अनुज पछाई, प्यूठान । प्यूठान नगरपालिकामा कार्यरत रहेका १० जना महिला स्वास्थय स्वयम सेविकाहरूलाई सम्मानित गरिएको छ ।
१८ औ महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवशको अबसरमा उनिहरुलाई नगरपालिकाले सम्मान गरेको हो।
स्वास्थ्य कार्यालय प्यूठानको कार्यसम्पादन अनुसार गरिएको मूल्याङनको आधारमा नगरपालिका भित्रका प्रत्यक वडाबाट १/१ जना पर्ने गरि १० जना महिला स्वास्थ्य स्वयमसेबिकालाई नगद सहित सम्मान गरिएको प्यूठान नगरपालिकाको स्वास्थ्य शाखाकाददिराम सुबेदिले बताए।
उनका अनुसार प्यूठान नगरपालिका ६९ जना महिला स्वयमसेविका कार्यरत रहेका छन ।
कार्यक्रममा नगरप्रमुख अर्जुन कुमार कक्षपति , उपप्रमुख शानता आचार्य प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
“संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य सवयंसेविका” भन्ने मुल नाराका साथ १८ औ महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवश आइतबार प्युठान सहित देशभर मनाइएको छ ।
सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसङ्घको आह्वानमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ । अहिले विश्वभर एक करोड ९ लाखभन्दा बढी स्वयंसेवक भएको अनुमान छ । यसमा पनि ६० प्रतिशत महिला स्वयंसेवक रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।