अनुज पछाई , प्यूठान । पत्रकारीता क्षेत्रलाई मर्यादित र अनुशासित बनाउन नेपाल पत्रकार महासंघ प्यूठानलाई जनपत्रकार संगठन प्यूठानले ज्ञापनपत्र बुझाएको छ । बुधबार जनपत्रकार संगठन प्यूठानका अध्यक्ष राजेन्द्र रावत क्षेत्रीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा ५ बुदे सुझाब पेश गरेको छ ।
ज्ञापन पत्रमा श्रमजीबी पत्रकारको न्यूनतम पारिश्रमिक ,पेशागत सुरक्षा र स्थायित्वलाई सुनिस्चित गर्न ठोस पहल गर्ने, कोभिडको कारण रोजगारी गुमाएका सञ्चारकर्मिको पुरस्थापना, राहत र स्वास्थ्य उपचारको लागी पहल गर्नको लागी आग्रह समेत गरिएको छ ।
त्यस्तै पत्रकार महासंघको साधारण सदस्यको नबिकरण गर्ने पत्रकारलाई यथासिघ्र परिचयपत्र उपलब्ध गराउन, महासंघलाई बिदेशि सहयोगबाट सञ्चालन नगरि स्वदेशि साहायताबाट सञ्चालन गर्न पहल गर्ने पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । साथै समानुपातिक बिज्ञापन प्राणलीलाई कार्यान्वयनको लागी सस्थागत पहल गर्न र पत्रकारको क्षमता बिकासको लागी तालिम र प्रशिक्षणको ब्यबस्था गर्न पनि ज्ञापन पत्रमार्फत सुझाब दिइएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालले संगठनले उठाएका मुद्दा साझा मुद्दा भएकोले महासंघ यस विषयमा सकारात्मक रहेको बताएका छन । संगठनका अध्यक्ष राजेन्द्र रावत क्षेत्री र कोषाध्यक्ष गिता गौतम सहितको टोलीले पत्र बुझाएको हो ।
पत्रकार महासंघलाई जनपत्रकार संगठन प्यूठानले बुझायो ज्ञापनपत्र
पत्रकार महासंघलाई जनपत्रकार संगठन प्यूठानले बुझायो ज्ञापनपत्र
Advertisement
तपाईको प्रतिक्रिया