• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, पुष १५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

लोकप्रिय समाचार

  • १. गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

  • २. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • ३. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ४. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • ५. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ६. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

  • ७. दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

  • ८. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ९. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

प्रहरीकै संरक्षणमा बालुवा तस्करी


  •   बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
  • कपिलवस्तु , ५ मंसिर

    Advertisement
    स्थानीय तहले समयमै नदीजन्य पर्दाथ ठेक्का नलगाउदा नदीहरुबाट चोरी तस्करी बढेको छ । जिल्लाको बाणगंगा नदीमा सबै भन्दा बढि बालुवाको चोरी निकासी भइरहेको छ । बाणगंगा नदी अन्र्तगत श्रीङ्गीघाट क्षेत्र, बाणगंगा पुलदेखि तलको क्षेत्र, लक्ष्मणघाट र कोपवा क्षेत्रमा रातीको समयमा बालुवा चोरी हुदै आएको छ । स्थानीय ट्याक्टर व्यवसायी तथा प्रहरीको मिलेमतोमा बालुवाको अवैध चोरी निकासी भईरहेको स्थानीयबासीहरु बताउछन् ।
    ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र केसीकै संरक्षणमा अवैध बालुवा तस्करी मौलाईरहेको स्थानीयबासीहरुको आरोप छ । “रातभरी नदीमा लाईट निभाएर ट्याक्टरहरुले बालुवा, मिस्कट र ढुंगा चोर्छन् , प्रहरीलाई जानकारी गराए वेवास्ता गर्छन,” स्थानीय मुकुन्द अर्यालले भन्नुभयो । नदीजन्य पर्दाथ चोरी गर्ने गिरोहले प्रहरी निरिक्षक केसीलाई दैनिक रुपमा प्रति ट्याक्टर १५ सय रुपैयाको दरले रकम बुझाउने गरेको श्रोतको दाबी छ । राती ११ बजे देखि २ बजे सम्म नदीबाट बालुवा चोरी गरि डम्प गर्ने र अर्को दिन सप्लायर्सको नामा रसिद काटि उपभोक्ताहरु सम्म पुरयाउने गरिएको छ । नदीमा दैनिक ५० देखि ७० वटा सम्म ट्याक्टरले नदीजन्य पर्दाथ ओर्साने गरेको श्रोतको ठहर छ । स्थानीयबासी माधव अधिकारीका अनुसार नदीजन्य पर्दाथ चोरीका लागि स्थानीय दिनेश मल्ल, रामु पुन, प्रकाश पाण्डे, कृष्ण पाण्डे, मधु विसी, सन्तोष वि.क.ले निरिक्षक केसीलाई रकम बुझाउने गरेका छन् । “राती ११ बजे देखि खोलामा ट्याक्टरको ताती लाग्छ, जनताले थाहा पाउछन् तर प्रहरी निदाउछ” बनगाईका रामु अधिकारीले भन्नुभयो । कतिपय ट्याक्टरले त रुपन्देहिको हर्रैया, सालझण्डी सम्म चोरीका बालुवा रातारात पठाउने गरेको अधिकारीको भनाई छ ।
    बाणगंगा नगरपालिकाले नदीजन्य पर्दाथ निकासी ठेक्कामा ढिलाई गरेकै कारण चोरी बढेको नगरबासीको आरोप छ । असोज–कार्तिकमै ठेक्का गर्नुपर्नेमा नगरपालिकाले अहिले स्म्म ठेक्काको सूचना सम्म ननिकालेको भन्दै स्थानीय रुष्ट बनेका छन् । दैनिक लाखौ रुपैया राजस्व उठ्ने नदीजन्य पर्दाथ चोरी नियन्त्रण र ठेक्कामा नगरपालिकाले उदासिनता देखाएको स्थानीय पम्फा क्षेत्री बताउनुहुन्छ । बाणगंगा नगरपालिका राजस्व प्रमुख शान्ताराज आचार्यले नगरपालिकाले नदीजन्य पर्दाथको ठेक्का प्रक्रिया सुरु गरेको बताउनुभयो । आई इ रिर्पोट एक साता भित्र आउछ त्यसपछि ठेक्का सूचना निकाल्छौ उहाले भन्नुभयो । नदीबाट बालुवा चोर्ने २७ वटा ट्याक्टरलाई कारवाही गरिएको बताउदै राजस्व प्रमुख आचार्यले जनशक्ति अभावले चुहावट नियन्त्रण गर्न नसकिएको स्वीकार्नुभयो । इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्र केसीले आरोप निराधार भएको बताउनुभयो । आफु आए लगत्तै ३० भन्दा बढि ट्याक्टर पक्राउ गरेको र नियमित गस्ती भइरहेको दाबी गर्दै केसीले कसै संग लाइन नलिएको स्पष्ट पार्नुभयो । नदी क्षेत्र ठूलो भएको कारण जनशक्ति नहुदा कतै चुहावट भएको हुनसक्ने केसीको भनाई छ ।
    नदीजन्य पर्दाथ चोरीमा प्रहरी निरिक्षकको संलग्ता बारे जिल्ला प्रहरी कार्यालयले अनभिज्ञता जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी रबी रावलले प्रहरीले नदीजन्य पर्दाथ चोरीमा त्यस प्रकारको कुनै संलग्नता नभएको र सक्रियताका साथ नियन्त्रणमा लागेको बताउनुभयो । “आरोपका बारेमा हामी सम्बन्धित तह संग जानकारी लिन्छौ, अनुसन्धान गर्छौ, संलग्ता भए कारवाही हुन्छ” उहाले भन्नुभयो ।

    बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न
    रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    गुलरियामा कपडा बैंकको शुभारम्भ
    दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन
    व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    लोकप्रिय

    • १.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • २.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ३.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    • ४.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय

    • ५.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन

    • ६.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    भर्खरै

    • १.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • २.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ३.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ४.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ५.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • ६.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ७.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ८.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation