कामनाडेली, प्युठान। नेपाल निजामती कर्मचारी यूनियन प्यूठानको आठौ जिल्ला अधिबेशन पुण्यखोलामा सम्पन्न भएको छ । अधिबेशनले अध्यक्ष खिम बहादुर अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा खुल्लातर्फ सुर्य बहादुर पन्त,उपाध्यक्ष महिलामा माया केसी खड्का, उपाध्यक्ष समाबेशीतर्फ शोभाराम रोका, सचिव बिष्णु थापा,कोषाध्यक्ष नारायण प्रसाद घिमिरे,सह सचिव शोभाराम कोइराला चयन हुनु भएको छ । यस्तै सदश्यहरुमा यम प्रसाद पाण्डे, सरोज डांगी मदन रिजाल, हुमलाल न्यौपाने, सञ्जिता पाण्डे, केशबती भट्टराइ, हुमलाल बिक, घनस्याम घर्ति चयन हुनुभएको हो । यस्तै केन्द्रिय महाधिबशन प्रतिनिधिमा लोकराज थापा, धरम बहादुर डिसी, मोहमद बजीर आलम, खेमराज भट्ट, र लोकेन्द्र बैद्यलाइ चयन गरेको हो ।
नेपाल निजामती कर्मचारी यूनियन प्यूठानको आठौ अधिबेशनलाइ सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रिय सदश्य डाक्टर गोबिन्द राज पोख्रेलले कर्मचारीको क्षमता बृद्धिका लागी सरकारले लगानी बढाउनु पर्ने बताउनु भयो । अहिलेपनि ठुला आयोजना निर्माणका लागी बिदेशीको भरपर्नुपर्ने अवस्था रहेको भन्दै यसका लागी जनशक्ति नेपालमै रहेको तर तालिम र क्षमता बिकासमा वोड दिन आग्रह गर्नुभयो ।
यस्तै अर्काे फरक प्रसगंमा बोल्दै डा पोख्रेलले प्यूठानमा नौमुरे, चाल्नेटार, बाग्दुला भिमगिठे जस्ता ठुला बिकासे आयोजना निर्माणमा जिल्ला तहकै नेताहरुबाट कमजोरी भएको बताउनु भयो । बाग्दुला भिमगिठे सडकको स्तरोन्ती, नौमुरे जलबिद्युत आयोजना र चाल्नेटार बिमानस्थल निर्माणका लागी आफुले प्रयास गरेपनि प्यूठानबाट नेतृत्व गर्ने अन्य राजनैतिक दलका नेताहरुले चासो नदिएको बताउनु भयो ।
कम्यूनिष्ट सरकारको पालामा प्यूठानमा रहेको सडक डिभिजन कार्यालय खारेज गरेकोमा आफुहरुकै पहलमा प्यूठानमा कार्यालय पुन्ह फर्काउन सफल भएको समेत बताउनु भयो । अब केहि दिनमै कर्मचारी ब्यवस्थापन गरेर कार्यालय सञ्चालन हुने उहाको भनाइ थियो ।
यस्तै कार्यक्रममा बोल्दै नेपाली काग्रेस प्यूठानका सभापती तथा गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णुकुमार गिरिले स्थानिय तहमा रहेका कर्मचारीहरुलाइ समेत सामाजिक सुरक्षा कोषमा समाबेश गर्न पहल गर्ने बताउनु भयो ।
निजामती कर्मचारी यूनियन प्यूठानको अध्यक्षमा अधिकारी
निजामती कर्मचारी यूनियन प्यूठानको अध्यक्षमा अधिकारी
Advertisement
तपाईको प्रतिक्रिया