• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियाबाट लालपुर्जा वितरण सुरु

मोबाइल एपबाट सरकारी कागजात स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पाँच जना पक्राउ

बजेट नल्याउने २३ स्थानीय तहलाई तीन दिनभित्र जवाफ दिन निर्देशन

त्रिशूलीमा हाम फाल्न लागेका युवकको प्रहरीद्वारा उद्धार

लोकप्रिय समाचार

  • १. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • २. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ३. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ४. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • ५. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ६. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ७. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ८. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • ९. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

  • १०. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

पुरस्कृत र सम्मान कसरी गर्ने ?


  •   बिहिबार, असार १२, २०७६ मा प्रकाशित
  • जायश्वर जैसी। कुनै पनि संस्था वा निकायमा कार्यरत कर्मचारी एवम् व्यक्तिहरूलाई कार्यसम्पादनका आधारमा उत्कृष्ट कार्य गरेबापत पुरस्कृत एवम् सम्मान गर्ने परम्परा र संस्कार रही आएको छ । कार्यसम्पादन र उत्कृष्टताका विभिन्न आधारहरू जरुर हुन्छन् नै । ती आधारहरू सहितको विधि र पद्धतिको निर्माण गरी उत्कृष्टताको मूल्याङ्कन मापन गरेर मात्र व्यक्ति र संस्थाहरूलाई पुरस्कृत गर्नु पर्दछ । कार्यसम्पादन मूल्याङ्कनको आधारमा व्यक्तिलाई सम्मान गर्दा आफ्नो विचार समूहकोलाई मात्र गर्नुले संस्थाको हित कहिल्यै पनि गर्दैन । कार्यसम्पादनको वैज्ञानिक विधिको निर्माण गरेर छनोट गर्दा आफ्नो नै परे पनि केही हुँदैन । किनकि कार्यसम्पादनका आधारहरूमा नम्बर प्राप्त गरी आएको छ भन्ने हुन्छ । आफ्नो भजनमा डम्फु र खैँजडी जसले बजाउँछ त्यसैलाई मात्र उत्कृष्टताको माला पहिराउनु हुँदैन ।
    हरेक संस्था वा निकायमा प्रत्येक क्षेत्रका विषयगत शाखा र समितिहरू क्रियाशील हुन्छन् । संस्थामा कार्यरत व्यक्तिमध्ये कसलाई पुरस्कृत र सम्मान गर्ने भन्ने बारेमा ती शाखा र समितमा रहेका सदस्य एवम् पदाधिकारीहरूको बीच गहिरो र गम्भीर छलफल पश्चात उत्कृष्टता मूल्याङ्कन गर्न बनेको कार्यविधि र त्यसमा रहेका सूचकहरूका आधारमा जसले धेरै वा सबैभन्दा बढी अङ्क प्राप्त गर्छ, त्यो व्यक्तिलाई मात्र शाखा प्रमुखले सिफरिस गर्नु पर्दछ । सिफारिस भएको उक्त व्यक्ति कार्यसम्पादनको आधारमा सिफारिस भएर आएको छ र सिफारिस न्यायपूर्ण नै छ भन्ने ठहर भए मात्र निर्णय गर्ने समिति वा नेतृत्वले निर्णय गरी पुरस्कृत र सम्मान गर्नुपर्छ । यस्तो विधि बनाएर गरेको सम्मान कार्यले मात्र धेरैको चित्त बुझ्न सक्छ र संस्थाहरूमा अन्तरविरोध पनि कम हुन्छ ।
    कोहीलाई यस्ता पुरस्कृत र सम्मान गर्ने कार्य सामान्य लाग्न सक्छ । हचुवाको भरमा उसले भन्न पनि सक्छ कि गरिदिउँन त पुरष्कृत । जसलाई गरे पनि के फरक पर्छ र ? ग¥यो भन्ने त भइ हाल्छ नि भनेर यसलाई सामान्यीकरण पनि गर्दछ । प्राय यस्तो गरेको पनि देखिन्छ । एउटा संस्था, विषय क्षेत्र वा निकायभित्र कुनै एक व्यक्तिलाई पुरस्कृत र सम्मान गरिरहँदा त्यहाँ कार्यरत अर्को व्यक्तिको योगदान, कार्यसम्पादन र जेष्ठताको उपहास हुने कार्य गर्नु हुँदैन । आफूले गरेका केही व्यक्तिको कोरा मूल्याङ्कनले सम्बन्धित क्षेत्रका अन्य व्यक्तिहरूको मनोविज्ञानमा कस्तो प्रभाव पार्दछ भन्ने कुराको आँकलनमा नेतृत्वले विवेक पु¥याउनै पर्दछ । एउटै संस्थाभित्र कार्यरत व्यक्तिलाई सम्मान गर्दा सवैलाई दया र निगाहाभाव प्रकट हुने गरी सोलोडोलो(होलसेल) मा कहिल्यै गर्नु हँदैन । सम्मान र पुरस्कारलाई निकै सस्तो र मर्यादाहिन कदापि गराउनु हुँदैन । किनकि सम्मानित व्यक्तिमा धेरै जनामा म एक उत्कृष्ट हुँ र मैले अझै कार्यसम्पादन राम्रो गरी उत्कृष्ट भइरहनु पर्छ भन्ने छाप उसलाई परोस् । यसो गर्दा संस्थामा कार्यरत व्यक्तिहरूमा काम गर्नको लागि प्रतिस्पर्धा भई संस्थाको विकासमा महत्वपूर्ण टेवा पुग्न सक्छ । व्यक्ति तथा कर्मचारीलाई पुरष्कृत र सम्मान गर्दा अभिभावकीय भूमिका निर्वाह गर्ने निकायले आफ्नै कार्यालयका कर्मचारी कति जनालाई गर्ने, मातहतका संस्था कति छन् र त्यसबाट कति जनालाई गर्ने, कति जनालाई तहगत गर्ने, कति जनालाई विषयगत गर्ने, कति जनालाई संस्थाको नेतृत्व गरेको आधारमा गर्ने भन्नेमा स्पष्ट, न्यायोचित र विभेदरहित खाका कोर्नुपर्छ । पुरस्कृत गर्दा विषयगत, क्षेत्रगत, तहगत र आस्थाका आधारमा नेतृत्वले विभेद गर्नु हुँदैन । एउटै संस्था वा निकायभित्र नियमित हाजिर गर्ने थोरै कर्मचारी संगठन भएकोमा पनि दर्जनलाई पुरस्कृत र सम्मान गर्ने तर मातहतका दर्जंनौ संस्थाभित्र कार्यरत सयौँ व्यक्ति र कर्मचारीमध्यबाट १/२ जनालाई झारा टारिदिने गरी चरम विभेद गर्नु हुँदैन । यस्ता कुरामा नेतृत्व सधैभरि दूरदर्शी र विवेकी हुनै पर्छ । पुरस्कृत र सम्मान गर्दा कुनै पनि संस्था तथा विषय क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको मानहानी र मर्यादा कुल्चने गरी अर्को व्यक्तिलाई पुरस्कृत गर्नु हुँदैन । पुरस्कार र सम्मान प्रदान गर्दा यो व्यक्तिलाई गरियो भने कम्तिमा पनि यो यो कारणले विवादित नबन्ला भन्ने हेक्का सम्बन्धित पक्षले राख्नुपर्छ । जीवनभर त्यही क्षेत्रमा क्रियाशील भएर जीवन व्यतित गर्न लागेका व्यक्तिहरूको मनलाई अमिलो बनाइदिएर टपरटुइँया शैलीमा आफ्नो स्वाभिमान र हैसियत गुमाएर नेतृत्वको गोडा मोल्ने अनि दलको झण्डा बोकेर चुनावी प्रचारमा उत्रनेहरूलाई पुरस्कार र सम्मानको पगरी गुथाएर फगत् संस्था र समाजको विकास हुन्छ र गर्छु भन्ने अहम पाल्नु हुँदैन । राम्रा सबै आफ्ना नहुन सक्छन् । नराम्रा सबै आफ्ना हुन पनि सक्छन् । संस्थालाई राम्रो बनाउन राम्रो र योग्य व्यक्ति चाहिन्छ भन्ने कुरा ध्रुव सत्य नै हो । त्यसैले संस्थाभित्र कार्यरतहरूमध्ये विधिसम्मत राम्रालाई मात्र पुरस्कृत र सम्मान गरौँ । हरेक कार्यमा विधि र पद्धतिको विकास गरौँ । असल र सही संस्कारको विकास गरौँ । हाम्रोलाई मात्र राम्रो देख्नुृभन्दा राम्राहरूमा दृष्टि पुराऔँ । यति मात्र गर्न सके कोही व्यक्ति वा नेतृत्व विवादित र आलोचित हुनु पर्दैन ।

    Advertisement

    बिहिबार, असार १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • २.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ३.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ४.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • ५.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ६.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    भर्खरै

    • १.
      बर्दियाबाट लालपुर्जा वितरण सुरु

    • २.
      मोबाइल एपबाट सरकारी कागजात स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

    • ३.
      प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

    • ४.
      आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

    • ५.
      मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

    • ६.
      राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

    • ७.
      वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पाँच जना पक्राउ

    • ८.
      बजेट नल्याउने २३ स्थानीय तहलाई तीन दिनभित्र जवाफ दिन निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation