• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ३. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ४. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ५. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ६. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ७. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ८. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ९. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • १०. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बालमैत्री बनाऔं, हाम्रो व्यवहार


  •   शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
  • हिरा कुँवर ÷तम्घास गुल्मी ।
    हामी सानो छँदा रातीमा अबेरसम्म ननिदाउँदाको दिन आमा, हजुरआमाहरुले भन्नुहुन्थ्यो “ननिदाए भुत आउँछ, चिम्म गरेर निदाउनुपर्छ ।” त्यसपछि डरले आमाको छातीमा फलाममा चुम्बक टाँसिएजस्तै टाँसिएर निदाइन्थ्यो । एकैचोटी अर्को दिन बिहान उठ्दा नत भुत देखिन्थ्यो नत आमासंग भुत आयो कि आएन भनेर सोधिन्थ्यो । भुत कस्तो हुन्थ्यो, कत्तिको ठुलो हुन्थ्यो, कहाँ बस्थ्यो ?आयो भने के गथ्र्यौ ? यी र यस्ता प्रश्न मनभित्र नै खेलिरहन्थे । नत आमासंग सोधिन्थ्यो , नत हामीलाई आमाले नै भन्नुहुन्थ्यो । भुतको डरमा कति काम जबरजस्त गरिएको रहेछ, उमेर बढ्दै जाँदा बिस्तारै आफै थाहा हुँदै गयो । भुत केवल हामीलाई ठेगानमा ल्याउने आमा हजुरआमाको काइदाको तरीका रहेछ भनेर । बाल्यकालको कल्पनाको भूतले अहिलेसम्म पनि मेरो मनमा नराम्ररी त्रासको डेरा जमाएर बसेको छ । २०७६ बैशाख ३१ गते अनलाइनखबरमा प्रकाशित विद्यालयले तपाईको बच्चालाई मनरोगी त बनाउँदै छैन भन्ने शिर्षकको लेख पढ्दा दिनहुँ होमवर्कको ओझिलो भारी बोक्ने मेरो ५ वर्षीय छोरालाई सम्झें झलझली । मैले बाल्यकालको भूतलाई सम्झिएँ अनि सम्झिएँ होमवर्क गर्न नमान्दा भुतजस्तै डर देखाउन प्रयोग गरीने छोराका सर् अनि मिसहरु । हामीमध्ये धेरैजसोका बच्चाहरुले होमवर्क गर्न मानेनन् भने हामी भन्छौं होमवर्क गर्ने भए गर, नत्र मिसलाई, मेडमलाइ, सरलाई फोन गरिदिन्छु, बोलाइदिन्छु । अनि बच्चाले चुपचाप डरैडरमा होमवर्क गर्छ, सिध्याउँछ, । हामी छोराछोरीले होमवर्क गरेकोमा सर, मिसलाई भनिदिने हाम्रो गज्जबको तरिका सफल भएकोमा फुरुंग हुन्छौं , गर्व गछौ र यसैलाई सफलता ठान्छौं । तर हामीले कहिल्यै सोच्दैनौं कि हाम्रो छोराछोरीको मानसिकतामा सर मिसको इमेज कस्तो छ ? भुतजस्तो वा साथीजस्तो ? हुनसक्छ, कतिपय महंगो शुल्क लिने मण्टेश्वरी विद्यालयमा बालबालिकाको सिकाइको तरिका पनि फरक होला । तर प्रायजसो नीजी विद्यालयमा सिकाउने तरिका अहिले पनि सुगा रटाई नै छ । शिक्षा व्यापार, व्यवसाय जस्तो बनिदिंदा त्यसको अप्रत्यक्ष भार कलिला मस्तिष्कमा पर्दछ । खेल्दै, रमाउँदै, हाँस्दै सिक्ने बेलामा सानै उमेरदेखि घोक्न र रट्न बाध्य छन् बच्चाहरु । यो त भयो विद्यालयको कुरा ।अब अभिभावकको कुरा गरौं । धेरैजसो समय बालबालिकाले घरमै बिताउने भएकोले अभिभावक उनीहरुका मुख्य मार्गदर्शक हुन् भनिन्छ । बच्चालाई हामीले गर्ने व्यवहार, दिइने वातावरण सबै कुराले उसको बानीको विकास हुने हो । यो विकासका लागि हाम्रो व्यवहार बालबालिकामैत्री हुनु जरुरी देखिन्छ । जसलाई उल्लेखित कुराहरुले केही सहयोग पुग्न सक्छ ।
    आफ्नो बच्चालाई अरुसंग तुलना नगरौं : सबै बच्चाहरुको रुचि, चाहना , क्षमता एउटै हुँदैन । उनीहरु हुर्केको घरपरिवारको वातावरण, साथीभाई, हुर्काइ, हेरचाह, खानपान सबै कुरा फरक फरक हुन्छन् । जसले उनीहरुको शारिरीक मानसिक लगाव र क्षमतामा पनि प्रभाव पारेको हुन्छ । तर यसको बुझाई शिक्षित भनिने अभिभावकमा पनि कमजोर देखिन्छ । अरुको बच्चासंग आफ्नो बच्चालाई तुलना गरेर उसलाई हीनताबोध हुने व्यवहार गर्नुहुँदैन । कक्षामा प्रथम नहुने बच्चाहरुले पनि अन्य थुप्रै राम्रा कामहरु गर्न सक्छन् , हाम्रो महत्वाकांक्षा उनीहरुमाथि नथोपरौं । सानो सानो काममा स्याबासी दिउँ, हौसला बढाउँ : बच्चाहरुले गर्ने स साना कामहरु हुन्छन्, जस्तै आफ्नो सामानहरु ठीक ठाउँमा मिलाएर राख्ने, राम्रोसंग हात धुने यस्तै यस्त थुप्रै कामहरुमा हामीले उनीहरुलाई स्याबासी दिनु जरुरी छ । जसले उनीहरुको मनोबल बढाउन सहयोग गर्दछ ।
    बच्चाहरुको सामाजिकीकरणमा ध्यान दिउँ : अहिलेका बच्चाहरु मोबाइलको अत्यधिक प्रयोग, एकल परिवार, अभिभावकको ब्यस्त जीवनशैली लगाएतका कारणले सामाजिकीकरणबाट टाढा हुँदै गइरहेका छन् । आफन्त, मान्यजन, घरपरिवारसंगको भेटघाट, चिनजान पातलिंदा एक्लो हुँदै गइरहेका छन् । जसले उनीहरुको सामाजिकीकरणलाई कमजोर बनाउँदै लगेको छ । तसर्थ आजका अभिभावकले समय समयमा सार्वजनिक समारोह, कार्यक्रम, बाहिरी परिवेश, आफन्तसंगको नियमित भेटघाट र सम्बन्धमा पनि बच्चालाई सहभागी गराउन जरुरी छ ।
    बच्चाको कुरा सुनौं, प्रतिक्रिया तुरुन्तै दिउँ : बच्चाहरुको स्वभाव जिज्ञासु हुन्छ, कैंयौ प्रश्नहरु उनीहरुको मनमा आउँदछ । कुनै कुरा कसरी भयो ? किन भयो ? यी र यस्ता थुप्रै विषय उनीहरुको मनमा खेलिरहेका हुन्छन् । हामीलाई सामान्य र अनावश्यक लाग्ने विषय पनि उनीहरुका लागि महत्वपूर्ण हुन्छन् । हामीले झञ्झट नमानीकन प्रतिक्रिया दिंदा उनीहरुका लागि राम्रो सिकाई हुनसक्छ । प्रायजसो कामकाजी अभिभावकले बच्चाहरुको यस्तो कुरामा कम समय दिएको पाइन्छ । दिनभरको अफिसको कामको बोझले गर्दा बेलुका घरमा आउँदा थकान महसुस भइरहेको हुन्छ । बच्चासंग फ्रेस मूडमा कुरा गर्ने, कुरा सुन्ने गर्न जरुरी छ । जसले उनीहरुमा आत्मसम्मानको महसुस हुन्छ ।

    Advertisement

    बच्चाको खुसी खोजौं, हाम्रो खुसीका लागि उनीहरुलाई बाध्य नबनाऔं: औसतमा हामी अभिभावकले बच्चाहरुले जुन काम गर्दा हामीलाई खुसी मिल्छ, त्यही काम गर्न लगाइरहेका हुन्छौं । उनीहरु आफैलाई कुन कामले खुसी दिन्छ , त्यसको अलि कम वास्ता गरिन्छ । जस्तै भर्खर सफा कपडा लगाइदिएको बच्चा माटोमा नखेले हुन्थ्यो, कपडा फोहोर नबनाए हुन्थ्यो , सफा ठाउँमा थपक्क बसे हुन्थ्यो भन्ने हाम्रो चाहना हुन्छ । किनकि कपडा फोहोर भयो भने कपडा धुने काम हामीले गर्नुपर्छ, जसमा हाम्रो स्वार्थ छ । तर माटोमा साथीहरुसंग खेलेर बच्चाले पाउने खुसी अरुबाट मिल्दैन । यी र यस्ता थुप्रै विषय छन् , जुन बच्चाको मनोभावनासंग प्रत्यक्ष जोडिएका छन् ।
    अहिले विकासको क्रममा बालमैत्री संरचनाहरु बनिरहेका छन् । विद्यालयमा पिउने पानीको धारादेखि लिएर, शौचालयसम्म, कक्षा कोठामा राखिने टेबुल, डेस्क, बेञ्च लगाएत धेरै संरचना बालमैत्री बन्दैछन् , जुन सकारात्मक पक्ष हो । यसका साथै बालकको पहिलो पाठशाला घरभित्रका हामी अभिभावकको व्यवहार नै बालमैत्री हुन जरुरी छ । हामीले बच्चाहरुलाई दिने वातावरण, सिकाउने संस्कार र सामाजिकीकरण जस्ता पक्षहरुमा अझै पनि सुधार गर्न जरुरी छ । हामी जसरी हुर्कियौ, त्यो विषय त्यतिबेलाको लागि स्वभाविक हो । तर हामी दोस्रो पुस्ताले त्यही व्यवहार गर्नु जाहेज हुँदैन । बालमैत्री घरपरिवार, विद्यालय र समाज निर्माण गर्न सके भोलि देशले असल नागरिक पाउन सक्छ । अबका बच्चाका शिक्षक, अभिभावक सबै उनीहरुका साथी बन्न जरुरी छ, जोसंग आफ्ना कुराहरु खुलेर भन्न सकुन्, बोल्न सकुन्, सहयोगीको महसुस गर्न सकुन् ।

     

    शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    भर्खरै

    • १.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • २.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ३.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ४.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ५.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ६.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ७.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ८.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...