• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्युठानको जडिवुटीले बजार पाएन्


  •   बुधबार, माघ ०९, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।
    प्युठान जडिबुटीको लागि उपयुक्त ठाउँ मानिन्छ । जिल्लाका विभिन्न ठाउँमा मुख्य प्रजातीको रुपमा टिमुर,तेजपात, श्रीखण्ड, चिउरी जस्ता जडिवुटी उत्पादन हुने गरेका छन् । यी लगाएत अमला, पखानबेत, कुरिलो लगाएतका जडिवुटी पाईने गर्दछ । डिभिजन वन कार्यालय प्युठानले मुख्य प्रजातीलाइ पकेट क्षेत्र बनाएर उत्पादन गर्दै आएको डिभिजन वन कार्यालय प्युठानका रेन्जर हरि पौडेलले बताउनुभयो । उनका अनुसार टिमुरको पकेट क्षेत्र स्वर्गद्धारी नगरपालिकाको कोचिवाङ, प्युठान नगरपालिकाको जुम्रीकाडा, माझकोट रहेको छ । त्यस्तै श्रीखण्डको पकेट क्षेत्र प्युठान नगरपालिकाको विजुवार, क्वाडी , तेजपातको लागि पकेट क्षेत्र चुँजा, पकला,बरौला, दाङवाङ रहेको उनले जानकारी दिए । यी जडिवुटीको पकेट क्षेत्रको रुपमा विकास गर्न यस आर्थिक वर्षमा कार्यालयले करिब २० लाख रुपिँया विनियोजन गरेको उहाँको भनाई छ ।
    यसैविच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्टा) खुमालटारले बुधवार जडिवुटीको अवस्थाबारे जानकारी, व्यवस्थापन, भण्डारण , संकलन र प्रशोधनका लागि यान्त्रिकिरण कार्यशाला गोष्ठिको आयोजना गरेको थियो । जडिवुटी व्यवसायी संघ प्युठानको समन्वयमा जडिवुटी व्यवसायी, उद्यमी, जनप्रतिनिधिको उपस्थितीमा अन्र्तक्रिया कार्यक्रम गरिएको हो । जडीवुटीको सम्भावना प्रचुर रहेको प्युठानमा यान्त्रीकरणको अभावमा जडिवुटी बजार पुग्न नसकेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्टा)का प्रविधि संकायका प्रमुख डा. रबिन्द्र प्रसाद ढकालले बताउनुभयो । जिल्लाका धेरै ठाउँमा जडिवुटीको अवस्था हेर्न गयौँ उहाँले भन्नुभयो,–‘जडिवुटी बजारमासंम्म पु¥याउन, जडिवुटी यान्त्रीकरण गराउन, नयाँ उपकरणको विकास गर्नको लागि अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।’ उहाँले प्युठानमा जडिवुटीको विकास गर्नका लागि यान्त्रीकरणको व्यवस्थापन, बजारीकरण गर्न आफुले पहल गर्ने बताउनुभयो ।
    प्युठानमा सम्भावना भएका टिमुर, तेजपात(दाल्चीनी), श्रीखण्ड, चिउरी सुनाखरी लगाएतका जडिवुटी पाइन्छन् । तर टिमुरको लागि गेड्रिन मेसिन, कैची, सुकाउने सोलायर डायर नहुँदा समस्या भएको टिमुर व्यवसायीहरु बताउछन् । चिउरीबाट सावन बनाउनको लागि स्टापिङ मेसिन, ड्राई मेसिन भएको व्यवसायी दुर्गा केसीले बताउनुभयो । अल्लोका कपडा बनाउनका लागि धुन,पेल्न र रंग निकाल्नकाका लागि प्रविधियुक्त युक्त सामान नहुँदा समस्या भएको अल्लो व्यवसायी चित्रकली वुढाले बताउनुभयो ।
    प्युठान नगरपालिका –५ का वडा अध्यक्ष लछुमन भण्डारीले जडिवुटीलाई प्रविधिमैत्री बनाउन नसक्दा समस्या भएको बताउनुभयो । हामी पुरानै जमानामा छौँ, उहाँले भन्नुभयो,–‘सिप विकास गर्न जरुरी छ ।’ प्युठानमा विभिन्न प्रकारका जडीवुटीको प्रचुर सम्भावना छ । जिल्लाबाट ५० रुपिँयामा जडिवुटी निर्यात गरिन्छ । उहाँले भन्नुभयो,–‘५० रुपिँयामा बेचेको जडिवुटीलाई हामीले ५०० रुपिँया तिरेर औषधीको रुपमा प्रयोग गरेका छौँ ।’ उहाँले उद्यमीलाई राज्यले पोत्साहन नगर्दा समस्या भएको बताउनुभयो ।
    प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले किसान व्यवसायिक तरिकाले अगाडी वढनको लागि राज्यले नहेर्दा देश समृद्ध बन्न नसकेको बताउनुभयो । किसानलाई राज्यले प्रदान गर्ने अनुदान सही कार्यान्यवन नहुँदा समेत समस्या वढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘मेहनती किसानले पाउने अनुदान पाएका छैनन् ।’ नगरप्रमुखले (नास्टा)का प्रविधि संकायका प्रमुख डा. ढकालका कुरा सुनेर आफु विज्ञान तथा प्रविधिको क्षेत्रमा अझै पनि ढुंगेयुगतिर रहेको बताउनुभयो । जडिवुटीको क्षेत्रमा स्थानिय तहले नीति निमार्ण बनाएर अगाडी वढने उहाँले बताउनुभयो । राज्यले धेरै अधिकार स्थानिय तहमा दिएको छ । उहाँले भन्नुभयो,–‘स्थानिय तहले गर्न नसक्ने कामलाई संघ र प्रदेशमा पठाउने छौँ ।’

    Advertisement

    बुधबार, माघ ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation