• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, फागुन २०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

लोकप्रिय समाचार

  • १. प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

  • २. प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

  • ३. सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

  • ४. दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

  • ५. तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

  • ६. उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

  • ७. प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

  • ८. इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

सिलाइकटाईले फेरियो जीवन: मान बहादुर बने उदाहरणीय र नमुना व्यवसायी


  •   सोमबार, चैत ०४, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । जिल्लाको मध्य भेगमा पर्छ बिजुवार बजार, यस्लाई प्युठान नगरपालिकाको मुटु पनि भन्ने गरिन्छ । अहिले यो बजार पहाडको ठुलै ब्यापारिक केन्द्र बनिरहेको छ । यहा दिनहुँ नया ब्यबासाय, उद्दोग र पसल खोल्नेहरुको लहर छ । ग्राहकहरुको पनि उस्तै लर्को । यहि पसलहरुको भीडमा भने यहाँ बेग्लै किसिमको व्यावसाय चम्किरहेको छ। सिलाईकटाई पसल। हुन त उनको चिनारी यत्तिमै सिमित छैन। सार्टिङ्ग सुटिङ्गका साथमा टेलरिङ्ग सुबिधा सहित नयाँ सबै किसिमका ग्राहकका लागि नयाँ पसल खोलेका छन् उनले ।गोल्डेन  टेलरिङ्ग एण्ड सर्टिङ्ग सुटिङ्गका नामले बिजुवारमा नयाँ सोरुम खोलिएको छ। २० लाखको लगानीमा प्युठानका यूवा व्यवसायी मान बहादुर परियार र शन्तोश परियारले सटिङ–सुटिङ सेन्टर चलाईरहेका छन । रुचि बेग्लै हुन्छ, तर उनको रुचि सिलाई कटाईमा बढ्यो । उनी अर्थात शन्तोश परियार ,जो अहिले सिलाई प्रशिक्षकको रुपमा कहलिएका छन् । सिलाई प्रशिक्षणमा मात्र नभएर फेशन डिजाईनमा उनको फेरि छुट्टै पहिचान छ ।

    Advertisement

    केही दिन अघि मान बहादुर परियार सँग उनकै कार्यस्थल भेट भयो । उनी व्यस्त देखिन्थेँ । कपडा तयार गर्दै थिए । कोठाको भित्तापट्टि, तयार भएका केही जेन्स कपडा र सिलाउने कपडाहरु झुन्डाईएका थिए ।
    विभिन्न रङ्ग र डिजाईनका चिटिक्क परेका कोट पाइन्ट थिए त कतै भर्खरै अडर लिएका कपडाले भरि भराउ देखिन्थ्यो । पुर्ख्यौली पेशा भएकाले सानै देखि सिलाईप्रति चासो राख्ने ब्यक्ति भएकाले सानै देखि बाबू आमा बाट सीप सिकेर आफुले पेशा अङ्गालेका उनले विभिन्न निकाय बाट तालिम आर्जन गरि अहिले आफ्नै ब्यबासाय सुरु गर्न सफल भएका छ्न ।

    समान पेशा: असमान दृष्टिकोण
    मान बहादुरको बुझाईमा सिलाई भनेको, “कपडालाई मानिसको शरिरिमा अनुसार फिट हुने गरि तयार पार्ने कला । एउटा सादा कपडालाई विभिन्न आकारमा काटेर कपडाको नयाँ र आकर्षक रुपमा निकाल्ने कला पनि सिलाई अन्तर्गत पर्छ ।” यो पेशा हेर्दा झन्झिटलो देखिएपनि गर्न भने गाह्रो भने नहुने उनी बताउँछन् । सँगै उनले भने, काम गर्न गाह्रो नभएपनि मानिसहरुको चित्त बुझाउन भने चाहीँ अलि गाह्रो नै छ । सिलाई पेशालाई उनले डाक्टर र ईन्जिनियरको पेशासँग दाँझेका छन् । डाक्टरी र सिलाई पेशा उस्तै । डाक्टरको काम पनि त काट्न र सिलाउने न त हो । उनीहरुले शरिरिका विभिन्न भागहरु काट्ने र सिलाउने काम गर्छन् । सिलाई व्यवसायीको काम पनि त उस्तै हो । कपडा काट्ने र सिलाउने । अनि ईन्जिनियरिङ र सिलाईको काम पनि मिल्दो जुल्दो छ । ईन्जिनियरहरु घरका नयाँ नयाँ डिजाईनहरु कोर्ने र बनाउने गर्छन् । त्यस्तै सिलाई व्यवसायीहरु पनि कपडामा नयाँ नयाँ डिजाईन निकाल्ने र तयार पार्ने काम गर्छन् । काम उस्तै उस्तै भएपनि समाजले यी तीनै पेशालाई किन समान दृष्टिकोणले हेर्दैन ? भन्दै उनी प्रश्न गर्छन् ।

    पुरुषको तुलनामा महिला अलि चुजि हुन्छन्:

    करिब डेड दशकदेखि उनले महिलाका कपडा तयार गर्दै आएका छन् । फेसन शोका लागि उनले प्रस्तुती दिन थालेको पनि १ दशकभन्दा बढि भईसकयो । यो लामो अनुभवले उनलाई महिलाका रुचिका क्षेत्रहरु पनि जान्ने अवसर दिएको छ । यसैमा उनी भन्छन् , “महिलाहरु नयाँ डिजाइनका कपडा लगाउनमा बढि रुचि राख्छन् । उनीहरु पुरुषको तुलनामा अलि चुजि हुन्छन् । सिजन र अकेजन मात्र नभएर कलर कम्बिनेसन पनि अचेल महिलाहरुको चासोको विषय भएको छ । त्यसकारण पनि महिलाका कपडाका डिजाईनहरुमा चेन्ज भईरहन्छ ।” यिनै कारण देखाउँदै उनी भन्छन्, पुरुषकोभन्दा महिलाका कपडाको डिजाइन निकाल्न र तयार गर्न अलि गाह्रो हुन्छ । त्यहीँ गाह्रोलाई सजिलोमा परिणत गर्न उनी महिलाका रुचिका क्षेत्र बारेमा जानकार हुन थालेका छन् । त्यसकारण पनि उनी सिरियल र ईन्टरनेटको पहुँचमा जोडिरहन्छन् । अचेल उनको दैनिकी नयाँ नयाँ डिजाईनका कपडा तयार गर्दैमा बित्छ । एउटा मान्छेलाई हेर्ने बित्तिकै त्यो मान्छेलाई कस्तो डिजाईनको कपडा सुहाउँछ भनेर उनी सजिलै अनुमान लगाउन सक्छन् ।

    अत्यन्तै भद्र स्वाभावका परियारमा सिलाई सम्बन्धि ज्ञान सानै उमेरदेखि थियो । परम्परागत पेशालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै परिस्कृत गर्नुपर्ने उनी बताउछन् ।
    बुबा प्रेम परियार र आमा जानका परियारका उनी जेठो छोरा ,मध्यम वर्गको परिवारमा हुर्केकाले उनको बाल्याल सामान्य नै रह्यो । निडर स्वभावका भएकाले होला सबैसँग चाँडै घुलमिल हुन सक्ने क्षमता पनि उनमा थियो । नयाँ नयाँ कुराहरु सिक्न उनलाई एकदमै मनपथ्र्यो । सीप सिकेको केही समयमा नै उनले आम्दानी पनि गर्न थाले । आत्मनिर्भर हुनुपर्छ भनेर उनको बुबाले उनलाई सानैदेखि सिकाई रहनुहुथ्यो । बुबाले सिकाउनु भएको सिद्धान्तलाईं पालना गर्ने क्रममा नै उनले आम्दानीका श्रोतहरु जुटाउने प्रयास गरे । ३८ वर्षीय परियाले घरायसी कारणले एसएलसी भन्दा बढी पढ्न पाएनन् । शैक्षिक योग्यता नहुदा प्रतिस्पर्धाको युगमा जागिर पाउन नसकिने कुरा उनले राम्रो सँग बुझेका छन् । त्यसैले शैक्षिक योग्यताभन्दा बढी प्राथमिकता दिइने सीपमूलक रोजगारीतर्फ उनको आकर्षण बढ्यो । तर यसका लागि हातमा सीप थिएन । अहिले भने उनको योजना सफल हुन लागेको छ । सिलाई कटाइमा मात्र उनको रुचि र लक्ष्य सिमित थिएन । सामाजिक क्षेत्रमा पनि काम गर्ने उनको चाहाना थियो । उनी पढाईसँगै रोजगारी पनि गर्थे । त्यहीँ रोजगारीले उनलाई सिलाईका क्षेत्रमा काम गर्ने प्रेरणा मिल्यो । एसएलसी सम्म औपचारिक शिक्षा हासिल गरेका उनले सीप परिक्षण बाट सिलाई सम्बन्धि तह १ र तह २ को प्रमाणपत्र पनि प्राप्त गरेका छ्न । सफलता प्राप्त गर्न व्यवसायिक हुनुपर्छ भन्ने सोचको विकास उनमा सानै उमेरदेखि थियो । त्यसकारण पनि उनले आफूले सिकेको सीपलाई व्यवसायीकरण गर्ने सोच गरे ।
    केही समय अघि मात्र अरुको सिलाई सेन्टरमा काम गरे र २०६५ सालमा टेलर्सको स्थापना गरे । टेलर्सको सुरुवाती दिन उनलाई सहज भने थिएन । महिलाका कपडा पुरुषले नि सिलाउँछन् त ? भनेर कसैले प्रश्न गर्थे, त कसैले उनको सीप र कलाको विश्वास नै गर्र्दैनथे । सुरुका दिनमा उनले धेरै संघर्ष गर्नुपर्यो। परिवारका सदस्यहरुको कपडा सिलाएर हुन्छ कि साथीभाइका कपडा सिलाएर हुन्छ , उनले निरन्तर कपडा सिलाई रहेँ । हिम्मत हारेनन् । सुरुका केही समय त धेरै ग्राहकको मन जित्न कम शुल्क समेत कपडा सिलाईदिएको अनुभव उनले सुनाए । एक दुइ दिन गर्दै महिनासँगै वर्ष बित्यो । समय बित्दैँ गएसँगै उनको सीप र कलाप्रति मानिसहरुको विश्वास पनि बढ्दै गयो । जब उनका दिनहरु सजिलोमा परिणत भयो । उनले आफ्नो सीप र कलालाई अझ मजबुद बनाउनको लागि अर्को कदम चाले । भर्खरै यश बर्ष गोल्डेन सर्टिङ्ग सुटिङ्ग सन्चालन गरेका छ्न। ज्ञान र सीप जति बाढ्यो उति बढ्छ भन्ने कुरालाई मध्यनजर गर्दै उनले आफूले जानेको सीप अरुलाई पनि सिकाउन थाले ।

    सफलताको श्रेय: आफ्नै मिहेनत

    सिलाई क्षेत्रमा आफूलाई पाईला चाल्न सिकाउने हरेक आपतविपतमा साथ दिने साथीभाई, आमाबुबा, परिवार, प्रत्यक्ष , अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा उनी आभारी छन् । अनि आफूले प्राप्त गरेको सफलताको श्रेय उनी आफ्नै मिहेनतलाई दिन्छन् ।

    चुनौतीले नै सफलता दिलाउँछ
    सिलाईमा क्षेत्रमा डेड दशक रहेर काम गर्दा उनले सिलाईका दुबै सकारात्मक र नकारात्मक पक्ष औँल्याए । सिलाई पेशा जस नपाईने पेशा भन्नेमा उनको नकारात्मक पक्ष थियो । त्यस्तै पहिचान र व्यक्तिव विकास हुनुलाई उनले सकारात्मक पक्षको रुपमा लिए । विभिन्न चुनौतीहरुलाई झेल्दै झेल्दै उनले आज डेड दशक पार गरिसकेका छन् । उनको अनुभवले ग्राहकलाई सन्तुष्ट गराउन सक्नु नै सिलाई क्षेत्रको चुनौतीको विषय भएको भन्ने कुरा पनि औँल्याएको छ । जब सम्म चुनौतीलाई झेल्न सकिदैँन तब सम्म सफल्ता हात पर्दैन भन्ने कुरा आफुलाई सिकाएको उनी बताउँछन् । सिलाई क्षेत्रमा अझै राम्रो भएको हेर्ने रहर उनको मात्र नभएर सबै सिलाई व्यवसायीहरुको छ । यसको लागि गुणात्मकमाभन्दा पनि गुणस्तरीयमा बढि ध्यान दिनुपर्नेमा उनको सुझाव छ ।
    । यसैमा उनले थपे, सिलाई क्षेत्रमा व्यवसायिक रुपमा अगाडी बढ्दा सिटीईभिटी मान्यातालाई प्राथमिकता दिएमा सिलाई क्षेत्रको भविष्य अझ उज्जवल हुने थियो ।
    हिजोको मान बहादुरलाई आज सम्मान
    उनले जीवनमै प्राप्त गरको ठूलो उपलब्धि पहिचान । जुन पैसामा तुलना गर्न नसकिने उनी बताउँछन् । पहिचानले गर्दा नै पहिलाको मान बहादुरलाई अहिले समाजले हेर्ने दृष्टिकोण उनी फरक पाउँछन् । उनी भन्छन्, पहिला त्यहीँ अन्जान थियो र अहिले त्यहीँ अन्जान मान बहादुरलाई सबैले सम्मान गर्छन् । यो देखेर उनी आफूले रोजेको पेशाप्रति निकै खुशी अनि सन्तुष्ट छन् । सफल्ता कसरी प्राप्त गर्न सकिएला भन्ने प्रश्नमा उनी यसो भन्छन् , “सन्तुष्ट हुनुको लागि आफूले गरेको कामकोे सम्मान गर्नुपर्छ र यसैले मानिसलाई सफल्ताको बाटोतर्फ डोर्याउछ । काम कुनै आफैमा कहिल्यैँ पनि सानो ठूलो हुदैँन र महिलाको लागि छुट्टै र पुरुषको लागि छुट्टै पनि भन्ने हुदैँन । आफूसँग काम गर्ने ईच्छा शक्ति र ईमानदारिता भने पक्कै हुनुपर्छ । यससँगै मिहेनती, लगनशील, कामप्रति उत्तरदायि भएमा सफल्ताको लागि टाढाको बाटो रोज्नुपर्दैन ।”

    सिलाई क्षेत्रमा पन्द्र बर्ष:

    जीवन र संघर्ष एक सिक्काका पाटा झैँ सिलाई र फेसन डिजाईन पनि उनका लागि एक सिक्काका दुई पाटा हुन् । जसले उनको जीवन सार्थक बनाएको छ । उनले बुझेको जीवन र संघर्ष , “जीवन – जन्मदेखि मृत्युसम्म हुने प्रक्रिया” अनि “संघर्ष – दुःख र सुखको मिलन, जीवन जिउने आधार”। उनले जीवन धेरै ठूला महोत्वकांक्षीहरु त केही बोकेका छैनन् । जीवनलाई बुझ्नेभएदेखि नै सुरु गरेको सिलाई जीवनको अन्त्य नभएसम्म निरन्तरता दिईरहने उनको चाहाना छ ।
    परोयारले भने–“ ग्राहककोको मन जित्न सफल भएको एउटा दरिलो प्रमाण भनेको १५ वर्ष भित्र लिएको छु , बैंक, सहकारी, कलेज तथा संघसंस्थाका ड्रेस सिलाउनका लागि गोल्डेन सटिङ्ग सुटिङ्ग सेन्टर प्रशिद्ध बन्ने सञ्चालक परियारले बताए । ‘हामी कहाँ एक पटक आएका ग्राहक पुन अन्यत्र जाँदैनन्,’ उनले भने, ‘हामीसँग आएका ग्राहकलाई हामी पूर्ण सन्तुष्ट बनाउँछौं । ग्राहकको चाहना अनुसारको स्तरीय सेवा प्रदान गर्न सफल छौं ।’ नयाँ बर्षको अबसरमा ग्राहकलाई २५ प्रतिशत छुट दिई सिलाइनुका साथै कपडाहरु बिक्री भइरहेको उनि बताउछन् ।

    सोमबार, चैत ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ
    प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने
    तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी
    सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत
    इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा
    प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

    लोकप्रिय

    • १.
      प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस

    • २.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २

    • ३.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने

    • ४.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ५.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान

    • ६.
      उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार

    भर्खरै

    • १.
      प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

    • २.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

    • ३.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

    • ४.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ५.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

    • ६.
      इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

    • ७.
      प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

    • ८.
      उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...