-मार्क्स जंग
देशकै सबै भन्दा ठुलो तथा जेठो विद्यार्थी संगठन, अखिल,अखिल अर्थात् अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छोटकरीमा (अनेरास्ववियु) भएता पनि विद्यार्थीमाझ अखिल को नामले परिचित विद्यार्थी संगठन हो । अखिल तात्कालिन नेकपा एमालेको भातृ संगठन हो भने अनेरास्ववियु( क्रान्तिकारी) एमाओवादी को भातृ संगठन हो ।अखिलको स्थापना वि.स. २०२२ जेष्ठ १ गते सुजन खरेलले नेतृत्व गरेका थिए । यस्तै क्रान्तिकारी भने विभिन्न टुटफुटका वाबजुत तात्कालिन युद्धरत समयमा स्थापित भएको हो ।
कुनै पनि संगठनको भावी दिशा निर्क्योल गर्दा बिगतको इतिहास पनि समिक्षा गरिनुपर्छ । अखिलले सुजन खरेल देखि नबिना लामा र रन्जित तामाङ सम्म आइपुग्दा विभिन्न आरोह र अवरोह पार गर्दै विद्यार्थी र समाज परिवर्तनका लागि महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेकोछ । यता जनयुद्ध(सशस्त्र द्वन्द)मा अनेरास्ववियु क्रान्तिकारीले पनि गाउँ बस्तीहरु शैक्षिक, राजनैतिक र सामाजिक चेतनाको लागि महत्त्वपूर्ण भुमिका खेलेको इतिहास पनि जागजायर छ । अखिलका नेता योगेश भट्टराईको नेतृत्आ २०५५ सालमा कालापानीमा गरेको मार्चपासले राष्ट्रियताको सवालमा पनि आफ्नो भुमिका प्रस्तुत गरेको थियो ।२०२८ सालको झापा विद्रोहमा पनि महत्त्वपूर्ण सहभागी रह्यो । त्यस्तै ०३६ सालको जनमत सङ्ग्रह गराउन बलिदानी भुमिका खेल्यो । विभिन्न खाले महङ्गी विरुद्धको आन्दोलनमा पनि नेतृत्वदायी भुमिकामा रह्यो ।०४६ को जनआन्दोलन र ०६२/६३ को आन्दोलनमा पनि विद्यार्थी परिचालनमा अखिल नै अग्रमोर्चामा रहेको तथ्य हामी सामु छ ।
तात्कालिन नेकपा एमाले र एमाओवादी विच मिलेर बनेको नेकपा को एकता हुदा यिनका विद्यार्थी संगठन पनि एकताको प्रक्रियामा छन् । अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी) मिलेर बन्ने विद्यार्थी संगठनको नाम अब अनेरास्ववियू हुने प्रायः निश्चितनै छ, भने हामी सबैले चिन्ने भनेको अब पनि अखिल को नाममा नै चिनिने छ ।
अब इतिहासमा गरेका कामलाई देखाएर अब अखिल चल्दैन, एउटा उखान छ ` बाजेले खाएको घिउको सुगन्ध नातिले सुघ्न सक्दैन´ । अखिललाई भर्याङ बनाएर आफ्नो ब्यक्तिगत स्वार्थ पुर्ती गरेका हुन भन्ने आभाष हुँदै छ तर अखिल नेता जन्माउने आधार चाहिँ हो किनभने असल विद्यार्थीको नेता भविस्यको कुशल नेता बन्नसक्छ । एउटा उच्च शिक्षा हासिल गरेको तथा प्रयाप्त ज्ञान भएको नेतालेनै पछि गएर राष्ट्रलाई सफलतापुर्बक संचालन गर्नसक्छ । अखिललाई भर्याङ् बनाउनेहरु ब्यक्तिगत स्वार्थमा मात्र प्रयोग गर्छन् भने आधार बनाउनेहरु आफ्नो ब्यक्तीगत हितमा भन्दा पनि राष्ट्र प्रती समर्पित हुनेगर्छन् ।
संगठन विस्तार तथा पार्टीका अन्य कार्यक्रममा जादा हामीहरु बाइक , कारमा हुइकिएर जान्छौं अनि समाजवादीको कुरा गर्दै गर्दा आफ्नो अनुहार पनि हेर्ने कि ? यस्लाई आवश्यकता भन्ने पनि ठान्लान तर हिडेर जाने सम्भब भए सम्म हिडेर जाऔ सवारी को आवश्यकता नभैइ नहुने स्थानमा पनि कम्तीमा ५-७ मिनेट हिडेर जाउ, किनभने संगठनलाई नेताको चरीत्रले पनि प्रभाव पार्दछ ।
आजकल अखिलका केही नेता कर्मचारी, प्रहरी, सेना आदिका सरुवा बढुवा पनि चलखेल गरेको पाइन्छ, यस्ताकार्य अखिलको हित बिपरित छ ।यस्तै माउ पार्टी नेकपाको नेताका आसेपासे भई आफ्नो ब्यक्तिगत हितमा प्रयोग गरेको पाइन्छ जुन अखिलको सिद्धान्त हुँदै होइन यस्ता कार्य तुरुन्त बन्द गरिनुपर्छ ।अखिलका पुर्ब अध्यक्ष योगेश भट्टराईको नयाँ पत्रीकाको अन्लाईन सस्करणमा `त्यो अखिल यो अखिल´ शिर्षकमा प्रकाशित आलेख अनुसार ” २०५१ सालमा हाम्रो पार्टी नेकपा एमालेले सरकार सञ्चालन गर्दा हामीले बैठकबाट नै निर्णय गरेर अखिलको कार्यक्रममा बाहेक अन्य अवस्थामा सिहदरवार नछिर्ने निधो गर्यौ र कार्यान्वयन पनि गर्यौ” । भनेर भनेका छन् अब पनि सोही निर्णय गरिनुपर्छ र कार्यान्वयन पनि हुनुपर्छ ।
विगतमा समाजवादी, जनवादी तथा वैज्ञानिक शिक्षाको विषमा चर्को नारा लगायौ तर उपलब्धि चाहिँ बीस को उन्नाइस मात्र । नेकपाले सत्ता संचालन गरेकोको अनुसार अखिल सत्ता पक्षीय विद्यार्थी संगठन पनि हो यहि मौकालाई सदुपयोग गरि अबसरमा परिणत गर्दै ब्यवसायिक र अनुसन्धानमुलक शिक्षा, प्राविधिक र औद्योगिक तथा कृषिमा आधारित शिक्षा, सीपमुलक तथा आत्मनिर्भर शिक्षा तथा सार्बजनिक र प्राइभेट शिक्षाको दुरि घटाउने खालको नीति बनाउने कुरामा विद्यार्थी समुदायको निम्ति समर्पित भई लाग्नु पर्दछ ।अखिल व्यबहारमा न सत्ता पक्ष हो, न विपक्ष हो, यो त विद्यार्थीको हक हितको निम्ति स्थापित विद्यार्थी संगठन हो ।अखिल अब पनि भैराखेको महङ्गीलो विरुद्ध, सुशासनको निमित्त, भ्रष्टाचार नियन्त्रण को निम्ति आवाज उठाइरहनु पर्दछ । आफू सत्तामा रहदा चुप बस्ने तर विपक्षमा रहदा आन्दोलनको ज्वारभाटा उचाल्ने कार्य हामी आफैलाई प्रत्युत्पादक हुन सक्दछ । विद्यार्थी हकको प्राप्त उपलब्धिको रक्षा गर्दै बाकी रहेका कार्यको निम्ति अखिलले अग्रणी भुमिका खेल्नुपर्छ ।
नाम: मार्क्स जंग
ठेगाना: सरुमारानी-२ दर्भान प्युठान
अध्यक्ष अनेरास्ववियु पद्मोदय क्याम्पस घोराही दाङअखिलको अबको बाटो…….|
देशकै सबै भन्दा ठुलो तथा जेठो विद्यार्थी संगठन, अखिल,
अखिल अर्थात् अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छोटकरीमा (अनेरास्ववियु) भएता पनि विद्यार्थीमाझ अखिल को नामले परिचित विद्यार्थी संगठन हो । अखिल तात्कालिन नेकपा एमालेको भातृ संगठन हो भने अनेरास्ववियु( क्रान्तिकारी) एमाओवादी को भातृ संगठन हो ।अखिलको स्थापना वि.स. २०२२ जेष्ठ १ गते सुजन खरेलले नेतृत्व गरेका थिए । यस्तै क्रान्तिकारी भने विभिन्न टुटफुटका वाबजुत तात्कालिन युद्धरत समयमा स्थापित भएको हो ।
कुनै पनि संगठनको भावी दिशा निर्क्योल गर्दा बिगतको इतिहास पनि समिक्षा गरिनुपर्छ । अखिलले सुजन खरेल देखि नबिना लामा र रन्जित तामाङ सम्म आइपुग्दा विभिन्न आरोह र अवरोह पार गर्दै विद्यार्थी र समाज परिवर्तनका लागि महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेकोछ । यता जनयुद्ध(सशस्त्र द्वन्द)मा अनेरास्ववियु क्रान्तिकारीले पनि गाउँ बस्तीहरु शैक्षिक, राजनैतिक र सामाजिक चेतनाको लागि महत्त्वपूर्ण भुमिका खेलेको इतिहास पनि जागजायर छ । अखिलका नेता योगेश भट्टराईको नेतृत्आ २०५५ सालमा कालापानीमा गरेको मार्चपासले राष्ट्रियताको सवालमा पनि आफ्नो भुमिका प्रस्तुत गरेको थियो ।२०२८ सालको झापा विद्रोहमा पनि महत्त्वपूर्ण सहभागी रह्यो । त्यस्तै ०३६ सालको जनमत सङ्ग्रह गराउन बलिदानी भुमिका खेल्यो । विभिन्न खाले महङ्गी विरुद्धको आन्दोलनमा पनि नेतृत्वदायी भुमिकामा रह्यो ।०४६ को जनआन्दोलन र ०६२/६३ को आन्दोलनमा पनि विद्यार्थी परिचालनमा अखिल नै अग्रमोर्चामा रहेको तथ्य हामी सामु छ ।
तात्कालिन नेकपा एमाले र एमाओवादी विच मिलेर बनेको नेकपा को एकता हुदा यिनका विद्यार्थी संगठन पनि एकताको प्रक्रियामा छन् । अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी) मिलेर बन्ने विद्यार्थी संगठनको नाम अब अनेरास्ववियू हुने प्रायः निश्चितनै छ, भने हामी सबैले चिन्ने भनेको अब पनि अखिल को नाममा नै चिनिने छ ।
अब इतिहासमा गरेका कामलाई देखाएर अब अखिल चल्दैन, एउटा उखान छ ` बाजेले खाएको घिउको सुगन्ध नातिले सुघ्न सक्दैन´ । अखिललाई भर्याङ बनाएर आफ्नो ब्यक्तिगत स्वार्थ पुर्ती गरेका हुन भन्ने आभाष हुँदै छ तर अखिल नेता जन्माउने आधार चाहिँ हो किनभने असल विद्यार्थीको नेता भविस्यको कुशल नेता बन्नसक्छ । एउटा उच्च शिक्षा हासिल गरेको तथा प्रयाप्त ज्ञान भएको नेतालेनै पछि गएर राष्ट्रलाई सफलतापुर्बक संचालन गर्नसक्छ । अखिललाई भर्याङ् बनाउनेहरु ब्यक्तिगत स्वार्थमा मात्र प्रयोग गर्छन् भने आधार बनाउनेहरु आफ्नो ब्यक्तीगत हितमा भन्दा पनि राष्ट्र प्रती समर्पित हुनेगर्छन् ।
संगठन विस्तार तथा पार्टीका अन्य कार्यक्रममा जादा हामीहरु बाइक , कारमा हुइकिएर जान्छौं अनि समाजवादीको कुरा गर्दै गर्दा आफ्नो अनुहार पनि हेर्ने कि ? यस्लाई आवश्यकता भन्ने पनि ठान्लान तर हिडेर जाने सम्भब भए सम्म हिडेर जाऔ सवारी को आवश्यकता नभैइ नहुने स्थानमा पनि कम्तीमा ५-७ मिनेट हिडेर जाउ, किनभने संगठनलाई नेताको चरीत्रले पनि प्रभाव पार्दछ ।
आजकल अखिलका केही नेता कर्मचारी, प्रहरी, सेना आदिका सरुवा बढुवा पनि चलखेल गरेको पाइन्छ, यस्ताकार्य अखिलको हित बिपरित छ ।यस्तै माउ पार्टी नेकपाको नेताका आसेपासे भई आफ्नो ब्यक्तिगत हितमा प्रयोग गरेको पाइन्छ जुन अखिलको सिद्धान्त हुँदै होइन यस्ता कार्य तुरुन्त बन्द गरिनुपर्छ ।अखिलका पुर्ब अध्यक्ष योगेश भट्टराईको नयाँ पत्रीकाको अन्लाईन सस्करणमा `त्यो अखिल यो अखिल´ शिर्षकमा प्रकाशित आलेख अनुसार ” २०५१ सालमा हाम्रो पार्टी नेकपा एमालेले सरकार सञ्चालन गर्दा हामीले बैठकबाट नै निर्णय गरेर अखिलको कार्यक्रममा बाहेक अन्य अवस्थामा सिहदरवार नछिर्ने निधो गर्यौ र कार्यान्वयन पनि गर्यौ” । भनेर भनेका छन् अब पनि सोही निर्णय गरिनुपर्छ र कार्यान्वयन पनि हुनुपर्छ ।
विगतमा समाजवादी, जनवादी तथा वैज्ञानिक शिक्षाको विषमा चर्को नारा लगायौ तर उपलब्धि चाहिँ बीस को उन्नाइस मात्र । नेकपाले सत्ता संचालन गरेकोको अनुसार अखिल सत्ता पक्षीय विद्यार्थी संगठन पनि हो यहि मौकालाई सदुपयोग गरि अबसरमा परिणत गर्दै ब्यवसायिक र अनुसन्धानमुलक शिक्षा, प्राविधिक र औद्योगिक तथा कृषिमा आधारित शिक्षा, सीपमुलक तथा आत्मनिर्भर शिक्षा तथा सार्बजनिक र प्राइभेट शिक्षाको दुरि घटाउने खालको नीति बनाउने कुरामा विद्यार्थी समुदायको निम्ति समर्पित भई लाग्नु पर्दछ ।अखिल व्यबहारमा न सत्ता पक्ष हो, न विपक्ष हो, यो त विद्यार्थीको हक हितको निम्ति स्थापित विद्यार्थी संगठन हो ।अखिल अब पनि भैराखेको महङ्गीलो विरुद्ध, सुशासनको निमित्त, भ्रष्टाचार नियन्त्रण को निम्ति आवाज उठाइरहनु पर्दछ । आफू सत्तामा रहदा चुप बस्ने तर विपक्षमा रहदा आन्दोलनको ज्वारभाटा उचाल्ने कार्य हामी आफैलाई प्रत्युत्पादक हुन सक्दछ । विद्यार्थी हकको प्राप्त उपलब्धिको रक्षा गर्दै बाकी रहेका कार्यको निम्ति अखिलले अग्रणी भुमिका खेल्नुपर्छ ।
लेखक सरुमारानी-२ दर्भान प्युठान निवासी हुन।
अध्यक्ष अनेरास्ववियु पद्मोदय क्याम्पस घोराही दाङ