• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ३. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ४. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ५. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ६. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ७. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ८. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

  • ९. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

घर घरमा गन्हाएको “समृद्धि”


  •   मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
  • शारदा भन्डारी,कपिलवस्तु।

    Advertisement

    संविधानसभाको चुनाव ताका जब दुई कम्युनिस्टले (नेकपा एमाले र माओवादी केन्द्र) कार्यगत एकता गरेर जाने र पछि पार्टी एकता पनि गर्ने भनेर संयुक्त घोषणापत्र जारी गरेर अगाडि बढे तब जनताले अब दुइओटा कम्युनिस्ट मिलेपछि दुइतिहाइ आउँछ र पक्कै पनि जनताले भनेजस्तो शासन नेपालले अनुभव गर्न पाउछ भन्नेमा बिस्वस्त थिए । तर जनतालाइ के भान थिएन भने वास्तविक कम्युनिस्टको विशेषताबाट अलग्गिएर यी दुई केवल संसदिय व्यवस्थामा भासिएका क्रान्तिका भगौडाहरुको गठजोडले बनेको एउटा कम्पनी मात्रै हो जसले जनताका इच्छा ,आकान्क्षा, भरोसा अनि राष्ट्रिय ढुकुटीको व्यापार मात्रै गर्ने गर्छ । जहाँ मुनाफा त्यहाँ यो कम्पनीको संलग्नता रहेकै हुन्छ ।
    महङ्गी , भ्रष्टाचार ,बलात्कार ,अनियमितताको पराकाष्ठा नाघेको छ । अधिकांस स्थानिय तहमा बिना कमिसन काम हुँदैन । जनप्रतिनिधिहरु आफ्नै सेवा सुविधाका भागवण्डा र भ्रमणमा रुमलिएर आफ्नो जिम्मेवारी चट्टक्कै बिर्सेका छन् । महङ्गो सङ्घीयताले सामान्य जनतालाइ कर को यत्ती गर्हुङ्गो भारी बोकाएको छ कि जनता आजित भैसकेका छन । नेपाली युवाहरुले पठाएको रेमिटेन्स बाट चलेको देशमा राष्ट्रपति लाई १.५ अर्बको बुलेट प्रुफ हेलिकप्टर चढ्नुपर्छ , १.५ करोड खर्चमा हवाइजहाज चार्टर्ड गरेर विदेश भ्रमण जानुपर्छ । महिला राष्ट्रपति भएको राष्ट्रमा दिनहुुँ ३-४ को हाराहारीमा महिलाहरु बलात्कारपछि हत्याको शिकार हुनुपर्छ । ६०-७० जनाको हाराहारीमा यौनजन्य दुर्ववहारबाट पीडित बन्नुपर्छ र अपराधीहरु प्रशासन र हाइप्रोफाइल नेताहरुकै संरक्षणमा सजायबाट बच्ने गर्छन् ।
    Ncell , CG जस्ता बहुराष्ट्रिय कम्पनीहरु ले राज्यलाइ कर नतिरेको अवस्थामा सामान्य जनताले पहिलेको तुलनामा तेब्बर कर तिर्नुपर्छ । विकास बजेटको नाममा जनप्रतिनिधिकै मिलोमतोमा भ्रष्टाचारले जकडेको छ । जनताबाट बोल्न पाउने , बिरोधसभा गर्न पाउने , राजनीतिक आस्था राख्न पाउने र मानव अधिकार समेत खोसिएका छन् । राज्यले ग्यारेन्टी गर्नुपर्ने गाँस, बाँस ,कपास ,शिक्षा ,स्वास्थ ,रोजगार र सन्चारमध्य कुनैपनी क्षेत्रमा राज्यको आँखा पुगिसकेको छैन । पहिलेको एउटा सिहदरबार र अहिलेको ७५३ ओटा साना ठुला दरबारहरुमा जनताले कुनै फरक पाएका छैनन्, उल्टो सास्ती खेप्नुपरेको छ।
    शिक्षा क्षेत्रमा पहिलेको भन्दा अझै न्युनतम बजेट छुट्ट्याइएको छ । निजि विद्यालयहरु गुणस्तरीय शिक्षाको नाममा अभिवाभकको ढाड सेक्ने गरि शुल्क लिइराखेका छन । शैक्षिक गुणस्तर झन घट्दोक्रममा छ । भाषा माध्यमका नाममा सामुदायिक बिद्यालयले समेत विद्यार्थीमा वर्ग विभेद झल्काउने खालको शिक्षा दिइरहेका छन । जनताको हितमा काम गर्छु भन्ने सर्वाहारा वर्गीय पार्टीका नेता कार्यकर्ता आज सार्वजनिक सम्पत्ति हडप्ने , ठेक्कापट्टा , भ्रष्टाचार ,कमिसनखोर र सास्कृतिक रुपमा पनि विचलित भएको अवस्था छ । आफुलाइ लोकतान्त्रिक भन्नेहरू पनि सत्ताको रस चाख्ने दाउमा कोहि विरोध त कोहि चाकरी गरिरहेका छन् ।जनताको जिवनस्तरमा केही परिवर्तन नहुनुले आर्थिक समृद्धि त हुनेखाने शासक, दलाल र पुजिपती वर्गको हितमा मात्रै रहेछ भन्नेकुरा जनताले बुझिसकेका छन । चुनावताका चर्चित “समृद्धि” अहिले जनताको घर-घरमा गन्हाएको छ । गुणस्तर झन घट्दोक्रममा छ । भाषा माध्यमका नाममा सामुदायिक बिद्यालयले समेत विद्यार्थीमा वर्ग विभेद झल्काउने खालको शिक्षा दिइरहेका छन । जनताको हितमा काम गर्छु भन्ने सर्वाहारा वर्गीय पार्टीका नेता कार्यकर्ता आज सार्वजनिक सम्पत्ति हडप्ने , ठेक्कापट्टा , भ्रष्टाचार ,कमिसनखोर र सास्कृतिक रुपमा पनि विचलित भएको अवस्था छ । आफुलाइ लोकतान्त्रिक भन्नेहरू पनि सत्ताको रस चाख्ने दाउमा कोहि विरोध त कोहि चाकरी गरिरहेका छन् ।जनताको जिवनस्तरमा केही परिवर्तन नहुनुले आर्थिक समृद्धि त हुनेखाने शासक, दलाल र पुजिपती वर्गको हितमा मात्रै रहेछ भन्नेकुरा जनताले बुझिसकेका छन । चुनावताका चर्चित “समृद्धि” अहिले जनताको घर-घरमा गन्हाएको छ ।

    मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
    गणतन्त्रले दिलाएको उपलब्धि भुलेर गाली?
    शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्
    शिक्षकलाई स्कुल पठाउने कि सडकमा धकेल्ने?

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ३.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ४.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ५.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ६.
      ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...