अनुज पछाई , प्यूठान । प्यूठानमा कोभिड १९ बिरुद्धको बुस्टर डोज खोप लगाउने तयारी गरिएको छ। यहि माग ६ गते बिहिबारबाट उक्त लगाइने तयारी भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको पौष २८ गतेको निर्णय र जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समिति प्यूठानको मङगलबार बसेको बैठकको निर्णयले बुस्टर डोज बिहिबारबाट लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ ।
खोप खभियान अन्तर्गत बुस्टर डोजको थप मात्रा र दास्रो मात्रा लगाउने निर्णय भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मदुसुदन खडकाले बताए।
पहिलो र दोस्रो मात्रा पुरा गरेका र दोस्रो मात्रा लगाएका ६ महिना पुरा भएका अग्रपङतिमा खटिने र सार्बजनिक सेवामा कार्यरत ब्यक्तहरुको लागी उक्त खोप प्रदान गर्न लागिएको हो ।
त्यस्तै पहिलो एस्टाजोनिका खोप लगाएका १८ बर्ष माथिका सम्पूर्ण ब्यक्तिहरुको लागी यहि माग ९ गतेबाट खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । यसका लागी पहिलो मात्रा लगाएको ८ हप्ता हुनुपर्ने चिकित्सकहरुले बताएका छन ।
त्यस्तै हालसम्म कोभिड १९ बिरुद्धको कुनै पनि मात्रा खोप नलगाएका १८ बर्षमाथिका नागरिकहरुका लागी सबै स्थानिय तहमा नियमित रुपमा जोनसोन एण्ड जोनसोन खोप सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
प्यूठानमा बिहिबारबाट कोरोना बिरुद्धको बुस्टर डोज खोप लगाइने
प्यूठानमा बिहिबारबाट कोरोना बिरुद्धको बुस्टर डोज खोप लगाइने
Advertisement
तपाईको प्रतिक्रिया