भूमि आयोग प्युठानको अध्यक्षमा राजमो नेता खड्का नियुक्त

कामनाडेली, प्युठान । भूमि आयोग प्युठानको अध्यक्षमा राष्ट्रीय जनमोर्चाका नेता ईमानसिंह खड्का नियुक्त भएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार खड्का हिजोदेखि नै लागु हुनेगरी भूमि आयोग प्युठानको अध्यक्ष नियुक्त भएका हुन् । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भिङ्ग्रीकोटका खड्का राष्ट्रीय जनमोर्चाका जिल्ला उप-अध्यक्ष समेत हुन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुनेगरी प्युठानसहित २८ जिल्लामा भूमि आयोगको जिल्ला समितिका अध्यक्षहरुलाई नियुक्ति पत्र दिएको बताइएको छ ।

यसअघि नेकपा एमाले नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग गठनमा राजिनीति भएको भन्दै देउवा सरकारले एकसाथ देशभरका समितिहरु विघटन गरेको थियो । एमालेकै शैली पछ्याउदै देउवा सरकारले पनि आस्थाको आधारमा अध्यक्षहरु नियुक्त गरेको हो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...