• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ४. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

घर घरमा गन्हाएको “समृद्धि”


  •   मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
  • शारदा भन्डारी,कपिलवस्तु।

    Advertisement

    संविधानसभाको चुनाव ताका जब दुई कम्युनिस्टले (नेकपा एमाले र माओवादी केन्द्र) कार्यगत एकता गरेर जाने र पछि पार्टी एकता पनि गर्ने भनेर संयुक्त घोषणापत्र जारी गरेर अगाडि बढे तब जनताले अब दुइओटा कम्युनिस्ट मिलेपछि दुइतिहाइ आउँछ र पक्कै पनि जनताले भनेजस्तो शासन नेपालले अनुभव गर्न पाउछ भन्नेमा बिस्वस्त थिए । तर जनतालाइ के भान थिएन भने वास्तविक कम्युनिस्टको विशेषताबाट अलग्गिएर यी दुई केवल संसदिय व्यवस्थामा भासिएका क्रान्तिका भगौडाहरुको गठजोडले बनेको एउटा कम्पनी मात्रै हो जसले जनताका इच्छा ,आकान्क्षा, भरोसा अनि राष्ट्रिय ढुकुटीको व्यापार मात्रै गर्ने गर्छ । जहाँ मुनाफा त्यहाँ यो कम्पनीको संलग्नता रहेकै हुन्छ ।
    महङ्गी , भ्रष्टाचार ,बलात्कार ,अनियमितताको पराकाष्ठा नाघेको छ । अधिकांस स्थानिय तहमा बिना कमिसन काम हुँदैन । जनप्रतिनिधिहरु आफ्नै सेवा सुविधाका भागवण्डा र भ्रमणमा रुमलिएर आफ्नो जिम्मेवारी चट्टक्कै बिर्सेका छन् । महङ्गो सङ्घीयताले सामान्य जनतालाइ कर को यत्ती गर्हुङ्गो भारी बोकाएको छ कि जनता आजित भैसकेका छन । नेपाली युवाहरुले पठाएको रेमिटेन्स बाट चलेको देशमा राष्ट्रपति लाई १.५ अर्बको बुलेट प्रुफ हेलिकप्टर चढ्नुपर्छ , १.५ करोड खर्चमा हवाइजहाज चार्टर्ड गरेर विदेश भ्रमण जानुपर्छ । महिला राष्ट्रपति भएको राष्ट्रमा दिनहुुँ ३-४ को हाराहारीमा महिलाहरु बलात्कारपछि हत्याको शिकार हुनुपर्छ । ६०-७० जनाको हाराहारीमा यौनजन्य दुर्ववहारबाट पीडित बन्नुपर्छ र अपराधीहरु प्रशासन र हाइप्रोफाइल नेताहरुकै संरक्षणमा सजायबाट बच्ने गर्छन् ।
    Ncell , CG जस्ता बहुराष्ट्रिय कम्पनीहरु ले राज्यलाइ कर नतिरेको अवस्थामा सामान्य जनताले पहिलेको तुलनामा तेब्बर कर तिर्नुपर्छ । विकास बजेटको नाममा जनप्रतिनिधिकै मिलोमतोमा भ्रष्टाचारले जकडेको छ । जनताबाट बोल्न पाउने , बिरोधसभा गर्न पाउने , राजनीतिक आस्था राख्न पाउने र मानव अधिकार समेत खोसिएका छन् । राज्यले ग्यारेन्टी गर्नुपर्ने गाँस, बाँस ,कपास ,शिक्षा ,स्वास्थ ,रोजगार र सन्चारमध्य कुनैपनी क्षेत्रमा राज्यको आँखा पुगिसकेको छैन । पहिलेको एउटा सिहदरबार र अहिलेको ७५३ ओटा साना ठुला दरबारहरुमा जनताले कुनै फरक पाएका छैनन्, उल्टो सास्ती खेप्नुपरेको छ।
    शिक्षा क्षेत्रमा पहिलेको भन्दा अझै न्युनतम बजेट छुट्ट्याइएको छ । निजि विद्यालयहरु गुणस्तरीय शिक्षाको नाममा अभिवाभकको ढाड सेक्ने गरि शुल्क लिइराखेका छन । शैक्षिक गुणस्तर झन घट्दोक्रममा छ । भाषा माध्यमका नाममा सामुदायिक बिद्यालयले समेत विद्यार्थीमा वर्ग विभेद झल्काउने खालको शिक्षा दिइरहेका छन । जनताको हितमा काम गर्छु भन्ने सर्वाहारा वर्गीय पार्टीका नेता कार्यकर्ता आज सार्वजनिक सम्पत्ति हडप्ने , ठेक्कापट्टा , भ्रष्टाचार ,कमिसनखोर र सास्कृतिक रुपमा पनि विचलित भएको अवस्था छ । आफुलाइ लोकतान्त्रिक भन्नेहरू पनि सत्ताको रस चाख्ने दाउमा कोहि विरोध त कोहि चाकरी गरिरहेका छन् ।जनताको जिवनस्तरमा केही परिवर्तन नहुनुले आर्थिक समृद्धि त हुनेखाने शासक, दलाल र पुजिपती वर्गको हितमा मात्रै रहेछ भन्नेकुरा जनताले बुझिसकेका छन । चुनावताका चर्चित “समृद्धि” अहिले जनताको घर-घरमा गन्हाएको छ । गुणस्तर झन घट्दोक्रममा छ । भाषा माध्यमका नाममा सामुदायिक बिद्यालयले समेत विद्यार्थीमा वर्ग विभेद झल्काउने खालको शिक्षा दिइरहेका छन । जनताको हितमा काम गर्छु भन्ने सर्वाहारा वर्गीय पार्टीका नेता कार्यकर्ता आज सार्वजनिक सम्पत्ति हडप्ने , ठेक्कापट्टा , भ्रष्टाचार ,कमिसनखोर र सास्कृतिक रुपमा पनि विचलित भएको अवस्था छ । आफुलाइ लोकतान्त्रिक भन्नेहरू पनि सत्ताको रस चाख्ने दाउमा कोहि विरोध त कोहि चाकरी गरिरहेका छन् ।जनताको जिवनस्तरमा केही परिवर्तन नहुनुले आर्थिक समृद्धि त हुनेखाने शासक, दलाल र पुजिपती वर्गको हितमा मात्रै रहेछ भन्नेकुरा जनताले बुझिसकेका छन । चुनावताका चर्चित “समृद्धि” अहिले जनताको घर-घरमा गन्हाएको छ ।

    मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    भर्खरै

    • १.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • २.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ३.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ५.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ७.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ८.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...