• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

लोकप्रिय समाचार

  • १. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • २. थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

  • ३. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ४. राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

  • ५. दाङमा पेस्तोलसहित एक युवक पक्राउ

  • ६. थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

  • ७. गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

  • ८. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • ९. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

  • १०. गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

सांसद शान्ता चौधरीका आमाछोरी नै एसईईमा उत्तीर्ण


  •   बिहिबार, असार १२, २०७६ मा प्रकाशित
  • काठमाडौ। नेकपा सांसद शान्ता चौधरी बी ग्रेड ल्याएर एसईई उत्रीर्ण भएकी छन् । उनले २.६५ जीपीए ल्याएकी छन् । सँगै परीक्षा दिएकी शान्ताकी छोरीले भने बी प्लस ल्याइन् ।३८ वर्षीया चौधरी मावि सेन्टर तुलसीपुरबाट सहभागी भएकी हुन् ।उनकी १७ वर्षीया छोरी बिनु काठमाडौंस्थित सिर्जना बाल विद्यालयबाट एसईईमा सहभागी भएकी थिइन् । सानैदेखि कमलरी बसेकी सांसद चौधरीले बाल्यकालमा पढ्न पाएकी थिइनन् । उनले ०७३ मा घोराहीको मावि डाँडागाउँ गोग्लीमा ८ कक्षामा भर्ना भएर औपचारिक अध्ययन थालेकी हुन् । नियमित कक्षामा सहभागी हुन नपाएपछि उनी १० कक्षामा खुला विद्यालयमा भर्ना भएकी थिइन् ।तत्कालीन नेकपा एमालेका तर्फबाट ०६४ मा उनी संविधानसभाको समानुपातिक सभासद् भएकी थिइन् ।उनी अहिले प्रतिनिधिसभामा नेकपाको सचेतक छन् ।चाैधरीले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।८ वर्षको उमेरदेखि कमलरी बसेकी शान्ता निरन्तर १८ वर्ष हुँदासम्म कमलरी बस्नुपरेको थियो । उनले संविधानसभामा कमैया कमलरी र भूमिहीनका मुद्दा उठाउँदै प्राकृतिक स्रोत साधन समितिको सभापतिको जिम्मेवारी पनि निर्वाह गरेकी थिइन् ।उनले ३५ वर्षे उमेरमा मात्रै पहिलोपटक कक्षा ८ भर्ना भएर औपचारिक अध्ययन थालेकी हुन् । त्यसअघि उनले विद्यालयको औपचारिक कक्षामा पाइला टेकेकी थिइनन् । आफैं अक्षर लेख्न सिकेर उनले आफ्नै आत्मकथा ‘कमलरीदेखि सभासदसम्म’ पुस्तक पनि लेखेकी छन् । दोस्रो संविधानसभा निर्वाचनमा उनी दाङ २ बाट पराजित भएकी थिइन् ।बस्ने घरबास पनि नभएको अवस्थामा उनी लुकीलुकी भूमि अधिकार आन्दोलनमा सहभागी बनिन् । २ वर्ष जिल्ला भूमि अधिकार मञ्चको अध्यक्ष भइन् । उनले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका कमैया, कमलरी र भूमिहीनलाई संगठित गर्दै आन्दोलनलाई प्रभावकारी बनाइन् । यही आन्दोलनकै क्रममा उनी सभासद भइन् ।कमलरीबाट एक्कासि सभासद भएपछि उनी सुरुमा नयाँ अवसरलाई कसरी आत्मसात गर्ने भन्ने समस्यामा परिन् । छोराछोरी उमेरका बालबालिकासँग पढ्न पाउँदा गर्व लागेको उनले बताइन् ।  सकेजति पढ्ने विचार छ । सके पीएचडीसम्म गर्ने लक्ष्य छ ।’औपचारिक शिक्षा नभएकै कारण अपमानित भएको महसुस गरेपछि पढ्न जाँगर लागेको उनले सुनाइन् । ‘सभासद हुँदा शिक्षा नभएका कारण धेरै कठिनाइ भोग्नुपर्‍यो । अपमान सहनुपर्‍यो,’ उनले भनिन्, ‘कतिले त औंठाछापे सभासदसमेत भने । त्यसपछि नपढी नहुने भयो ।’सुरुमा कोठामै एक बहिनी राखेर ६ महिनासम्म अक्षर लेख्न र पढ्न सिकेको उनले बताइन् । प्राकृतिक स्रोत साधन समितिको सभापति भएका बेला कार्यक्रमका सिलसिलामा डेनमार्क पुगेपछि सबैले अंग्रेजीमा कुरा गर्न थाले । उनलाई साह्रै रहर लाग्यो । त्यसपछि साथीहरूबाट केही अंग्रेजी शब्द सिकिन् । सुरुमा त उनलाई कक्षामा बस्न निकै कठिन भएको थियो । ‘भर्ना हुनै गाह्रो लागेको थियो । कक्षाकोठा छिर्दा पनि अनौठो लागेको थियो,’ उनले भनिन्, ‘भाइबहिनीहरू झ्यालमा झुम्मिएर हेर्थे र हाँस्थे । उनले बिगत सुनाईन।

    Advertisement

    बिहिबार, असार १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल
    झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा
    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    लोकप्रिय

    • १.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ४.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ५.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ६.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    भर्खरै

    • १.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • २.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ३.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ४.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ५.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ६.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    • ७.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ८.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation