सागर रिजाल,प्युठान।
प्युठान जडिबुटीको लागि उपयुक्त ठाउँ मानिन्छ । जिल्लाका विभिन्न ठाउँमा मुख्य प्रजातीको रुपमा टिमुर,तेजपात, श्रीखण्ड, चिउरी जस्ता जडिवुटी उत्पादन हुने गरेका छन् । यी लगाएत अमला, पखानबेत, कुरिलो लगाएतका जडिवुटी पाईने गर्दछ । डिभिजन वन कार्यालय प्युठानले मुख्य प्रजातीलाइ पकेट क्षेत्र बनाएर उत्पादन गर्दै आएको डिभिजन वन कार्यालय प्युठानका रेन्जर हरि पौडेलले बताउनुभयो । उनका अनुसार टिमुरको पकेट क्षेत्र स्वर्गद्धारी नगरपालिकाको कोचिवाङ, प्युठान नगरपालिकाको जुम्रीकाडा, माझकोट रहेको छ । त्यस्तै श्रीखण्डको पकेट क्षेत्र प्युठान नगरपालिकाको विजुवार, क्वाडी , तेजपातको लागि पकेट क्षेत्र चुँजा, पकला,बरौला, दाङवाङ रहेको उनले जानकारी दिए । यी जडिवुटीको पकेट क्षेत्रको रुपमा विकास गर्न यस आर्थिक वर्षमा कार्यालयले करिब २० लाख रुपिँया विनियोजन गरेको उहाँको भनाई छ ।
यसैविच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्टा) खुमालटारले बुधवार जडिवुटीको अवस्थाबारे जानकारी, व्यवस्थापन, भण्डारण , संकलन र प्रशोधनका लागि यान्त्रिकिरण कार्यशाला गोष्ठिको आयोजना गरेको थियो । जडिवुटी व्यवसायी संघ प्युठानको समन्वयमा जडिवुटी व्यवसायी, उद्यमी, जनप्रतिनिधिको उपस्थितीमा अन्र्तक्रिया कार्यक्रम गरिएको हो । जडीवुटीको सम्भावना प्रचुर रहेको प्युठानमा यान्त्रीकरणको अभावमा जडिवुटी बजार पुग्न नसकेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्टा)का प्रविधि संकायका प्रमुख डा. रबिन्द्र प्रसाद ढकालले बताउनुभयो । जिल्लाका धेरै ठाउँमा जडिवुटीको अवस्था हेर्न गयौँ उहाँले भन्नुभयो,–‘जडिवुटी बजारमासंम्म पु¥याउन, जडिवुटी यान्त्रीकरण गराउन, नयाँ उपकरणको विकास गर्नको लागि अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।’ उहाँले प्युठानमा जडिवुटीको विकास गर्नका लागि यान्त्रीकरणको व्यवस्थापन, बजारीकरण गर्न आफुले पहल गर्ने बताउनुभयो ।
प्युठानमा सम्भावना भएका टिमुर, तेजपात(दाल्चीनी), श्रीखण्ड, चिउरी सुनाखरी लगाएतका जडिवुटी पाइन्छन् । तर टिमुरको लागि गेड्रिन मेसिन, कैची, सुकाउने सोलायर डायर नहुँदा समस्या भएको टिमुर व्यवसायीहरु बताउछन् । चिउरीबाट सावन बनाउनको लागि स्टापिङ मेसिन, ड्राई मेसिन भएको व्यवसायी दुर्गा केसीले बताउनुभयो । अल्लोका कपडा बनाउनका लागि धुन,पेल्न र रंग निकाल्नकाका लागि प्रविधियुक्त युक्त सामान नहुँदा समस्या भएको अल्लो व्यवसायी चित्रकली वुढाले बताउनुभयो ।
प्युठान नगरपालिका –५ का वडा अध्यक्ष लछुमन भण्डारीले जडिवुटीलाई प्रविधिमैत्री बनाउन नसक्दा समस्या भएको बताउनुभयो । हामी पुरानै जमानामा छौँ, उहाँले भन्नुभयो,–‘सिप विकास गर्न जरुरी छ ।’ प्युठानमा विभिन्न प्रकारका जडीवुटीको प्रचुर सम्भावना छ । जिल्लाबाट ५० रुपिँयामा जडिवुटी निर्यात गरिन्छ । उहाँले भन्नुभयो,–‘५० रुपिँयामा बेचेको जडिवुटीलाई हामीले ५०० रुपिँया तिरेर औषधीको रुपमा प्रयोग गरेका छौँ ।’ उहाँले उद्यमीलाई राज्यले पोत्साहन नगर्दा समस्या भएको बताउनुभयो ।
प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले किसान व्यवसायिक तरिकाले अगाडी वढनको लागि राज्यले नहेर्दा देश समृद्ध बन्न नसकेको बताउनुभयो । किसानलाई राज्यले प्रदान गर्ने अनुदान सही कार्यान्यवन नहुँदा समेत समस्या वढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘मेहनती किसानले पाउने अनुदान पाएका छैनन् ।’ नगरप्रमुखले (नास्टा)का प्रविधि संकायका प्रमुख डा. ढकालका कुरा सुनेर आफु विज्ञान तथा प्रविधिको क्षेत्रमा अझै पनि ढुंगेयुगतिर रहेको बताउनुभयो । जडिवुटीको क्षेत्रमा स्थानिय तहले नीति निमार्ण बनाएर अगाडी वढने उहाँले बताउनुभयो । राज्यले धेरै अधिकार स्थानिय तहमा दिएको छ । उहाँले भन्नुभयो,–‘स्थानिय तहले गर्न नसक्ने कामलाई संघ र प्रदेशमा पठाउने छौँ ।’
प्युठानको जडिवुटीले बजार पाएन्
प्युठानको जडिवुटीले बजार पाएन्

Advertisement
तपाईको प्रतिक्रिया