• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

तीन वर्षदेखि बिहे रोकिएको गाउँ


  •   शनिबार, मङि्सर ०८, २०७५ मा प्रकाशित
  • शनिबार, मंसिर ८, २०७५
    काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ- नेपालमा यस्तो पनि एउटा गाउँ छ, जहाँ तीन वर्षदेखि कुनै बिहेबारी भएको छैन। बिहे गर्ने उमेरका युवायुवती नभएर होइन। न त बिहे परम्परा बहिष्कार गरेरै हो। सीमा क्षेत्रमै रहेकाले र परम्परालाई निरन्तरता दिने प्रयास गरेकैले उक्त गाउँमा तीन वर्षदेखि बिहेबारी ठप्प छ। यो लेखोट सीमापार बिहेबारी हुने परम्परा रहेको गाउँको कथा हो।

    Advertisement

    सीमापार बिहेबारी भन्नासाथ अधिकांशलाई भारतीय समुदायसँग बिहे गर्ने नेपालको मधेसी समुदायको कथा लाग्न सक्छ। तर देशको उत्तरी भेगमा बसोवास गर्ने खास समुदायका नेपालीको पनि नेपाली सीमानजिक बस्ने चिनियाँसँग वैवाहिक सम्बन्ध हुने गर्छ।

    यस्तो सीमापार बिहेबारीको चर्चा तुलनात्मक रूपमा कम हुने गर्छ किनभने यो समुदाय विकट हिमाली इलाकामा बस्छ र पहिलेदेखि नै राज्यको पहुँचबाट टाढा छ। अर्कोतर्फ मधेसी समुदायजस्तो राजनीतिक र आर्थिक क्षेत्रमा प्रभाव पार्ने गरी उल्लेख्य जनसंख्या पनि छैन। चीनको स्वशासित क्षेत्र तिब्बतका शेर्पा जातिसँग वैवाहिक सम्बन्ध राख्ने नेपालका शेर्पा जातिको कथा हो यो।

    भारतसँग जस्तो चीनसँग हाम्रो सिमाना खुला छैन। तिब्बती विद्रोहीको विषयमा चीन सधैं संवेदनशील छ। नेपालले पनि चीनको संवेदनशीलतालाई सकारात्मक साथ दिइरहेको छ। साथसाथै सिमानाको दुवैतिर ३० किलोमिटर भित्र बस्ने जनतालाई सहजताका लागि विनाभिसा आवतजावत र सामाजिक सम्बन्धको निरन्तरतालाई राजनीतिक तवरबाटै स्वीकार गरिएको छ। तर ती हिमाली गाउँबस्तीको भ्रमण गर्दा तिब्बती भाषा-संस्कृति अवलम्बन गरिरहेका नेपाली नागरिकबारे चिनियाँ सरकारलाई नेपाल सरकारले विश्वस्त बनाउन नसकेको अनुभूति हुन्छ। त्यही कमजोरीको परिणाम भोग्न बाध्य भएका छन् दोलखाका लप्ची गाउँवासी।

    सिमानाको साक्षी

    दोलखा जिल्लाको बिगु गाउँपालिका (साबिकको लामाबगर गाविस) मा पर्छ- लप्ची गाउँ। नक्सामा हेर्दा तिब्बतभित्र छिरेको जस्तो देखिने यो गाउँ ६५ वर्ष अघिसम्म तिब्बती भूभागमै पथ्र्यो। त्यसैले त्यो गाउँवासी जन्म, विवाह, मृत्युलगायतका परम्परागत संस्कारका लागि तिब्बती समुदायसँग अन्योन्याश्रित हुनु स्वाभाविक हो। एक्काईसौं शताब्दीमा पनि सडक, सञ्चार र विद्युत् पोलले नछोइएको गाउँ हो लप्ची।

    १६ घर मात्र भएको यो गाउँको कुल जनसंख्या करिब दुई सय भएको गाउँले बताउँछन्। गाउँमा भएका ७० वर्षभन्दा माथिका हरेक वृद्धले आफू जवान हुँदा प्रशासनिक कामका लागि तिब्बतको न्यालुम र कुती गएको सम्झन्छन्।

    नेपाल-चीन सिमानाको साक्षी बनी उभिएका पिल्लरमध्ये ५५ र ५६ नम्बरको पिल्लरबाट दक्षिणतर्फ १५ मिनेटको पैदल दूरी, ५८ र ५९ नम्बरका पिल्लरबाट उत्तर-पश्चिमतर्फ पैदल दुई घन्टा र ६० र ६१ नम्बरका पिल्लरबाट उत्तरतर्फ ६ घन्टा पैदल दूरीमा पर्ने यो गाउँ बौद्धमार्गीको निम्ति महत्वपूर्ण छ। आठ-नौ सय वर्षअघि बौद्ध धर्मगुरु मिलिरपाले ध्यान गरी सिद्धि पाएको स्थान हो यो। पवित्र छोरागेफेलिङ गुम्बा भएकाले यो स्थान तिब्बती बौद्ध धर्मावलम्बीको पावन भूमि हो।

    गौरी-शंकर हिमालको काख, लप्ची नदीको किनारमा गुम्बाको वरिपरि शदीयौंदेखि चौंरी चराउँदै बस्दै आएको यहाँको शेर्पा समुदायको १६ वटै घरको पारिवारिक र सामाजिक सम्बन्ध सीमापार तिब्बतमा हुने गरेको थियो। २०७२ को भूकम्पसँगै त्यो सम्बन्धमा विराम लाग्न पुग्यो।

    राजनीतिको तगारो

    २०७२ सालको दोस्रो ठूलो भूकम्पको केन्द्रविन्दु तिब्बतको सिंगटी बजारबाट ३५ किमि हवाई दूरीमा छ लप्ची गाउँ। त्यतिबेला समाचारमा आएअनुसार राहत वितरणका क्रममा चिनियाँ सरकारले तिब्बती विद्रोहीका शंकास्पद सामान भेटिएको कारण तातोपानी नाका बन्द गरेको थियो। अहिले पनि रसुवाको केरुङ नाकालाई चीनसँगको मुख्य नाका बनाइएको छ जबकि पहिला तातोपानी नाका हुने गथ्र्यो। लप्ची गाउँका शेर्पाको बिहेबारी रोकिनुमा चीनको यही शंकाले काम गरेको छ। भूकम्पपछि चिनियाँ पक्षले सीमापारि बिहेबारीमा पूर्ण बन्देज लगायो। सिमानाका नागरिकका लागि सामाजिक सम्बन्धमा कुनै रोकतोक नलाउने पुरानो राजनीतिक सहमतिमा अहिले चिनियाँ प्रशासनले रोक लगाइरहेको अनुभव भएको लप्चीका स्थानीय सुनाउँछन्।

    लप्चीवासीका अनुसार १६ परिवारमा अहिले ११ जना बुहारी छन्, जसमध्ये सातजना तिब्बती गाउँ फलाकबाट बिहे गरी नेपाल आएका हुन्। बाँकी चारजनामध्ये एकजना छिमेकी जिल्ला सिन्धुपाल्चोकको फुल्पिङकट्टी, एकजना लामाबगर गुम्बाबाट र दुईजना अन्य ठाउँबाट बिहे भई आएकी हुन्। त्यस्तै त्यहाँका छोरीमध्ये अहिले पाँचजनाको बिहे सीमापारि तिब्बतको फलाक गाउँमा भएको छ।

    दाल, नुन, तेल नेपालकै भूमिबाटै किन्ने गरे पनि चामल, लत्ताकपडा र अन्य तयारीका लागि चिनियाँ बजारमा भर पर्ने यो गाउँमा तीन वर्ष अघिसम्म वैवाहिक सम्बन्धमा कुनै अवरोध थिएन।स्थानीयका अनुसार करिब १० वर्ष अघिदेखि चिनियाँ पक्षले सिमाना वारपार गर्न कडाइ गर्न थाल्यो। तीन वर्षदेखि सीमा ठप्प भयो। परिणाम, नेपालबाट माइती तिब्बत जाने बुहारीलाई र नेपाल माइती आएका तिब्बती बुहारीलाई घर फर्किन कठिन हुन थाल्यो। अन्नपूर्णपोष्टबाट

    शनिबार, मङि्सर ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • २.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ३.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ५.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ७.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ८.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation