेत्रीय मोर्चाहरु बनाए । बिस्तारै समावेशी लोकतन्त्र र राज्यमा संरचनालाई समावेशी बनाउन पहल गरेको देखियो । २०६२÷६३ को जनआन्दोलन, वृहत्त शान्ति संझौता, मधेश आन्दोलन संगको २२ बुदँे संझोता हुँदै अन्तरिम संविधान सम्म आउदा ३ हजार वर्ष भन्दा लामो दमनको विरुद्ध उत्पीडित वर्ग र जातीहरुले एउटा संझौता गरे समावेशी लोकतन्त्रमा । सबवेशी लोकतन्त्रले, उत्पीडित वर्ग, जाती, क्षेत्र र लिगंको राज्यसत्तामा समान अपनत्व कायम गर्ने, सहिष्नुता र सदभाव पनि कायम हुने हुदाँ सबैभन्दा उत्तम विकल्प नै यही थियो । ३ हजार वर्ष भन्दा वढी एकलजातीवादी र नश्लवादी शासन चलाएको सत्तासीन जातीको पनि जीत हुने विकल्प नै समावेशी लोकतन्त्र थियो ।
    १० वर्षमा पुनः प्रतिगमन भएको छ । केपी ओली र कथित नेकपाको नेतृत्वमा आज राज्यका सबै अंगमा पुरानो बाहुनवादी वर्चश्वको निरन्तरता दिइएको छ । यसका विरुद्ध उत्पीडित जाती वर्ग र क्षेत्रले कठोर संघर्ष गनुपर्ने भएको छ । प्रतिगमनको शुरुवात खिलराज रेग्मी र लोकमानको नियूक्तिबाट आरम्भ भएको थियो भने लोक सेवा आयोगको विज्ञापन र त्यसमा परेको रिट उपर सर्वोच्च अदालतको निर्णयले प्राकाष्टामा पुगेको छ । केपी ओली नेतृत्वको नेकपाको सरकारले दलित, आदिवासी जनजाती, मधेशी लगायत पछाडि पारिएको वर्ग, जाती र क्षेत्रको मानमर्दन गरिरहेको छ । हिजका दलाल, चाकडीबाच, देश लुटेर नथाकेको पुर्वप्रशाकहरु र चतुर बाहुनहरुको सल्लाहमा कठित क्षमताको दुहाइ दिर्दै उत्पीडित वर्गको अपमान गरिएको छ । खासमा मधेश आन्दोलनको विर्सजनसंगै यो सत्तासीन जातीलाई विजयभाव पैदा भएको छ । यसले देशलाई गंभिर मोडमा धकेलिरहेको छ । जब नेतृत्व सबैलाई राज्यभित्र अटाउने व्यवस्था लागु गर्न तयार हुदैन, सबैको जीतहुने र सबैको अपनत्व सृजना हुने राज्य बनाउन तयार हुदैन तब उत्पीडित वर्गले आफ्नो राज्य निर्माण गर्नु स्वभाविक अधिकार हुन्छ ।अब यो प्रतिगमनको बिरुद्ध सम्पूर्ण उत्पीडित जाती र वर्गहरुले अलगधार निर्माण गरेर जान जरुरी छ ।
    दोश्रो विश्वयुद्ध यता विश्वका धेरै देशहरुले विभाजनको पीडा भोगिरहेका छन । विभाजनको मूलकारण जातीय धार्मिक कलह छ । त्यसमा पनि बहुसंख्याक उत्पीडित धार्मिक, जातीय तथा वर्गीय समुह माथि अल्पसंख्याकहरुले शासन गरेको र बहुसंख्याक उत्पीडितहरुलाई मुलप्रवाहीकरण गर्न अस्वीकर गरेको अवस्थामा राज्य विभाजन भएको छ । संसारमा जुन देशहरुले पछाडि पारिएको वर्ग, क्षेत्र तथा जातीयहरुलाई मुलप्रवाहीकरण गरे ती मुलूकहरु आज सम्पन्न र अखण्डा भएर अघि बढिरहेका छन भने अर्को तिर जुन जुन मुलुकले मुलप्रवाहीकरणको बदला पेलेर जान खोजे, मानमर्दन गर्दै गए ती मुलुकहरु विभान भएका छन । अमेरिकामा सन १९६१ मा राष्ट्रपति जोन. याफ. केनडीले सकारात्कम कार्य लागु गरि निग्रो जाती र रेड इन्डियानहरुलाई राज्यमा मुलप्रवाहीकरणको आरम्भ गरे र सयौ वर्ष देखिको द्धन्द्धलाई राज्य निर्माणको अभियानमा रुपान्तरण गर्न सके । फलस्वरुप आज बराक ओवामाहरु जन्मिन सके । दोश्रो विश्वयूद्धबाट क्षतविक्षत भएको जापनले सन १९५० देखि अल्पसंख्याक बुराकु जातीहरुलाई सकारात्मक एक्शनको माध्यमबाट मुलप्रवाहीकरण गरयो र आन्तररिक एकतालाई मजबुद बनायो । अल्पसंख्याक बुराकुहरुको लागि कयौं घर निर्माण र हस्तान्तरण गर्यो, उनीहरुको बस्तीमा बाटो, विजुली, खानेपानी, विद्यालय र अस्पतालका्े व्यवस्था गर्यो । त्यसको परिणाम ३० वर्ष पछि पुनःविश्व शक्तिको रुपमा उदायो । जर्मनीले १९९७ देखि अल्पसंख्याक जीउच जातीहरु र महिलाहरुको लागि साकारात्मक विभेदको नीति लागु गर्यो । क्यानडाले फस्ट नेसनहरुको लागि सकारात्मक कार्य लागु गरिरहेको छ । यी मुलुकहरु सम्पन्न बनेका छन ।
    अर्कोतिर जुनमुलुकहरु सकारात्मक कार्य वा सकारात्मक विभेदको नीति लागु गरि पछाडी पारिएको वर्ग, जाती तथा क्षेत्रलाई मूलप्रवाहीकरण गर्न चाहेनन् र सकेनन् ती मुलुकहरु भयाङ्कर द्धन्द्ध भोग्दै टाट पल्टिएका मात्र छैनन विभाजित भएका छन । नेपालकै जस्तो जातीय बनोट रहेको युगोलास्भीयमा १९४७ देखि असन्तुष्ट आवाजहरु आइरहेको थिए । युगोलास्भीयमा २४ प्रतिशत जनसंख्या रहेको सर्बियानहरुले राज्यको ९० प्रतिशत हिस्सा कब्जा गरेको थिए । शुरुवातमा क्रुसियानहरु अलि शिक्षित पनि भएको हुदा आफ्नो अधिकारको माग गरे । त्यहाँका शासकले १९८० सम्म सालबेन, कोसोबेन, अल्बीयनहरुलाई वर्गीय मुक्ति र समाजबादको नारा दिएर अल्मल्याउने काम गरे । १९८१ मा जब सर्बियान जातीका सोल्बाडन मिलेसोभीक कम्युनिष्ट पार्टीको अध्यक्ष र प्रधानमन्त्री पनि भए । उता क्रोसियनहरुले राज्यमा आफ्नो अपनत्व मागीरहेका थिए तर प्रधान्मन्त्री मिलेसोभिकले राष्ट्रबादको नारा दिए र एकताको लागि आह्वान गरे । तर हालको क्रोसियामा र्सिवयनहरु ११ प्रतिशतमात्र थिए भने उनीहरु क्रोसियनहरुलाई राष्ट्रद्रोहीको आरोप पनि लगाए । परिणाम क्रोसिएबाट शुरु भएको आगो सबैतिर सल्कीयो र १९९२ मा आउदा युगोलास्भीयमा सात टुक्रा भयो । त्यो संगै कम्यूनिष्ट पार्टीको पनि पतन भयो । १९९१ मा रुसबाट छुट्टिएको युक्रेनले क्रिमियाको मुलप्रवाहीकरण गरेन परिणाम अहिले क्रिमिया रुसमा गाभिएको छ । सुडान, सोमालिया, इजिप्त, मोजाम्बिक जस्ता देशहरुले विभानको पीडा भोगिरहेका छन ।
    अब नेपाल कता जाने ? यक्ष प्रश्न यही हो । सन्दर्भ युगोल्भीयको जस्तै भएको छ । तीन हजार वर्ष भन्दा लामो उत्पीडनको बिरुद्ध झण्डै ७० वर्ष देखि उत्पीडित समुहले कुनै न कुनै प्रकारले संघर्ष गरिरहेका छन । उनीहरुलाई कहिले लोकतन्त्रको नाममा त कहिले समाजबाटको नाममा अल्झाउने काम भएको छ । कठित राष्ट्रबादको नारा दिने र अधिकार माग गर्नेलाई अराष्ट्रिय देख्ने, मानमर्दन गर्ने काम भइरहेको छ । वर्ग संघर्ष र वर्गीय मुक्तिको कुरा गर्ने र तर दलाल नोकरशाही र वुर्जुवा वर्गको हित गर्दै जाने, सिंगो राज्यसंरचनाबाट उत्पीडित वर्गलाई बञ्चित गर्दै जाने काम भएको छ । केपी ओलीलाई अझै पनि अवसर छ कि उत्पीडित वर्ग, जाती र क्षेत्रलाई मुलप्रवाहीकरण गर्ने र जोन. याफ.केनडी बन्ने । सम्पूर्ण नेपालीले गर्व गर्न लायक नेपालको निर्माता हुन सकुन । नेपाल कम्यूनिष्ट पार्टीले भुरेटाकुरे दिपक मनाङ्गे जस्ता र लोकमान कार्की उमेशमैनाली, शान्तराज सुवेदी, सुर्यनाथ उपाध्यय र अनुपराज शर्मा जस्ता बाहुनलाई मात्र योग्य देख्ने दृष्टिदोषबाट मुक्त भएर, वर्ग संघर्षलाई नयाँ उचाइ दिन सक्षम, राणा, पञ्चायत र राजालाई फाल्न सफल नेपालका उत्पीडित जनतालाई सक्षम देख्ने र अझै सक्षम बनाउने अबसर छ । केही महिना यताका घटनाक्रमले यो संभावनालाई कमजोर पारिरहेको छ । यदि यस्तो कदम नसच्याउने हो भने कोही पनि समाजबाद नारामा विश्वास गर्ने छैन र गर्नु पनि हुर्दैन । यसको बिकल्प सम्पूर्ण उत्पीडित जातीय, वर्ग र क्षेत्र एक भएर अलगधारको निर्माण गर्ने नै हुनेछ । त्यस पछि केपी ओलीलाई सोल्बाडन मिलासोभिक बन्नुको बिकल्प छैन नेपाल कम्यूष्टि पार्टीको पतनलाई कसैले रोक्ने छैन ।

    Advertisement

    बिहिबार, असार १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • २.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ३.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ४.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल

    • ५.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद्

    • ६.
      डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९

    भर्खरै

    • १.
      दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता

    • २.
      नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

    • ३.
      छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

    • ४.
      गाउँपालिकाद्वारा चालक–सहचालक लक्षित बिमा योजना सुरु

    • ५.
      रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

    • ६.
      लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

    • ७.
      गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

    • ८.
      ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation