• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

धोती र टोपी बिचको एकता : समाजवादी पार्टी नेपाल


  •   सोमबार, बैशाख २३, २०७६ मा प्रकाशित
  • मनिष प्रयास: जनयुद्ध पश्चात् एकपटक नेपालको केन्द्रिय राजनितीको मियो बनेका एउटा पात्र डा: बाबुराम भट्टराई(नयाँशक्ति नेपाल) र मधेस आन्दोलनको जग बाट ठडिएको अर्को राजनैतिक पात्र उपेन्द्र यादव(सं स फोरम नेपाल) बिचको एकता एकदमै स्वागतयोग्य छ । नयाँ बन्ने पार्टीको नाम “समाजवादी पार्टी नेपाल” रहने स्रोतले जनाएको छ । काङ्ग्रेस र कम्युनिस्टहरुको रबैयालाई शान्त पार्न बैकल्पिक शक्तिको अभाव खड्किरहेको बेला यो एकताले सायदै ठूलो अर्थ नराख्ला भन्न सकिँदैन।

    Advertisement

    हालको संबैधानिक व्यवस्था अनुरुप राष्ट्रिय पार्टी बन्नका लागि कम्तीमा प्रतिनिधि सभा १सिट र समानुपातिक तर्फबाट पनि कम्तिमा ३% मत ल्याउनुपर्ने हुन्छ । संबिधानमा रहेको यस किसिमको व्यवस्थाले साना पार्टीहरुलाई एकताको बाध्यकारी सन्देश सहितको प्रेरणा दिन्छ त्यसैले पछिल्लो चुनावमा राष्ट्रिय पार्टी बन्न नसकेका पार्टीहरु यति बेला एकताको लागि सल्बलाउन थालेको पाइन्छ !

    कुनै समय नेपालको राजनैतिक आकाशको निकै चम्किलो र अत्याधिक आशलाग्दो ठानिएका डा: भट्टराई नेपाल सरकारको अर्थमन्त्री र प्रधानमन्त्री समेत बन्न पुगे तर आशादित उज्यालो जनता समक्ष पुर्याउन भने असमर्थ भए बरु बिप्पा सम्झौता, संविधान सभाको विघटन, सविधान कार्यान्वयनको असफलता र अन्य थुप्रै अभिव्यक्तिले आलोचित पात्रको रुपमा कहलिए । माओवादी बाट अलग्गिए पश्चात् नयाँशक्ति नेपालको स्थापना र संयोजकको भुमिकामा रहेका बाबुराम नयाँशक्तिकै रुपमा आफुलाई उभ्याउन भने खासै सकेनन् । बैकल्पिक शक्ति भन्दै गौण रुपमा अर्थात सानो हिस्सामा बसेर देशको रुपान्तरण असम्भव रहेको कुरा उनले नयाँशक्ति संचालनको क्रममा राम्ररी बुझेको पाइन्छ र त्यही बुझाईको उपज हुनुपर्छ यो राजनैतिक एकता । नेपालको तराई मधेसको प्रतिनिधित्व गर्ने थुप्रै राजनैतिक दलहरु छन तर धेरैलाई थाहा भएको मधेसवादी एउटै दलको नाम हो, फोरम नेपाल । फोरम नेपाल अहिले विभिन्न टुक्राहरुमा फोरिएको छ। तिनै टुक्राहरु मध्येको एउटा टुक्राको नेतृत्व गर्दछन, उपेन्द्र यादव । यादवलाई समग्र मधेशको बलियो र शक्तिशाली प्रतिनिधिको रुपमा ठान्छन् कतिपय विश्लेषकहरु ।

    नेपालको भौगोलिक भुभाग अनुसार हिमाल र पहाडमा बस्नेहरु पहाडिया र तराई मधेसमा बस्नेहरु मधेसीको नामले चिनिन्छ्न् र पहाडिया र मधेसीको बिचमा एक नजानिदो मनोबैज्ञानिक बिचलन छ । धोती लगाउनेले टोपी लगाउनेको र टोपी लगाउनेले धोती लगाउनेको अस्तित्वलाई राम्ररी नस्विकारेको जटिल परिस्थितिमा यस एकतालाई पहाड र मधेसको ऎतिहासिक धोती र टोपीको एकताको रुपमा धेरैले चित्रण गरेका छन् ।

    बिगतमा धेरै पार्टीहरु बिच एकता भएको पाइन्छ तर एकता पछिको चुनौती र समस्याहरुलाई सहि व्यवस्थापन गर्न नसक्दा एकता झन डरलाग्दो किसिमले भङ्ग भएको ज्वलन्त उदाहरण हालसालै छुट्टिएको विवेकशील साझा पार्टी हो । एकता पछिको मुख्य चुनौती तथा समस्याहरु भनेको लक्ष्यमा भिन्नता, पद तथा जिम्मेवारीको बाडफाड , गुटको बिकास नै हुन् यदि यस्ता चुनौतीहरुलाई सहि व्यवस्थापन गर्न सकेमा नयाँ बन्ने “समाजवादी पार्टी नेपाल” नेपालको राजनैतिक इतिहासको बलियो विकल्पको साथै नेपाली जनताको धोती र टोपी दुबै बन्न सक्ने सम्भावना रहन्छ, अन्यथा एकता फगत एकतामै सिमित हुनेछ ।

    स्याङ्जा जिल्लाको मिर्मीमा कालीगण्डकी र आधीखोला आपसमा एक भएका छ्न। तर राम्दी आइपुग्दा यो कालीको पानी हो त्यो आधीको पानी हो भनेर छुट्याउन कसैले सक्दैन यदी छुट्याउने नै हो भन्देखुन् आपसमा एक भएकै ठाउ मिर्मी पुग्नु पर्ने हुन्छ। त्यसैगरी नयाँ बन्ने पार्टी समाजवादी पार्टी नेपाल को केन्द्र देखि स्थानीय निकाय सम्म यो गुट त्यो गुट भन्ने कसैलाई थाहा नै नहोस् मेरो भनाईको अर्थ गुट नै नरहोस् । भावीपुस्ताले एतिहासिक पार्टी एकताको पाना पल्टाए पछि मात्रै थाहा होस् कि नयाँशक्ति नेपाल र फोरम नेपालको एकताको मिश्रित रुप रहेछ समाजवादी पार्टी नेपाल ।

    मनिष प्रयास,देवदह रुपन्देही

    सोमबार, बैशाख २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...